“माओबादीहरु भारतबाटै सन्चालित छन् र ज्ञानेन्द्र पनि प्रयोग भैरहेका छन् ”

– शशी पौडेल
हाम्रो मुलुकको राजनिती, अर्थनिती एवं समाजलाइ खास गरि तीनवटा खम्बाले उभ्याएको छ । यदि यी तीन खम्बा मध्य कुनै एकमा पनि धमिरा लाग्यो भने मुलुक ढल्मलाउन थाल्छ ।
प्रथम खम्बा हो हाम्रा नयाँ पींढी, हाम्रो समाजमा नयाँ पिढीले पुरानो पिढीको रेख देख गर्ने, कमाइ गरेर कर तिर्ने र राष्ट्रको हर जिम्मेवारी काँधमा लिने चलन छ त्यसैले नयाँ पिढीलाइ शिक्षित र जागरुक हुन मनोबल प्रदान गर्दै रोजगारी दिने र दिलाउने जिम्मा राज्यले लिनु पर्दछ । यो राज्य, राष्ट्र र समाज अड्याउने धुरी खम्बा हो ।
दोस्रो प्रमुख खम्बा भनेको हाम्रो मुलुक कृषिप्रधान देश हो, त्यसैले मुलुकको कृषिब्यवस्थालाइ समृद्ध र बिकाश गर्न यसलाइ बैज्ञानिक ढंगले सोचिनु पर्दछ ।
तेस्रो हामी एक भूपरिबेष्ठीत देशका नागरिक हौं, हाम्रो तीन तिर बिशाल भारत छ भने उत्तर तिर चीन छ, पूर्व, पश्चिम र दक्षिण खुला सिमाना छ र भारतले हामीलाइ जहिले पनि हेपाहा र मिचाहा निती लिदै आइरहेको छ । त्यसैले हामीले यी दुइ छिमेकी मुलुकहरुबीच सौहाद्र र भाइचाराको सम्बन्धको बिकाश गर्दै जानु पर्दछ । यदि हामी भारतसंगको समबन्धमा अलिकती पनि चुक्यौ भने उनिहरुले मौकाको फइदा उठाइहाल्ने छन् । त्यतिखेर हामी राजनैतिक र आर्थिक सुधारको कुरा परै छोडौं, हाम्रो समाजमा समेत बिखण्डन आउने सम्भावना रहन्छ र हामी अपांग बन्ने छौ ।
हुनत केही ब्यक्तिहरुको तर्क के हुन सक्छ भने यो छिमेकको सम्बन्धको कुरामा आर्थिक कुरा कसरी उठ्यो ? यो कसरी उठ्रछ भने अहिले बिश्व नव उदारबादी शक्तिद्धारा जुन ल्गोबलाइजेशन शुरु भएको छ त्यसले बिकशित मुलुकहरुले आ आफ्नो आर्थिक स्वार्थ पूर्तिका निम्ति आफ्ना उद्योग धन्दाहरु गरीब मुलुकहरुमा लगेर त्यहींबाट संचालन गर्न थालेका छन् । किनभने त्यहाँ सस्तो मजदूरीमा कामदारहरु पाइन्छ । उनिहरुले आफ्ना उद्योग सुचारु राख्न र उत्पादित बस्तु बजार सम्म पु¥याउन यातायात र संचार साधनमा लगानी गर्न त्यहाको सरकारलाइ बाध्य बनाउने छन् । जुन कुरा मुलुकको बिकाशको लागि पूर्बाधार हुन् । यसले भारत, चीन एवं ब्राजील जस्ता बढी जनघनत्व भएका मुलुकहरुका लागि फाइदा हुने छ । त्यहाको बेराजगारीमा कमी आउने छ र त्यहाँको बिकाश यी अहिलेका धनी मुलुकहरुको भन्दा द्रुत गतिमा जाने छ । त्यसैले हाम्रो मुलुकको आर्थिक उन्नती, राजनैतिक स्थाइत्व र सामाजिक बिकाशका निम्ति यी दुइ छिमेकी मुलुकहरुसंग सौहाद्र एवं स्थाइ समानान्तर सम्बन्ध राख्नु पर्दछ । यदि हामीले एउटाको पक्ष बढी लियौं भन्ने अर्कोलाई लाग्यो भने हाम्रो मुलुकमा राजनैतिक, आर्थिक एवं सामाजिक अस्थिरता आउने छ । स्व राजा पृथ्वी नारायण शाहले त्यसै नेपाललाइ दुइ ढंगाबीचको तरुल भनेका होइनन् ।
उक्त कुरा मलाइ मेरो पिताजीले २०५३ सालमा नेपाल गएको बेला भन्नु भएको हो । त्यति बेला उहाँ ८६ बर्षको हुनुहुन्थ्यो । हुनत यी प्रसंगहरु उहाँले मसंग उठाउनुका अर्कै मनोबिज्ञानले काम गरेको हुनु पर्छ । मैले देश छोडेको ८ बर्ष भैसकेको थियो त्यसैले उहाँको चाहाना अव म नेपाल फर्कुं र बृद्ध बुवा आमाको साथ बसेर राष्ट्रलाइ केही गरु भन्ने थियो । उहाँको यो अनुरोधात्मक र कता कता आदेशात्मक शैली राष्ट्र र राष्ट्रहितको पक्षमा पनि थियो । उहाँले प्रष्टै भन्नु भयो तिमीले लामो समयसम्म भारतमा बसेर पढ्यौ यस अर्थमा भारतको राजनैतिक मनोबिज्ञानलाइ हल्का छामेका छौ, आखिर किन तिमी घरै बसेर हामी बुढा बुढीको सहारा पनि हुने तिमीले चाहेको राजनिती पनि गरिने कामबारे सोच्दैनौ ?  किन तिमीले नेपाल र नेपालीको हित हुने गरी भारतसंगको सम्बन्धमा परिवर्तन गर्नु पर्छ भनि नेताहरुलाइ सल्लाहा दिन्नौ ? तिमीले एमालेका नेताहरु मात्र होइन नेपाली कांग्रेस र पंचहरु समेतलाइ चिनेका छौ । ब्यक्तिगत रुपमा सिधा सलाहा लिन उनिहरु अप्ठारो मान्छन् भने पत्रकारिता मार्फत गर ।
पिताज्यूले अगाडी भन्नु भयो – हेर यी राजनैतिक पार्टीहरुले एक पछि अर्को गल्ती गर्दै गैरहेका छन् । यिनीहरुले कुनै पनि हालतमा माओबादीको जन्म हुन दिन हुन्थेन । माओबादीहरुले राजनैतिक अस्थिरता मात्र होइन सामाजिक बिखण्डन पनि ल्याउने छन् । जव राजनैतिक अस्थिरता र सामाजिक बिखण्डन शुरु हुन्छ तव भारतले नेपालमाथी हस्तक्षेप गर्ने सजिलो अवसर प्राप्त गर्ने छ ।
मैले चासो राखें त्यसो भए अव नेपालले के गर्नु पर्ला त ?
उहाँले भन्नु भयो – अवत कुराहरु बिग्रीसक्यो यी पार्टीहरुले मुलुकको खास समस्या केहो बुझ्ने प्रयास गरिरहेका छैनन् । २०४६ साल अघिको अवस्था फरक थियो, राजाले समाज अड्याउने उपरोक्त तीनवटै धुरी खाँबाको रक्षा गर्ने प्रयास गरेका थिए । मलाइ लाग्छ यी माओबादीहरु भारतबाटै सन्चालित छन् र अधिराजकुमार ज्ञानेन्द्रलाइ पनि कता कता प्रयोग गरिरहेका छन् । अव माओबादीहरुले मुलुक तहस नहस पार्ने छन् । दुर्भाग्य अन्य पार्टीका नेताहरुले पनि राजासंग र भारतसंग धक फुकाएर कुरा गर्न सक्तैनन् ।
मलाइ त्यतिबेला पिताज्यूका पछिल्ला वाक्यहरु प्रति त्यती बिश्वास लागेन तैपनि मैले उहाँको अगाडी उहाँको बिरुद्ध कहिल्यै केही नबोलेकाले केही बोल्ने हिम्मत गरिन ।
अहिले पिताज्यूले मलाइ मेरो ब्यक्तिगत, हाम्रो समाज र मुलुकको हित हुने कुराहरु सल्लाहा नदिने गरी यस संसारलाइ छोडेर जानु भएको पनि डेढ दशक नाघेछ । आखिर उहाँले आज भन्दा सोह्रबर्ष अगाडी भन्नु भएको कुरा सत्य रहेछ । दुर्भाग्य मैले त्यतिबेला उहाँका यी तथ्यसंगत कुराहरु बिश्वास नगरेकोमा ब्यक्तिगत रुपमा उहाँसंग माफी माग्न पनि पाउदिन । त्यसैले मैले यहाँ सार्वजनिक रुपमै माफी माग्न चाहान्छु ।
यो अवसरको सम्झना गर्न पाठक प्रतिकृया पठाएर सहयोग गर्नुहुने मित्र स्मिता लेपाललाइ धन्याबाद नदिइरहन सक्तिन । मित्रले मलाइ एक प्रतिकृया मार्फत भविश्यमा यसै हुन्छ भन्न त सकिन्न तर कमसेकम बेस्ट प्रेडिक्सनले अलिकति आँखा देखाउने काम भने पक्कै गर्न सक्छ , भनी लेखेकाले मेरो पिताज्यूसंगको डेड दशक अघिको कुराकानीले मलाइ झक्झक्यायो ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *