गेँडी

 
अ.ने.सा.स.को मोहले आफुलाई पनि केही हदसम्म तानेको थियो र परदेशको ब्यस्ततामा पनि यस्को सेवामा लाग्ने अभिप्रायले आजीवन सदस्य बनियो र लेखनमा अझ लागि परियो तर अब अ.ने.सा.स.ले त टुहुरा नै पार्ला जस्तो छाँट छ त ! त्यही पिरमा केही गेँडीको श्रीजना गरेँ । मैले भावनामा उतारे जस्तै अ.ने.सा.स पक्कै नबन्ने आशाको साथमा । यहाँहरु के भन्नु हुन्छ ? मैले जतिपनी रचेका अनेसासप्रतिका भावनामा एकतर्फिलाई मात्र दोष लगाउँने मनशाय भने पक्कै होईन,बस श्रीजना मार्फत झक्झकाउँने अभीष्ट मात्र हो । म पनि यही दुईभित्र अवश्य पर्न सक्छु ।

– Prabha Acharya

 गेँडी
अ.ने.सा.स अब चैं टुक्रिएला जस्तो छ
साहित्यको चाल् पनि हेर अब यस्तो छ
आयो कुदिन,
जाने भयो अब सुदिन ………../
 
साहित्यको भण्डार सबैले नै भर्नुछ
अमर् कृति छाडेर लेखकले मर्नुछ
हल्ला नगर,
झगडाको बिउ नछर ………./ Continue reading

ज्ञान र सामाजिक ब्यवहार

 

– शशी पौडेल
कार्ल माक्र्सदेखि पहिलेका भौतिकवादीहरुले ज्ञानलाई इतिहासको विकास र सामाजिक ब्यवहारदेखि छुट्टै राखेर हेरे, त्यसैले उनीहरुले उत्पादन र वर्ग संघर्षमा ज्ञानलाई बुझ्न सकेनन् ।
कार्ल माक्र्सले यी सबै समस्यालाई ब्यवहारिकरुपले विश्लेषण गरे । आज बिश्वभरका मानवजातीले यही वाटोमा हिडेर नै आफ्ना समस्याहरु बुझ्न सकेका छन् । चाहे उनिहरुले आफूलाइ माक्सबादी भनुन चाहे पूजीबादी अथवा लिबरल डेमाक्रेट । Continue reading

राजतन्त्र अझै मरेको छैन रे

– शशी पौडेल

लगभग तीन बर्ष अघि पूर्व राजा ज्ञानेन्दको् “राजतन्त्र अझै मरेको छैन” भन्ने आसयको अभिब्यक्तिले नेपाली राजनीतिमा चर्चाको बिषय बन्यो । त्यति बेलाका प्रधानमन्त्री देखि विपक्षी दलका बाबुराम भट्टराई सम्मले यसवारे आपत्ती जनाए । अहिले बाबुराम भट्टराइ प्रधानमन्त्री छन् । पूर्व राजा ज्ञानेन्द्रले अहिले देशलाइ म चाहिए आउन तयार छु भन्ने आशयको अभिब्यक्ति दिए । पूर्व राजा ज्ञानेन्दको अभिब्यक्तिको जवाफमा बाबुराम भट्टराइले उनले पाइआएको सुबिधा कट्टा गर्ने धम्की दिए । अर्थात कागले कान लग्यो भनेर अर्को कान समाएर जोगाउनुको वदला काग जता जता उड्यो त्यतै त्यतै दगुरे । त्यतिबेलाको उपरोक्त राजनीतिक घटनाक्रमलाई यहा दुई पंतीमा राखेर विश्लेषण गर्ने प्रयास गरेको छु । Continue reading

लोकतन्त्र, गणतन्त्र वा जनगणतन्त्र

शशी पौडेल
लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र शब्दको परिभाषा गर्न सजिलो छैन । आदिकाल देखि अहिले सम्म पनि ‘‘लोकतन्त्र’’ शब्दको परिभाषा विवादमा मुछिदै आएको छ । विश्वभर आफूलाई लोकतान्त्रिक मुलुक भनी दावा गर्ने मुलुकहरु नेपाल सहित एघार दर्जन नागेको छ । यी एक सय तीस भन्दा बढी लोतन्त्रात्मक भनिने मुलुकहरुको राजनीतिक चरित्र, तौर तरिका, प्रतिवद्धता र परिभाषा भिन्न भिन्न देखिन्छन् । यहॉ मैले आदिकाल, मध्यकाल र वर्तमानमा गरिदै आएका लोकतन्त्रको परिभाषा र यस प्रतिको प्रतिवद्धता बारे चर्चा गर्ने जमर्को गर्ने छु । Continue reading

परिचय खोज्दै बिदेशमा नयाँ पुस्ता

Picture by Neha Sharma, Radio Journalist

–शशी पौडेल
बेलायतमा एकलाखको हाराहारीमा नेपालीहरुको संख्या पुगेको छ । लगभग आधा सताब्दी पहिले देखि नेपालबाट कामका लागि बेलायत भित्रिने क्रम शुरु भए पनि नब्बेको दशकसम्म अत्यन्तै कम रहेको थियो । यद्यपी नेपाल, भारत र बेलायतवीच सम्पन्न त्रिपक्षीय सन्धी पश्चात दुईसय बर्ष अघि नेपालीहरु गोर्खा आर्मीको नामबाट पेशागत सैनिकका रुपमा बेलायत आउन थालेका हुन् । गोर्खालीहरुलाई ९० को दशक सम्म पनि ज्यादै कम बेलायत ल्याइन्थ्यो । विशेष गरेर सिङ्गापुर प्रहरी र हङ्गकङ्गमा सैनिक सेवामा राखिने गर्दथ्यो । र उनीहरुलाई बेलायतले आवाशिय अधिकार दिएको थिएन । तर विश्व ग्लोवलाइजेशनले संसारलाई एक कुनाबाट अर्को कुनामा चिनाउन सजिलो पारीदियो । अर्कोतिर नेपालमा २०४६ (१९९०) को राजनैतिक परिवर्तन पछि नेपालीहरुले पनि आफ्नो उज्यालो भविश्य हेर्न संसारका विभिन्न मुलुकमा उड्न र गुड्न थाले । र नेपालीहरु बिकशित मुलुकहरु बेलायत, अमेरिका, क्यानाडा, अष्ट्रेलिया एंव युरोपका विभिन्न मुलुकहरुमा मात्र हैन अरवका खाडीमा समेत पुगेर जीविकोपार्जन गरिरहेका छन् । Continue reading

Book review “Tyo Nepal”

– Shashi Poudel

NEPALI NON-FICTION in Nepal has not yet achieved a critical mass, but few books by journalists have won  accolades both in the country and outside. In recent times, Manjushree Thapa and a few others have done well. Now another work of non-fiction — Tyo Nepal (That Nepal) by Nepali journalist Dadi Sapkota  appears very refreshing. It is yet to be translated into English.

‘Tyo Nepal’ is an original work completely woven around the realities of those French citizens, who have lived and worked in Nepal over the last two to three decades. The book is based on interviews of twenty nine French people. Continue reading

गजल: अब सम्झौताको आग्रह

 आचार्य प्रभा 

सबै अँट्ने अ.ने.सा.स.सङ्लो थलो पारे हुन्छ
स्वार्थ पाल्ने लेखकलाई लेखनबाटै झारे हुन्छ ।

लेखक त सरस्वतीको शिष्यरूप मानिन्छन्
सरस्वतीले त्यो भक्तलाइे साहित्यमै खारे हुन्छ । Continue reading

एमाले देश जोगाउन कटिबद्ध हुनुपर्छ

शशी पौडेल
एनेकपा माओवादीले १२ बँुदे सम्झौतामा सही गरेर जंगल छाडेपछि नेकपा एमालेसामू तीनवटा प्रश्नहरु तेर्सिए । प्रथम, भविश्यमा नेकपा माओबादीसँग नजिक भएर जाने । द्वितीय, नेपाली काग्रेससँग मिलरे जाने वा तेश्रो दुवैसँग बरावर सम्बन्ध राख्ने । तर नेकपा एमाले ९ महिने सत्ताको आहालको स्वाद चाखिसकेकाले आफ्ना जिम्मेवारी र राजनैतिक एवम् सैद्धान्तिक मान्यता विर्सर्दै जान थाल्यो । हनु त सत्ताको स्वाद भर्खरै पनि आलो पालो गरी चाटे । त्यसैले सत्तामोह भन्ने चिज यस्तो रहेछ कि मृत्युपर्यन्त स्मरणीय हुने । Continue reading

Everyone has the right to agree or disagree

– Deepak Shimkhada

This is where the buck stops.  Regretfully, like everyone on the INLS lis tserve, I have the misfortune of reading the nasty emails on a daily basis.  Everything has a limit, and the INLS controversy has crossed the limit.  With this letter I am asking to make it stop,  immediately Effective.  Some sensible individuals on this list have expressed the same concern.  I salute them for their sensibility, and join them in expressing my outrage. Continue reading

अनेसासका साथीहरुलाइ अझ लड्ने आग्रह

– शशी पौडेल
लगभग चार पाँच बर्ष अगाडीको कुरा हो, एक जना अपरिचित ब्यक्तिको टेलिफोन आयो । मैले आफ्नो तर्फबाट चिनिन नी भनेर प्रश्न गरें । उनले भने हो दाइ तपाइले मलाइ चिन्नुहुन्न हामी कहिल्यै भेट भएका छैनौ , हामीले कहिल्यै एक आपसमा कुराकानी गरेका पनि छैनौं ।  तर पनि म तपाइलाइ चिन्छु ।
मैले भने ओहो तपाइ कहांबाट बोल्दै हुनुहुन्छ ? यदि यतै कतै नजिक भए भैटौ न त । हुन्छ कुनै बेला मिलाउला नी त, उनको जवाफ आयो । कति कामले फोन गर्नु भयो कुन्नी, मैले जिज्ञासा राखें । उनले भने दाइ तपाइसंग काम त असाध्यै धेरै थियो, लामो समय सम्म संग संगै काम गर्ने इक्षा जागेर फोन गरेको । दाइ कुरा नलुकाइ भन्न चाहान्छु तपाइको इमेल ठेगाना पांउ‘ न, मैले तपाइलाइ केही सामाग्री पठाउनु छ । Continue reading