“म एक्लो वृहस्पति”

–शशी पौडेल

“म एक्लो वृहस्पति” उक्त वाक्य नेपाली प्रजातान्त्रिक आन्दोलनका पथ प्रर्दशक विशेश्वर प्रसाद
कोइरलाद्वारा राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल फर्के पछि पटक पटक व्यक्त गरिएको हो । विपीको यो अभिव्यक्तिले संकेत गर्दथ्यो कि विपीले त्यसवेला आफु आफ्ना सहयोद्धा एंव सहयात्रीबाट अलग्गिएको अनुभव गरेका थिए । तर पनि विपी आफ्नो निष्ठा र प्रतिवद्धताहरुकै बीचमा बाँचेर “एक्लो वृहस्पति” को अनुभूतिको संवेदनाशीलतालाई यसरी प्रकट गरेको पाइन्थ्यो–“राष्ट्रिय मेलमिलाप नत राजतन्त्रसंगको सम्झौता हो नत संघर्ष”

स्व शैलजा आचार्य

राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर वीपी र गणेशमानजी संगै नेपाल फर्किए । त्यतिवेला नेपाली कम्यूनिष्ट आन्दोलनका घरोहर पुष्पलालसंग व्यापक छलफल भएको थियो  Continue reading

बाराक ओवामा दाश वंशका होइनन् – डेबरा डिकरसन

-शशी पौडेल

बिगत चार वर्ष अघि अर्थात अमेरिकाको चवालीसौं राष्ट्रपतिको निर्वाचन पछि पत्रपत्रिका एवं अन्य संचार साधनहरुले ‘‘अमेरिकामा पहिलो कालो राष्ट्रपति’’ भनेर चर्चा गरिरहेको बेला यस पंत्तिकारलाई पनि यसबारे निधार खुम्चाउन मन लागेको थियो । के बाराक ओवामा साँच्चै काला हुन् त ?
बाराक ओवामा राष्ट्रपति पदमा निर्वाचित भए पछि अफ्रिकी मूलका काला नागरिकहरु असाध्यै आशावादी र खुसी देखिन्थे । त्यस्तै एशियाली मूलका नागरिकहरु पनि बाराक ओवामा राष्ट्रपतिमा निर्वाचित भएकोमा खुसी देखिन्थे , किनकि उनी इन्डोनेशियामा बढे हुर्केको र पढलेख गरेका हुन् । जीवनको बाल्यकाल र कुखुरे बैंशको बेलामा परेका छापहरुले मानिसलाई जीवनको उत्तरार्धकाल सम्म पछ्छाई रहन्छ । त्यसैले शायद उनी एशिया प्रति नरम हुन सक्छन् । र अफ्रिका प्रति पनि, किन भने उनका बाबु काला हुन्, यसमा शंका रहेन । Continue reading

एनआरएनको वर्तमान चुनौती

NRN Fifth Conference

—शशी पौडेल

गैरआवासीय नेपालीहरूको संस्था एनआरएनको पाँचौ राष्ट्रिय सम्मेलन केही समयअघि सम्पन्न भएको छ । सम्मेलनमा नेपालमा आर्थिक उन्नतिका कुराहरू उठे । एनआरएन पक्षले सरकारले पूर्ण अधिकार सहितको दोहरो नागरिकता नदिएकाले आफूले मुलकको आर्थिक विकासका निम्ति चाहेजस्तो मनग्गे काम गर्न नसकेको भन्दै आइरहेको छ । अर्कोतिर नेपाल सरकारले एनआरएनले आफूले हल्ला चलाएजस्तो लगानी नगरेको, सहुलियत सुविधामात्रै खोजेको, थुप्रै माग बोकेर पटक-पटक नेपाल झुल्किएको, समस्या मात्र तेर्स्याउने गरेको आरोप लगाउँदै आइरहेको छ । Continue reading

लोकतन्त्र, गणतन्त्र वा जनगणतन्त्र

शशी पौडेल
लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र शब्दको परिभाषा गर्न सजिलो छैन । आदिकाल देखि अहिले सम्म पनि ‘‘लोकतन्त्र’’ शब्दको परिभाषा विवादमा मुछिदै आएको छ । विश्वभर आफूलाई लोकतान्त्रिक मुलुक भनी दावा गर्ने मुलुकहरु नेपाल सहित एघार दर्जन नागेको छ । यी एक सय तीस भन्दा बढी लोतन्त्रात्मक भनिने मुलुकहरुको राजनीतिक चरित्र, तौर तरिका, प्रतिवद्धता र परिभाषा भिन्न भिन्न देखिन्छन् । यहॉ मैले आदिकाल, मध्यकाल र वर्तमानमा गरिदै आएका लोकतन्त्रको परिभाषा र यस प्रतिको प्रतिवद्धता बारे चर्चा गर्ने जमर्को गर्ने छु । Continue reading

एमाले देश जोगाउन कटिबद्ध हुनुपर्छ

शशी पौडेल
एनेकपा माओवादीले १२ बँुदे सम्झौतामा सही गरेर जंगल छाडेपछि नेकपा एमालेसामू तीनवटा प्रश्नहरु तेर्सिए । प्रथम, भविश्यमा नेकपा माओबादीसँग नजिक भएर जाने । द्वितीय, नेपाली काग्रेससँग मिलरे जाने वा तेश्रो दुवैसँग बरावर सम्बन्ध राख्ने । तर नेकपा एमाले ९ महिने सत्ताको आहालको स्वाद चाखिसकेकाले आफ्ना जिम्मेवारी र राजनैतिक एवम् सैद्धान्तिक मान्यता विर्सर्दै जान थाल्यो । हनु त सत्ताको स्वाद भर्खरै पनि आलो पालो गरी चाटे । त्यसैले सत्तामोह भन्ने चिज यस्तो रहेछ कि मृत्युपर्यन्त स्मरणीय हुने । Continue reading

माइलदाईको सम्झनामा

— शशी पौडेल
“माइला, मैले प्रजातन्त्रका निम्ति वालेको दीयोलाई तैले प्रज्वल्लित पार्ने छस् ।” १६ बर्षको उमेरमा आफ्ना दाजुको आदेश शिरउपर गरी नेपाल र नेपालीको मूक्तिका निम्ति कम्मर कसेका युवा यदि आज हाम्रो सामु भए उनी ८८ बर्षका हुने थिए । ३४ बर्ष अघि भौतिक शरीरले नेपाल र नेपालीलाई छाडेर गएपनि उनले दिएको विचार, उनले गरेका योगदान आज हर नेपालीको मुटुको ढुकढुकीको रुपमा जीवन्त छ । Continue reading

बहुरुपी बाराक ओबामा

— शशी पौडेल
अमेरिकी राष्ट्रपति पदका निम्ति पहिलो चरणको प्रजातान्त्रिक पार्टी भित्रको निर्वाचन लडिरहेका बाराक ओबामाले २३ मे २००८ का दिन गरेको भाषण बीबीसी मार्फत सुन्ने मौका प्राप्त गरेको थिएं । जुन मैले मेरो डायरीमा नोट गरेर राखेको रहेछु । उनले रोबोर्ट केनेडीको सम्मmनामा न्यूयोर्कमा आयोजित एक समारोहमा बोल्दै भनेका थिए “यदि रोबोर्ट केनेडीको आज भन्दा ४० बर्ष अघि निर्वाचन प्रचार प्रसार क्रममा हत्या नभएको भए उनि त्यतिबेला राष्ट्रपति पदको निर्वाचनमा बिजयी हुने थिए । किन भने उनि एक आशाबादी प्रजातान्त्रिक ब्यक्तित्व थिए । उनि दुरदर्शी थिए र उनले भन्ने गर्थे कि सरकार जनता समक्ष पुग्नु पर्छ । जनतालाई इज्जत र न्याय दिन सक्नु पर्छ ।” बाराक ओबामाले दर्शनशास्त्री बर्नाड श ले भने जस्तै गरी अगाडी भने “धेरै जसो मान्छेहरुले सोच्दछन् आफूहरु त्याहाँ छन् तर किन र कसरी छन् ? उनिहरु स्वयंलाइ थाहा छैन । तर म यो सोंच्दछु जुन कुनै कुरा छदै छैन र म त्यही नभएको कुरा माथी प्रश्न गर्दछु यो अर्थात त्यो किन छैन भनेर ? म पनि अमेरिकाका लागि नयाँ भिजन बोकेको रोबोर्ट केनेडी जस्तै आशाबादी ब्यक्ति हूं ।” Continue reading

एभी सिष्टमका लागि भएको जनमत संग्रह

– शशी पौडेल
५ मे २०११ बिहीवारका दिन स्थानिय काउन्सीलरहरुको निर्वाचनका साथ साथै निर्वाचन प्रणाली सुधार गर्ने भन्नेबारे जनमत संग्रह पनि भएको थियो । जनमत संग्रहका लागि प्रश्न –अहिले सम्म हुदै आएको फस्ट पास्ट द पोष्ट सिस्टम अन्र्तगतको निर्वाचन प्रणाली कायम राख्ने वा अल्टरनेटिभ भोट सिष्टम लागू गर्ने भन्ने  थियो । Continue reading

के अव स्वास्थ्य सेवा किन्नु पर्ने हो ?

– शशि पौडेल

“सरकारले स्वास्थ्य सेवामा खेलवाड गरेको छ ।” उक्त कुरा स्वास्थ्य सेवा सम्वन्धी थिङ्क ट्याङ्क लान्सेटले गत  सोमवार सार्वजनिक गरेको हो । आफ्नो अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिन (लान्सेट)का प्रोफेसर निक ल्वाकले जनताले जति कर तिर्दछन् त्यति राष्ट्रिय स्वास्थ्य सेवामार्फत सेवा प्राप्त नगरेको दावी गरेका छन् । Continue reading

फल्कलैण्ड टापु टेन्सन

– शशी पौडेल

Flag of Falkland

 फल्कलैण्ड टापु अब कसको हुने भन्ने प्रश्न बिश्वका राजनैतिक पण्डितहरुबीच बहस हुन थालेको छ । मुलुक  भित्रको आर्थिक अवस्था कमजोर भएर लरखराएको बेला  हिं¨ सकिए पनि हिं¨ बांधेको टालोमा गन्ध नहराएझै वेलायती साम्रज्यको ध¨ध¨ी अझै मेटिएको छैन । कुनै वेला एक चौथाइ विश्वको एक छत्र राज्य गरेको वेलायतले पछिल्लो पटक आफनो साम्रज्य टिकाउने युद्घ १९८२ मा गरेको थियो । अर्जेनटाइनका बिरुद्घ फल्कल्यण्ैड टापु हासिल गर्न । Continue reading