मन्त्रीहरुको उत्तरदायित्व: को प्रति ?

Zemanta Related Posts Thumbnailअस्ती बिहिबार नेपाली संचारसाधनले प्रधानमन्त्री शुसिल कोइरालाले बिदेश भ्रमणमा जादा पाएको दैनिक भत्ता राज्यकोषमा फर्काए भन्ने समाचार प्रकाशमा ल्याए । यसै साथ मुलुकका उप प्रधानमन्त्री एवं गृहमन्त्री र अर्थमन्त्रीले आफ्नो सम्पत्तीको बिबरण नदिएको समाचार पनि प्रकाशमा आयो । यस्तै आफु भ्रमणमा जाँदा पाएको भत्ताबाट दुइवटा पुस्तक किनेर बाँकी बचेको सबै भत्ता राज्यकोषमा बुझाएको समाचार केही पहिले डा बाबुरामका बारेमा पनि आएको हो । डा बाबुरामले आफु अर्थमन्त्री हुंदा राम्रा काम गरे भन्ने पनि समाचार सुनियो । तर पछि प्रधानमन्त्री हुदा भने उनि बेस्सरी गन्हाए ।
प्रधानमन्त्री शुसिल कोइरालाले भत्ता फर्काएको नियतबारे संका गरिरहनु परेन तर मुलुकका उप प्रधानमन्त्री एवं गृहमन्त्री र अर्थमन्त्रीले आफ्नो सम्पत्तीको बिबरण नदिएको नियत बारे संका गर्नु पर्ने भने प्रसस्त ठाँउ रहेको छ र त्यो नियतबारे समाचारमा कुनै संका वा अनुसन्धान भने दुर्भाग्य हुन सकेन । यदि राम्रो नियत भए आफ्नो सम्पत्ती बिवरण दिन हिचकिचाउनु पर्ने वा डराउनु पर्ने थिएन । सायद उनिहरु यस अघि पनि मन्त्री भै सकेका र त्यतिबेला दिएको बिवरणसंग अहिले नयाँ बिवरण दिंदा मेल नखाला भन्ने डर भएको हुन सक्छ वा अब अगाडि फेरी सेयर बजारमा तलमाथी गराउने र अर्काथरीले बैंकक र हंगकंगबाट सुनका डल्ला ओसार्ने मनोबिज्ञानले प्ररित भएर हो ? समाचारले यसबारे अनुसन्धान गर्ने प्रयास भने गरेको छैन । यो काम जनताको जिम्मेवारी भित्र छोडिदिएको छ । Bamdev-Gautam
शुसिल कोइरालाका खेलाडी टिमलाइ नियाल्ने हो भने नेपाल र नेपालीको हित र स्वार्थ भन्दा पनि उनिहरुको ब्यक्तिगत स्वार्थले काम गरेको बुझ्न कठिन पर्दैन । हुनत यदि कसैले निस्वार्थी भएर काम गर्छु भन्यो भने त्यसलाइ टिक्न नदिने रोग दक्षिण एशियाकै हो । उदाहरण स्वरुप हाम्रो छिमेकी मुलुकको दिल्ली प्रान्तको अहिलेको घटनालाइ लिन सकिन्छ । केजरीवालले आफु निस्वार्थी भएर काम गर्छु भन्दा उनि १०० दिन पनि सत्तामा टिक्न सकेनन् ।
प्रधानमन्त्री कोइरालाले “मैले मेरो सरकारमा हिजो भ्रष्टाचारको दाग नलागेका मान्छे र नयाँ पुस्ता राख्न चाहान्छु” भन्दा आफ्नै पार्टीपंती र सरकार साझेदारी हुने पार्टी एमाले बेस्सरी बिरोधमा उत्रियो । नेपालको इतिहाँसमै सवभन्दा भ्रष्ट प्रधानमन्त्री शेर बहादुर देउवा जुन शुसिलकै पार्टीका बरिष्ट नेता हुन् भ्रष्टाचारबाट गन्हाएका आफ्ना चम्चाहरुलाइ मन्त्रीमंडल भित्र नपारे सम्म शुसिललाइ सहयोग गरेनन् । एउटै पार्टी भित्र तेरा र मेरा मन्त्रीहरु भनिए । बिडम्बना मन्त्रीको कुर्चीमा बस्नेहरु नेपाल र नेपाली प्रति प्रतिबद्ध र उत्तरदाइ हुन साटो आफुलाइ मन्त्री बनाउने मालिक प्रति बढी प्रतिबद्ध र उत्तरदायी हुनु पर्ने भयो । यस्तै नेकपा एमालेमा पनि  खनालका , ओलीका र माधव नेपालका पक्षीय मन्त्री भनिए । के यस्तो गरिनु नेपाल र नेपालीको हितमा छ ? के एमाले भित्र हिंजो सुन तस्कर भनेर गन्हाएका बामदेब मात्र गृहमन्त्रीका लागि सक्षम थिए ?
हिंजो मदन भंडारीका पालामा संसारका कम्युनिष्ट पार्टीहरु मध्य नेकपा एमाले बैचारिक अडान, सांगठनिक अनुशासन एवं मुलुक र जनता प्रति प्रतिबद्ध भएको पार्टी भनेर चिनिन्थ्यो तर दुर्भाग्य अहिले आएर नेकपा एमाले नेपालको सवभन्दा अब्यवस्थित, असांगठनिक र अनुशासनहिन हुन पुगेको देख्दा इमान्दार पार्टी सदस्यहरु चिन्तित हुनु स्वाभाबिक रहेको छ भने पार्टी समर्थक र शुभेक्षुकहरु समेत चिन्तित भएका छन् ।
कम्युनिष्ट पार्टी भनेको माक्र्सबादी लेनिनबादी राजनैतिक सिद्धान्तले प्रेरित भएको हुनु पर्छ । पार्टीले नियमितरुपमा पार्टी कार्यकर्ताहरुलाइ राजनैतिक प्रशिक्षण दिनसक्ने क्ष्यमता राख्नु पर्दछ । हो कुनै पनि ब्यक्ति राजनितीमा हुम्मिन्छ भने उसले पार्टीको र राज्यको सवभन्दा माथिल्लो पदमा पुग्ने अभिलाषा राखेको हुन्छ  र राख्नु पनि पर्दछ । तर त्यो इक्षा पूर्तीका निम्ति गलत बाटो, गलत चिन्तन र नितान्त ब्यक्तिगत स्वार्थमा निहित हुन पुग्छ भने त्यो समाज, जनता र आफ्ना कार्यकर्ताहरुलाइ असह्य हुने मात्र होइन कि त्यस्ता नेताहरुलाइ क्ष्यमा दिने धैर्यताको बाँध समेत फुट्ने छ । हो यही धैर्यताको बाँध फुटेको हो एमालेका युवा कार्यकर्ताहरु सरकारको बिरोधमा सडकमा उत्रेको ।
सत्ताको नेतृत्व गरिरहेको पार्टी होस् वा सत्ता साझेदारी पार्टी होस् यदि त्यहाँ दह्रो अनुशासन रहँदैन भने पार्टीमात्र होइन, मुलुकको समग्र राजनीतिक बनौटमा धमिरा लाग्न थाल्छ । ‘भाइ फुटे गवार लुटे’ भन्ने उखान हर नेपालीको जनजिब्रोमा पाइन्छ । पुर्वी युरोप र शोभियत संघको कम्युनिष्ट पार्टीमा पनि यस्तै भएको थियो । पार्टीले दह्रो गरी पार्टी अनुशासन कायम गर्न सकेन । नेतृत्वपंक्ती सत्ता लिप्सामा लागे । आर्थिक अपराधले टेवा पाउन थाल्यो । युगोस्लाभियाका मार्सल टिटो यद्यपी कम्युनिष्ट थिएनन् तर पनि उनको मृत्यु पुर्वी युरोपको  कम्युनिजमका लागि कालो दिन भयो । पुँजीवाद र साम्राज्यवादी शक्तिले आफ्नो रंगीविरङ्गी रुप देखाएर लोकतन्त्रको नाममा भाइ फुटाउन शुरु ग¥यो । जसको परिणाम युगोस्लाभिया काक्रो चिरे झै चिर्न सफल भए । रुमानीयामा चाउचेस्को जस्तो भ्रष्ट, अत्याचारी र अनुशासनहीन फटाहा सत्तामा पुगेपछि उसको सत्ता लिप्साले रुमानीयालाई ध्वस्त पा¥यो । शोभियत संघले आफ्नो उत्तराद्र्धमा समाजवादी दर्शन र अनुशासनमाथि पकड राख्न नसक्दा दुस्मन शक्ति भित्र पस्न सफल भए र शोभियत समाजवादमा लागेको धमिराले समाजवादको घर शोभियत संघलाई मक्याइदियो र अन्त्यमा ढाली छाड्यो । आज टुक्रा–टुक्रा भई एकापसमा युद्ध गरिरहेका छन् । के नेकपा एमालेले नेपालमा यही चाहान्छ ?

Bookmark the permalink.

2 Responses to मन्त्रीहरुको उत्तरदायित्व: को प्रति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *