लोकतन्त्र, गणतन्त्र वा जनगणतन्त्र

शशी पौडेल
लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र शब्दको परिभाषा गर्न सजिलो छैन । आदिकाल देखि अहिले सम्म पनि ‘‘लोकतन्त्र’’ शब्दको परिभाषा विवादमा मुछिदै आएको छ । विश्वभर आफूलाई लोकतान्त्रिक मुलुक भनी दावा गर्ने मुलुकहरु नेपाल सहित एघार दर्जन नागेको छ । यी एक सय तीस भन्दा बढी लोतन्त्रात्मक भनिने मुलुकहरुको राजनीतिक चरित्र, तौर तरिका, प्रतिवद्धता र परिभाषा भिन्न भिन्न देखिन्छन् । यहॉ मैले आदिकाल, मध्यकाल र वर्तमानमा गरिदै आएका लोकतन्त्रको परिभाषा र यस प्रतिको प्रतिवद्धता बारे चर्चा गर्ने जमर्को गर्ने छु । यदि हामीले लोकतन्त्र, गणतन्त्र तथा जनगणतन्त्रको विशुद्ध शाब्दिक अर्थलाई शब्द विन्यास गरेर हे¥यौं भने ग्रीक  भाषाको Demos Kratein (डेमोज क्राटाइन अर्थात डेमोक्राटाइन ) बाट आएको पाईन्छ । जस अनुसार, डेमोज भनेको जनता र क्राटाइन भनेको शासन हुन्छ । यही डेमोक्राटाइन बाट अंग्रेजीमा डेमोक्रेसी भयो र यसलाई आ—आफ्ना भाषामा विभिन्न मुलुकहरुले अनुवाद लिए । जस्तै डेमोज भन्नाले नेपालीमा जन, संस्कृतमा गण र हिन्दीमा लोक । क्रेसी भन्नाले तन्त्र तथा शासन । यसरीनै नेपालका विभिन्न राजनीतिक दलहरुले आ— आफ्नो ढंगले शब्दलाई लिन थाले । नेकपा एमालेले जनवाद, माओवादीले जनगणतन्त्र, नेकाले लोकतन्त्र ।
‘‘जुन संविधान हामी कहा लागु छ यो संविधान अर्थात परिपाटी लोकतान्त्रिक संविधान हो । किन भने यो संविधानले अल्पसंख्यक जनताको हैन बहुसंख्यक जनताको निर्णय र चाहानालाई मान्यता दिएको छ ।’’
लोकतन्त्रको उक्त व्याख्या ग्रीकका राज्य प्रमुख पेरिकल (इसा पूर्व लगभग ५००—४२९) ले गरेका थिए । यसबाट के प्रष्ट हुन्छ भने जुन संविधानमा बहुसंख्यक जनताको मुल्य, मान्यता, हक र हित सर्वोपरी मानिन्छ, त्यस संविधानलाई जनगणतान्त्रिक अर्थात लोक तान्त्रिक मानिन्छ । लोकतन्त्रात्मक संविधान बहुसंख्यक लोकतन्त्र, गणतन्त्र र जनगणतन्त्र जनताको पक्षमा हुनु पर्छ र राज्यले सबै नागरिकको प्राकृतिक मान्यता, अधिकार र कर्तव्य बराबर छ भन्ने व्यवहारिक रुपमा प्रमाणित गर्नु पर्छ । सबै नागरिकहरु स्वतन्त्र र स्वाधिन हुनु उनीहरुको जन्मसिद्ध अधिकार हो भन्ने बुझ्नु र बुझाउनु पर्छ । र समाज जात जातीयताको उ‘च निचको भावनाबाट मुक्त हुनु पर्छ । तर समाजिक व्यवहारमा यसलाई कतिको लागु गरिन्छ ?
लोकतान्त्रिक सत्ता व्यवहारमा कसरी प्रयोग गरिन्छ ? भन्ने कुराको व्याख्या असाध्य भिन्न भिन्न तरिकाबाट गरिदैआएको छ ।
सरसर्ती हेर्दा ‘‘लोकतन्त्र’’ शब्दले वास्तवमा कुनै कुृराको छिनोफानो गर्न सक्दैन । लोकतन्त्र, गणतन्त्र वा जनगणतन्त्र शब्दले न त जनताको शासनको निर्विवाद अर्थात विवादरहीत ढंगले जनता माथि आफ्नो शासन चलाउनु पर्छ भन्छ, न त संपूर्ण जनता शासक हुन् भन्ने अर्थमा बुझ्न र व्यवहारमा लागु गर्न सकिन्छ । तर लोतन्त्र, गणतन्त्र वा जनगणतन्त्र शब्दले एक योग्य बहुमतको नेतृत्व हुनु पर्नेमा नितान्त आवश्यकता देखाउछ । तर यहानेर अर्काे पश््रन उठछ् अल्पमतको मान्यता र चाहाना प्र ितको जिम्मवोर को त ? यसबाहेक दोस्रो प्रश्न पनि उठ्न सक्छ — लोकतन्त्रमा संपूर्ण जनताहरु जुनसुकै अवस्थामा पनि सल्लाहाकार हुन् ? राजनीतिक निर्णय गर्ने र लागु गर्ने अधिकारी हुन् अथवा होउन् भन्ने चाहाना राखिन्छ अथवा संपूर्ण राजनीतिक कार्यनीतिहरुको बाडफॉडमा संपूर्ण जनतालाई सामेल गर्नु पर्छ भन्ने चाहाना राखिन्छ ?
अवश्य पनि लोकतन्त्रमा योग्य व्यक्तिहरुबाट सल्लह हुने गर्छ र राजनीतिक निर्णयहरु गरिन्छ । संपूर्ण जनताबाट निर्वाचनमा आफ्नो मत अर्थात निर्णय दिन पाउछन् र दिनु पर्छ भन्ने मात्र हैन खुला राजीतिक वातावरणमा आफ्ना प्रतिनिधीहरुलाई ऑट, जोश, जॉगर र सरसल्लाह दिने र खतराबाट सतर्क गराउने मात्र होइन विरोध गर्न पाउने अधिकार समेत लोकतन्त्रमा व्याख्या गरिएको छ । आदिकाल देखि नै लोकतन्त्र प्रति ठुलो आकर्षण देखिदै आएको छ । आदिकालमै पनि लोकतन्त्र ऑधी बेहरी जस्तोभएर विश्वभर फैलियो । तर कतिपय मुलुकमा बलियो र कतिपय मुलुकमा कमजोर भएर आयो । मध्यकालमा लोकतन्त्रको पहिलो भेल सन् १८२० मा शुरु भयो । फासीवादको हैकम र निरकुशताका कारण इटालीमा लोकतन्त्र जीवीत रहन सकेन । त्यसको केही समय पछि लोतान्त्रिक मुलुकहरुको संख्या १२ मा झ¥यो ।
तर दोस्रो विश्व युद्ध पछि लोकतान्त्रिक भेल फेरी शुरु भयो । सन् १९६० सम्ममा ३६ बटा मुलुकहरुमा राजतंत्र लाई सदाका लागि बिदा गरी लोकतन्त्र स्थापना गरियो । यस समयमा हाम्रो मुलुक पनि अछुत रहेन वि.सं. २००७ मा लोकतन्त्र जोश जॉगर र फुर्ती साथ आएको थियो । तर दुर्भाग्यवश वॉच्न सकेन । अनि तेस्तो लोकतान्त्रिक भेल विश्वमा सन् १९७४ बाट शुरु भएर १९९० सम्म निरन्तर बगीरहयो । जसबाट विश्वका अन्य ३० मुलुकहरु लोकतान्त्रिक प्रकृया तर्फ लागे ।
सन् १९८९—९० को युरोपेली परिवर्तनले नेपालको लोकतान्त्रिक आन्दोलनमा एकहद सम्म प्रभाव पा¥यो । यसरी एक्काइसौ सताब्दीको शुरुवात संगै लोकतान्त्रिक मुलुकहरुको संख्या एकसय एक्काइस पुगेको थियो । तर लोकतन्त्र स्थापना हुने क्रममा हरेक मुलुकको सामाजिक र आर्थिक स्थिती र वातावरण अनुसार भिन्न भिन्न तरिका र मान्यताबाट लोकतन्त्रको ‘‘क्रिष्टलाइज’’ भएकोछ । यस अर्थमा लोकतन्त्र कुनै फर्म अथवा कुनै खास ‘‘युनिभर्सल मोडेल’’ नभएर मुलुकको ऐतिहासिक, समाजिक, सांस्कृतिक र आर्थिक अवस्था र यसैगरी यसको योग्यतामा निर्भर हुने कुरा हो ।
लोकतन्त्र (Demokratein) शब्द पहिलो पटक परापूर्वकालमा ग्रीसमा प्रयोग गरिएको हो । यो शब्दको सबभन्दा पुराना सुत्रधार हेरोडोड (इसा पूर्व ४८४—४२५) हुन् । यो शब्दले ग्रीकमा त्यतिबेला थुप्रै कुराहरुको परिवर्तन ल्याएको थियो । एथेन्सका जनता इसा पूर्व ५०८ देखि ३२२ सम्म लोकतान्त्रिक गणतान्त्रिक जल्दो बल्दो अवस्थामा थिए । उनीहरुले झण्डै १७५ वर्ष आफैले राज्य चलाएका थिए । यसल्ाई ‘‘क्लासिकल डेमोक्रेंसी’’ नामाकरण गरिएको छ । तर पनि त्यहां ग्रीकका दार्शनिकहरुले लोकतन्त्रको आलोचना गर्न थाले । प्लाटोन (इशा पूर्व ४२७—३४७) र अरिष्टोटल (इशा पूर्व ३८४—३२२) हरुले लोकतन्त्र अर्थात डेमोक्रेसीलाई ‘‘अराजक, अशिक्षित र अज्ञानीहरुको जमघट हो’’ भन्ने संज्ञा दिएका थिए । त्यस पछि लगभग दुइ हजार वर्ष सम्म लोकतन्त्र प्रति जनसमुदायको दृष्टिकोणमा नकारात्मक प्रभाव प¥यो । यद्यपी जनता तानाशाहबाट मुक्त हुन चाहान्थे । बिश्वभर नितान्त र बिशुद्ध लोकतन्त्रका निम्ति भनेर जन आन्दोलनहरु छेडिन सकेनन् । तर असंगठित जनसमुदायको स्वतस्फूर्त आन्दोलन चाही भई नै रहे । यसको उदाहरण १६१८ देखि १६४८ सम्मको ३० वर्षे युरोपेली क्रान्तिलाई लिन सकिन्छ । यो क्रान्तिले राजनितिक जिम्मेवारी लिनु भन्दा बढी धार्मिक क्रान्तिको जिम्मेवारी लिएको पाइन्छ, हुन पनि  यो (धार्मिक) अधिकारको माग मात्र राख्दै सुरु गरिएको क्रान्ति थियो । यसै क्रान्तिको प्रभावबाट स्वतस्फूर्त रुपमा उर्लिएको जनसमुदायले बेलायतमा सन १६४९ मा तत्कालिन राजा चार्ल प्रथमलाई मृत्युडण्ड सम्म पु¥याएको थियो । अझ प्रष्ट शब्दमा भन्दा १६४२ देखि शुरु भएको बेलायती संसद र राजाबीचको युद्धले राजालाई मृत्यु सन्मुख पु¥याएको हो । यो मृत्युदण्ड कुनै अदालतको फैसला नभै जनयुद्धको कारणबाट भएको थियो ।
अठारौं सताब्दीमा अझ खास गरी अमेरीकी र फ्रान्सेली क्रान्ति पछि मात्र लोकतन्त्रले आफ्नो सही मुल्य, मान्यता र प्रसंशा प्राप्त गर्न सफल भएको पाइन्छ । १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक ऐगेलले कम्युनिष्ट पार्टीको घोषणा पत्र प्रकाशन गरे । त्यसको लगत्तै फ्रान्समा भएको क्रान्ति पछि फ्रान्सका राजनीतिज्ञ एवं दार्शनिक ‘‘फ्रन्सको गुइजोट’’ पछि माात्र डेमोक्रेसी शब्द विश्व व्यापी हुन पुग्यो । यसरी विश्व व्यापी हुने क्रममा नेपालमा पनि लोकतन्त्रात्मक गणतन्त्रले पाइला टेकेको छ यसलाई बलियो बनाउन संविधानसभाको निर्वाचन भएको थियो तर यो काम सम्पन्न नगरिकनै तुहियो ।  पक्ष र विपक्ष दुवै मिलेर ‘‘लोकतन्त्र जनताका लागि र जनताद्धारा’’ भन्ने मान्यता सहितको संविधान क्रिव्प्लाइज गर्नु पथ्र्यो । लोकतान्त्रिक संविधान क्रिव्प्लाइज  गर्न लोकतन्त्रको संस्थाकरण र राजनीतिक अनुशासन बिना संभव छैन । किन भने राजनीतिक अनुशासन बिना जनताको आत्मसम्मान हुन सक्तैन । लोकतन्त्र बलियो र संस्थागत गराउन जनताको आत्मसम्मन भन्दा अरु कुरा केही हुन सक्दैन । सत्तामा पुगेका वा बाहिर बसेका सबै राजनीतिक पार्टीहरुले भर्खर पाइला टेकेको लोकतन्त्रको यथार्थलाई आत्मसात गर्दे अगाडि बढ्ने हो भने जनता सदैव उनीहरुका साथमा हुनेछन् । किनकी राजनीतिक पार्टीहरु नै जनताका सबभन्दा नजिकको दुख पोख्ने र सुख बॉड्ने संस्था हुन् । यदि मुलुकमा लोकतन्त्र बचाइ राख्ने अनि साच्चै लाकतान्त्रिक संविधान लेख्ने हो र लेखिने संविधान भित्र ‘‘जनताका लागि र जनताद्धारा’’ भन्ने यथार्थलाई सम्मानजनक राख्ने हो भने राजनीतिक पार्टीहरु सबभन्दा पहिले आफ्ना रंग रोगन, व्यक्तिगत र पार्टीगत स्वार्थबाट मुक्त हुनु पर्छ । अन्यथा पूर्व राजा ज्ञानेन्द्रले सत्ता सम्हालेमा कसैले आश्चर्य मान्नु पर्ने छैन ।

 

Bookmark the permalink.

One Response to लोकतन्त्र, गणतन्त्र वा जनगणतन्त्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *