बाबुरामको घोषणाले स्थाइत्व पाओस्

नेपाली राजनितीक बृत्तमा तिक्ष्ण बौद्धिक ब्यक्तित्वका रुपमा गनिने तर  प्रधानमन्त्रीका रुपमा भने असफल डा बाबुराम भट्टराइले अव कुनै पनि सार्वजनिक पदभारको उत्तरदायित्व नलिने घोषणा गरेका छन् । यो घोषणा उनले नेपालका अन्य राजनैतिक दलका नेताहरुसंग मोलतोलका लागि मात्र गरेका हुन् कि साच्चै गरेका हुन् ? यो भने अझै गर्भमै छ । तथापी उनको यो घोषणाले नेपाली जनमानसलाइ खुसी तुल्याएको छ  भने अन्य पार्टीका बुढा नेताहरुलाइ भने मार हानेको छ । नेपाली कांग्रेसका शेर बहादुर देउवा, राम चन्द्र पौडेल एमालेका माधब नेपाल, के पी ओली हरुलाइ बज्रपात परेको हुनु पर्छ किनभने उनिहरुलाइ भबिश्यमा नेपाली जनताले पद छोड्न दवाब दिने छन् । सुनिन्छ यिनीहरु डा बाबुरामको उक्त घोषणा फिर्ता गराउन निमित्त दौड धुप गरिरहेका छन् ।

डा बाबुराम भट्टराइले कुनै पनि सरकारी वा पार्टीगत सार्बजनिक पदको कार्यभार नलिने मात्र घोषणा  गरेका हुन् तर उनले राजनितीबाटै सन्यास लिने घोषणा भने गरेका छैनन् । यस अर्थमा उनले सामाजिक सेवामुलक र बौद्धिक क्षेत्रको काम भने गर्दै रहने छन् वा त्यो पनि गर्ने छैनन् ? भन्ने प्रश्न माथि चर्चा गर्नु भन्दा पनि आखिर उनको यो घोषणाले सर्वसाधारण नेपालीलाइ किन खुसी तुल्यायो र हिजो पद लिएर पदको दुरुपयोग गरेका र आज पनि पदका निम्ति लालायित बुढा नेताहरुलाइ किन दुखि बनायो भन्ने प्रश्न अहिले अर्थपूर्ण रहेको छ ।

बाबुराम भट्टराइको पार्टी भित्रको निस्कृयताले पार्टीलाइ कति हानी पुर्याउछ भन्ने कुराको लेखाजोखा उनको पार्टीपंतीले नै गरोस् । तर उनी प्रधानमन्त्री हुँदा उनले गरेका कतिपय कामहरुले भने नेपाली जनतालाइ दुखि तुल्याएको थियो । यस अर्थमा उनि पार्टी राजनितीमा वा सरकारी सार्वजनिक पदमा अव नआउदा नेपाल र नेपालीलाइ कुनै नोक्सान हुनेछैन । किनकि नेपाली जनताका लागि उनि कुनैबेला एकमात्र आशाका केन्द्र थिए । जनताको शुभेक्षा र आशाकैबीच उनि प्रधानमन्त्री पदको सपथग्रहण गर्न पनि पुगे र उनलाइ जनताले सकि नसकि मन बचन र कर्मले साथ दिएका पनि थिए तर दुर्भाग्य उनि नेपाली जनताका प्रधानमन्त्री बन्न सकेनन् । बरु उनि अरु कसैको कठुतली बने । उनले भ्रष्टाचार के कती गरे यसको तत्थ्याङ्क पनि कुनै बेला आउला तर अहिले प्रश्ट देखिएको कुरा के हो भने उनले नेपाली जनताका आशा, सुभेक्षा र चाहाना माथि कुठाराघात गरे ।

डा बाबुराम भट्टराइलाइ उनले गरेको अव भबिश्यमा सरकारी सार्बजनिक पदको कार्यभार संहाल्न नजाने भन्ने  निर्णयलाइ स्वागत गर्नु पर्छ अहिले र उनलाइ यो बुद्धी फर्केकोमा शुभकामना पनि दिनु पर्छ । उनले आफ्नो प्रधानमन्त्रीत्व कालमा के कती आत्मघाती कामहरु गरे त्यसको लेखा जोखा गर्न अझै बाँकीनै छ तथापी यी पंतीहरुबाट उनलाइ यही शुभकामना दिन चाहान्छु कि उनि नेपाली राजनितीको एक उदाहरण बन्न सकुन् र यो उनको घोषणालाइ स्थाइत्व दिन शक्ति मिलोस् ताकि फेरी कसैको बहकावमा लागेर आफ्नो घोषणा फिर्ता नलिउन् । उनको उदाहरणले नेपाली राजनितीका बुढा झुम्राहरुले पनि यस्तै निर्णय गर्न सकुन् । राजनितीको हलो अड्काएर बसेका बुढाहरुले अनौ युवापिढीको हातमा थमाइ दिन कत्ती लाज नमानुन् ।

डा बाबुराम भट्टराइ नेपाली राजनितीज्ञहरु मध्य एक बिज्ञ ब्यक्तित्वका रुपमा परिचित ब्यक्ति हुन् । यदि उनले पार्टीको वा सरकारी पद भन्दा बाहिर बसेरै पनि नेपाल र नेपालीको हित हुने बौद्धिक र सामाजिक कामका निम्ति आफ्नो बौद्धिक क्षमता लगाउन सके भने उनिमाथि थोपरिएका अबिश्वासका छापहरु एक पछि अर्को गर्दै मेटिदै जान सक्ने सम्भावनालाइ नकार्न मिल्दैन किन भने उनमा भएको बौद्धिक तिक्ष्णताका कारण उनि  घरको नक्सा कोर्ने एक आर्किटेक्ट मात्र नभएर समग्र समाज पुनर्निर्माण गर्ने आर्किटेक्ट बन्न सक्ने छन् ।

Bookmark the permalink.

3 Responses to बाबुरामको घोषणाले स्थाइत्व पाओस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *