विश्वका करोडौं करोड मानिसहरुको भावनामाथि चोट

नेकपा एमाले उपत्यकाका कृष्णगोपाल श्रेष्ठले हिजो एक बिज्ञप्ती जारी गर्दै अमेरिकन आइकन शु डिजाइन कम्पनीले बिश्वका वौद्ध धर्ममार्गीहरुमा अपमान गर्दै बिश्वका न्यायप्रेमी जनसमुदायको भावनामाथि गहिरो आघत पारेकोमा दुख ब्यक्त गरेका छन् । उनको बिज्ञप्ती यस प्रकार छ ।
नेपाल एउटा बहुसाँस्कृतिक, बहुजातीय, बहुभाषिक, क्षेत्रीय सद्भाव रहेको नमूना देश हो । हाम्रो देश शान्ति र अहिंसाका अग्रदुत गौतम बुद्धको जन्मस्थल पनि हो । बुद्धले प्रतिपादन गरेका दर्शनका अनुयायीहरू विश्वभरी करोडौंको संख्यामा फैलिएका छन् । जुन दर्शनले विश्वलाई शान्ति र सद्भावको दिशामा लैजान महत्वपूर्ण योगदान गरेको छ ।
गौतम बुद्ध हाम्रा राष्ट्रिय विभूति हुन् । बुद्ध, वौद्ध धर्ममार्गीको मात्र नभएर विश्वभरीका शान्तिकामी जनताको आस्थाका ढुकढुकी रहेका छन् । सिंगो मानव समाजको हितार्थ आफूलाई समर्पित गरेका गौतम बुद्ध शाान्ति र धार्मिका आस्थाका प्रतीक एवं अद्वितीय व्यक्तित्व रहेको कुरा विश्व मानवसामू अवगत नै छ । तर हाल एक अमेरिकन आइकन शु डिजाइन कम्पनी ले शान्तिका अग्रदुत गौतम बुद्धको योगदान र दर्शनलाई अपमानित गर्ने दुर्नियतका साथ जुत्तामा लोगोको रूपमा प्रयोग गरिएको उहाँको फोटोले संसारभरका बौद्धमार्गी र सारा नेपालीलाई आक्रोशित तुल्याएको छ भने न्यायप्रेमी जनसमुदायको भावनामाथि गहिरो आघत पारेको छ ।
यस्तो दुष्कर्मप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । विश्वका करोडौं करोड मानिसहरुको भावनामाथि चोट पुग्ने गरी गरीएको यस अपमानपूर्ण दुष्कार्यको हामी घोरभत्र्सना गर्दछ । यस्तो गलत कार्य तुरून्त रोक्न र दोषी कंम्पनीलाई हदैसम्मको सजायँ गर्नको साथै उत्पादित सामाग्रीलाई पूर्णरूपमा बन्देज गर्न हामी सम्बन्धित निकाय समक्ष जोडदारढंगले माग गर्दछौं ।
राष्ट्रिय अस्मिता, स्वाधिनता र जनताको भावनामा आघात पार्ने यति गम्भिर विषयमा समेत चुँसम्म पनि बोल्न नचाहने एनेकपा (माओवादी)को वर्तमान जनविरोधी बाबुराम सरकारले एक पछि अर्को जनविरोधी कार्य गर्दै आईरहेको छ । मधेशी मोर्चासंगको अपवित्र गठवन्धनमा गठन भएको यो सरकारले गठन भएदेखि मूल्यवृद्धि निरन्तर बढिरहेको छ । मूल्य नियन्त्रणको लागि कुनै पहल नगर्ने राज्यको न्यूनतम दायित्व पूरा गर्न नसक्ने, कालाबजारी माफियाहरूको उक्साहटमा अन्तर्राष्ट्रिय कारण देखाउँदै सत्ता लिप्सामा मात्र केन्द्रित हुँदै दिन प्रतिदिन मूल्य बृद्धि गर्दै गईरहेको छ । पेट्रोलियम पदार्थ मात्र होइन् दैनिक उपभोग्य वस्तु दाल, चामल, नून, तेल, चिनी लगायत सार्वजनिक यातायातको भाडा बृद्धिले सर्वसाधारणको ढाड सेक्दैछ । तर सरकारलाई जनताको कुनै चिन्ता छैन । यस्तो नालायक सरकार जति दिन सत्तामा रहन्छ त्यति नै राष्ट्रिय सार्वभौमिकता, अस्मिता र स्वाधिनता कमजोर हुँदै जाने भएकोले यो जनघाती सरकार तत्काल हट्नु अनिवार्य छ । राष्ट्रघाती, जनविरोधी तथा लोकतन्त्र विरोधी यो सरकार विरूद्ध सम्पूर्ण न्यायप्रेमी जनतालाई एकजुट भएर संघर्षमा उत्रन हामी जोडदार हुन आव्हान गर्दछौं ।

Bookmark the permalink.

One Response to विश्वका करोडौं करोड मानिसहरुको भावनामाथि चोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *