-शशी पौडेल
नेकपा एमालेको पार्टीपंती भित्र मात्र होइन कि यसका सहयोगी र समर्थकहरुबीच समेत आसन्न नवौं महाअधिबेशनबारे चर्चा परिचर्चा भएको छ । स्वभाबिकै पनि हो । किनभने नेपाली जनता कुनै बेला यो पार्टी प्रति मुलुकलाइ अग्रगामी दिशातिर लैजाला भन्ने सवालमा आशातित थिए । जनताले त्यसरी आशा गरेको पार्टी भित्र भने अहिले नेतृत्वको सवाललाइ लिएर बिबादको गहिरो खाडल खनिएको छ । हिंजो एउटै शक्ति भनिएकाहरु अहिले समुह समुहमा बिभाजित छन् । यही पार्टीका शक्ति मानिने केही ब्यक्तिहरु सत्तामा जाने बार्गेनिंग गरी अर्को दलमा ओइल पोइल गएका छन् ।
हो कम्युनिष्ट पार्टी भित्र द्धन्द हुनु पर्छ । दुइलाइनको संघर्ष हुनु पर्छ । एउटै ब्यक्तिमा पनि एक भन्दा बढी बिचार वा चिन्तनको द्धन्द भैरहन्छ । एउटै सिक्काको दुइ पाटा अलग अलग छापिएको हुन्छ । मार्कसबादले द्धन्दलाइ स्वीकार गर्दछ । तर द्धन्द सुद्ध, सपाट, सफा र मुलुकको समग्र हितका लागि हुनु पर्यो नकि नितान्त ब्यक्तिगत स्वार्थका लागि ।
मार्कसबादको परिकल्पना र कम्युनिष्ट पार्टीको घोषणा पत्र घोषित भए पछि यो संसारले झण्डै १७० बर्षको फट्को मारीसकेको छ । कार्लमार्कसले देखेको समाजको बर्ग भन्दा अहिलेको समाजको बर्गमा ठुलो परिवर्तन आएको छ । कार्लमार्कसले गरेको बर्गसंघर्षको ब्याख्या भन्दा अहिलेको बर्गसंघर्षको अबस्थामा गहिरो भिन्नता आएको छ । युद्ध, हतियार, टेक्नोलजी, इन्फ्रास्ट्रक्चर, संचारसाधन र मानव सभ्यता र स्वभावमा जमिन आसमानको फरक आएको छ । अहिलेको संसारमा हामी जुन अबस्था,मूल्य, मान्यता र द्धन्दमा छौं १७० बर्ष अघि यो अकल्पनीय थियो ।
कार्लमार्कसले समाजको बिकाशको क्रमको ब्याख्या गरेको एक सताब्दी पुग्दा नपुग्दै चीनमा उनले भने जस्तो हुबहु नभै अलि फरक ढंगले क्रान्ती भयो । यदि त्यतिबेलासम्म कार्लमार्कस जीबित रहेको भए सायद उनले आफ्नो अनुसन्धानमा अर्को बिकल्प खोजेर एउटा अर्को च्याप्टर थप्थे होलान् । तर हामी नेपालीहरु भने अहिले सम्म पनि संसारको बर्तमान रुप भन्दा दुइसय बर्ष पछाडि बसिरहेका छौं । र पार्टीभित्रकै पद जुन आफ्ना पार्टीका सदस्यहरुले मत दिएर पाइने हो त्यो पद हासिल गर्न पनि कतिपयले भारतीय, चिनिया र अमेरिकी राजदूत समक्ष आसिर्बाद थाप्न जाने गर्दछौं ।
आफुलाइ अग्रगामी भन्ने पार्टीले संसारको वर्तमान परिस्थितीसंग सुहाँउदो अर्थात मेलखाने राजनैतिक चिन्तन अघि सार्न नसक्नु मुलुकको दुर्भाग्य हो । मुलुक र मुलुकबासीको आवश्यकता तर्फ चिन्तन नगरी उल्टै पटक पटक मन्त्री, प्रधानमन्त्री भैसकेका ब्यक्तिहरुले पुन पुन सत्ता हासिल गर्ने नितान्त तुक्ष्छ मनस्थितीले प्रेरित भै एक अर्काको फोहर कट्टु धुदै आफु दुधले धोएको बन्न खोजेको देख्दा जनता निराशित हुनु स्वाभाबिकै हो । यस्तै आफ्नो स्वार्थ पुर्तीका निम्ति नेताहरुलाइ उचाल्ने र पछार्ने काममा तल्लीन लेखक पत्रकार भनाउदा र आफुलाइ निकै बुद्धीजीबि ठान्ने प्रोफेसर डाक्टरहरु जन्माउने नेपाल आमालाइ दोषी देख्नु बाहेक अर्को बिकल्प रहेन । यस्ता लेखक बुद्धीजीबीहरुले बरु नेताहरुले खेल्ने नितान्त स्वार्थी खेलबाट माथि उठेर तेस्रो बिकल्प प्रस्ताव गर्न सक्नु पथ्र्यो । तर त्यसो नगरी “बैचारिक पक्षमा ओली पक्ष रक्षात्मक, सल्लाहाकारले पनि छाडे नेपाललाइ, जबजको चीर हरण र भुसालको गद्धारी र माधब नेपालको नेतृत्व जबजको अस्तित्व” जस्ता मनगढन्ते कुरा पस्केर सर्बसाधारण पार्टी कार्यकर्ताबीच बिभाजन गराउने प्रयास गर्नु अशोभनीय हो । सायद ती लेखकहरुले राजनिती उनिहरुले मात्र बुझेका छन् भन्ने ठानेका छन् कि क्या हो ? उनिहरुलाइ कुन शब्दले घिक्कार्ने हो ? मसंग शब्द छैन ।
के जबज निर्बिकल्प हो ? जबकि जबज हिजो राजतन्त्रात्मक नेपालमा राजतन्त्रसंग बैचारिक युद्ध गर्ने हतियारका रुपमा स्वर्गिय मदन भन्डारीद्धारा प्रतिपादन भएको थियो । तर यी झण्डै साढे दुइ दशकमा नेपालको राजनितीले पनि एक फड्को मारेर गणतन्त्र नेपाल बनेकोछ । बरु यतिखेर जबजमा केही परिवर्तन गर्नुपर्ने बिषय बस्तु वा परिमार्जन गर्नुपर्ने कुरा केही छन् भने खोज्नु पर्ने हो । किनभने मानव समाजले जव फड्को मार्दै जान्छ त्यसरी नै समाज र राज्यका मुल्य, मान्यता र आवश्यकतामा पनि परिवर्तन हुदै जान्छन् । जस्तै हाम्रा हजुरबाबाका पालामा जग्गा जमिनमा लगानी गरेर धेरै मुरी धान फल्ने खेत, सम्मो बारी जोड्ने कुराहरु अग्रपंतीमा आउथे । हाम्रा बाबाका पालामा त्यसबाट परिवर्तन भएर जागीर त्यो पनि बैंक वा संस्थानमा यदि नभए सरकारी जागीर त्यो पनि नभए शिक्षक हुने मुल्य र मान्यताले ठाँउ लियो । किनकि खेती पाती गरेर दुख गर्न नचाहाने मनोबिज्ञानको बिकाश भयो । अहिले हाम्रा पालामा बिश्व ल्गोबलाइजेशनले बढी प्रभाव पार्यो र इन्फ्रास्ट्रकचर र टेक्नोलजीको द्रुत बिकाशले उद्योग धन्दाहरु हाम्रा जीबनका महत्वपूर्ण मूल्य, मान्यता र आबश्यकता बनेर हुर्किरहेका छन् । यी कुराहरु थाहा हुदा हुदै पनि लिसो टासिए जस्तै जबजलाइ समाएर बसिरहन वा यसलाइ हुबहु लागु गर्ने चाहाना राख्नु सान्दर्भिक होला ? यदि छ भने किन भन्ने कुराको बिष्लेषण अघि सार्नु पर्यो ।
केही नेताहरु एक अर्कालाइ तथानाम गाली गर्न ब्यस्त छन् । दुर्भाग्य मुलुकमा प्राय हरेक दुर्घटनाबाट नेता बनेका ब्यक्तिहरुको हाली मुहाली हुदै आयो । २०४०/४१ ताका दागंका कम्युनिष्ट नेता नेत्र पौडेल अभागीको हत्या पछि पार्टीभित्र सुदुर पश्चिमको नेतृत्वका लागि प्युठानका बामदेव गौतमलाइ अघि सारियो । कुनै औपचारिक उच्च शिक्ष नभएका र माक्र्सबादको टपरटुइया अध्ययनको भरमा पार्टीको केन्द्रीय नेतृत्वमा पुगे र धाक धम्की र बार्गेनिंगका भरमा पटक पटक मुलुकको गृह र उप प्रधानमन्त्री बन्न पुगे ।
मदन भंडारी र जीबराज आश्रितको हत्या पछि माधब नेपालले पार्टीको हाली मुहाली गर्ने मौका पाए । यी पनि दुर्घटनाकै कारण भर्यागं माथि उक्लिए । अनि उनी झण्डै दुइ दशक सम्म पार्टीको भर्यागंको टुप्पोमा टास्सिइ रहे । मदनभंडारीको हत्या पछि पत्नी भंडारीलाइ केन्द्रमा तानियो । उनि पनि दुर्घटनाकै कारण मन्त्री बन्न पुगिन् ।
यसरी अरुको हत्या भएर संयोगले सत्ता र शक्तिको चिट्टा प्राप्त गरेका ब्यक्तिहरुबाट मुलुकले के अपेक्षा गर्न सक्छ ? यसैले त मदन भंडारीको पालामा दक्षिण एशियाका कम्युनिष्ट पार्टीहरु मध्य सबभन्दा अनुशासित र ब्यबस्थित मानिएको नेपाल कम्युनिष्ट पार्टी एमाले अहिले सम्म आउदा एशियाको सबभन्दा अब्यबस्थित, अनुशासनहिन र पदलोलुप पार्टीमा परिणत भएको छ । स्वार्थी र गुटबन्दीहरुको झगडा गर्ने थलो बनेको छ । सर्बसाधारण जनताले पेटमा पटुका बाँधेर तिरेको लेबी खाएर डकार्नेहरुको गिरोह हुन पुगेको छ । “तैले मलाइ गृहमन्त्री बन्न सघा मैले तँलाइ पार्टी अध्यक्ष बन्न सघाउछु” यस्ता बार्गेनिगं हुन्छन् पार्टी भित्र । यहाँ कुनै क्ष्यमता, कुशलता र बिद्योताको खाँचो पर्दैन । बरु यदि कसैले नयाँ बिचार चिन्तन अघि सार्न खोज्यो भने त्यसलाइ या त गद्धार यात सुधारबादीको धब्बा लगाइन्छ । आफ्नो कद बढाउन अरुलाइ होंच्याउने प्रयास हुन्छ ।
कुशल, क्ष्यमतावान र सच्चा नेताले आफ्नो कद बढाउन अरुलाइ होंच्याउनु पर्दैन । संसारका बिकशित मुलुकका नेताहरु एकपटक सर्बोच्च पदमा पुगेपछि दोहर्याएर त्यो पदको लोभ गर्दैनन् । उनिहरुले नयाँ पिंढीमा नेतृत्वको बिकाश गर्दै लैजान्छन् । आफु बाहिर बसेर आबश्यकता परेका बेला सर सल्लाह दिने काम गर्दछन् । आफ्नो अनुभव नयाँ पिंढीसंग बाँड्छन् । तर दुर्भाग्य हाम्रो मुलुकमा भने जीबन प्रयन्त पद, सत्ता र शक्ति चाहिने । यसका निम्ति साम, दाम, डण्ड र भेद प्रयोग गर्न बरु पछि नपर्ने । आखिर राजनिती किन ? देश र जनताको सेवा गर्न कि ? जीबन प्रयन्त सत्ता, शान र शक्तिमा बस्न ? यदि राजनिती देश र जनताको सेवा गर्न हो र मुलुकलाइ अग्रगामी दिशा तिर लाने हो भने नेकपा एमालेले अहिले तेस्रो बिकल्प खोज्नु पर्छ । अन्यथा बोराको नुन समुद्रमा बिलाएर झुत्रे रित्तो बोरा बाकी रहे जस्तै नेकपा एमाले इतिहाँसको गर्भमा बिलाउन कत्ति बेर लाग्ने छैन ।
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................
3 Responses to एमालेमा तेस्रो बिकल्प खोज