सहमती गर अनि चुनाव गराउ र राज्य गर -राष्ट्रपति

यतिखेर भने राष्ट्रपति डा रामवरण यादवले नितान्त मुलुक बासी र मुलुकका निम्ति सोचेकै हुन्कि भन्ने अनुमान गर्न सकिने भएको छ । उनले राजनीतिक दलबीच सहमति कायम गरी नेपाली जनतालाई यथाशक्य छिटो नयाँ संविधान दिन प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गरे ।
राजनीतिक दलबीच पटकपटक संवाद भए पनि त्यसले निकास नपाएकामा आफू चिन्तित भएको बताउँदै राष्ट्रपति डा यादवले राजनीतिक सहमति कायम गरी नयाँ संविधानका लागि दलहरूले दिने निकासका लागि आफू सकारात्मक हुने विश्वास दिलाए । देश सङ्कटतर्फ उन्मुख रहेको र सङ्कटबाट समाधानका लागि राजनीतिक दल र आफ्नो भूमिकासमेत के हुन सक्छ भन्ने विषयमा राष्ट्रपति डा यादवले चासो र चिन्ता प्रकट गर्दै “सहमतिको प्रक्रियामा किन तपाईंहरूबाट ढिलाइ भइरहेको छ” भनी नेताहरूलाई प्रश्न गरे ।
राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चका अध्यक्ष विजयकुमार गच्छदारसँग भएको भेटमा राष्ट्रपति डा यादवले गहिरिँदो राजनीतिक सङ्कटको छिटो समाधान दिन दलहरूलाई पटकपटक आग्रह गरे ।
“प्रमुख चारदलबीच सहमति गरेर सङ्कटबाट देशलाई निकास दिनुप¥यो, जनतालाई संविधान चाहिएको छ, मलाई पनि संविधान चाहिएको छ, संविधान राजनीतिक दलहरूले राष्ट्रिय सहमति गरेर दिने हो या चुनाव गराएर दिने हो,” राष्ट्रपतिको भनाइ उद्धृत गर्दै मधेसी मोर्चाका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री गच्छदारले पत्रकारलाई भने ।
नेपाली काँग्रेसका सभापति कोइरालाले पनि पटकपटक नेताहरूबीच छलफल भए पनि किन संविधान बनेन, त्यसैले तपार्इंहरू गम्भीर हुनुप¥यो भनेर राष्ट्रपतिले भनेको जानकारी दिए । “अध्यादेश मात्र ल्याएर लोकतन्त्र सबल र बलियो हुन सक्दैन, त्यसलाई अघि बढाउन मलाई अप्ठ्यारो छ, यो कुरा तपार्इंहरूले बुझ्नुप¥यो, छिटोभन्दा छिटो संविधानको कुरा टुङ्ग्याउनुस्, संविधानको पालकका रूपमा मेरो पनि जिम्मेवारी छ,” राष्ट्रपतिले भनेको भन्दै सभापति कोइरालाले भने ।
नेकपा (एमाले)का नेता खनालले जे जे विषयमा सहमति हुँदैन, ती विषय थाती राखेर निर्वाचनमा पनि जान सकिन्छ, निर्वाचनमा जाने कुरामा पनि सहमति हुनुपर्छ, राष्ट्रिय सहमतिको सरकार बनाएर देशलाई निकास दिनुपर्छ, यसमा ढिलाइ गर्नु हुँदैन भन्दै “सबभन्दा राम्रो कुरा त सहमति गरेर संविधान घोषणा गर्नु हो, त्यो पनि प्रयत्न गर्छौं, त्यसो भएन भने हामी निर्वाचनमा जान्छौँ, केही दिनभित्र सहमतिमा पुग्नु पर्छ,”— अध्यक्ष खनालले भने ।
सहमतिमा ढिलाइ हुनामा अनेक कारण भए पनि ‘सबभन्दा ठूलो दलका रूपमा’ एनेकपा (माओवादी)ले बढी लचिलो भएर भूमिका खेल्नुपर्छ, ताकि सहमतिमा छिटो पुग्न सकियोस् अध्यक्ष खनालको भनाइ थियो ।
मधेसी मोर्चाका अध्यक्ष गच्छदारले सहमतिबाट संविधानसभा पुनःस्थापना गर्नका लागि आज अन्तिम प्रयास गर्ने, नभए स्वाभाविकरूपमा सहमतिमा राष्ट्रिय सहमतिको सरकार बनाएर निर्वाचनमा जानुपर्ने धारणा राख्े। “यी दुइटा बाटालाई परिणाममा पु¥याउनुपर्छ, चुनावको बाटाबाट सहमति खोज्ने हो भने अब छिटो टुङ्ग्याउनुपर्छ”— नेता गच्छदारको भनाइ थियो ।

Bookmark the permalink.

One Response to सहमती गर अनि चुनाव गराउ र राज्य गर -राष्ट्रपति

Leave a Reply

Your email address will not be published. Required fields are marked *