What is and is not a legitimate target for Muslim world’s anger.

It is clear by now that the anti-US protests sweeping the Middle East are about far more than a crude Islam-bashing film.

The Innocence of Muslims provided the spark but the fuel is undoubtedly Washington’s foreign policy which in the last decade in particular has amounted to little better than a bloody killing spree across the region. Continue reading

जुलियन असान्जलाई दूतावासभित्रै प्रवेश गरी पक्राउ गर्ने धम्की

सम्मान शब्दलाइ सन्धी बिक्षेद गरेर हेर्ने हो भने सम + मान = सम्मान,आदर, इज्जत, मतलव एक अर्का प्रति बराबर मान, आदर, इज्जत   भन्ने बुझिन्छ । यदि रामले श्यामलाइ तपाइ भन्छ भने श्यामले पनि रामलाइ तपाइ भन्नु पर्दछ । तर बेलायतले अन्य मुलुकहरु प्रति हिजो जुन हेपाहा ब्यबहार गथ्र्यो आज पनि त्यही ब्यबहार गर्र्ने बानी छोडेको  छैन । यसको ज्योलन्त उदाहरण हो  बेलायतस्थित इक्वेडर दूतावासमा शरण लिएका विकिलिक्सका संस्थापक जुलियन असान्जलाई दूतावासभित्रै प्रवेश गरी पक्राउ गर्ने भनी दिएको  धम्की । Continue reading

जव बिज्ञान युद्धभूमिमा परिणत हुन्छ

-शशी पौडेल
भियतनाम युद्ध पछि अमेरिकाले आफ्ना युद्ध योजनाहरुमा अझ निरंकुस ढंगले परिवर्तन गर्दै आइरहेको छ । यद्यपी भियतनाम युद्ध हुदा भियतनामीहरुको भन्दा अमेरिकिहरुको युद्ध हतियारहरु बैज्ञानिक र आधुनिक थिए तर उसले ठूलो संख्यामा आफ्ना सैनिकहरु गुमाएको थियो । सैनिक गुमाउने मात्र नभएर अत्ततः युद्ध हा¥यो ।
युद्धताका भियतनामबाट दैनिक रुपमा अमेरिकि सैनिकहरुका लासका ब्यागहरु अमेरिका फर्काएको देखे पछि अमेरिकि जनता युद्ध बिरोधी हुन थाले । अमेरिकि सरकारले जनतामा युद्ध बिरोधी मनोबिज्ञान बिकाश भएको देखेर आफ्नो युद्धको पोलिसी र ट्याकटिकमा परिवर्तन ल्याउने योजना बनाए । खास गरि भियतनाम युद्ध पछि अमेरिकी सरकार र सैनिकले थुप्रै कुराहरु सिक्ने मौका पाए तर दुर्भाग्य उनिहरुले युद्ध नगर्ने भन्ने(नन् मेलेट्री पोलीसी) सिक्नुको बदला युद्ध अधि बढाउन बिज्ञानको सहयोग लिन र यसको बिकाश गर्न थाले । समस्या समाधानको नाममा आफ्ना सैनिकहरु नमारीकन युद्ध गर्ने योजना बनाए । जस्तै अहिले लिबियामा अमेरिकीहरुले लिबिया बिरुद्ध युद्ध गरिरहेका छन् । अमेरिकी सरकारले आफ्ना सैनिकहरुलाइ बिना कुनै खतरा लिबिया पठाएका छन् । अमेरिकी सैनिकहरु त्यहाँ रोबोर्ट हतियारले लडिरहेका छन् । उनिहरुले रिमोट कन्ट्रोलद्धारा मानिस मारिरहेका छन् । Continue reading

“ओलम्पिकले मलाई के दिन्छ ?”

केही दिन अघि बीबीसी तीनले स्वतन्त्र रुपमा आफुलाइ भन्न मनलागेको कुरा प्रश्ट भन्न पाउने गरी एउटा कार्यक्रम चलाएको थियो । उक्त कार्यक्रममा खास गरी “ओलम्पिकले मलाइ के दिन्छ ?” भन्ने मुख्य प्रश्न थियो ।
यो प्रश्न मेरो मनमा धेरै पहिले उठेको हो । जव मैले ओलम्पिकको छोटकरीमा जानकारी लेख्ने निधो गरें, त्यतिखेरै यो प्रश्न उठाएर लेख्ने बिचार गरेको थिएं । तर यस प्रकारको प्रश्न उठाउने सायद म मात्र एक्लो हुन्छुकि भन्ने डर पनि कता कता लागेको थियो । Continue reading

बाराक ओवामा दाश वंशका होइनन् – डेबरा डिकरसन

-शशी पौडेल

बिगत चार वर्ष अघि अर्थात अमेरिकाको चवालीसौं राष्ट्रपतिको निर्वाचन पछि पत्रपत्रिका एवं अन्य संचार साधनहरुले ‘‘अमेरिकामा पहिलो कालो राष्ट्रपति’’ भनेर चर्चा गरिरहेको बेला यस पंत्तिकारलाई पनि यसबारे निधार खुम्चाउन मन लागेको थियो । के बाराक ओवामा साँच्चै काला हुन् त ?
बाराक ओवामा राष्ट्रपति पदमा निर्वाचित भए पछि अफ्रिकी मूलका काला नागरिकहरु असाध्यै आशावादी र खुसी देखिन्थे । त्यस्तै एशियाली मूलका नागरिकहरु पनि बाराक ओवामा राष्ट्रपतिमा निर्वाचित भएकोमा खुसी देखिन्थे , किनकि उनी इन्डोनेशियामा बढे हुर्केको र पढलेख गरेका हुन् । जीवनको बाल्यकाल र कुखुरे बैंशको बेलामा परेका छापहरुले मानिसलाई जीवनको उत्तरार्धकाल सम्म पछ्छाई रहन्छ । त्यसैले शायद उनी एशिया प्रति नरम हुन सक्छन् । र अफ्रिका प्रति पनि, किन भने उनका बाबु काला हुन्, यसमा शंका रहेन । Continue reading

कसैले नजितेको युद्ध

– शशी पौडेल

बच्चालाइ रुवाएर बाबु आमालाइ मार्ने नरपिचासहरु

 

जो रक्षक उही भक्षक भन्ने उखान यत्र तत्र  चरितार्थ हुने गरेको  छ । अफ्गानिस्तानमा आतकंवाद, भ्रष्टाचार, अनियमितता, अन्याय र अत्याचारको अन्त्य गरी शान्ति–सुरक्षा दिन भनी खटिएका सेना जो अप्mगानिस्तानका लागि बेलायती राजदुतावासमा कार्यरत थिए । निज सैनिक अधिकारी दुई बर्ष अघि दुई बर्षका लागि अफ्गानिस्तान जेलमा परेका हुन् । विल स नामक निज सैनिक अधिकारी २८ बर्षदेखि बेलायती सेनामा सेवारत थिए । सेवारत भएकै अवस्थामा उनले एम वि इ समेत पाइसकेका छन् ।  उनी दुई बर्ष अघि अफ्गानी अधिकारीहरुलाई वीस हजार अमेरिकी डलर घुस खुवाएको प्रमाणित भएका कारणले जेल परेका हुन् । Continue reading

पुस्तक समीक्षा : डेडलाइन चोमोलोङमा

– दिपक न्यौपाने

केही बर्ष पहिले म पसलमा बसिरहेको बेला पछाडि भिर्ने सानो रुकस्याक बोकेको एउटा ठिटोलाई लिएर काजी शेर्पा आइपुगे । उनले चिनाउदै भने “ उनी आङछिरिङ्ग शेर्पा हुन् । भर्खरै सगरमाथा सफल आरोहण गरेर आएका छन् उसले एउटा पुस्तक लेखेको छ” भने मैले सुन्नासाथ मागी हालें ।
तर बेलायतको व्यस्तता अनेक लुते धन्धाले मेरो पढ्ने पढाउने विधा ओझेलमा परेको छ । सधैको भागदौडले आपूmलाई जीवनको ज्ञानको सास्वत पक्षबाट धेरै टाढा राख्नुपर्ने अवस्था छ । भौतिकवादी उपयोग मुलक समाजमा चर्न आएको एउटा व्यक्तिको कित्तामा राख्नु पर्दा ज्यादै मूल्यवान अध्ययन गर्नुपर्ने पुस्तकबाट बन्चित भएको महसुस हुन्छ । यसै सन्दर्भमा समय निकालेर धेरै अगाडि किनेको पुस्तक “डेडलाइन चोमोलोङमा पढ्ने अवसर पाए । Continue reading

Everyone has the right to agree or disagree

– Deepak Shimkhada

This is where the buck stops.  Regretfully, like everyone on the INLS lis tserve, I have the misfortune of reading the nasty emails on a daily basis.  Everything has a limit, and the INLS controversy has crossed the limit.  With this letter I am asking to make it stop,  immediately Effective.  Some sensible individuals on this list have expressed the same concern.  I salute them for their sensibility, and join them in expressing my outrage. Continue reading

अनेसासका साथीहरुलाइ अझ लड्ने आग्रह

– शशी पौडेल
लगभग चार पाँच बर्ष अगाडीको कुरा हो, एक जना अपरिचित ब्यक्तिको टेलिफोन आयो । मैले आफ्नो तर्फबाट चिनिन नी भनेर प्रश्न गरें । उनले भने हो दाइ तपाइले मलाइ चिन्नुहुन्न हामी कहिल्यै भेट भएका छैनौ , हामीले कहिल्यै एक आपसमा कुराकानी गरेका पनि छैनौं ।  तर पनि म तपाइलाइ चिन्छु ।
मैले भने ओहो तपाइ कहांबाट बोल्दै हुनुहुन्छ ? यदि यतै कतै नजिक भए भैटौ न त । हुन्छ कुनै बेला मिलाउला नी त, उनको जवाफ आयो । कति कामले फोन गर्नु भयो कुन्नी, मैले जिज्ञासा राखें । उनले भने दाइ तपाइसंग काम त असाध्यै धेरै थियो, लामो समय सम्म संग संगै काम गर्ने इक्षा जागेर फोन गरेको । दाइ कुरा नलुकाइ भन्न चाहान्छु तपाइको इमेल ठेगाना पांउ‘ न, मैले तपाइलाइ केही सामाग्री पठाउनु छ । Continue reading

मान्छे

– शशी पौडेल

हा“स्न सक्छ मान्छे
रुन सक्छ मान्छे
ह“साउन र रुवाउन सक्छ मान्छे
त्यसैले त उ मान्छे हो ।

सतहमा हिड्ने हो मान्छे
उकाली ओरालीमा कुद्ने हो मान्छे
भ¥याङ चढन र चढाउन सक्छ मान्छे
त्यसैले त उ मान्छे हो । Continue reading