दैनिक निर्णय र गोबिन्द बर्तमान

शशी पौडेल

गोबिन्द वर्तमानको मृत्युको खबरले म स्तव्ध भएं । एक होनहार साहित्यकार कबि भाबुक एवं नरम स्वभावका हुदा हुदै पनि राजनैतिक बिचार भने उनको स्पात जस्तै बलियो थियो । उनी आफुलाइ मन नपरेका ब्यक्तिहरुसंग ठोक्किन मन पराउन्नथे । उनिसंग मेरो २०३९ सालमा पहिलो पटक भेट भएको हो । यो भेटले २०४५ साल सम्म निरन्तरता पायो । एक आपसमा राजनैतिक छलफल गर्ने एक प्रकारको थलो बनाएका थियौं भैरहवामा । उनको र मेरो बीचमा चुरोट पिउने कुरा देखि राजनैतिक बिचार सम्म मत भिन्नता थिए । तर पनि हामी दुइबीच भिन्न चरित्र, भिन्न राजनैतिक बिचार, भिन्न सोचाइ राख्ने भिन्न्ताकै बीचमा मित्रता गासिएको थियो । Continue reading

मानवजातीहरुको उत्पति र जातिगत वैमनश्यताको चीरहरण

 – Dr. Kavitaram Shrestha

(हामी आफाआफैमा जातजातीको भेदको कारणबाट झैझगडा गछौँ  नि ? त्यसैको प्रशंगमा मैले यो लेख प्रस्तुत गर्दै छु । हामीबीच आपसमा भिड्नुको कुनै तुक छैन । ‘क’ को जातिमा ‘ख’ नहुनु ‘क’ को वशको कुरो होइन । म एउटा जातिको भएँ मेरो वशमा यो थिएन । मेरो वशमा हुन्थ्यो भने म तपाईकै परिवारमा आएर जन्म लिन्थेँ । तपाईँ पनि त आफूले  चाहेको परिवार वा जातिमा जन्म लिनु हुन्थ्यो नि होइन र ? आफ्ना वशमा नभएको कुराको दोष हामी कसैमा छैन । अनि विवाद के मा ?)  Continue reading

न्यूनतम संवैधानिक आधारमा टेकेर संकटको समाधान खोज्नुपर्छ

न्यूनतम संवैधानिक आधारमा टेकेर संकटको समाधान खोज्नुपर्छ । उक्त कुरा नेकपा एमालेका महासचिब इश्वर पोखरेलले नयाँ पत्रिकासंग एक अन्तवार्तामा भनेका हुन् । आजै नयाँ पत्रिकामा प्रकाशित अन्तरबार्ताका केही अंश यहाँ जस्ताको तस्तै साभार गरेका छौ ।
ए. माओवादी अध्यक्ष प्रचण्डले सहमतिका लागि नया“ प्रस्ताव गर्नुभएको थियो । तपाईहरुले त्यसलाई किन अस्वीकार गरेको ?
प्रस्ताव भनेर प्रचण्डजीले राजनीतिक बजार(Political Marketing) गर्नुभएको हो । संविधानसभा पुनस्र्थापना कि निर्वाचन भन्ने विषयमा दलहरुबीच पटकपटक छलफल भएर ताजा जनादेशमा जाने भन्ने केही समयअघि (असोज ३ गते) टुंगो लागिसकेको छ । ताजा जनादेशमा जानका लागि चाहिने विषयहरु जस्तो के को चुनाव, सदस्यको संख्या, चुनावको लागि संविधान संशोधन लगायतका विषयमा सहमति गरेर ताजा जनादेशमा जाने समझदारी दलहरुबीच भइसकेको थियो । प्रचण्डजीले ल्याउनुभएको प्रस्ताव त्यसको विपरित छ । राजनीतिक, संवैधानिक, नैतिक र व्यावहारिक हिसावले पनि अनुचित छ । यसलाई मान्न सकिंदैन । Continue reading

के सहमति भएकै हो ?

प्रधानमन्त्री र राष्ट्रपतिबीच वाक्युद्ध भैरहदा शान्ति तथा पुननिर्माण मन्त्री टोपबहादुर रायमाझीले तिहारपछि संसद पुनः स्थापना हुने घोषणा गरेका छन् । उनले बाध्यात्मक परिस्थितिले मंसीर ७ मा चुनाव हुन नसक्ने भएपछि तिहारपछि संसद पुनःस्थापना गरेर संविधान घोषणा गर्ने तयारीमा सरकार लागेको जानकारी दिए । जबकि राष्ट्रपतिले संविधानसभाको पुनःस्थापना हुन नसक्ने अडान लिदै आएका छन् ।
दलहरुमा राजनैतिक इमान्दारिता नभएकाले जनतामा वितृष्णा र आक्रोश बढ्दै गएको छ । मुलतः संविधान नबनाई सत्ता प्राप्ति र शासन हाँक्नमा मात्र नेताहरुले ध्यान दिंदा समस्या बढेको हो । यतिखेर नेता मात्र हैन राष्ट्रपति र प्रधानमन्त्रीले पनि एकअर्का माथि दोष थोपार्नमा समय खर्च गर्दैछन् । संसद र संविधानसभा अवसान भएको चार महिना बितिसक्दा पनि सहमति गर्न नसक्ने दल र नेताहरु एक अर्कालाई गाली गरेर आफ्नो जिम्मेवारी निर्वाह गरेको देखाउन खोज्नु बिडम्वनापूर्ण रहेको छ । Continue reading

मार्कसवाद र आधुनिक मानचित्रभित्र म

-दिपक न्यौपाने, लण्डन
यसो वेलायतका बसाईमा फूर्सदको समय बसिवियालो गफ सफ गर्ने भनेर बरिष्ट पत्रकार शशी पौडेलले भेट्ने मनासयका साथमा मेरो के विचार हुनसक्ला भन्ने बुझ्न भनेर फोन गर्नु भयो । सधैको दौड धुप भागदौडको बावजुद अलिकती यसो होस हराउने गरी मदिराको रसस्वादन वेलायतको दैनिकी र अनाहकको राजनीति र सामाजिक कल्याणकारी स्वनामधान्य संस्थामा भूत न भविष्यको स्थितिमा हल्लिनु भन्दा त केही साथी बसेर समसायीक विषयबस्तुको बारेमा छलफल गरौंनत भन्ने सोच आएर होला उहांले मेरो विचार बुझ्न खोज्नुभएको भन्ने मैले बुझें । हाम्रा वीचमा यस्तो विषयमा छलफल त पहिले पहिले पनि नहुने त होईन, तर एउटा विषय बस्तुमा केन्द्रित भएर भने हाम्रो कहिल्यै पनि कुरा हुदैनथ्यो । मैले पनि उहांलाई यही हुनुपर्छ नभने पनि मेरो भावना पनि ब्यक्त गरें । अब निधो भयो भेट गने, कहां कहिले र को को भेट्ने भन्ने कुरामा हामी अलमलमा परेका थियौं, अचानक रोहितजीको पनि यस्तै आशय रहेको र पहिलो भेट उहांकोमा नै गर्ने हाम्रो निधो भयो । सामाजिक संस्थामा कल्याणकारी ब्यक्तित्वको रुपमा अति ब्यस्त रोहितजी नेपाली संस्थाहरुमा उल्लेख्यरुपमा उहांको उपस्थिति छ, त्यसैले उहांको कत्तिको ईच्छा रहन्छ, यो विशुद्घ गैरराजनितिक, गेरजातिय गैरसामाजिक अध्ययनशिल सानो समूह बनाउने र सकिन्छ भने बिभिन्न कृती रचनाहरु उत्पादन गरी प्रकाशन गर्ने भन्ने हाम्रो मनासय हो । Continue reading

नरोद्दम सिंहानुक अब रहेनन

कुनैबेला सबैभन्दा धेरै राजनीतिक ओहदा सम्हाल्ने व्यक्तिका रुपमा चिनिने क्याम्बोडियाका पूर्वराजा नरोद्दम सिंहानुकको ८९ वर्षको उमेरमा निधन भएको छ । चीनको राजधानी बेइजिङस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । सोमबार बिहानपख हृदयाघातबाट उनको निधन भएको चाइना सेन्ट्रल टेलिभिजनले जनाएको छ ।
सिंहानुकको शव लिन क्याम्बोडियाका राजा नरोद्दम सिंहामुनी र प्रधानमन्त्री हुन सेन बेइजिङ पुगिसकेका छन् । पूर्वराजाको शव कहिले र कसरी लगिने भन्नेबारे केही बताइएको छैन । यस विषयमा बेइजिङस्थित क्याम्बोडियाली दूतावाससमक्ष जिज्ञासा राख्दा दूतावासले जानकारी दिन अस्वीकार गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । Continue reading

सरकार यहाँ फेरी चुक्यो

डा बाबुराम भट्टराइको सरकारले मुलुक र मुलुकबासीको हितमा काम त गरेन गरेन, एक जीउदा सहीदको नाममा श्रद्धान्जली दिन समेत चुक्यो । जहानियाँ राणाशासनविरुद्ध लडाइँ लडेका ‘जिउँदा सहिद’ रामहरि शर्माको निधन भएको छ । एउटा जिउँदो इतिहास बोकेका शर्मा राणाकालको मृत्युदण्डबाट धार्मिक आस्थाका कारण बाँच्न सफल भएका थिए । त्यसताका राणाहरूको हुकुमी शासन थियो । नियम, कानुन, सुशासन र मानवीय समवेदना पटक्कै नभएको त्यो जमानामा शर्माहरू राणाहरूको ज्यादतीविरुद्ध टाउकामा कात्रो बाँधेर आन्दोलनमा लागेका थिए । शर्मालगायत आन्दोलनकारी पक्राउ परेपछि शुक्रराज शास्त्रीसमेत चारजनालाई मृत्युदण्ड दिइयो । ब्राह्मण भएकाले उतिबेला टंकप्रसाद आचार्य र रामहरि शर्मा बाँच्न सफल भए । भाग्यले जीवित रहन सफल दुई योद्धालाई ‘जिउँदो सहिद’ को सम्मान दिइएको थियो । २००७ सालमा जहानियाँ राणाशासन समाप्त भएपछि नेपाली जनताले स्वतन्त्रताको श्वास फेर्न पाएका थिए । जो सहिद र जिउँदा सहिदको त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको थियो । वास्तवमा नेपाली जनताले उपभोग गर्न पाएको गणतन्त्र, स्वतन्त्रता, न्याय र कानुनी राज्यको जगमा स्व.रामहरि शर्माजस्ता व्यक्तिको ठूलो योगदान रहेको छ । यो इतिहास हो कसैले बिर्सन मिल्दैन । तर, दु:खद पक्ष के रह्यो भने यिनै जिउँदा सहिद शर्माको मृत्यु सरकार र ठूला राजनीतिक दलका लागि महत्त्वहीन बन्न पुग्यो । एउटा जिउँदो इतिहास समाप्त हुँदा राज्यले संवेदना र सहानुभूति समेत जाहेर नगर्नु कृतघ्नताको पराकाष्ठा हो ।

Continue reading

TV review : Masters of Money: Karl Marx

Stephanie Flanders concluded her BBC TV series Masters of Money by looking at Karl  Marx capitalism’s severest critic”. Often “refuted”, his ideas just won’t go away!

The deep crisis of recent years and their lack of answers has led some economists to read for themselves what he really said.

Former International Monetary Fund chief economist and now a University of Chicago professor, Raghuram Rajan, said Marx was right on a number of dimensions including social inequality. Continue reading

Marx was right !

Hannah Sell, Socialist Party deputy general secretary

This short book was written by Hannah Sell, Socialist Party deputy general secretary, in 2002, five years before the current deep-going crisis started, but predicted such an event.

At that time also, many commentators were looking to Marx for an explanation of the economy and the growing tensions in the world.

Hannah writes: “In the last few years their [Marx and Engels] ideas have been regaining popularity. At the end of 1999 Marx was voted the ‘greatest thinker of the millennium’ in a BBC online poll. Continue reading

रबिन्द्र मिश्र र हेल्प नेपाल

शशी पौडेल
रबिन्द्र मिश्र लगभग दुइहप्ता बेलायतमा हेल्प नेपालको प्रचार प्रसार पछि नेपाल फर्केका छन् । उनलाइ बेलायत स्थित नेपाली समुदायले बिभिन्न ढंगले चिन्दछन् । प्रथम बिबिसी नेपाली सेवाका रबिन्द्र, द्धितीय हेल्प नेपाल नामक कल्याणकारी संस्थाका संस्थापक रबिन्द्र, र फर्किएका रबिन्द्र ।
सामान्यतया मानिसहरुको दुइ प्रकारका परिचय हुने गर्दछन् । ब्यक्तिगत र पेशागत । ब्यक्तिगत मान्छे कहाँ जन्म्यो, कहाँ हुर्कियो भन्ने जस्ता जन्म कुण्डली र पेशागत, उसले गर्ने पेशा, जीबिकोपार्जनका निम्ति बनाएको क्यारियर तर रबिन्द्र मिश्रको बेलायतमा ब्यक्तिगत जन्म कुण्डली बाहेक अन्य परिचय पनि छन् । यो कसरी सम्भव भयो ? यो प्रश्नको उत्तर खोज्नु भन्दा बिषय बस्तु तिर लाग्नु उपयुक्त हुने छ । Continue reading