यसकारण सर्वसम्मत हुन्छ – एमाले नेतृत्व

Ishwor Pokhrel talking to Journalist– ईश्वर पोरखेल
यतिबेला मुलुकमा एमालेको आसन्न नवौं महाधिवेशनको चर्चा छ । त्यसैले भइरहेको बहसको यथार्थबीच बिगतको समीक्षा र वर्तमानमा एमालेको विश्लेषणका बारेमा जान्न, बुझ्न खोज्नु स्वभाविक हो । हामीले बितेका बर्षहरुमा राम्रा कामहरु गरेका छौं, साथै केही नराम्रा कामहरु पनि हामीबाट भएका छन् । बितेका बर्षहरुमा हामीले थुप्रै चुनौतीमाथि विजय प्राप्त गरेका छौं, केहीकेही कुरामा हामीलाई हार्नु पनि परेको छ । थुप्रै उपलब्धी भएका छन्, केही गुमाउनु पनि परेको छ, हामीले । बितेका बर्षमा हामीलाई जनताले प्रसंशा पनि गरेका छन्, कतिपय सवालमा हाम्रो आलोचना पनि भएको छ । यसकारण विगतको समीक्षा गर्दा हामीले पाएका उपलब्धि र प्रसंशाहरु प्रेरणा बन्नुपर्दछ, हामीले भोग्नु परेको पराजय र आलोचनाहरु शिक्षा बन्नुपर्दछ । यी दुवै कुराप्रति ध्यान पुग्नुपर्दछ । अनि मात्रै हामी नयाँ ढंगबाट अघि बढ्न सक्नेछौं ।
महाधिवेशनको प्रसंग चलिरहेको बेला अधिकांश साथीहरुको एउटै चाहना छ – ‘आगामी जेठमा हुने एमालेको नवौं महाधिवेशन एकताको महाधिवेशन बन्न सकोस्’ । यो कुरालाई नेतृत्वमा बस्ने हामी सवैले मनन गरेका छौं । हामीले योग्यतापूर्वक काम गर्दाखेरी सफलता प्राप्त गरेको अनुभव हामीसंगै छ, योग्यता प्रदर्शन गर्न नसक्दाको चोटको पीडा अनुभुति पनि साथै छ । त्यही अनुभवका आधारमा आगामी महाधिवेशनमा हामी एकतावद्ध भएर निस्कने छौं । एकतावद्ध होस् भन्ने जनताको चाहना र भावनालाई मनन गरेरै हामी एकतावद्ध भएर अघि बढ्ने छौं ।
यसबीच एकता कसरी हुन्छ भन्ने मूल प्रश्न सवैको सामु रहेको छ । हामीले बिचारमा लोकतान्त्रिकरणको कुरा ग¥यौं, त्यसलाई आत्मसात ग¥यौं । सांगठनिक जीवनमा लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउन चाह्यौं र त्यस अनुरुप नै अभ्यास ग¥यौं, पनि । यसै आधारमा हामीले हाम्रो आफ्ना व्यवहारलाई थप समृद्ध बनाउँदै पनि छौं । हाम्रो अभ्यास देखर दुनियाँ चकित भए, धेरैले अनुशरण समेत गरे । हाम्रो यो अभ्यास निरन्तर जारी रहन्छ । बिचारमा लोकतान्त्रिकरण संगसंगै सांगठनिक जीवनमा पनि लोकतान्त्रिकरणलाई अघि बढाउँछौं, यसलाई अझै समुन्नत बनाउँदै लैजाने हाम्रो संकल्प छ । यो हाम्रो एक दुई नेताको मात्र नभई सिंगो पार्टीको सर्वसम्मत नीति हो, साझा प्रतिवद्धता पनि हो । त्यसैले नेतृत्वमा रहने कुरा पनि लोकतान्त्रिक अभ्यासको बाटोमा अगाडि जाने संकल्प–उद्घोषको अभिब्यक्ति हो ।
नेकपा ९एमाले० २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरेको कम्युनिष्ट आन्दोलनको पुनःगठित धार हो । यो पुनःगठित धार केन्द्रीय तहमा संगठित भएको ०३२ साल जेठ २५ देखि हो । अहिले हामी ०७१ सालमा प्रवेश गरेका छौं । यसको अर्थ, ३९÷४० बर्षदेखि एउटा सबल केन्द्रीय नेतृत्व अन्तरगत छौं । नेपाल कम्युनिस्ट पार्टीको यो पुनःगठित धारले केन्द्रीय नेतृत्व अन्तर्गत सशक्त आन्दोलन संचालन गर्दै आएको पनि ३९÷४० बर्ष भइसकेको छ । यो अवधीमा हाम्रा नेताहरुले योग्यतापूर्वक यो धारको नेतृत्व गर्नुभएको छ । शुरुका ६ बर्ष सीपी मैनालीले यो धारको नेतृत्व गर्नुभयो । जननेता मदन भण्डारीले ३ बर्षभन्दा केही बढी यो धारको नेतृत्व गर्नुभयो । यो ९ बर्ष बाहेक बाँकी ३० बर्ष भन्दा बढी समयको नेतृत्व आदरणीय नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले गर्नुभयो । उहाँहरुले यो पार्टीको सिंगो ३० बर्ष प्रथम पंक्तिमा उभिएर नेतृत्व गर्नुभयो । यो गर्वको बिषय पनि हो ।
एमालेभित्र सुखद संयोग के छ भने, नेतृत्वमा रहने प्रायः सबै नेताहरु एकै उमेर समुहका हुनुहुन्छ, लगभग एकै किसिमका अनुभव, एकै किसिमका त्याग, बलिदान र योगदानहरु छन् । यो हाम्रो नेतृत्वको सबल पक्ष पनि हो । दुई नेता, झलनाथ खनाल र माधव नेपालले ३० बर्ष नेतृत्व गर्नुभयो । अव हिजो योग्यतापुर्वक नेतृत्व गर्ने आदरणीय नेताहरुबाट पुनः नेतृत्वका लागि दावी हुँदैन भन्ने विश्वास आम कार्यकर्ताले गरेका छन् । बाँकी नेतृत्व पंक्तिमा रहेका उपाध्यक्षद्वय बामदेव गौतम, बिद्या भण्डारी र म महासचिवले नेतृत्वमा दावी गरिरहेका छैनौं । अरु साथीहरुको पनि त्यस्तो दाबी सुनिएको छैन । त्यसो हुँदा, नवौं महाधिवेशनमा एमालेको नेतृत्व सर्वसम्मतीका साथ हुन्छ । कहीं कतै बिवाद हुँदैन । एकतावद्ध भएर नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न हुन्छ । यही नै एमालेको वास्तविकता हो, उचित बाटो पनि यही नै हो । केही बहश हुँदैमा यसमा कसैले शंका नगर्दा हुन्छ । सर्वसम्मत नेतृत्वको सवाल र एकतावद्ध महाधिवेशनको सवालमा, अव शंका गरिरहनु पर्ने आवश्यकता छैन ।
बिचारमा छलफल गर्दै आफूलाई समुन्नत बनाउँदै आएको पार्टी हो, एमाले । एमालेमा बिचार छलफल नामको केही चिज छैन भन्ने जस्ता कुरा ठीक होइनन् । सिद्धान्तको छलफल गर्न रुचाउने पार्टी एमाले हो । ‘एमालेमा बिचार नामको केही चिजै थिएन, बिचारको अनुसन्धान गर्नुपर्छ’ भन्ने जस्ता तर्कहरु पनि आएका छन् । तर त्यो सत्य होइन, एमाले आफ्नो बिचारको जगमा उभिएर, त्यसबाट निर्देशित भएर यो ठाउँमा आएको पार्टी हो । यसको अर्थ एमालेको बिचारमा छलफल गर्नुपर्दैन भन्ने होइन । बिचारमा जरुर पनि छलफल हुन्छ । यो अहिलेको छलफल हाम्रो बिचारलाई थप समृद्ध बनाउनका लागि नै हो । ‘हिजो बिचार थिएन, बिचार शून्यमा रहेको थियो, सिद्दान्तबिहीन थियो, अव सिद्धान्तको खोजी गर्नूपर्छ’ भन्छन् भने त्यो एमालेलाई नबुझ्नेहरुको तर्कमात्र हो । अहिलेको परिवर्तित सन्दर्भमा हाम्रो बिचारलाई थप समृद्ध बनाउनु पर्छ । हामीले लिएको जुन बिचार हो, हिजो जे ब्याख्या बिश्लेषण ग¥यौं, अहिले त्यो पर्याप्त नहुन सक्छ । यसको अर्थ, हामीले हाम्रो बिचारलाई थप समृद्ध बनाउने संकल्प गर्नुपर्छ । अहिले हामीले लिएका बिचारहरुलाई थप समृद्ध बनाउने उद्देश्यबाट अभिप्रेरित भएर छलफल भइरहेको छ । फेरि एमाले मुलुकको नेतृत्वदायी राजनैतिब पार्टीको महाधिवेशन भनेको बा–आमाको ‘चौरासी पूजा’ गरेजस्तो एक पटक मात्रै गर्ने कर्मकाण्ड होइन । यो नियमित प्रक्रिया हो । यसमा एमालेले सापेक्षित हिसाबले अधिकतम छलफल गरेर अघि बढ्छ । चुनौतीहरुलाई आजको चेतनाको आधारमा सम्बोधन गर्ने प्रयास हामी गर्छौं ।
महाधिवेशनको बहस चलिरहँदा केही मुद्दाहरु छन् जसको बारेमा भ्रमहरु पनि देखिएका छन । जनताको बहुदलीय जनवादलाई ‘कमा’ र ‘फुलस्टप’ पनि बदल्नु हुँदैन भन्ने कमजोर बुद्धि र मानसिकता भएका मानिस एमालेमा छैनन् । एमालेले जनताको बहुदलीय जनवादलाई एउटा ‘बैज्ञानिक बिचार’ मान्छ, र ‘गतिमा नै यसको जीवन हुन्छ’ भन्ने विश्वास राख्दछ । त्यो भनेको परिवर्तित सन्दर्भमा जवज अद्यावधिक हुँदै जानुपर्छ, समृद्ध बन्दै जानुपर्छ । समृद्ध बिचारले मात्रै परिवर्तित सन्दर्भमा जटिलतम बन्दै गएको हाम्रो जीवनलाई बाटो देखाउन सक्छ । तर कोही–कोही ‘जवज’लाई ‘पुनरावलोकन’ गर्नुपर्छ भनिरहेका छन् । यो चाहीं गलत सोच र बिचार हो । जवजको पुनरावलोकन होइन, जवजको आधारमा हामीले गरेको अभ्यासलाई फर्केर हेर्नुपर्छ । हामीले ‘जवज’लाई सही तरिकाले प्रयोग ग¥यौं कि गरेनौं भन्नेबारे चाहीं छलफल हुनसक्छ । जवजको अभ्यास गर्दाको समीक्षा हुनसक्छ । हामीले जवजको आधारमा पार्टी निर्माण ठीक ग¥यौं कि गरेनौं रु सरकार ठीक ढंगले चलायौं कि चलाएनौं रु हामीले प्रगतिशील परिवर्तनका मुद्दाहरुलाई ठीक ढंगले अघि बढायौं कि बढाएनौं रु वा अघि बढाउने प्रयत्न ग¥यौं कि गरेनौं रु पार्टीभित्र योग्यता र क्षमताको आधारमा श्रेष्ठता कायम गर्ने कुरालाई ठीकसित स्थापित ग¥यौं कि गरेनौं रु समीक्षा यी बिषयमा हुनसक्छ । जवजको ‘पुनरावलोकन’ भन्नुभन्दा यसको अभ्यासको समीक्षामा हुनसक्छ । यसप्रति सवै सचेत बन्नैपर्छ । कालाअतित बनेका कुराहरुले एमालेको वर्तमान जीवनलाई बाटो देखाउन सक्दैनन् ।
माक्र्स र एंगेल्सले निस्कर्ष निकालेका थिए, ‘जहाँ बिकसित पँुजीवाद हुन्छ, त्यहाँ समाजवादी क्रान्ति सफल हुन्छ ।’ त्यो भनिरहँदा फ्रान्स, बेलायत र जर्मनीको दृष्टान्त दिएका थिए । दुनियाँभरका कम्युनिस्टले त्यो कुरालाई सिद्धान्तका रुपमा स्वीकार गरे । तर जव पहिलो बिश्वयुद्धको सेरोफेरोमा ती देशहरु होइन, रुसमा क्रान्तिको संभावना प्रबल बनेर आयो, त्यसबेला केही माक्र्सवादी पंडीतहरुले भने – ‘माक्र्स र एगेल्सले बिकसित पुँजीवादमा मात्रै क्रान्ति हुन्छ भनेका थिए, यहाँ त सामान्ती सैन्य साम्राज्यवादी मुलुकमा पो क्रान्ति हुन थाल्यो १ त्यसैले अव माक्र्सवाद असफल भयो ।’ लेनिनले त्यस्को जवाफ दिनुभयो, ‘माक्र्सवाद जड विचार होइन, गतिशील वैज्ञानिक विचार हो । पूँजीवादले एकाधिकार स्वरुप ग्रहण गरेपछि, साम्राज्यवादमा पतन भएपछि, साम्राज्यवादी शोषण, उत्पीडनका सांग्लाहरु चुँडाउने जहाँको ताकत वलशाली हुन्छ, त्यहीं क्रान्ति हुन्छ ।’ लेनिनको यो विश्लेषणपछि त्यस्ता माक्र्सवादको मिमांसा लेख्न उद्दत माक्र्सवादी पंडीतहरु चुप लागेका थिए । हामीले हाम्रो विचार जवजलाई पनि गतिमा बुझ्नुपर्छ । एमालेको बारेमा छलफल गरिरहँदा शान्त तलाउको सानो डुंगामा तैरिएर आएको पार्टी होइन, एमाले । चुनौतीको टाउकोमा टेकेर एमालेहरु यहाँसम्म आइपुगेका छौं । त्यसैले नवौ महाधिवेशनले झनै एकतावद्ध बनाउने बिश्वास गर्न सकिन्छ । सवैका चाहना पनि त्यही छ, यतिबेला ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *