टेडो ऐना- हास्यब्यङ्ग्य कथाको दुर्लभ कृति

के तपाईंले नेपाली भाषामा लेखिएका हास्यब्यङ्ग्य कथाहरु पढ्नु भएको छ ? किटानीसाथ भन्न सकिन्छ, पाउनुभएको छैन । किनकि नेपाली साहित्यमा हास्यव्यङ्ग्य कथा सर्जक दुर्लभप्रायः छन् । कुनै बेला भैरव अर्यालले यस क्षेत्रमा केही कलम चलाएका थिए । पछिल्लो समयमा लक्ष्मण गाम्नागे र हेटौडा निवासी आरसी रिजाल छिटपुट रुपमा देखिँदै छन् । अरुबाट पनि फाट्टफुट्ट लेखियो होला । तर हास्यब्यङ्ग्यका कथाहरुको संग्रह नै निस्कने साइत अहिलेसम्म जुरेको छैन भने पनि हुन्छ । यसबाट पनि नेपाली साहित्यको स्तर विश्व साहित्यको दाँजोमा कहाँ छ भनेर आँकलन गर्न सकिन्छ । Continue reading

( गजल ) आचार्य प्रभा

कहाँ पुरा हुन्छ हजुर मनका सारा रहरहरु ?
कोल्टे फेर्दै बित्ने गर्छन् रातका यी प्रहरहरु ।

कल्पनामा कोरिएका आकाँक्षाका रेखालाई
मेटाएर बाँच भन्छन् मनका सारा ठहरहरु ।

सोँचे जस्तो हुन्न रैछ जिन्दगीमा कैलेपनि
यसैले त पिउँदैछु प्राणै लिने जहरहरु ।  Continue reading

म बेलायती संस्था

                                                                                  —शशी पौडेल
म बेलायती संस्था हूँ,
मेरो अघि र पछि संस्था छ ,
तल र माथी संस्था छ ,
दाहिने र बायाँ संस्था छ ,
त्यसैले म बेलायती संस्था हूँ ।
हो मैले बत्ती बिजुली र पानीको बील तिर्नै पर्छ ।
कारको बीमा र घरभाडा तिर्नै पर्छ ,
मोबाइल फोन र ब्रोडब्याण्ड पनि त सित्तै हैन ।
तर म भने सित्तैमा छु ।
त्यसैले म बेलायती संस्था हूँ । Continue reading

म कबिता लेख्न सक्तिन

                                                            – शशी पौडेल
म कबिता लेख्न सक्तिन
कविता लेख्न कल्पनाको सागरमा पौडी खेल्न सक्नु पर्छ ।
कविता लेख्न वास्तबिकताको धरातलमा उभिन सक्नु पर्छ ।
अहिले म यी दुबै गर्न सक्तिन ।
त्यसैले म कविता लेख्न सक्तिन ।
मालामाल हुने रहरमा घरवार वन्धकी राखेर युरोप नसके अरव तिरको यात्राको कविता लेखँकि? Continue reading

आइपर्ने अपठेराहरुलाई सहज रुपमा लिएका छौं

हाम्रो सोचाइ र चिन्तन के हो भने कसैसंग झैंझगडा नगर्ने, शान्त रहने आफूले सके सम्म राम्रो कर्म  गर्ने अरुको बाटोमा तगारो नहुने, अनि स्वतन्त्र भएर बाँच्ने । अहिले यही मूल मन्त्रलाई बोकेर हाम्रा सक्रिय साथीहरु उएटै कित्तामा उभिन आइपुग्यौ र हाम्रो इमान्दारिता, स्पस्टता एवम् समर्पणलाई साथ दिने संसार भरि थुप्रै दरिला हातहरु छन् । भाषा र साहित्यको उत्थानमा लाग्न पवित्र उदेश्य भएको र गठन भएको संस्थालाई हर तरहले सहयोग गर्नु आफ्नो कर्तव्य ठानेर हाम्रो समुहमा विगत दश वर्ष देखि आफ्नो श्रम र लगानि निस्वार्थ भाव अर्पण गर्दै वांमयको गीतगाउने साथीहरु धेरै छन् । Continue reading

पवित्र फूल जस्तै हो संस्था र समाज

-किरण थेबे लिम्बू

फूलको सुगन्ध जति मनमोहक र सुवासिलो हुन्छ त्यसको पवित्रता  र निस्वार्थ उपयोगितामा पनि उत्तिकै ईश्वरीय पवित्रता हुन्छ , चाहे त्यो हामी जन्मिन्दाको  सुखानुभूतिमा होस् या मृत्युवरण गर्दाको दु:खद घडीमा होस्, फूलले हाम्रो मानव जीवनको दुवै घडीमा समान रुपमा आफुलाई आफ्नो जीवन दिने  बोट/ अंगबाट अलग भएर मन्दिरमा होस् या घाटमा  आफुलाई तेही अनुरुप समाहित गरि दिन्छ | ठिक तेही पवित्र फूल जस्तै हो संस्था र समाज पनि | Continue reading

लन्डनमा नयाँ नेपाली साहित्यिक संस्थाको उदय र मोति जयन्ती


अगष्ट १९ आइतबार सन् २०१२मा लन्डन स्थित विल्विचमा साहित्यकारहरुको भेलाले अन्तर्राष्ट्रिय नेपाली वांमय प्रतिष्ठान नामक साहित्यिक सस्थाको गठन गरेको छ । हाल नेपाल र वेलायतलाई कर्मथलो बनाएर अगाडि बढेको यो सस्था भविष्यमा विश्वव्यापी आकारमा फैलिदै जाने छ । सस्थामा कार्यकारी समिती र वोर्ड अफ ट्रष्टीको व्यवस्था गरिएको छ । कार्यसमितीमा अध्यक्ष विकल चन्द्र आचार्य, उपाध्यक्षमा क्रमश डा. शुषमा आचार्य, राजेन्द्र सलभ, गोपीकृष्ण प्रसाईं, र किरण थेबे लिम्वु रहेका छन् ।
Continue reading

“नेपाली हुँ भन्दा भन्दै देशै डुब्न लाग्यो ”

– आचार्य प्रभा                                                                    ( गजल

नेपाली हुँ भन्दा भन्दै देशै डुब्न लाग्यो
नेपालीपन नेपालीको मनैबाट भाग्यो ।

स्वार्थपरता सबैले नै पालेपछी हरे
लडाइँ र बिध्वंशको भोक तिर्खा जाग्यो ।  Continue reading

गन्तब्य

शशी पौडेल

अगाडि के छ देख्न सक्तिन ।
आफ्नै आँखालाई विश्वास गर्दिन ।
छोड्ने आँट गर्न सक्तिन ।
पहाड माँथि चढे आकाश छोइन्छ जस्तो लाग्छ,
गन्तब्य नजिकै भए जस्तो लाग्छ । Continue reading

संबाद

कवियत्री आचार्य प्रभा

लौ !  अब त साम्य भो होला भनेर चुप लागेकी त फेरी पो झन् के ‘ के सुनिन्छ बा !!!!!!!! अब नलेखी भो त हामी लाटा कलमकर्मीले ??????????  यो इेमेलको देन रह्यो यो गजल उमार्न ।मेरो काम त लेख्ने मात्र ।  मलाई झगडामा फँस्नु छैन । अनेसासको हित सम्झने बस । इेमेल जे देखेँ, देख्नसाथ यस्तै लेखेँ एउटा गजल ।

– आचार्य प्रभा

टाउकेहरु लड्दै गर्छन् ,हामी लेख्न छाड्दैनौं
गिद्दे आँखा ढुकुटीमा हामी कैल्यै गाड्दैनौँ ।  Continue reading