अरुलाइ हंसाउने आफै रोएर मरे

Shree Krishna Shresthaहो कहिलेकाही यस्तै हुने रहेछ । जसले आफ्नो जीबनभर अरुलाइ हंसाएरRobin williams मनोरन्जन दियो उसैले एक्लो कुनामा आत्महत्या गर्न पुग्ने रहेछन् । रबिन विलियमस संसार प्रशिद्ध हाँस्य कलाकार एवं हलिउडका स्टार हिरोले आजै ६३ बर्षको उमेरमा आत्महत्या गरेको समाचार निमेसभरमा संसार भरी फैलियो । अंग्रेजी फिल्म हेर्ने संसारका मान्छेहरुले सायदै उनलाइ भुल्न सक्छन् । उनि खेलेका दुइवटा फिल्म हेरेको मलाइ अझै पनि सम्झना छ । ती दुइ मध्य अझ बिशेष गरेर गुड वील हण्टिंग चाहीले मेरो मनलाइ जित्न सकेको हो ।
रबिन् वीलियमस एउटा मनोबैज्ञानिक चिकित्सक हुन्छन् र उनको नजिक एउटा बीस बर्षको युवक अत्यन्त होनहार तर पारिवारिक र सामाजिक परिस्थितिका कारण उग्र र उत्तेजित हुदै जान्छ र समाजमा आतंक मच्चाउने युवकका रुपमा चिनिन पुग्छ । जुन घटनाले साइक्याट्रिक अर्थात मनोबैज्ञान बिशेषज्ञका रुपमा खेलेका हिरो रबिन वीलियमसलाइ कता कता यस्तो होनहार युबकलाइ सहयोग गर्न पाए खुसीलाग्ने मनोबिज्ञान पलाउछ र त्यो युबकको उपचारमा संलग्न हुन्छन् । र अन्तमा त्यो युवकको उपचारमा सफल हुन्छन् ।
समाजमा कतिपय परिस्थितीमा अत्यन्त होनहार ब्यक्तिहरु उनिहरुको क्षमता र ज्ञानका कारण असाधारण हुन्छन् । उनिहरुको संसारलाइ हेर्ने दृष्टिकोण फरक हुन्छ । संसारमा दिन दैनिक भैरहने दिनचर्या उनिहरुका लागि अल्छीलाग्दो हुन्छ । अनि सर्वसाधारण ब्यक्तिहरुले उनिहरुको सोचाइ र चिन्तनलाइ बुझ्न नसक्दा उनिहरु निरास हुन्छन् र परिवार र समाजले गरिरहेको दिनचर्याको बिरोधमा उभिन थाल्छन् । त्यो अवस्थालाइ समाजले पागलपन अर्थात मानसिक असन्तुलनको संज्ञा दिन्छन् ।  किनकि कुनैन कुनै कुराले उनिहरुले यो संसारलाइ अर्को ढंगले हेर्न पुग्छन् र अन्य सामान्य मान्छेहरु भन्दा असाधारण देखिन पुग्छन् । त्यसैले उनिहरुलाइ उनिहरुको मनोबिज्ञान नबुझिकन र उनिहरुको भित्री आसय नबुझिकन पागलको संज्ञा दिनुहुदैन भन्ने शिक्षा उक्त फिल्मले दिएको छ ।
यता नेपालमा पनि नेपाली सिने उद्योगका चर्चित नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । हालै मात्र नायिका स्वेता खड्कासँग बैबाहिक बन्धनमा बाँधिएका श्रेष्ठको भारतमा उपचारका क्रममा निधन भएको हो । फिल्मी नायक श्रीकृष्ण श्रेष्ठको मृत्युले नेपाली कलाकार जगत र समग्र नेपाल स्तब्ध भयो । मर्ने उमेर उनको पनि भएको थिएन । वि.सं. २०४५ सालमा ‘भूमरी’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएका नायक श्रेष्ठले नायकको रुपमा भने ‘नाता’ चलचित्रबाट करिअर अगाडि बढाएका हुन् । एक महिना अगाडि अर्थात असार २३ गते नायिका स्वेता खड्कासँग बिहे गरेका श्रीकृष्ण त्यस लगतै दिल्ली पुगेका थिए । दिल्ली पुगेलगतै उनी बिरामी भएको खबर आएको थियो । सुख्खा खोकीले ग्रसित नायक श्रेष्ठलाई फोक्सोमा पानी जमेको बताइन्छ ।
समग् नेपालीलाइ मनोरन्जन दिएका र हंसाएका श्रीकृष्ण श्रेष्ठले  सबैलार्इ रूवाएर गए ।
अभिनेता श्रीकृष्ण श्रेष्ठ बिरामी भएको विषयमा धेरै जानकार थिए । दर्शकदेखि कलाकारसम्मले उनको सु-स्वास्थको कामना गर्थे । लामो समयको प्रेमपछि नायिका श्वेता खड्कासँग बिहे गरे लगत्तै उपचारका लागि भारतको सिमला पुगेका श्रीकृष्णको वारेमा धेरैको अनुमान थियो- केही दिनको उपचारपछि स्वास्थ भएर नेपाल आउनेछन् र उनैले बनाएको फिल्म ‘कोहीनुर’ को प्रदर्शनमा सहभागी हुनेछन् । फिल्म चलेको प्रत्येक हलमा पुगेर दर्शकसंग अंकमाल गर्दै सोध्नेछन् ‘मेरो फिल्म कस्तो लाग्यो  ?’ अघिल्लो फिल्म ‘कहाँ भेटिएला’ प्रदर्शनताका उनले धेरै दर्शकसँग हात मिलाउँदै हल-हलमा पुगेका थिए ।
श्रीकृष्णसँग हात मिलाउँदै उनले बनाएको फिल्म हेर्ने सपना पालेका दर्शकका लागि आइतबार बिहानै सपना सपनामै सिमित रहने खबर आयो । अब कहिल्यै त्यो अवसर पाउने छैनन् उनका शुभ चिन्तकले । कुशल अभिनेता श्रीकृष्णले यो दुनियाँवाट विदा लिएका छन् सदा सदाका लागि । पछिल्लो पटक ‘कोहीनुर’ नाम राखेर फिल्म बनाएका श्रीकृष्णले फिल्म प्रदर्शनको तिथि नजिकिँदै गर्दा प्राण त्याग गरेर दर्शकदेखि सहमर्की समेतलाई नरमाइलो बनाइदिए । हामीले जतीसुकै अडकलबाजी र दुख मनाउ गरेपनि  सवैभन्दा ठूलो बज्रपात भने लामो सयमको प्रेमलाई एक महिनाअघि मात्र विवाहमा परिणत गरेकी पत्नी श्वेता खड्कालाई भएको छ । उनमा लागेको यो चोटमा सायद अव कहिल्यै माम्री लाग्ने छैन ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *