पवित्र फूल जस्तै हो संस्था र समाज

-किरण थेबे लिम्बू

फूलको सुगन्ध जति मनमोहक र सुवासिलो हुन्छ त्यसको पवित्रता  र निस्वार्थ उपयोगितामा पनि उत्तिकै ईश्वरीय पवित्रता हुन्छ , चाहे त्यो हामी जन्मिन्दाको  सुखानुभूतिमा होस् या मृत्युवरण गर्दाको दु:खद घडीमा होस्, फूलले हाम्रो मानव जीवनको दुवै घडीमा समान रुपमा आफुलाई आफ्नो जीवन दिने  बोट/ अंगबाट अलग भएर मन्दिरमा होस् या घाटमा  आफुलाई तेही अनुरुप समाहित गरि दिन्छ | ठिक तेही पवित्र फूल जस्तै हो संस्था र समाज पनि | अरुको खुसी र भलाईको लागि आफ्नो अमूल्य समय खर्चेर आर्थिक,भौतिक, बौद्दिक र नैतिक सहयोग र सेवा प्रदान गरि आफुलाई समाजको सामाजिक घेरा भित्र बचाई राख्नु नै यसको पवित्र भावना हो |

यसै पवित्र उद्देह्यनुरूप स्थापना भएको अन्तराष्ट्रिय नेपाली वांगमय प्रतिष्ठानलाई प्रतिनिधत्व गर्नु अग्रसर भएका नव अध्यक्ष श्री विकल चन्द्र   आचार्यजीलाई मेरो हार्दिक शुभकामना तथा बधाई ! साथै अन्य समितिमा चयन हुनु भएको सम्पूर्ण समितिहरुमा पनि मेरो हार्दिक शुभकामना तथा बधाई दिन चहान्छु | अनि आफ्नो कार्य ब्यस्ताले अनुपस्थिति हुन नसकेकोमा क्षमा प्रार्थी साथै  मलाई पनि समितिभित्र आबद्ध गर्नु भएकोमा सबै सदस्यहरु प्रति म मेरो हार्दिक धन्यवाद आभार प्रकट चहान्छु |

बेलायतमा स्थापित यस नेपाली साहित्य संस्थाले आफ्नो कार्य सेवा बेलायत र बेलायत बाहिर पनि भविष्यमा सविस्तार गर्दै निस्वार्थ  राजनीति रहित, जातीय विभेद रहित र गुट बन्दी रहित  हाम्रो भाषा, कला, संस्कार ,संस्कृति र हाम्रो पहिचानलाई  संरक्षण, सम्बर्द्धन र भाषागत  प्रवर्द्धन र श्री वृद्धि गर्नमा महत्वपूर्ण माध्यम/संस्था बनोस भन्ने मेरो पूर्ण आशा गर्दछु   |
Bookmark the permalink.

One Response to पवित्र फूल जस्तै हो संस्था र समाज

Leave a Reply

Your email address will not be published. Required fields are marked *