जव बिज्ञान युद्धभूमिमा परिणत हुन्छ

-शशी पौडेल
भियतनाम युद्ध पछि अमेरिकाले आफ्ना युद्ध योजनाहरुमा अझ निरंकुस ढंगले परिवर्तन गर्दै आइरहेको छ । यद्यपी भियतनाम युद्ध हुदा भियतनामीहरुको भन्दा अमेरिकिहरुको युद्ध हतियारहरु बैज्ञानिक र आधुनिक थिए तर उसले ठूलो संख्यामा आफ्ना सैनिकहरु गुमाएको थियो । सैनिक गुमाउने मात्र नभएर अत्ततः युद्ध हा¥यो ।
युद्धताका भियतनामबाट दैनिक रुपमा अमेरिकि सैनिकहरुका लासका ब्यागहरु अमेरिका फर्काएको देखे पछि अमेरिकि जनता युद्ध बिरोधी हुन थाले । अमेरिकि सरकारले जनतामा युद्ध बिरोधी मनोबिज्ञान बिकाश भएको देखेर आफ्नो युद्धको पोलिसी र ट्याकटिकमा परिवर्तन ल्याउने योजना बनाए । खास गरि भियतनाम युद्ध पछि अमेरिकी सरकार र सैनिकले थुप्रै कुराहरु सिक्ने मौका पाए तर दुर्भाग्य उनिहरुले युद्ध नगर्ने भन्ने(नन् मेलेट्री पोलीसी) सिक्नुको बदला युद्ध अधि बढाउन बिज्ञानको सहयोग लिन र यसको बिकाश गर्न थाले । समस्या समाधानको नाममा आफ्ना सैनिकहरु नमारीकन युद्ध गर्ने योजना बनाए । जस्तै अहिले लिबियामा अमेरिकीहरुले लिबिया बिरुद्ध युद्ध गरिरहेका छन् । अमेरिकी सरकारले आफ्ना सैनिकहरुलाइ बिना कुनै खतरा लिबिया पठाएका छन् । अमेरिकी सैनिकहरु त्यहाँ रोबोर्ट हतियारले लडिरहेका छन् । उनिहरुले रिमोट कन्ट्रोलद्धारा मानिस मारिरहेका छन् ।
अमेरिकाले २००४ साल देखि सिआइएको स्पेशल एक्टीभिटी डिभिजनको नेतृत्वमा उत्तर पूर्व पाकिस्थानमा रिमुट कन्ट्रोल द्धारा CREECH AIR FORCE BASE AMERIKA बाट युद्ध गरिरहेको छ । उक्त रिमुट कन्ट्रोल युद्ध लडाकु (UAV) (अन म्यान्ड एरियल भिएकल्स) मान्छे नभएको लडाकु बिमान २००४को तुलनामा बाराक ओबामाको पाला देखि अरु बढ्दै गैरहेको छ । अमेरिकीहरुले खास गरि “वार अन टेरोर” घोषणा गरे देखि यस प्रकारको स्ट्राटजी ल्पान गरेका हुन् ।
एकातिर पाकिस्तानी सरकारले आफ्ना जनता समक्ष पाकिस्थान माथी भैरहहेको अमेरिकि आक्रमणको बिरोध गरेको देखाएको छ भने अर्को तिर पाकिस्थान सरकारले अमेरिकालाइ साम्जी एयर फिल्ड पाकिस्थानबाट उपरोक्त रोबोट चलाउन अनुमति दिइरहेको छ । अमेरिकाले लगभग डेड बर्ष देखि पाकिस्थानी गुरिल्ला एबं स्वतन्त्रता सेनानी बिरुद्ध आक्रमण गरिरहेका छन् र सिआइएले यसको क्रेडिट लिदै आइरहेको छ । एक पत्रकार सम्मेलनमा अमेरिकी बिदेश मन्त्री हिलरी ल्किन्टन समक्ष पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उनले हाम्रो युद्ध स्ट्राटजी ल्पान र टेक्नोलजी बारे कुनै कमेन्ट गर्न चाहान्न भनिन् । यस प्रकारको युद्ध लडाकु बिमानहरु २००१ मा अफगानिस्थानमाथी आक्रमण गरे देखि पाकिस्थान माथीको आकाशमा उडिरहेका छन् । यी मान्छे बिहिन युद्ध बिमानहरु अमेरिकी पाइलटहरुले CREECH AIR FORCE BASE AMERIKA बाट उडाइ रहेका छन् र उनिहरुले खिचेका भिडियोहरु पाकिस्तानी सरकारलाइ उपलब्ध गराउदै आइरहेका छन् । ती मान्छे बिहिन युद्ध बिमानहरु अफगानिस्थानको जलालाबाद र कुनै कुनै पाकिस्थानबाटै उड्दछन् । न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार ती मान्छे बिहिन युद्ध बिमानहरु सिआइएको हेट क्वाटर लाङ्गली, भर्जीनियाबाट कन्ट्रोल गरिरहेका छन् । उता सिआइएले भने अफगानिस्थानमा गरिएका हवाइ आक्रमणबाट थोरै संख्यामा हताहत हुने डिजाइन गरेको दाबी गरेको छ । तर न्यू अमेरिका फौण्डेशनको पब्लिक रिपोर्ट अनुसार ८२ मान्छे बिहिन युद्ध बिमानहरुले २००६ साल देखि अहिले सम्ममा पाकिस्थानमा मात्र एकहजार भन्दा बढी संख्या मारेको बताइएको छ । जसमध्य साढे तीनसय भन्दा बढी सर्वसाधारण एबं बालबच्चा भएको बताइएको छ ।
त्यति मात्र नभएर पाकिस्थान सरकारले जुन जुन ठाँउहरुमा मान्छे बिहिन युद्ध बिमानहरु मार्फत आक्रमण भएको छ, त्यहाँ त्यहाँ पत्रकारहरुलाइ पुग्न र यसबारे रिपोर्ट गर्न प्रतिबन्ध लगाएको छ । त्यसैले यथार्थमा के कति मान्छेहरु, पाकिस्थानमा मान्छे बिहिन युद्ध बिमानहरुको आक्रमणद्धारा मारिएका छन् भन्ने थाहा लाग्न सकेको छैन । यस्तै गरि अमेरिकाले अहिले यस्तै प्रकारको आक्रमण प्यलेस्टीनामा गर्ने योजना बनाएको छ । जुन आक्रमणद्धारा निर्धारित रुपमा “टेरोरिष्ट”हरुलाइ मात्र मार्ने योजना भन्दै आइरहेको छ । अमेरिकाका अनुसार यदि उनिहरुले यी मान्छे बिहिन युद्ध बिमानहरु प्यालिष्टीना माथी पनि चलाएमा आफ्ना सैनिकहरु मर्ने छैनन् । अमेरिकाको यो तर्कबारे प्रतिकृया दिदै जर्ज टाउन युनिभर्सिटी, कानून बिभागका प्रोफेसर ग्यरी सोलीसले न्यू योर्कर पत्रिका संग भने “केही समय अघि हामीले इसरायललाइ प्यालिस्टीना माथी हवाइ आक्रमण गरेको बारे आलोचना गरेका थियौ, अहिले हामीले त्यही गर्न गैरहेका छौं ।”
एक रिपोर्ट अनुसार सिआइएद्धारा संचालित मान्छे बिहिन युद्ध बिमानहरुको आक्रमणले यो बर्ष २०१२ सालमा मात्र पाकिस्थानमा पाँचसय अडतीस मान्छेहरु मारेको बताइएको छ । ती मध्य धेरै जसो बालबच्चा र सडक किनारमा उभिइ राखेका सर्बसाधारण ब्यक्तिहरु भएको पनि बताइएको छ ।
अमेरिकासंग २००१ सालमा मान्छे बिहिन युद्ध बिमानहरु जम्मा जम्मी ५० वटा थिए भने अहिले सम्ममा झण्डै दुइसय पुगेको छ । तर सिआइएले यसबारे कुनै कमेन्ट गर्न चाहन्न । अहिले अमेरिकाले सयवटा साना नानो मान्छे बिहिन युद्ध बिमानहरु बनाउने योजना बनाइरहेको छ । जुन नानो ड्रोअनहरु मौरीको आकार र साइजका हुने छन् । जसले घरका झ्यालबाट भित्र पसेर मान्छे मार्न सक्ने छ । बैज्ञानिकहरुलाइ यसप्रकारको सक्तिशाली नानो ड्रोअनहरु बनाउन सरकारले अनुमती दिइसकेको छ । यस प्रकारका युद्ध हतियारहरु बनाउन खास गरी सरकारले सार्वजनिक रुपमा छलफलमा ल्याउनु पर्छ तर उक्त नानो ड्रोअनहरु बनाउन अहिले सम्म कुनै सार्वजनिक छ लफल गरेको छैन । यो टेक्नोलजी एकदमै नयाँ हो र यसलाइ कसैले जित्न वा छेक्न सक्ने छैन । नत हावा, हुरी पहाड बतास वा माटो केहीले पनि छेक्न सक्ने छैन । अर्थात कुनै पनि भौगोलिक अवस्थाले यसलाइ रोक्न सक्ने छैन । नानो ड्रोअन मार्फत अमेरिकाले करोडौं मान्छे मार्न सक्नेछ तर उसको केही पनि नोक्सान हुने छैन र उसलाइ कसैले पनि रोक्न सक्ने छैन । अर्को कुरा के भने अमेरिकाले आफ्नो युद्धलाइ बिश्वसामु पारदर्शी बनाएको छैन थुप्रै ठाँउ जहाँ युद्ध भएको छैन र जहाँ न्यूल्कियर पावर छन् ती ठाँउहरुमा यी मान्छे बिहिन युद्ध बिमानहरुले आक्रमण गरेर मान्छेहरु मार्दै आइरहेको छ ।
एक प्रशिद्ध लेखक पी डब्ल्यू सीङ्गरले आफ्नो “वायर्ड फर वार” नामक पुस्तकमा लेख्छन् —“अहिले युद्धभूमिमा यस्तो रेभुलुसन भैरहेको छ जुन रेभुलुसनले कसरी युद्ध गर्ने भन्ने मात्र परिवर्तन गरेको छैन कि यसले युद्धको राजनिती, युद्धको अर्थतन्त्र, युद्धको कानून र युद्धको यथिक्स समेत परिवर्तन गरेको छ ।”
पी डब्ल्यू सीङ्गर अगाडी लेख्छन् —“यो त मात्र रेभुलुसनको सुरुवात हो, सैनिक अधिकारीहरुले के कुरा पनि बुझेका छन् भने अव आगामी दिनहरुमा युद्ध बिमान उडाउनका निम्ति डाइरेक्ट पाइलटहरुको आबश्यकता पर्ने छैन । किनकि पेन्टागनले निकट भबिश्यमै झिङ्गाको साइजको रोबोट बनाउदै छ जुन रोबोट भबिश्यमा स्पेशल आर्मी ट्रुपको बिकल्पको रुपमा खडा हुने छ । पाँच बर्ष अघि सम्म अन म्यान सिस्टम थिएन तर यसको बिकाश यति छिटो भयो कि अहिले इराकको आकाशमा मात्र १२ हज्जार अमेरिकी अन म्यान सिस्टम अर्थात मान्छे बिनाका युद्ध बिमानहरु उडिरहेका छन् । “

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *