एड मिलिल्याण्डलाई खुला पत्र

– शशी पौडेल
लेबर पार्टीको महाअधिवेशनबाट पार्टी नेताको पदमा विजयी भएकोमा बधाई ।
पार्टी नेताको उम्मेदवारको रुपमा प्रचारप्रसार क्रममा तिमीले आफुलाई परिवर्तनको उम्मेद्वार भनेर घोषणा ग¥यौं । तिमीले नया“ लेबर पार्टी अब नया“ पुस्ताले जिम्मा लिइएको छ भन्यौं । त्यतीबेला लाग्यो, कुरा ठिकै ग¥यौं होला परिवर्तन हुन्छकी भन्ने आशा हर बेलायतीले गरेका थिए, तर यी सबै कुरा विश्वास गर्न निर्वाचन प्रचार गर्ने क्रममा भाषण गरेर मात्रै पुग्दैन । सत्य कुरा के हो भने टोनी बेल्यरको पालादेखि पार्टी प“ुजीवादतिर लम्केको हो । पार्टी पुनः समाजवादी प्रजातन्त्र तर्फ फर्किन हचुवा भाषणले मात्र प्रयाप्त छैन । तिमीले आफ्नो प्रतिवद्धता भाषणमा पनि प्रयाप्त विश्वास दिलाउन सकेनौं कि भन्ने मेरो विश्वास रहेको छ । निर्वाचन प्रचार क्रममा तिमीहरु दुई भाई, दुई ध्रुव भएर सिंग जुधाएको देखे पछि मलाई लेबर पार्टी भित्र गहिरिन मन लाग्यो । खोज्दै जाने क्रममा तिमीहरुको पार्टी १९१८ मा प्रतिपादित घोषणा पत्र हातमा प¥यो । सिडनी वेबले प्रस्तुत गरेको र लेबर पार्टीले १९१८ मा स्वीकार गरेको घोषणा पत्रको चौथो बु“दामा लेबर पार्टीको मुल उद्देश्य यसरी प्रस्तुत गरिएको रहेछ । Continue reading

डायमण्ड जुबलीको पार्टी सुरु

बेलायती रानीको राज्याभिषेकको डायमण्ड जुबलीका बेला अर्थात यो सप्ताहअन्त झण्डै एक बिलियन पौण्ड बराबरको खाना, प्यय पदार्थ र रंगीचंगी बनाउने डेकोरेशनका सामानहरु बिक्रिहुने बताइएको छ । लण्डनका दशहजार सडकहरुमा मनाइने डायमण्ड जुबलीमा ब्यपारीहरुका खाध्यान्न गोदाम, प्यय पदार्थका गोदाम रित्तिने मात्र नभै  डेकोरेशनका सामान उत्पादन गर्नेहरुका लागि पनि भ्याइ नभ्याइ भएको छ ।
लण्डन एवं बेलायतका अन्य ठूला शहरहरुमा आजैबाट पार्टीहरु सुरुभै मंगलबार सम्म रहने छ । यी पाँच दिनमा बेलायतभर आठसय तेइस मिलियन बराबरको खाना मात्र बिक्रीहुने अनुमान गरिएको छ भने एक बिलियन बराबरको प्यय पदार्थ ।
बिशौं लाख ब्यक्तिहरु पवहरुमा जानेछन् । यही सप्ताहाअन्तमा २०१२को युरो फुटबल कपको सुरुको  मैत्रीपूर्ण खेल पनि हुदै गरेकाले पवहरु पनि खचाखच भरिने छन् । Continue reading

साँढा साँढीको जुदाइ बाच्छा बाच्छीको मिचाइ

—    शशी पौडेल
सम्बिधान सभाको निर्वाचन देखि अहिल सम्म आइपुग्दा मुलुक क्ष्यत बिक्ष्यत भैसकेको छ । एकातिर तराइ मूलका नागरिकहरुले अधिकारको खोजी गरिरहेका छन् भने अर्को तिर पहाडिया, बाहुन क्षेत्री ठकुरी, दशनामी, दलित  जनजाती लगायत सम्बिधानमा सुनिश्चितताको लागि संघर्षरत छन् .  त्यतीमात्र हैन हरेक तह र तप्काबाट आ आफ्नो अधिकारको कुरा उठेको छ । Continue reading

इजिप्टः निर्वाचनको मुखमा

– शशी पौडेल
आगामी हप्ता इजिप्टमा दोस्रो चरणको निर्वाचन हुन गइरहेको छ । निर्वाचनका निम्ति मुस्लिम ब्रदरहुडका अग्र पंतिमा रहेको छ । मुस्लिम ब्रदरहुड एक मुस्लिमहरुको उग्र संगठन हो । २०११ मध्यपूर्बका लागि लोकतान्त्रिक आन्दोलनको बर्ष भनेर चिनियो । त्यतिखेर अर्थात आन्दोलन सुस्ताउन लाग्दा जनवरी २०११मा मैले इजिप्टमा भैरहेको लोकतान्त्रिक आन्दोलनको समीक्षा गरेको थिंए ।
लेनिन भन्छन् “ आन्दोलनकारीहरुले दुई कुराका निम्ति आन्दोलन गर्दछन् पहिलो कुरा हो पुरानै शासन व्यवस्था रहेसम्म जनता शासन सत्तामा पुग्न सक्तैनन् ।
दोस्रो शासकहरुले पुरानै व्यवस्थावाट अब शासन गरिरहन सक्तैनन् ।”
उक्त कुरा चार फरवरी २०११ को गार्डियनको सम्पादकीयमा उल्लेख छ । Continue reading

More instability await Nepal

“We have no other option but to go back to the people and elect a new assembly to write the constitution,”

PM Dr Babu Ram Bhattarai said in his announcement broadcast live over television. The government put security forces on high alert and riot police were patrolling the streets of the capital, Katmandu, though there were no reports of violence on Monday. Continue reading

डेविड र निकको पिलोको सानो खिल निस्कने

शशी पौडेल
बर्तमान मिलीजुली सरकारको पिलोको एउटा सानो खिल निकट भविश्यमै निस्कने भएको छ, जुन खबरले प्रधानमन्त्री डेविड क्यामरोन र उप प्रधान मन्त्री निक ल्केगलाइ खुसि तुल्याएको हुनु पर्छ ।  कन्टेवरीका आर्च विशोफ डा.रोआन विलिआम्स निकट भविश्यमै पद त्याग गर्दै छन् । गतबर्ष  चर्च र प्रधानमन्त्रीवीच वाकयुद्ध  भएको थियो । सामान्यतया चर्चहरु कन्जरभेटिभ चिन्तनका हुने हुंदा कन्जरभेटिभ सरकारको सर्मथन गर्ने हुन्छन् । अझ त्यसो भन्दा पनि जो हरेक हप्ता चर्चमा प्रार्थनाका निम्ति जान्छन् उनीहरुनै निर्वाचनमा भोट दिन जाने समुदाय हुन् र उनीहरुले प्राय जसो कन्जरभेटिभ पार्टीलाई भोट दिने गर्दछन् । चाहे अमेरिकामा होस्, फ्रान्स वा जर्मनीमा । तर  बेलायती चर्च अफ इङ्गलैण्डका आर्च विशोफले भने मिलिजुली सरकारको भरपुर आलोचना गरे  । Continue reading

जी आठको बैठकमा युरो संकट मुख्य मुद्धा

शशी पौडेल
विश्वका सबभन्दा शक्तिशाली नेताहरुलाई सायद यति धेरै ध्यान केन्द्रित गर्नु पर्दैन जति अहिले यूरोका बारेमा परिरहेको छ । विश्वका आठ शक्तिशाली राष्ट्रका नेताहरु गत शुक्रवार अमेरिकाको राजधानी वासिङटनमा उत्रेका हुन् ।
फ्रान्स, जर्मन, इटली, जापान, रसिया, क्यानडा र बेलायती नेताहरुलाई अमेरिकी राष्ट्रपतिले स्वागत गरे । Continue reading

अमेरिका यात्राको उपलव्धी ?

  • शशी पौडेल

हुन त बेलायतमा हामी नेपालीहरुका लागि राजनीति भनेको सुत्दा घुर्नुसरह बाहेक अन्य हुने छैन । हरेक हप्ता ढोका भित्र खुत्रुक्क छिर्ने पत्रिकाको लिफामा खोलेर बाहिर झिकेर हेर्नुको एउटै मात्र कारण प्रायः हुन सक्छ । हाम्रा सयभन्दा बढी बेलायतमा रहेका संगठनहरु मध्य  कसले कहाँ के गरे भनेर हेर्ने । तर राजनीतिको जकेट  भिर्ने जमर्को गरेकाहरुका लागि भने गत हप्ता साँचो अर्थमा निराशाजनक वितेको हुनुपर्छ । Continue reading

सत्तासिनवीच खैलाबैला

शशी पौडेल

खै त त्यो खुसी ?

बेलायतमा गत मइ महिनाको पहिलो हप्ता सम्पन्न स्थानीय निर्वाचनको परिणमले सत्तामा बसिरहेका दुबै पर्टीहरु कन्जरभेटिभ र लिवरल डेमोक्रेटिक पार्टी भित्र खैलाबैला परेको छ । निर्बाचनको परिणाम प्रतिशतको आधारमा सवभन्दा बढी लिवडेम पराजीत भएको छ भने मिलीजुलि सरकारको दाजूको भूमिका निर्बाह गर्दैै आएको कन्जरभेटिभ पार्टी पनि कम पराजय भएन । Continue reading

राजदूतका चार बुँदा

शशी पौडेल
वर्षमा एक दुई चोटी पार्टी गर्ने र आफ्नो कार्यकाल सक्ने परम्परालाई तोडेर केही गरौ भन्ने भावनाले प्रेरित भै आफु लागि परेको कुरा बेलायत स्थित नेपाली राजदूत डा. सुरेश चन्द्र चालिसेले गत हप्ता दिएको बिवरणबाट प्रष्ट थियो । उनले मुख्य चार कुरामा ध्यान दिएको पनि प्रष्ट पारे । सर्व प्रथम नेपालको आर्थिक उन्नतीको मेरुडण्ड मानिने क्षेत्र पर्यटनलाइ पहिलो प्राथमिकतामा राखेको भन्दै ब्यपार र ब्यवसाय पनि त्यत्तिकै महत्वपूर्ण भएको स्वीकार गरे ।
Continue reading