What is and is not a legitimate target for Muslim world’s anger.

It is clear by now that the anti-US protests sweeping the Middle East are about far more than a crude Islam-bashing film.

The Innocence of Muslims provided the spark but the fuel is undoubtedly Washington’s foreign policy which in the last decade in particular has amounted to little better than a bloody killing spree across the region. Continue reading

शुशिललाइ हस्तिनापुरको आशिर्बाद छैन

हस्तिनापुरको संकेत बिना बाबुरामको सरकार ढल्ने छैन भन्ने कुरा बुझ्दा बुझ्दै पनि नेपाली कांग्रेस र एमाले नेताहरुले सांढेको के जाती झर्ला र खांउला भन्दै अभिब्यक्ति दिन छाडेका छैनन् । यो उनिहरुको जनता झुक्क्याउने एउटा चाल मात्र जस्तो देखिन्छ । राजनीतिक संक्रमणक अझ लम्बिने परिस्थितिले देशमा भयावह पैदा हुने भय बढेको छ । नेपालमा हुने जस्तोसुकै राजनैतिक परिवर्तनमा भारतको भूमिका प्रभावकारी हुने हुदा यसपाली पनि हस्तिनापुरको आशिर्बाद रहेकै कारण डा. बाबुराम नेतृत्वको सरकार अहिलेसम्म टिकेको हो ।
नेताहरु भने परिवर्तनको अनुभूति दिलाउन सहमति बाहेक अर्को विकल्प नभएको बताउँदै आएका छन् र सहमतिको कुनै उपलब्धि हासिल नहुनुको पछाडि पनि भारतीयहरु नै रहेको उनिहरुको विश्लेषण छ । डा. बाबुरामले आफू हात गोडा बाँधिएको प्रधानमन्त्री भन्दै आउनु यसको यथेष्ठ प्रमाण हो । मधेशी मोर्चाको समर्थनमा भट्टराई प्रधानमन्त्रीमा टिकीरहनु पनि भारतकै उद्देश्य पूरा गर्नेतर्फ सरकारको काम गराईले देखाउँदै आएको छ । भारतलाई प्रधान शत्रु बताउने प्रचण्ड यतिबेला भारत विरुद्ध च्युं पनि नबोल्नु र कांग्रेस–एमालेले सरकार ढाल्न दिल्लीमा दण्डवत् गर्दा पनि कानमा तेल हालेर भारतीय नेताहरु बस्नुलाई अर्थपूर्ण रुपमा लिनु पर्दछ । Continue reading

ईतिहाँसका ती महत्वपूर्ण पक्षहरु

विगत केही वर्षयता सचेत नेपालीहरुमा नेपालको इतिहासप्रति चाख बढेर गएको छ । तर आजसम्म लेखिएको नेपालको इतिहासमा एउटा महत्वपूर्ण अध्याय छुटेको छ त्यस तर्फ कुनै इतिहासकारको ध्यान नपुगेको हुँदा त्यस पक्षलाई उद्घाटित गर्नुपर्ने आवश्यकता महसुस भएको छ ।नेपालको इतिहासको त्यो महत्वपूर्ण पक्षबारे थाहा पाउन नेपाल र अरु देशबीच भएका सन्धिको पनि अध्ययन हुनु आवश्यक छ ।

यस सन्दर्भमा नेपाल र संयुक्त अधिराज्य बेलायत सरकारबीच सन् १९५० अक्टोबर ३० तारिख अर्थात् २००७ साल कार्तिक १४ गते भएको सन्धि उल्लेखनीय छ । उक्त सन्धिका बुँदाहरुको अध्ययन गर्दा यसबाट नेपालको इतिहासको नयाँ ढोका खुल्ने सम्भावना देखापर्छ ।

Continue reading