एमाले देश जोगाउन कटिबद्ध हुनुपर्छ

शशी पौडेल
एनेकपा माओवादीले १२ बँुदे सम्झौतामा सही गरेर जंगल छाडेपछि नेकपा एमालेसामू तीनवटा प्रश्नहरु तेर्सिए । प्रथम, भविश्यमा नेकपा माओबादीसँग नजिक भएर जाने । द्वितीय, नेपाली काग्रेससँग मिलरे जाने वा तेश्रो दुवैसँग बरावर सम्बन्ध राख्ने । तर नेकपा एमाले ९ महिने सत्ताको आहालको स्वाद चाखिसकेकाले आफ्ना जिम्मेवारी र राजनैतिक एवम् सैद्धान्तिक मान्यता विर्सर्दै जान थाल्यो । हनु त सत्ताको स्वाद भर्खरै पनि आलो पालो गरी चाटे । त्यसैले सत्तामोह भन्ने चिज यस्तो रहेछ कि मृत्युपर्यन्त स्मरणीय हुने ।
एनेकपा माओवादीसँग नजिक भएर जान आफूमा क्रान्तिकारी धार भुत्ते हुदै गैरहेको र दक्षिणपन्थी प्रबृत्ति हावी हुदै जानुका साथै अवाञ्छित सत्तामोहको कारणले सम्भव देखेन, किनकी संविधानसभाको निर्वाचनमा एनेकपा माओबादीका सामु हार भएको थियो । मलाई यो लाग्दैन कि एमाले बिरुद्ध उभिएका माओवादीका दुवै प्रतिद्धन्दी नेपाली जनमानसमा निकै चर्चित भएका एवम् उनीहरु मात्रै विकल्प भएका कारणले बढी मत पाएका हुन् । बरु यर्थाथता के हो भने २०५२ सालदेखि नै एमाले पार्र्टीमा देखा परेका सैद्दान्तिक विचलन अनि सांगठनिक अनुशासनहिनता नै कारण हुन् । मतदाताहरुले गल्ती गनर्लोई सजाय दिन चाहन्थे । यति भैसक्दा पनि पार्टीले अहिले सम्म आफुले गरेका गल्तीहरुको फेहरिस्त तयार पारेर सार्बजनिक आत्माआलोचना (औपचारिकता नै भए पनि) गर्ने हिम्मतसम्म गरेका छैन ।
दोश्रो विकल्प नेपाली काग्रेससंग मिलेर जाने भन्ने । एमालेको एउटा पंतीले यो अलि संभव देख्यो अझ खासगरी एमाले भित्रका कांँग्रेस एवम् दरवारपरस्थ केही नेताहरु यही चाहन्थे । राजाको अन्त्य भएपछि त्यो ठाउंमा गिरिजालाई देखेका एमालेहरु आफूलाई त्यहाँ सुरक्षित देखे । यहासम्म कि संविधानसभापछि प्रचण्डको नेतृत्वमा गठित सरकारमा सहभागी हुने सम्बन्धमा पनि शुरुदेखि नै एमालेभित्र एउटै सोच, अठोट र एउटै मनोविज्ञान थिएन । उनिहरुमध्ये केहीले संविधानसभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरुको सहमतिमा सर्वदलीय सरकारको कुरा गरे भने अर्को पक्ष सरकारमा होम्मीयो । जसका कारण नेपाली काँग्रेसबाट पनि एक हदसम्म विश्वास गुमायो । यसो त राजा अन्तर्गत गठित लोकेन्द्रबहादुर चन्दको पालामा ज्ञानेन्द्रसँग भेटेपछि एमाले नेता केपी ओलीले सञ्चारमाध्यम मार्फत सार्वजनिक गरेका विचारहरु अस्वभाविक र विशेष चर्चित रहेकै हुन् । ओली आश्चार्यजनक रुपमा राजा तथा राजाका सोचाई तथा कामहरुका सम्बन्धमा सकारात्मक अभिब्यक्ति दिदै हिँडे । राजासँगको भेटपछि उनले एमालेलाई त्यही ड्याङमा लैजाने प्रयत्न गरे । ओलीको दुर्भाग्य नै होला राजतन्त्र नष्ट भयो । यस काममा सबैजसो राजनैतिक पार्टीहरुले आ आफ्नो ढंगले मेहनत गरे ।
२०५२ सालदेखि नै एमालेले संसदीय अभ्यासमा गल्ती गर्दै आएको छ । एमालेभित्र क्रान्तिकारी विचारधारा एवम् जनताको बहुदलिय जनवाद च्यूत हुदै गएर गलत आचरण, सैद्धान्तिक विचलन एव बुर्जुवाकरण एकपछि अर्को गर्दै हावी हुन थाल्यो । यहाँसम्मकी नेकपा एमालेले २०५९ सालमा राजाद्वारा गरेको संसद विघटनको षडयन्त्रलाई समेत बुझ्न सकेन । बरु त्यसको उल्टा एमालेले आगामी निर्वाचनमा ‘वहुमत ल्याउछौ’ भनेर स्वागत गर्न पुगे । उता नेकपा माओवादीको नौलो जनवादी क्रान्तिको नारा सहितको जनयुद्ध यता राजाको षडयन्त्रले जननिर्वाचित संस्था संसदलाई कमजोर बनाउदै अन्तमा समाप्त पार्ने अनि संविधानलाई च्यातेर धुजा धुजा पार्ने अवान्छित चाहनालाई बुझ्न सकेन । बरु बुझेर हो वा नबुझेर हो ज्ञानेन्द्रका प्रतिगामी योजनालाई सहयोग पु¥याउने खालका मतहरु एमाले नेता केपी ओलीबाट सार्वजनिक भए ।

एकातिर ०५९ असौज १८ को राजाको कदमलाई प्रतिगमन भयो र प्रतिगमन सचिनु पर्छ पनि भन्ने, तर यो सच्चाउन के र कस्ता कदमहरु चाल्ने भन्ने प्रष्ट कार्यक्रम ल्याउन पनि नसक्ने । अनि अन्तमा गएर जे भयो भै गयो भनरे राजासगँ घडँुा टेक्न जाने र बचेखुचेको सत्ताको रहलपहल आफुतिर फ्याँकीहाल्छ कि भन्ने आशा लिदै विश्वसामु प्रतिगमन गरेको थाहा हुदा हुदै पनि ज्ञानन्ेदल्रार्इ सहयागे प¥ुयाउने काम एमालले ग¥यो । हामी सत्तामोही र अवसरवादी होइनौ भन्ने खालको जनतालाई झुटो आश्वासन दिने मनसायस्वरुप हामीले सहमती र समझदारी चाहको छ ंै पनि भन्न े र ससंदीय पज्रातन्त्र ध्वस्त पार्न े कदमस्वरुप ज्ञानेन्द्रद्वारा गठित लोकेन्द्रवहादुर चन्दको सरकारमा समावेश हुने निर्णय पनि गर्ने । अझ हाँसोउठ्दो कुरा त के भने यसै प्रसंगमा एमाले महासचिव माधवकुमार नेपालले दुई पटकसम्म राजा ज्ञानेन्द्रसामु आफ्नो दौरा सुरुवाल तन्काएपछि उनले राजाले संयुक्त सरकार गठन गर्ने भएका छन् यसमा हामी सहभागी हुने मनस्थिति बनाउनु पर्ने छ भनेर पार्टीमा खबर ल्याए । नेपालको यो खवर सुनेका मात्र के थिए सरकारमा जान आतुर नेताहरुले दौरा सुरुवाल सिलाउन थालिहाले । तर तत्कालिन राजा ज्ञानेन्द्रका सल्लाहकारहरु नेकपा एमालेका सिद्धान्त र क्रान्तिको धार त्यागिसकेका नेताहरु भन्दा कम चलाख थिएनन् र ज्ञानेन्द्र स्वयम्ले पनि छलपकट गर्न सकुनीबाटै सिकेको हुनु पर्छ । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बनाइए तर यता एमाले नेताहरुको दुर्भाग्य, सिलाएको दौरा सुरुवालमा धमिरा लाग्ने समाचार आयो । जबकी ज्ञानेन्द्रले सूर्यबहादुर थापा, अनि गिरिजा र तेश्रो चरणमा एमाले महासचिव माधवकुमार नेपाललाई भेटेर फकाईफुलाई गरेका थिए । यस्तो अवस्थामा एउटा पार्टी हाँक्ने व्यक्तिले त्यसरी क्रम मिलाई गरेको भेटलाई समिक्षा गरेर त्यसभित्र षडयन्त्र हुन सक्ने संभावनालाई बुझेर सतर्कता अपनाउनुपथ्र्यो । राजाले आफने प्रतिगमनका कामहरु एकपछि अर्काे गर्दै जान थाल,े तर एमाले लगायतका राजनीतिक दलहरु भने यसको विरुद्धमा नलागेर राजासंग सवांद गर्ने भन्दै राजसी भाषामा सावर्ज निक भैरहेका थिए । जब कसैले आफू विरुद्ध एक दुई होइन तीन र चार गोटी चालीसकेको छ भने त्यससँग केको सम्वाद ? संवाद त त्यतिखेर गर्न सकिन्थ्यो यदि उसले गोटी चालीसकेको छैन र चाल्ने अवस्थामा छ । यसरी क्रमबद्ध रुपमा सत्ता स्वार्थी मानसिकतामा एमाले अल्मलिइरह्यो । जसका कारणले यसले प्रतिगमन विरुद्ध शसक्त आन्दोलन छेड्न सकेन । एक पक्षको तर्क अवश्य पनि आन्दोलन गरिरहेको बेलामा पनि संवाद तथा सहमतीमा पुग्नु पर्ने भन्ने हुन सक्छ । राजनीतिक आन्दोलनको इतिहासलाई हेर्दा पनि असम्भव होइन । तर जसका विरुद्ध संघर्ष गरिएको छ उसैसँग सम्वाद भनेर पटक–पटक हरुवा कुकुरले पुच्छर लुकाए जस्तो गरी आफूलाई प्रस्तुत गरिरहनु जरुरी थिएन । त्यतिबेलाको आन्दोलनलाई गति दिन नसक्नुको मूख्य कारण चाहीँ पार्टीभित्र पनि प्रतिगमनलाई अप्रत्यक्ष रुपमा सघाउने एउटा तत्व हावी थियो ।
लोकेन्द्रबहादुर चन्दको पालामा एमाले, नेपाली कांग्रेस समेतलाई उपप्रधानमन्त्री बनाउने प्रस्ताव आयो । पार्टीभित्रको सत्ता स्वार्थी पङ्तीले प्रस्तावप्रति सकारात्मक बन्नुपर्छ भन्ने मत ल्याए । पार्टीभित्र तर्क–वितर्क हुन थाल्यो । नेपाली कांग्रेसलाई लोकेन्द्रबहादुरको यो प्रस्ताव मान्य नहुने हो कि भन्ने शंका पनि गरियो । तर एमाले ओरालो लाग्ने क्रममा यहाँसम्म पुग्यो कि कांग्रेसले नमाने पनि एमाले एक्लै भए पनि सरकारमा जाने तर्क ल्यायो । ओली लगायतका व्यक्तिहरुले दौरा सुरुवाल सिलाएर महासचिवलाई जसरी पनि मनाउने भनेर कसरत गर्न थाले । इतिहासका काला दिन मडारिएर आउने क्रममा लोकेन्द्रबहादुर चन्दको प्रस्ताव अस्वीकृत भै एमाले एवम् काँंगे्रसी नेताहरुले सिलाएको दौरा सुरुवालको प्रयोग भएन । लोकेन्द्रबहादुर चन्द हटे । उनको ठाउँमा सूर्यबहादुर थापा आसिन भए । अपशोच, यतिखेर पनि एमालेको एउटा पङ्ती केपी ओली लगायत जे जसरी भए पनि सूर्यबहादुर थापाको सरकारमा समावेश हुने विचार सार्वजनिक गर्न थाले । त्यो पक्षले पार्टीलाई र जनतालाई झुठो आश्वासन दिन थाल्यो । र भन्न थाले कि सरकारमा जान पाए थुप्रै काम गर्न सकिन्थ्यो । सत्ता लिप्साको मानसिकता प्रवल भएकै कारणले झुटो आत्मविश्वास ब्यक्त गर्न थाले । यसरी पार्टी भित्रको एउटा पङ्ती दक्षिणपन्थी धारतिर लाग्यो र सत्तालिप्साको धार हावी हुन थाल्यो ।
‘एउटा राष्ट्रभक्त आगामी पुस्ताका लागि चिन्तित हुन्छ भने व्यक्तिगत स्वार्थी राजनीतिज्ञले सत्ताको भ¥याङ चढ्न बैशाखी खोजी रहेको हुन्छ’ भन्ने एउटा युरोपियन किम्वदन्ती छ । उक्त किवदन्तीलाई नेकपा एमालेका एक पङ्तीमा हुबहु लागु हुन्छ भन्ने कुरा माथीका पङ्तीबाट प्रमाणीत हुन्छ । मैले सँधैजसो भनेकै शब्दहरु हुन् कि नेकपा एमाले एउटा क्रान्तिकारी, स्वाभिमानी, राष्ट्रभक्त र स्वतन्त्र पार्टी हो । तर विगत दुइ दशकयता यसले देखाएको नितान्त स्वार्थी चरित्रहरु, राजनीतिक विश्लेषणमा सैद्धान्तिक गरिवी एवं सत्ताको भ¥याङमा झुण्डीएको अवस्थाले के बताउँछ भने नेकपा एमाले अब अरुको बैशाखी बन्न सक्तैन । बरु यसलाई नै अरुको बैशाखी आवश्यक पर्दै गैरहेको छ । यसो भनेर म पार्टीको सम्पूर्ण नेतृत्व पङ्तीलाई दोष दिन चाहन्न । यस भित्रबाट सवल पक्ष छानिनु पर्दछ र नितान्त ब्यक्रिगत स्वार्थबाट माथी उठेर राष्ट्रिय स्वार्थका निम्ति कटिबद्ध भै पार्टीले बर्तमान संसद र सम्बिधान नभएको अन्यौल अवस्थाबाट मुलुकलाइ निकाश दिने जिम्मेवारी लिइ मुलुक हाँक्ने क्षमता र शक्तिको विकास गर्नुपर्दछ । अन्यथा अहिले देखिएको ज्ञानेन्द्रको सलबलाहटले पार्टीला्इ खुर्लुक्क निल्ने छ अनि पार्टीका विगतका सम्पूर्ण योगदानहरु मात्र होइन समग्र पार्टी नै सदा सदाको लागि इतिहासको गर्भमा विलिन हुने छ ।

 

Bookmark the permalink.

2 Responses to एमाले देश जोगाउन कटिबद्ध हुनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *