जगको इटा भत्के पनि युरेसियाको न्वारन

Eurasia-शशी पौडेल
गत बिहिबार आस्तानामा युरेसियाको न्वारन भएको छ । यद्यपी यो २०१० सालमै रसियन राष्ट्रपति ल्भादिमिर पुतिनको सक्रीयतामा जन्मेको हो । यसको गठनकालमा चार मुलुकहरुको सदस्यता थियो । रस्सा, बेलारुस, काचास्थान र युक्रेन । यो संगठन खासगरि यी चार मुलुकहरुबीच स्वतन्त्र बन्द ब्यापार गर्ने उद्धेश्यले परिकल्पना गरिएको हो । Continue reading

खहरे खोलाको दम्भ

Nigel Farage-शशी पौडेल,
युरोपको राजनितीमा यसपाली कुनै पनि रंगले बहुमत पाउन सकेन । यसबर्षको निर्वाचनमा न कालो न त रातो रंगको बाहुल्यता रह्यो । न पहेंलो वा न हरियो नै । यदि युरोपको २८ वटै मुलुकहरुको निर्वाचन परिणाम हेर्यौं भने युरोपियन संसद रंगीचंगी देख्ने छौं । युरोपिय मतदाताहरुले यसपाली राम्रोसंग इजार कसे । निर्वाचन परिणाम हेर्दा ओरिपरी थुप्रै दाग वा टाटाहरु देख्ने छौं । युरोपियन बिरोधी दाग, रंगभेदी दाग, बाम र दक्षिणपंथी दाग तर दुर्भाग्य केन्द्र भने झन भन्दा झन साँगुरिदै गएको देख्ने छौं । Continue reading

बिहे गर्ने फुर्सद पाइन —प्रधानमन्त्री कोइराला

Zemanta Related Posts Thumbnailप्रधानमन्त्री सुशील कोइरालाले विदेशी पत्रकारसमक्ष आफ्नो जीवनका भित्री कुरा खोलेका छन् । चीनको एसिया प्यासिफिक डेली (एपीडी) मा ‘एट सेन्टेन्सेस टु स्पेल आउट एन अथेन्टिक सुशील कोइराला’ शीर्षकमा प्रकाशित मुख्य समाचारमा भनिए अनुसार, गत वैशाख २९ गते आफ्नै निवास बालुवाटारमा चीनको सिन्ह्वा न्युज एजेन्सीका काठमाडौं ब्युरो प्रमुख चाउ सेन्पिङसमक्ष प्रधानमन्त्री कोइरालाले त्यसरी मन खोलेका हुन् ।
कुराकानीका क्रममा कोइरालाले आफ्नो निजी जीवनका कुरा पनि खोले । बिहाका बारेमा प्राय: मुख नखोल्ने ७५ वर्षीय कोइरालाले आफूले लोकतन्त्रसँग बिहा गरेको उल्लेख गरे । Continue reading

मोदीभित्र इन्ट्राकन्ल्फिक्ट पलाउने

Namo-Quotes-7-शशी पौडेल
चुनाव जित्न जति गाहारो हुन्छ त्यो भन्दा दशौं गुना गाहारो हुने रहेछ आफुले दिएको बचन पुरा गर्न । त्यही गर्न नसकेर अरबिन्द केजरीवालले दिल्लीको मुख्यमंत्रीको पद छोड्नु पर्यो र अन्तत लोकसभाको चुनाव समेत हार्नु पर्यो । आधा बर्ष अघि नेपालीहरुका फेसबुकका भित्ता रंगाउने अरबिन्द केजरीवालको पार्टीले पञ्जाबका चार पदमात्र लिन सफल भए । अर्कोतिर सत्ताधारी पार्टी कांग्रेस पार्टीले नराम्रो हार खान बाध्य भयो । स्वतन्त्र भारत पछिको इतिहाँसमै काँग्रेसको यो हार सबभन्दा नराम्रो हार रह्यो भने जनता पार्टीका नरेन्द्र मोदीले पूर्ण बहुमत ल्याउन सफल भए । Continue reading

उफ् ! एमाओबादी फेरी फुट्ने भो

Prachanda and Baburamदुई वर्षअघि एमाओवादीबाट बाहिरिएका मोहन वैद्यकै नियतिमा डा. बाबुराम भट्टराई अहिले पुगेका छन् । त्यतिबेला धोबीघाट गठबन्धनका नाममा मोर्चाबन्दी गरेर उनलाई प्रधानमन्त्री बनाइए पनि, पछि मन्त्रीमण्डल विस्तारमा चित्त नबुझेपछि वैद्यको नेतृत्वमा एमाओवादी विभाजन भएको थियो । विभाजनका बेला वैद्य समूह दाहालभन्दा पनि भट्टराईप्रति बढी आक्रामक थियो । Continue reading

एमालेमा तेस्रो बिकल्प खोज

SUN-शशी पौडेल
नेकपा एमालेको पार्टीपंती भित्र मात्र होइन कि यसका सहयोगी र समर्थकहरुबीच समेत आसन्न नवौं महाअधिबेशनबारे चर्चा परिचर्चा भएको छ । स्वभाबिकै पनि हो । किनभने नेपाली जनता कुनै बेला यो पार्टी प्रति मुलुकलाइ अग्रगामी दिशातिर लैजाला भन्ने सवालमा आशातित थिए । जनताले त्यसरी आशा गरेको पार्टी भित्र भने अहिले नेतृत्वको सवाललाइ लिएर बिबादको गहिरो खाडल खनिएको छ । हिंजो एउटै शक्ति भनिएकाहरु अहिले समुह समुहमा बिभाजित छन् । यही पार्टीका शक्ति मानिने केही ब्यक्तिहरु सत्तामा जाने बार्गेनिंग गरी अर्को दलमा ओइल पोइल गएका छन् । Continue reading

युक्रेनः प्रोपागाण्डाको भुमरीमा, कसकोे झुट पत्यारलाग्दो ?

Ucraine Map-शशी पौडेल
वासिंगटन र किभले पूर्बी युक्रेनमा सरकारी भवनहरु र स्लोभाजान्सोक नामक शहरु रसियन सेना र सुराकीहरुले कब्जा गरेको भनी प्रचारबाजी गरिरहेका छन । तर उनिहरु आफैले उत्पादन गरेका प्रमाणहरु प्रति भने आफैले पनि बिश्वास गरिरहेका छैनन् । क्रेमेल(रुस)ले बिश्वास गर्ने झन् कुरै भएन । उता क्रेमेल पनि प्रोपागाण्डा गर्न पछि परेको छैन । रुसको प्रोपागाण्डा भने अली सिंगार पटार गरेको देख्न असहज छैन ।
ह्वाइट हाउसले युक्रेनमा रसियन सेना र सुराकीहरु भएको प्रमाणका रुपमा भन्दै गत मंगलबार २२ अप्रिलका दिन देखि एउटा सैनिक पोसाकधारी ब्यक्तिको तस्वीर छापेर प्रचार गरिरहेको छ । Continue reading

मन्त्री नरहरीको काठको नाक

Narahari Acharyaनेपाली भाषमा एउटा मिठो उखान छ “धानको कडकरी सहजै चिन्न सकिन्छ तर मान्छेको कडकरी त्यो ब्यक्तिका दुइ चार कृयाकलाप नहेरीकन चिन्न सकिन्न ।” हो यो उखान अहिले राम्रोसंग साबित भएको छ मन्त्री नरहरी आचार्यको सवालमा ।
नरहरि आचार्यलाई हामी नेपालीहरुले बौद्धिक, भद्र र सामान्य जीवनशैली अपनाउने नेताका रूपमा चिन्ने गर्दथ्यौं ।  उनले अहिलेसम्म बनाएको छवि पनि यही नै हो । तर, उनले जुन छवि निर्माण गरेका थिए, त्यो नितान्त नक्कली, ढोंगी र कपटपूर्ण रहेको रहस्य उनि मन्त्री भएपछि उद्घाटित भएको छ । Continue reading

“बाबुरामले जस्तो बोरामा पैसा लगेर खन्याउनुपर्यो”

haribol-gajurel1एमाओबादीका नेता हरिबोल गजुरेलले डा. बाबुराम भट्टराइलाइ बोरामा पैसा लगेर आफ्नो जिल्लामा खन्याएको आरोप लगाएका छन् । सर्पले मात्र सर्पको खुट्टा देख्छ भनेजस्तै माओबादी नेता गलुरेलले अर्का माओबादी नेता डा भट्टराइले गरेको काम देखेका हुन् सायद । यस्तै उनले उनि भन्दा वरिष्ठ माओबादी नेता सि पी गजुरेललाइ जनताको टेलिफोन नउठाएको आरोप समेत लगाएका छन् ।
एमाओवादीभित्र एकले अर्को गुटका नेतालाई खुईल्याउन कतिसम्म तल गिर्दारहेछन् भन्ने उदाहरण हो यो एउटा । Continue reading