“लास्टै सेन्टी बनायो गाँठे मोदिले”

Namo-Quotes-7-शशी पौडेल,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपालीहरुमा एक प्रकारको खैला बैला मच्चायो ।
फेसबुकका भित्ताहरु मोदीको पक्षमा रंगिए । भारतलाइ गालीगर्न खप्पीस नेताहरुलाइ पनि एकक्षेण भए पनि चुप लगायो । मोदी आउदा कालो झण्डा देखाउने भनेर कम्मरमा सेतो पटुका बाँधेकाहरुले पनि पटुका खोलेर त्यसैलाइ टाउकोमा बाँधेर स्वागत गर्नेहरुको लाममा उभिए । आफुलाइ निकै बुद्धीजिबी डाक्टर साहेव भन्न मनपराउने एक मन्त्रीले प्रधानमन्त्रीको कठालोमा समातेर पछि हटाएर आफु अग्रपंतीमा जाने प्रयास समेत गरे । धन्य चाटुकार डाक्टर मन्त्री  । Continue reading

Israel – Hamas Conflict: Does Hamas Want Sympathy or Solution?

Chiranjibi PaudyalBy Chiranlibi Paudyal
Neither we accept the Hamas rocket firing into Israel nor the Israeli action against Hamas. But how long the Hamas plays the game of sympathy not the solution?
The whole world is worried about the ongoing conflicts in Gaza, where innocent children and civilians have been caught in the conflict. Although it is accepted that the Israeli response to the Hamas rocket firing into Israeli territory is top-heavy, the world reacts saying Israel has the responsibility to protect its citizen from Hamas firing. Continue reading

नेपालीलाइ प्रचण्ड गुटको धम्की

Prachanda-and-Baburam2एमाओबादीका एक नेताले मुलुकलाइ निकै धम्कीपूर्ण भाषामा एउटा लेख लेखेर अनलाइन खबरमा प्रकाशित गराए । हरेक दशबर्षमा नेपालमा आन्दोलन हुने गरेको र ६२/ ६३ पछि अव दश बर्ष हुन लागेको र प्रचण्डको नेतृत्वमा आन्दोलन हुने धम्की दिएका छन् । उनले आफ्नो लेखमा डा. बाबुराम भट्टराइसंगको गुटगत झगडालाइ निहुं बनाएर समग्र नेपाल र नेपालीलाइ फेरी आन्दोलन गरेर मुलुकमा फेरी अशान्ती ल्याउने धम्की दिए । Continue reading

अक्षम्य अपराध

BK Panday-बीके पाण्डे
नेपालका गरीव जनताले तिरेको करबाट नेता र तिनीहरुका आसेपासेले औषधि उपचारको नाममा ब्रह्मलुट गरिरहेका छन् भने आमजनता प्राथमिक उपचारसम्म पाउन नसक्ने अवस्थामा रहेका छन् । यो राज्य चलाउनेहरुले कानुन हातमा लिएर गरेको अक्षम्य अपराध हो भन्ने मेरो मान्यता रहेको छ ।
आफूलाई प्रजातान्त्रिक समाजवादी (Social Democrat) र समाजवादी (Communist) भन्नेहरुले नेपालमा शासन गरेको अहिले २५ वर्ष पुग्न लागेको छ । यो पच्चिसवर्षमा यी ‘समाजवादीहरु’ स्वास्थ्यसेवा गरीवहरुको पहुँच भन्दा बाहिर पुर्याउन ‘सफल’ भएका छन् । तैपनि यी महाशयहरुले समाजवाद शव्दको दुरुपयोग गर्न छाडेका छैनन् । Continue reading

हाम्रो स्वतन्त्रता

K. P. Oli—शशी पौडेल
मलाइ यतिखेर २००७ सालमा बेलायतबाट प्रकाशित इन्डिपेन्डेन्ट दैनिकमा पढेको एउटा पुरानो भाषण सम्झना भैरहेको छ । अगस्त १५ भारतको स्वतन्त्रता दिवश । भारतको ६०औं स्वतन्त्रता दिवशको बेला पारेर इन्डिपेन्डेन्टले जवाहरलाल नेहरुले स्वतन्त्र भारतका जनतालाइ गरेको पहिलो सम्बोधन भाषण पुन प्रकाशित गरेको थियो ।  । भारत १९४७ सालमा बेलायतको कोलनीबाट स्वतन्त्र भएको थियो ।
नेहरुले आफ्नो भाषणमा भन्छन् । — “हामी आज बेहद खुसी छौं । किनकि हामीले हाम्रो मातृभूमी स्वतन्त्र पाएका छौं । Continue reading

ओलीको बोलीको निशाना कहाँ ?

Chaturbhuj Atreya-चतुर्भुज आत्रेय
(प्रस्तुत लेख मेरा एक बन्धु चतुर्भुज आत्रेयद्धारा लिखित “गणतन्त्र आयो लोकतन्त्र आएन” भन्ने पुस्तकबाट लिएको हुँ । उक्त पुस्तक २०६६ साल आषढमा प्रकाशित भएको थियो ।  मलाइ लाग्छ भर्खरै सम्पन्न नेकपा एमालेको नबौं महाअधिबेशनको सन्दर्भमा यो लेख उपयोगी हुने छ । किनभने केपी शर्मा ओलीले कहिलेकाहीं बोल्दा बाटो बिराउने गरेका छन् । अव उनी नेकपा एमालेको जिम्मेवार अध्यक्ष पदमा पुगेपछि उनले आइन्दा यस्ता हल्का कुरा गर्ने छैनन् भन्ने आशाको त्यान्द्रो पनि हो यो ।)
हालै प्रेस चौतारी रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दा नेकपा एमाले नेता केपी शर्मा ओलीले “सम्बिधानसभाको पहिलो बैठकबाट गणतन्त्र आउन्न” भन्ने ठोकुवा गर्दै “सातदलको सहमति अनुसार गणतन्त्र कार्यान्वयन सम्बिधानसभाको पहिलो बैठकबाट हुन सक्तैन” भन्ने जिकिर गरे । Continue reading

अझै पैसाले पुगेन कामरेड तिमीलाइ ?

Bamdev Gautam“खाने मुखलाइ जुँगाले छेक्दैन” भन्ने एउटा प्रचलित उखान छ । यो उखान अहिले बामदेव कामरेडलाइ फलिफाप भएको छ । धन्य हाम्रा कामरेड ? कामरेड बामदेवले शुशिल कोइरालाको नेतृत्वमा बन्ने सरकारको उप प्रधान मन्त्री र गृहमन्त्री बन्ने जबरजस्ती रहर त्यसै गरेका रहेनछन् भन्ने उनका बिभिन्न बिबादास्पद निर्णयले प्रमाणित गरेको छ ।
शुशिल कोइराला नामनै शुशिल र काम पनि शुशिल, लोभ लालचा नभएको जोगी । संसारको सबभन्दा गरीव सरकार प्रमुख । यस्ता सरकार प्रमुखका दोस्रा ब्यक्ति अव बिस्तारै धनी मात्र होइन महाधनी बन्ने तरखरमा छन् । Continue reading

जातीय र क्षेत्रीय दलहरुलाइ चित्रलेखा यादबको चोटीलो जवाफ

Chitra lekha Yadav 2चित्रलेखा यादब नेपाली राजनितीमा अपरिचित नाम होइन । नेपाली कांग्रेसकि नेतृ यादब तराइबासी हुन् । नेपालका राष्ट्रिय पार्टीहरुले मात्र नेपालको राजनितीमा केही परिवर्तन गर्न सकने र यी राष्ट्रिय पार्टीहरुले सबै नेपालीहरुलाइ समान अधिकार बितरण गरेको दाबी गर्छिन् । बरु उनका अनुसार जातीय र क्षेत्रीय रुपमा खोलिएका पार्टीहरुले आफ्नो कर्तब्य प्रति ध्यान नदिइ एकातिर जनतालाइ ठग्ने र आफ्नो ब्यक्तिगत स्वार्थ पुर्ती गर्ने अनि अर्कोतिर सरकारसंग अधिकारको मात्र कुरा गर्ने गरेको आरोप लगाउछिन् । उनको आरोपमा सत्यता देखियो यदि सत्य नभएको भए संबिधानसभाको दोस्रो निर्वाचनका यसरी बल्ड्यागं खानु पर्थेन । Continue reading

चुनावी वहस

Campaigns and Election-शशी पौडेल
मैले बेलायतबाट ल्याएका पुस्तकहरु र मेरा केही नोटहरु भएको कागजको बक्सा खोल्ने फुर्सद बल्ल पाँए । बक्सा खोल्ना साथै २०१० साल मइ महिनाका टिपोटहरुमा मेरा आँखा पुगे । २०१० सालको मइ महिनामा भएको बेलायतको आम चुनाबका बेला  वेलायती मेडिया आइटिभीले वेलायतका प्रमुख तीन पार्टीका नेताहरुको खुल्ला वहस प्रस्तुत गरेको थियो । डेढ घण्टासम्म भएको यस प्रकारको वहस वेलायतको राजनीतिक इतिहासमा पहिलो  थियो । Continue reading

युरोपियन युनियनः डेबिड क्यामरुनको पहिलो हार

showdown-bruessel-शशी पौडेल
बेलायतसंगको बढ्दो दुरी, समस्यामुलक मुलुकहरु प्रति कम ध्यान पुर्याएको आरोप, पुर्बी युरापमा देखा परेको राजनैतिक समस्या र आफ्नै नेतृत्व चयनमा आएको बिबादहरुका बीच एउटा बुँदाको आधा मात्र समाधानको बिन्दुमा पुगेर युरोपियन युनियनको उच्चस्तरीय बैठक केही सययका लागि टुंगिएको छ । Continue reading