रबी कुन राजनैतिक सिद्धान्त बोक्ने हुन्

मैले यो लेख रबि लामिछानेले पार्टी खोलेको केही समय पछि लेखेको थिंए । मलाइ लागेको थियो कि उनिमा मुलुकका लागि केही गरौ भन्ने हुटहुटी छ । तर उनका पछिल्ला दिनका घटनाक्रमले मेरो सोचाइ गलग रहेछ  भन्ने लागेको छ । किन भने उनले जुन सुशासनको नारा लिएर त्यसैको जगमा टेकेर राजनिती गरेका थिए त्यो अहिले मित्थ्या साबित भैरहेको छ । बरु त्यसको ठीक बिपरित उनि ढुलमुलिएका छन् । हेरौं मैले त्यतिबेला के लेखको थिंए ।

रबी लामिछानेले पार्टी दर्ता गरेको एक महिना हुन लाग्यो । यी चार हप्तामा उनको राजनैतिक एक्टीभिटी मेडियामा प्राय नगन्य देखियो । उनले पार्टी  खोल्दै गर्दा अर्थात पार्टीघोषणा कार्यक्रममा आफु बाहेक अरु कसैले नेपालमा स्थाइत्व ल्याउन नसक्ने बताए । त्यति मात्रै उनले भनेनन् कि उनले प्रधानमन्त्रीको निक्र्योल गरेर चुनाब लड्ने अर्थात प्रधानमन्त्री प्रत्यक्ष्य निर्बाचित हुनु पर्ने तर्क पनि गरेका छन् । उनका यस्ता अभिब्यक्तिका कारण उनलाइ चितवनको पुडासैनी घटना देखि साथ दिदै आएका केही युबाहरुले रबिको साथ छोडेका छन् । रबिले त्यो घोषणा कार्यक्रममा यस्तो दम्भ प्रस्तुत नगर्नु पथ्र्यो ।

रबिले त्यो बेला अर्थात चितवन घटनामा प्रसस्त युवाहरुबाट समर्थन पाए । उनलाइ सार्बजनिक रुपमै राजनितीमा आउन आग्रह पनि गरे । रबिको ध्यान त्यो बेला त्यतातिर गएन । उनलाइ सायद त्यो बेला उनको पारिबारिक समस्याहरु थिए । सायद चन्दाबाट रकम संकलन गरिसकेका थिएनन् । सायद रबि रकम जम्मा गर्ने तिर लागे । अथवा कुनै राजनितीक आडलाग्ने बाटो अर्थात थाँक्रो भेटाउन तिर लागे । दिनहरु बिते, रबिमा आत्मबिश्वास बढ्दै गइरहेको थियो । संयोगबस स्थानीय निर्बाचन भयो र स्थानीय निर्बाचनमा केही स्वतन्त्र ब्यक्तिहरु  निर्बाचित भए । यीनीहरु मध्य  काठमाण्डुको मेयर बालेन शाह थिए । रबिले केही रकम जम्मा गरिसकेको अनि बालेन शाहको निर्बाचनले उनलाइ हौस्यायो । बालेनले त चुनाव जित्छन् भने म त यति लामो समयदेखि पत्रकारिता गरेको र यति धेरै समर्थक र श्रोता भएको मान्छेले एक चुट्कीको भरमा चुनाव जित्छु भन्ने उनिमा हौसला आयो । रबिले भारतको राजनिती पनि बुझ्दै आएका छन्, जहाँ केजरीवाला ले भारतीय राजधानीमा राज्य गर्न सक्छन् भने मैले नेपालमा किन राज्य गर्न नसक्ने भन्ने उनिमा आँट पलाएको हुनु पर्छ ।

हर ब्यक्तिलाइ आफुले गरिरहेको कामबाट अर्को काममा छलांग हान्न तीन प्रकारको मोटिभेसनको जरुरी पर्छ । १, आन्तरिक मोटिभेसन, यो मैले माथीनै लेखिसकें ।

२, बाह्य मोटिभेसन, उनले कहाँबाट बाह्य मोटिभेसन ल्याएका छन् त्यो कसैलाइ थाहा छैन । उनी पत्रकारिताक्रममा कुन कुन शक्तिसंगको सम्पर्कमा थिए त्यो कुरामा भर पर्छ । सामान्यतया नेपालको राजनितीलाइ हेर्दा प्राय राजनितीक पार्टीहरुले बिदेशीको आडमा मुलुक तवाह पारेका छन् ।

३, बाताबरणीय मोटिभेसन, यो उनलाइ आज भन्दा ५ छ बर्ष अघि बरु वातावरणले साथ दिएको थियो । जुन वातावरण त्यो बेला थियो त्यस्तो अहिले छैन । किन भने त्यो बेला उनलाइ राजनितीमा आउन आग्रह गरेका थुप्रै युवाहरु अहिले कतिपय बिदेशीइ सकेका छन् भने कतिपयले आफ्नो राजनैतिक घर बसाइ सकेका छन् र कतिपय युवाहरु उनको पार्टी घोषणासभामा पुगे र उनको दोधारे नीती देखेर उनको समर्थनबाट भाग्न चाहे ।

यो ठीक हो कि उनको वाक पटुता, सिधा प्रश्न गर्न नडराउने, सिधै बिषय बस्तुमा जाने र समस्यालाइ खोदलेर अगाडि बड्ने  बानीले केही मान्छेबाट उनले अबश्य प्रसंसा बटुले । तर त्यसरी बटुलेको प्रसंसा र समर्थन चुनावमा भोट लिन प्रयाप्त हुदैन । उनको सिधा प्रश्ट  र दम्भदार तिखो बोलीले बटुल्ने प्रसंसा र निर्बाचनमा भोट लिने कुरा दुइजोर जुत्ता जस्तै हो जुन एकैचोटी खप्टेर लगाउन सकिदैन  अर्थात मिल्दैन ।

नेपालमा बहुदलीय ब्यबस्था भित्र निर्बाचन हुन थालेको तीन दशक नाघ्यो । अहिले नेपालको डेमोग्राफीक तत्थ्याकंको कुरा गर्नेहो भने  बहुसख्यक भोट हाल्नेहरुको संख्या त्यो बेला पन्चायतका बिरुद्ध लडेका, लड्न सघाएका र लडेको देखेकाहरुको पुस्ता छ । त्यतिबेलाका बालशुलभहरु अर्थात २०३०, ४० र ५० को दशकमा जन्मिएका पुस्ता या त बिदेशतीरै लागीसके या त बिद्ध्यार्थी संगठन वा राजनैतिक पार्टीहरुबाट प्रतिबद्ध भैसकेका छन्  । रबिकालागि कति ठुलो युवाहरुको संख्या बाकी रह्यो होला  सायद उनले यसबारे चिन्तन गरेका छैनन रबिन्द्र मिश्रले   यही तत्थ्यलाइ बुझन र राजनितीको प्रश्ट धार दिन ढीलो गरेकाले उनलाइ अहिलेको अवस्था आउनु परेको कुरा नकार्न सकिन्न ।

हाम्रो मुलुकको राजनितीमा एउटा भ्याकुम छ त्यो के भने हाम्रा बिद्यमान पार्टीहरुमा बामपंथ अनि मध्यदक्षिणपंथ एवं राजतन्त्र अर्थात दक्षिणपंथको प्रतिनिधित्व छ तर स्वतन्त्र लिबरल चिन्तनको भ्याकुम अझै सम्म बाँकी रहेको छ । रबिले बामपंथ रोज्दैनन् भन्न्ने मेरो अनुमान हो किन भने उनि त्यो चरित्रबाट हुर्केका ब्वक्ति होइनन् । राजतंत्र तर्फ उनको मोहभंग भैसकेको बुझिन्छ । नेपालीकांग्रेस मध्य दक्षिणपन्थी हो यसले नत दक्षिणपन्थको प्रतिनिधित्व गर्छ  न त बामपंथकोनै वा लिबरल डेमोक्रेटको । बीपीको प्रजातान्त्रिक समाजबाद शेरबहादुर देउवासम्म आइपुग्दा इतिहाँसको गर्भका लुकीसक्यो ।

बिकशित मुलुकहरुमा स्वतन्त्र पार्टीहरु स्थापित छन् । जर्मनीमा एफ् डी पी फ्री डेमोक्रेटिक पार्टी केन्द्रिय सरकारको क्वालिसनमा छ । त्यस्तै बेलायतमा लिबरल मेमोक्रेटहरुले आफुलाइ स्वतन्त्र पार्टी मान्छन् । अष्ट््रृ।ेलियामा १९०४ मै स्वतन्त्रबाट जर्ज रीड प्रधानमन्त्री भएका थिए त्यस्तै दोस्रो बिश्वयुद्ध सकिनासाथ स्वतन्त्र लिबरलहरुबाट गठन भएको सरकारले बीचमा १ २ पिरियडको ग्याप भएपनि ८० को दशकको शुरुसम्म सरकारमा बसेका थिए ।

स्वतन्त्रता भित्र पनि अनुशासनहरु हुन्छन् । दुर्भाग्य नेपालमा स्वतन्त्र हुनुको अर्थ अनुशासन बिहिन हुने भन्ने बुझिएको छ ।  जस्तै लोकतन्त्रको नाममा १९९० देखि जुन मनपरितन्त्र चलेको छ ।  यस अर्थमा स्वतन्त्र पार्टी खोल्यो भनेर रबीलाइ आएको आलोचना तुकहिन छ ।यदि उनले मुलुकलाइ स्वतन्त्रता र  अनुशाशनको अर्थ बुझएर पार्टीलाइ अनुशासित बनाउन सके भने  सफलता पाउने सम्भावना नकार्न मिल्दैन । होइन  आलोचना तुकहिन छ भनेर ढुक्क परेर जसरी यो महिना निदाएको भान परेको छ त्यसरी नेपाली जनतामा निदाएको भान पारे भने हामीमा परिवर्तन हुने छैन र नेपाली जनतामा र नेपालमा पनि कुनै पविर्तन हुने छैन। यदि उनले मध्यमार्गी भएर बिकल्प दिन सके र राजनितीको त्यो भ्याकुम भर्न सके भने अबश्य उनि थाक्नु पर्ने छैन । 

एडुवार्ड वर्नस्टाइन नामक एक दार्शनिकले माक्र्सबादलाइ सुधार गर्नु पर्छ भन्ने चिन्तन सार्वजनिक गरे । बर्नस्टाइन सामाजिक प्रजातान्त्रिकबादका मूख्य चिन्तक थिए ।

कार्ल माक्र्सका अनुसार आर्थिक संकटका कारण पूंजिबाद एवं मध्यम बर्ग संकटमा फस्दै जान्छन् र मजदूर वर्ग निर्धन र दुखि हुदै जान्छन् जसका कारण उनिहरुमा एकता बढ्छ र क्रान्तिकारी संगठनको निर्माण हुदै जान्छ । यसरी निर्माण भएको क्रान्तिकारी संगठनद्घारा निर्देशित क्रान्तिले समाजबादको बाटो हुदै साम्यबाद सम्म पुग्न सक्षम गराउछ र साम्यबाद दीर्घजीबी रहन्छ भन्ने थियो । तर बिश्वमा क्रान्तिको अवस्था उनले गरेको ब्याख्या भन्दा अलि फरकढंगले बिकाश भयो अर्थात अलग्गै रह्यो ।

बर्नस्टाइनले अघि सारेको चिन्तन सामाजिक प्रजातान्त्रिकबाद जर्मनी  र बिश्व पूजिबादीहरुले जर्मनी   कम्यूनिष्ट आन्दोलनमा मात्र नभै बिश्व कम्यूनिष्ट आन्दोलनका बिकल्पका रुपमा प्रयोग गरे । बर्नस्टाइनले क्रान्तिकारी वर्ग संघर्षको सट्टा तत्कालिक समाज सुधार र समाजको आमुल परिवर्तनका निम्ति वर्ग संघर्षको स्थानमा आपसी सहयोग एवं सम्सदनात्मक सम्बैधानिक बाटो तर्फ जोड दिए । बर्नस्टाइनको उक्त बिचारलाई पुनराबृत्तिबाद भनेर चिनिन्छ । पश्चिमेली मुलुकहरुमा अझ बिषेस गरी जर्मनीमा पुनराबृत्तिबाद हाबी हुदै गयो एकातिर भने अर्को तिर पूर्व जर्मनी लगाएतका कम्युनिष्ट मुलुकहरुमा सत्तामा आसिन ब्यक्तिहरुले माक्र्सबाद लेनिनबादको मुख्य शन्देश जनसमक्ष पु¥याउन असफल भए । उनिहरुले माक्र्सबाद लेनिनबादलाई मानव समाजको आवश्यकता एवं जीवन दर्शनका रुपमा प्रस्तुत नगरी जवर्जस्ती अर्थात तानाशाहीका रुपमा अगाडी बढाए । जनतालाई बिचार, वाक र छलफल गर्न पाउने स्वतन्त्रता जस्ता न्यूनतम आवश्यकताबाट बन्चित हुनु पर्ने अवस्था सिर्जना भयो ।

समाज परिवर्तनशिल छ भन्ने बुझदा बुझदै पनि परिवर्तित परिस्थिती, परिवर्तित इन्फ्राइस्ट्रकचर,  परिवर्तित टेक्नोलजी र परिवर्तित सन्चार प्रक्रियालाई कम्युनिष्ट राज्यहरुले स्वीकार गर्न र त्यस अनुसार आफुलाइ ढाल्न सकेनन् । अर्कोतिर सर्बसाधारण जनतामा बर्नस्टाइनको उक्त बिचार पुनराबृत्तिबादले प्रभाव पर्नु स्वाभाबिकै थियो । राज्य जडसुत्रबादी भै कार्लमाक्र्सले ब्याख्या गरेको निषेधको निषेधको सिद्धान्तलाई आत्मसात गर्ने नाममा पानी जमेर वरफ बन्छ र वरफ पग्लेर पुनः पानी बन्छ भन्ने बैज्ञानिक सिद्धान्तलाई बुझन सकेनन् । यद्यपी यसलाई बुझनु वा स्वीकार गर्नु कार्लमाक्र्सले ब्यासख्या गरेको निषेधको निषेधको सिद्धान्तलाइ स्वीकार नगर्नु भन्ने थिएन । समाजबादलाई देश काल र परिस्थिती अनुसार मानव समाजको बिकाश संगसंगै बिकाश गर्दै लैजानु पर्ने आवश्यकतालाई ब्यवहारमा उतार्न सकेनन् ।

मैले यहाँ रबिलाइ यहीबाटो लिउन भनेर यो दृष्टान्त दिएको होइन ताकी उनले नेपालको बर्तमान अवस्थाको मुल्यांक गरेर एउटा कुनै सिद्धान्त अंगिकार अवश्य गर्ने छन् र नेपालको भुराजनिती र जनताको आबश्यकतालाइ बुझेर आफ्नो राजनितीलाइ  अगााडी बढाउने छन् ।

अथवा उनले ब्रिटीश दार्शनिक एबं राजनितीज्ञ जोन एडुवार्ड मीलले प्रतिपादन गरेको लिबरालिजम एबं स्वतन्त्र भएर पनि अनुशासित राजनिती हुन्छ भन्ने सिद्धान्तलाइ अंगाल्ने हुन् यो चाही उनिमा भर पर्छ । यदि उनले यसो गरे भने खास गरी नेपाली काँग्रेस र राप्रपाहरुलाइ कुनातिर धकेल्दै जाने छन् र उनको राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्र्यि पार्टी बन्ने छ । र उनका प्रमुख प्रतिद्धन्दी नेकपा एमाले लगायतका बामपंथीहरु हुनेछन् । माओबादी पार्टीहरु युरोपका अहिलेका पार्टीहरु जस्तै साना साना खुम्चिएर बस्ने छन् भने नेकपा एस् या त एमालेमा फर्किनु पर्ने हुनेछ या त बर्नस्टाइनको बिचार पुनराबृत्तिबादलाइ अंगाल्नु पर्ने हुने छ ।

विचार गरौं हामी कुनै बाटो अगाडी हिंडीरहेका छौं, जांदा जांदै यदी  एउटा विन्दूमा पुगेपछि बाटो टुंगिन्छ अर्थात अगाडी अजंगको पर्खाल छ भने यतिखेर हाम्रा अगाडी दुईवटा विकल्प रहन्छ । प्रथम र सजिलो विकल्प त्यहाबाट फर्किने र दोस्रो अनी अली कष्टकर विकल्प  पर्खाल फोरेर पारी जाने ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *