समाजको सेवा गर्ने ब्यक्तिहरु प्रसंसाका हकदार हुन्छन्- राजदूत

नेपाल ब्रिटेन डटकमले हालै गरेको एक सर्वेक्षणका आधारमा विभिन्न सन्चारमाध्यम तथा सोसल मिडियामा सबैभन्दा बढी चर्चामा आएका दश जनाको नाम सार्वजनिक गरेको थियो। जसमा मिस नेपाल २०१२ सुश्री श्रृष्टि श्रेष्ठ, समाजसेवी डम्बर घले एमबिइ, बेलायतकालागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसे, गोर्खा अभियानकर्ता ज्ञानराज राई, सोलिसिटर राजु थापा, समाजसेवी सूर्य गुरुङ, गायक विवेक श्रेष्ठ, तमुधिा युकेका अध्यक्ष मुछेत्र गुरुङ, मिस नेपाल युकेकी संस्थापक शान्ति गुरुङ तथा व्यवसायी नरेन्द्र कंडेल छन्। 

ब्रिटेनस्थित नेपाली समुदायलाई योगदान पुराएर गत वर्ष चर्चामा रहेका निज व्यक्तित्वहरुलाई नेपाल ब्रिटेनडटकमले एउटा समारोहबीच सम्मान गरेको छ।
सोमबार बेलुका इलिङ ब्रोडवेस्थित हङ्ग्री यति रेष्टुरेण्टमा आयोजित एक समारोहमा वेलायतका लागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसेले एवंनेपाल ब्रिटेनडटकमका निर्देशक चीरन्जीवि ढकालले संयुक्तरुपमा सम्मानित व्यक्तित्वहरुलाई खादा ओढाइ सम्मान गरे ।

त्यस्तै बीबीसी नेपाली सेवाका प्रमुख एवम् हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रवीन्द्र मिश्रले उनीहरुलाई पुष्प गुच्छा प्रदान गरे।

कलाकार मदन थापाद्वारा मंगल धुन प्रस्तुत गरेपछि शुरु भएको कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व तथा बेलायतकालागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसेले समाजको विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्तित्वहरुको संमान गर्ने नेपाल ब्रिटेन डटकमको प्रयास प्रशंसनीय र सह्राहनीय छ भने। उनले आफु नेपाल सरकारले खटाएको एक अधिकारी भएकाले बेलायतमा नेपालको हित प्रबर्द्धन गर्नु तथा यहां रहेका नेपाली समुदायको सेवा गर्नु आफ्नो कर्तव्य भएको बताए। उनले तन, मन र धनले प्रवासमा नेपाली समुदायको सेवा गर्दै आएका सबै व्यक्तित्वहरु निश्चय नै प्रशंसाका हकदार हुन् भने।
नेपाल ब्रिटेन डटकमका निर्देशक चीरन्जीवि ढकालले ब्रिटेनमा नेपाली समुदायको संख्या र बढ्दो गतिविधिलाई समेटने उद्देश्यले पांच वर्षअघि नेपाल ब्रिटेन डटकम शुरु गरिएको बताए। उनले सम्मानित व्यक्तित्वहरुलाई बधाइ दिंदै आगामी दिनमा पनि उनीहरुबाट बेलायतस्थित नेपाली समुदाय र नेपाल लाभान्वित भैरहने विश्वास व्यक्त गररे।
गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष तथा नेपाल ब्रिटेन डटकमका महाप्रबन्धक कुल आचार्यले गैरआवासीय नेपाली संघ र विदेशमा रहेका नेपाली संघसंस्थाहरुद्वारा थालिएका अभियानहरुलाई अत्याधुनिक प्रविधि प्रयोग गरी पाठकहरु सम्म पुराउन नेपाल ब्रिटेन डटकम अग्रणि स्थानमा रहेको बताए। उनले आगामी दिनमा पनि यस अनलाईन सन्चारमाध्यमलाई लोकप्रिय र विश्वसनीय बनाउन सबैको सुझाव तथा सहयोगकालागि आग्रह गरे।

अर्का सम्मानित व्यक्तित्व तथा सेवानिवृत्त मेजर डम्बर घले एमबिइले ब्रिटेनस्थित नेपाली समुदायको हितमा रातोदिन खटिरहेका अरु कैयौं �अनसङ्ग हिरोज� हरु रहेका र उनीहरुको योगदानलाई सार्वजनिक गर्ने जिम्मेवारी संचारमाध्यमको हो भने। उनले नेपाल ब्रिटेन डटकमले गरेको सम्मानबाट आफुहरु सबैलाई समाजसेवामा जुटिरहन थप हौसला मिलेको पनि बताए।
उक्त अवसरमा विभिन्न क्षेत्रबाट नेपाल ब्रिटेन डटकमलाई सघाएका पत्रकार भगीरथ योगी तथा व्यवसायीद्वय यादव भण्डारी एवम् कमल भण्डारीलाई खादा ओढाएर सम्मान गरिएको थियो।

सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता डा हेमराज शर्माले गैरआवासीय नेपाली संघले गर्दै आएका कल्याणकारी कार्यक्रमहरुबारे जानकारी दिए । त्यस्तै व्यवसायी किशोर सापकोटाले फोकस्टोन रोटरी क्लबको सहायतामा नेपालमा सन्चालन गर्न लागिएका दुईवटा पुस्तकालयहरुबारे जानकारी दिए ।
कार्यक्रमको दोश्रो सत्रमा हेल्प नेपाल नेटवर्कका संस्थापक अध्यक्ष रवीन्द्र मिश्रले नेटवर्कले नेपालमा सन्चालन गर्दै आएका गतिविोधिहरुबारे जानकारी गराउंदै संस्थाले हालै शुरु गरेको दश करोड रुपियांको परोपकारी अक्षयकोषमा सक्दो सहयोग गर्न बेलायतवासी नेपाली समुदाय तथा नेपालका मित्रहरुलाई आह्वान गररे ।

उषा भट्टले सन्चालन गरेको कार्यक्रमको अन्त्यमा नेपाल ब्रिटेन डटकमका प्रधान सम्पादक चिरन शर्माले सबैलाई धन्यवाद दिएका थिए ।

Bookmark the permalink.

2 Responses to समाजको सेवा गर्ने ब्यक्तिहरु प्रसंसाका हकदार हुन्छन्- राजदूत

Leave a Reply

Your email address will not be published. Required fields are marked *