बाबुरामको चिन्ता: प्रतिवेदनमा खिचडी आउने

Baburam_Bhattaraiमहाधिवेशन गरेको दुई वर्ष नबित्दै एमाओवादीले राष्ट्रिय सम्मेलन किन गर्न लागेको होला ? यो प्रश्न एमाओबादीको पार्टी पंती भित्र मात्र नभएर समग्र राजनैतिक चिन्तकहरुले उठाएको बेला दुई वर्षअघि छुट्टिएको मोहन वैद्य नेतृत्वको माओवादीलाई भने अर्कै सन्देश दिएको छ । तर पार्टी नेतृत्वले भने आफ्नो पंती भित्र पार्टीपंक्तिलाई पराजयको कारण केलाउन र संगठन सुदृढ बनाउन भनी बुझो लगाएका छन् । Continue reading

यसकारण सर्वसम्मत हुन्छ – एमाले नेतृत्व

Ishwor Pokhrel talking to Journalist– ईश्वर पोरखेल
यतिबेला मुलुकमा एमालेको आसन्न नवौं महाधिवेशनको चर्चा छ । त्यसैले भइरहेको बहसको यथार्थबीच बिगतको समीक्षा र वर्तमानमा एमालेको विश्लेषणका बारेमा जान्न, बुझ्न खोज्नु स्वभाविक हो । हामीले बितेका बर्षहरुमा राम्रा कामहरु गरेका छौं, साथै केही नराम्रा कामहरु पनि हामीबाट भएका छन् । बितेका बर्षहरुमा हामीले थुप्रै चुनौतीमाथि विजय प्राप्त गरेका छौं, केहीकेही कुरामा हामीलाई हार्नु पनि परेको छ । थुप्रै उपलब्धी भएका छन्, केही गुमाउनु पनि परेको छ, हामीले । बितेका बर्षमा हामीलाई जनताले प्रसंशा पनि गरेका छन्, कतिपय सवालमा हाम्रो आलोचना पनि भएको छ । Continue reading

मन्त्रीहरुको उत्तरदायित्व: को प्रति ?

Zemanta Related Posts Thumbnailअस्ती बिहिबार नेपाली संचारसाधनले प्रधानमन्त्री शुसिल कोइरालाले बिदेश भ्रमणमा जादा पाएको दैनिक भत्ता राज्यकोषमा फर्काए भन्ने समाचार प्रकाशमा ल्याए । यसै साथ मुलुकका उप प्रधानमन्त्री एवं गृहमन्त्री र अर्थमन्त्रीले आफ्नो सम्पत्तीको बिबरण नदिएको समाचार पनि प्रकाशमा आयो । यस्तै आफु भ्रमणमा जाँदा पाएको भत्ताबाट दुइवटा पुस्तक किनेर बाँकी बचेको सबै भत्ता राज्यकोषमा बुझाएको समाचार केही पहिले डा बाबुरामका बारेमा पनि आएको हो । डा बाबुरामले आफु अर्थमन्त्री हुंदा राम्रा काम गरे भन्ने पनि समाचार सुनियो । तर पछि प्रधानमन्त्री हुदा भने उनि बेस्सरी गन्हाए । Continue reading

सुदूरपश्चिमका ढुकढुकी

Damoder Bhandari–शन्तराम बिडारीLokendra Bdr Chand
पञ्चायत र बहुदलीय व्यवस्थामा समेत गरी तीन निर्वाचनमा बैतडीका जनताले पत्याएका लोकेन्द्रबहादुर चन्द जीवनको उत्तरार्द्धमा जनताद्वारा अस्वीकृत भए। केही महिनाअघि सम्पन्न संविधानसभाको निर्वाचनमा बैतडीका दुवै क्षेत्रबाट उठेका चन्दले भर्खर ४० वर्ष लागेका छोरासमानका दामोदर भण्डारीसित प्रतिस्पर्धा गर्नुपर्यो। पञ्चायत र बहुदलीय ब्यबस्थामामा गरी दुई–दुई पटक प्रधानमन्त्री भइसकेका व्यक्तिलाई बैतडीका जनताले नपत्याउनु उनको घट्दो जनविश्वास नै थियो। Continue reading

अध्यक्ष हुनुपर्ने त म नै हो…–वामदेव गौतम

Bamdev-Gautamमलाई विष्णु रिजालले सोध्नुभयो– ‘के छ हालखबर ?’ मैले भनें– ‘हाल खबर के हुने  ? दुईजना अध्यक्षको उम्मेदवार भएका छन्। कहिले यताबाट तान्छन्, कहिले उताबाट तान्छन्। ‘मलाई अध्यक्ष बनाइदिनुपर्योत’ भन्छन्। ‘तपाईं हुनुपर्छ, अब अगाडि बढ्नुस्’ चाहिँ कसैले भन्दैनन्। म दिनेमा मात्र छु, लिनचाहिँ पाइराखेको छैन। स्थिति त्यही हो।

हाम्रो पार्टीभित्र तीन जनाले अध्यक्ष हुने मन गर्नुभएको छ। मैले भित्रभित्रै ‘यी तीन जनाभन्दा त मै हुनुपर्ने हो, त्यो चाहिँ किन भन्दैनन्’ भनें। Continue reading

केजरीवालको लडाइ: मन्त्रालय….. ? वा सडक…… ?

दिल्लीका मुख्यमंत्री अरबिन्द केजरीवालले आफ्नो पार्टीलाइ आफ्नै सरकार बिरुद्ध सडकमा उतारेका छन् । Arvind_Kejriwalउनले दिल्लीका प्रहरी प्रशासनलाइ सर्वसाधारण जनताको रक्षा र सहयोगका लागि होइनकि अपराधीहरुको संरक्षणमा लागेको साथै आफ्नो आदेशको अपहेलना गरेको आरोप पनि लगाएका छन् ।
उनले भने “जव यो देशका नारीहरु सुरक्षित छैनन् भने रिपब्लिकन दिवश मनाउनुको कुनै अर्थ छैन ।”
मुख्यमंत्री अरबिन्द केजरीवालले यही जनवरी २६ तारिकका दिन भारतको रिपब्लिकन दिवश मनाउने प्रसंगमा उक्त कुरा भनेका हुन् र उनले आफ्नो पार्टीलाइ रिपब्लिकन दिवशका बिरुद्ध सडकमा उत्रन आदेश गरेका हुन् । Continue reading

युद्धमैदानमा गुमेका दुई दाजुको सम्झनामा

Jana yuddha-गोरिकला विश्वकर्मा ‘मानुषी’
दाइलाई सम्झिदा सम्झिदा आज मेरो प्राण हरण हुँदैछ । दाइको सम्झना किन यति धेरै आएको हो म आफैलाई थाहा छैन । तर मनमा निरन्तर निरन्तर सम्झना आइनै रहेको छ । अस्ती भर्खर हो मैले माइलो दाइको सम्झनामा मैले धेरैबेर आँसु बगाएको । माइलो दाईको श्रीमती माईली भाउजु अहिले पनि हाम्रै घरमा छन् । हत्त न पत्त भावुक नहुने र आफ्ना कुरा अरुसँग नओकल्ने भाउजुको पीडाले मेरो ओढेको सल नै आँसुले भिजे थियो । किन किन यति धेरै आँसु दाइ सहिद भएको बेला पनि बगाएकी थिइन । त्यतिखेर तातो घाउ झन् पीडा हुनु पथ्र्यो । Continue reading

EU Parliament approved Snowden Video link Q&A

EU LogoThe European Parliament approved plans to hear whistleblower Edward Snowden, whose revelations about US snooping on EU leaders sparked uproar.

According to Daily Morning star,  from London – the Parliament’s civil liberties committee voted 36 to 2 to quiz Mr Snowden via an interactive video link from Russia, where he has found temporary asylum. Continue reading

किसुनजीबाट सिकेर वर्ष दिनमै संविधान लेख्नुहोला

220px-Madhav_Pd_Ghimireमाधवप्रसाद घिमिरे

सबैभन्दा पहिला म आज जसको ९० औं जन्मोत्सव मनाइरहेका छौं, यस अवसरमा तिनै सन्तनेता कृष्णप्रसाद भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। त्यसपछि यति भव्य र शान्त कार्यक्रमको आयोजना गर्नुहुने उहाँकी सहयोगी सुश्री अमिताज्यूप्रति हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु। यो पवित्र आश्रममा म पहिले पनि आउन खोजेको थिएँ। यहाँको वातावरण र यहाँको शान्ति देख्दा म खुसी भएको छु। हाम्रो योगसुत्रमा सबैभन्दा पहिलो पाइला वातावरण, परिवेश शान्त हुनुपर्छ भनेको छ। त्यसले मात्र चेतनाको अन्तिम सिँढी, त्यो गहन शान्तिमा मानिस पुग्नसक्छ भनिएको छ। किसुनजीको आश्रममा पनि त्यो शान्ति कायम राखिएको म त्यो व्यवस्था गर्नेप्रति धन्यवाद दिन चाहन्छु। Continue reading

Nelson Mandela saluted Across World

Nelson

“I have fought against white domination, and I have fought against black domination. I have cherished the ideal of a democratic and free society in which all persons live together in harmony and with equal opportunities. It is an ideal which I hope to live for and to achieve. But if needs be, it is an ideal for which I am prepared to die.”

The trade union and progressive movement across the world paid its own tributes to Nelson Mandela. Continue reading