तुलनामा: बहुदलीय डन र पञ्चायती गुण्डा

King-mahendra-of-nepalकमाए नाम जो भन्छ उ बैरत्व कमाउछ,
कमाए दाम जो भन्छ आफ्नो खाल्टो उ खन्दछ ।
स्वर्गिय राजा महेन्द्रले उक्त कबिता कुन प्रसंगमा लेखेका थिए ? सायद अहिले कसैले अनुमान गर्न सक्तैन होला । उनले नेपाली जनतालाइ इमान्दार भएर देश सेवामा डट तव मात्र मुलुकको उद्धार हुने छ  भन्न खोजेका हुन् कि, अथवा नाम र दाम कमाउने जिम्मा त हामी राजाहरुको मात्र हो, तिमीहरु सधै प्रजा भएर राजदरबारबाट केही पाइएलाकि भनेर आशामुखी भएर वस भनेर जनतालाइ नाम र दामबाट निरास गराइ टाढा राख्ने प्रयत्न स्वरुप लेखेका हुन् ? अथवा तेस्रो तर्क भाइहरुहो मलाइ धन दौलत र नाम केही कमाउनु छैन यो देश बनाउनु छ मलाइ साथ देउ भनेका हुन् ?  यी त तर्क गर्ने कुराहरु मात्र भए । किन भने बौद्धिक कुशलता पूर्वक मेहनत गरेर नाम र दाम कमाउनेहरुले बैरत्व होइनकि मित्रत्व पनि कमाएका छन् । Continue reading

धुंवामा उडेको कटवालको आत्मरती

sudip-सुदीप विश्वकर्मा
कुनै बेला कटवालको यस्तो अवस्था थियो, उनी चुरोटको धूवाँले फोक्सोको फन्को लगाएर हावामा उडेको देख्दा आनन्दित हुन्थे, आफ्नै धूवाँरुपी सिनेमाको हिरो । तर अहिले उनी चुरोटको धूवाँसँगै पुस्तकको हावामा रमिरहेका छन् । त्यतिबेला चुरोटको धूवाँले उनको फोक्सोमा फन्को लगाएको यतिबेला उनको पुस्तकले नेपाली जनताको दिमागमा धूवाँ उडाइरहेको छ । हामी कामना गरौं त्यो धूवाँले आगोको रुप नलेओस् ।
प्रचण्डका अनुसार– ‘कटवालको आत्मकथा वाहियात् हो ।’ प्रचण्ड एक उच्च ओहोदाका नेताले कटवाल एक पूर्व कर्मचारीको आत्मरति माथि त्यति धेरै महत्व नदिनुपर्ने हो तर सेनापति काण्डका चार पात्रमध्ये उनी पनि एक भएका नाताले महत्व दिनु स्वाभाविक पनि हो । हुन त यतिबेला नेपाली मिडिया पुनः कटवालको फोटोले रंगिएका छन् । Continue reading

अतित तिर फर्केर हेर्दा -२

Back-to-the-Pastकाठमाण्डौ पुगेको झण्डै तीन महिनासम्म मैले कुनै जागीर भेटिन । तर सितारामले भने मैले भन्दा झण्डै एक महिना पहिलेनै खरिदारको जागीर पाए । त्यसबीच हामी क्षेत्रपाटीबाट चाबहिल मित्रपार्क डेरा सरीसकेका थियौं । शिवभक्त शर्माको घरमा । शिवभक्त भने एम् पी एच् (मास्टर अफ पब्लिक हेल्थ) पढ्न अमेरिका गएका थिए । उनको घरमा बस्न, बाँकी कोठाहरु भाडामा लगाइदिने, घरको रेखदेख गर्ने र हामीले भाडा अलिकम तिरेहुने सर्तमा हामी मित्रपार्क सरेका थियौं । गणेश न्यौपाने शिवभक्तका नातेदार हुन् । गणेश न्यौपानेको साथ लागेर सिताराम र म गएका थियौं । Continue reading

कोइला र फलामको ब्यापार गर्दै राजनीतिक दाउपेंच सम्म

EU Logo—शशी पौडेल
झण्डै साढे छ दशक पहिले कोइला र फलामको ब्यापारका निम्ति भनि सुरु भएको युरोपियन युनियनको यात्रा अहिले सम्म आइपुग्दा २८ मुलुकहरु यसको सदस्यराष्ट्र हुन पुगेका छन् । यी २८ युरोपीयन युनियन राष्ट्रहरुमा बसोबास गर्नेहरुको संख्या साढे पचास करोड रहेको छ भने यसले बिश्वको एक चौथाइ भन्दा बढी अर्थतन्त्र ओगटेको छ । Continue reading

नेपाल–भारत सम्बन्ध

India-Nepal_Treaty_1950

Nepal-Indo treaty 1950

Nepal India Relationshipनेपाल मुख्यतः भारतवेष्ठित मुलुक भएकाले उसले नेपाललाई सजिलै अँठ्याउन सक्दछ र, ऊसँग नेपालको खुला सिमाना भएकाले उसले नेपालमा यसो गर्नु आवश्यक ठान्दछ। वास्तविक रूपमा भारत नेपाललाई कम्तीमा भुटानको स्तरमा झार्न चाहन्छ भन्ने कुरामा अब कुनै शंका रहेन। तर, नेपाल जनसंख्याको दृष्टिले विश्वमा ४२औं मुलुक भएकाले भारतलाई यसो गर्न कठिन भइरहेको छ। तर, भारतले आफ्नो यो उद्देश्य हासिल गर्नका लागि निकै पापड पेल्नु परिरहेको छ। Continue reading

किसुनजीबाट सिकेर वर्ष दिनमै संविधान लेख्नुहोला

220px-Madhav_Pd_Ghimireमाधवप्रसाद घिमिरे

सबैभन्दा पहिला म आज जसको ९० औं जन्मोत्सव मनाइरहेका छौं, यस अवसरमा तिनै सन्तनेता कृष्णप्रसाद भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। त्यसपछि यति भव्य र शान्त कार्यक्रमको आयोजना गर्नुहुने उहाँकी सहयोगी सुश्री अमिताज्यूप्रति हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु। यो पवित्र आश्रममा म पहिले पनि आउन खोजेको थिएँ। यहाँको वातावरण र यहाँको शान्ति देख्दा म खुसी भएको छु। हाम्रो योगसुत्रमा सबैभन्दा पहिलो पाइला वातावरण, परिवेश शान्त हुनुपर्छ भनेको छ। त्यसले मात्र चेतनाको अन्तिम सिँढी, त्यो गहन शान्तिमा मानिस पुग्नसक्छ भनिएको छ। किसुनजीको आश्रममा पनि त्यो शान्ति कायम राखिएको म त्यो व्यवस्था गर्नेप्रति धन्यवाद दिन चाहन्छु। Continue reading

बेलायतका नेपाली संघ-संस्थाका चुनौती

Organisations—शशी पौडेल
बेलायती भूमीमा पहिलो पाइला टेक्ने नेपाली तत्कालिन प्रधानमन्त्री जंग बहादुर राणा मानिन्छन् भने स्थाइ बसोबास गर्ने उद्धेश्यले काम गर्ने अनुमती लिएर बेलायत छिर्ने  पहिलो ब्यक्ति कृष्ण बहादुर थापा मानिन्छ । उनि साढे चार दशक अघि १९६७ मा बेलायत छिरेका थिए । तर त्यस अधिनै  अस्थाइ रुपमै भएपनि बेलायत आइ बसोबास गरेका नेपालीहरुलाइ संगठित गर्ने उद्धेश्यले गठन गरिएको नेपालीहरुको पहिलो संगठन यतिज द नेपाली एशोसियसन इन द युके हो । Continue reading

आफ्नो खुसी गरीव जनतासंग बाढ्ने मंडेला

Mandelaशशी पौडेल

नेलसन मण्डेलाले उनको जन्म भएको झण्डै ९६ बर्ष पछि यो संसारबाट बिदा लिएका छन् । उनको भौतिक शरीरले बिदा लिए पनि उनको जोस, जाँगर, आँट र निडर स्वभाव एवं उनको राजनैतिक संघर्ष गर्ने तौर तरिका र राजनैतिक सिद्धान्त सदा सदाका लागि संसारलाइ दिएर गएका छन् ।
२००८ सालमा उनले आफ्नो ९०औं जन्मदिन मनाउदा दक्षिण अफ्रिकी कम्युनिष्ट पार्टीले उनलाइ दिएको शुभकामनाका शब्दहरुको प्रसंग उठाउदै त्यतिबेला बेलायतबाट प्रकाशित हुने नेपाली सन्देशका लागि एउटा लेख लेखेको थिंए । नेलशन मण्डेलाको सम्झनामा मैले उक्त लेख यहा जस्ताको तस्तै दिएको छु । Continue reading

एनेकपा (माओबादी)लाइ सन्देश

Prachanda and Baburamअनेकौं शंकाका बीचमा संविधान सभाको निर्वाचन सम्पन्न भएको छ। त्यसको नतिजा पनि लगभग आइसकेको छ। अब समानुपातिकतर्फको परिणमले नेपाली कांग्रेस वा नेकपा (एमाले)मध्ये एउटा दल ठूलो हुनेछ। संविधान सभा निर्वाचनको यस पटकको निर्वाचन परिणाम पनि अप्रत्याशितै भयो।
त्यसो त अघिल्लो निर्वाचन परिणामको नतिजा पनि अप्रत्याशितै मानिएको थियो। पहिलो चुनावमा एनेकपा (माओवादी) त्यति ठूलो पार्टी हुने अपेक्षा माओवादीलाई नै पनि थिएन। यस्तै, यसपटक एमाओवादी यति धेरै खुम्चिएला भन्ने अनुमान पनि बिरलैले गरेका थिए। Continue reading

महाभारत प्रसंगले डोर्याउदा

200px-Mahabharattvseriestitleशशी पौडेल
प्रिय सुरेश जी, आज तपाइले महाभारत कथा र युद्धको सवालमा फेसबुकमा प्रश्नचिन्ह उठाउनुभएको रहेछ । यस बिषयमा एउटा कमेन्ट नगरी नहुने लागेर तुरुन्तै एउटा वाक्य लेखें तर त्यसले मलाइ पुगेन । किनकि मैले आजभन्दा झण्डै ३० वर्ष अघि महाभारत कथाबारे यस्तै प्रकारको प्रश्न उठाएको थिंए ।
२०४२ सालको कुरा हो, धेरै दिन पछि बिचार साप्ताहिकका सम्पादक करुणा निधी शर्मासंग लगनटोलमा मेरो भेट भयो । उनि भैरहवाबाट काठमाण्डौमा बसाइ सरेका र म पनि । Continue reading