कहिले सासुको पालो कहिले बुहारीको पालो

Second world warराजनितीमा पनि यस्तै हुंदो रहेछ कहिले सासुको पालो कहिले बुहारीको पालो । गत आइतबार जर्मनीको एउटा राज्य साक्सनको संसदीय निर्बाचनमा अचानक गत दुइबर्ष अघि मात्र गठित अति दक्षिणपन्थी चिन्तक पार्टी अल्टरनेटिभ फर जर्मनी नामक पार्टीले दश प्रतिशत भन्दा वढी भोट ल्याएर चौथो ठुलो पार्टी बनेको छ । यस्तै जर्मनी एकता भएदेखि अर्थात बिगत २४ बर्ष देखि लगातार राज्यसंसदको प्रतिनिधित्व र मिलिजुली सरकारको कान्छो भाइका रुपमा स्थापित उदारबादी शक्तिहरुको पार्टी स्वतन्त्र डेमोक्रेटिक पार्टी पहिलो पटक संसदबाट बाहिरिएको छ । पहिलो बिश्व युद्ध छेडिएको एकसताब्दी र दोस्रो बिश्वयुद्ध छेडिएको ७५ बर्ष भएको बेला नाजी चिन्तनको नजिक रहेको पार्टीले दश प्रतिशत भन्दा माथी भोट ल्याएर राज्यसंसद भित्र पस्नुलाइ बिश्व राजनैतिक चिन्तकहरुले अर्थपूर्ण रुपमा हेरिनु स्वाभाबिक हो ।
ठीक सयबर्ष अघि अर्थात एक अगस्त १९१४का दिन पहिलो बिश्वयुद्ध छेडिएको थियो भने आजकै ठीक ७५ बर्ष अघि दोस्रो बिश्वयुद्ध छेडिएको थियो । यी दुबै युद्धले बिश्वभर र बिशेषगरी युरोपको नक्सा परिवर्तन गराएका थिए । ३१ जुलाइ १९१४ सम्म दुइ छिमेकी रहेका रुस र जर्मनीबीच एउटा अर्को मुलुक खडाभै टाढिएका मुलुकहरुनै पहिलो बिश्वयुद्ध र दोस्रो बिश्वयुद्धका कारक थिए । त्यसपछि यी दुइ मुलुकका ओरीपरी अन्य ११ मुलुकहरुले आफ्ना नक्सा कोरे ।
पहिलो बिश्वयुद्ध नितान्त राजनैतिक परिवर्तनका उद्धेश्यले छेडिएको थियो भने । दोस्रो बिश्वयुद्ध चाँही नितान्त ब्यक्तिगत दम्भ र संसारमा आफु सवभन्दा ठुलो राज्य बन्ने कुनियतका कारण छेंडिएको थियो ।
कार्ल माक्र्स र फ्रेडरिक ऐंगेल्सले बिश्वलाइ शोषक र शोषितबीचको भिन्नता र यसका कारकहरुलाइ बिचार र सिद्धान्तको ऐनामा राखेर कसी लगाएपछि बिश्वका शोषित पिडित जनसमुदायको आँखा खुलेको थियो । त्यसैको परिणाम थियो पहिलो बिश्वयुद्ध । जव जव समाजमा हुनेखाने र नहुनेबीचको दुरी बढ्दै जान थाल्यो र नहुने समुदायले भोक खटाउन नसकेको र हुने खाने बर्गले भुंडी फुलाएर डकारेको आवाज भोक खटाउन नसकेकाहरुको कानमा ठोक्किए पछिको परिणाम थियो मध्य युरोपको राजतन्त्रको अन्त्य । ती भुंडी फुलाएर चर्को आवाजमा डकार्ने समुदायहरु र मध्य युरोपको राजतन्त्रलेनै पहिलो बिश्वयुद्ध निम्त्याएर आफ्नो चिहान खनाएका थिए । तर दोस्रो बिश्वयुद्धको कारक भिन्न थियो । दोस्रो बिश्वयुद्ध छेडिनुको पछाडि एउटा दम्भ, घमण्ड र अतिबाद लुकेको थियो । जर्मनीलाइ संसारको सवभन्दा ठुलो मुलुक बनाउने दम्भ, हिटलर आफु र आफुमात्र संसारको शासक बन्ने घमण्ड र अतिबादी चिन्तनको उपज थियो ।
संसार प्रशिद्ध साहित्यकार लेओ टल्सटोयले “युद्ध र शान्ती” नामक उपन्यास लेखेर शान्ती प्राप्त गर्नका निम्ति युद्ध आबश्यक भएको तर्क गरेका थिए । संसारका करोडौं मानिसहरुले त्यो पुस्तक पढेहोलान् र उनको तर्कलाइ बिश्वास पनि गरे होलान् । तर दुर्भाग्य संसारमा शान्ती आउनुको बदला बिश्वका केही कुना कुनामा नयाँ नयाँ युद्धहरु छेडिइ रहेका छन् । जहाँ जहाँ नयाँ युद्धहरु छेडिएका छैनन् त्यहाँ त्यहाँ  नरसंहारी युद्धका कारक बनेका नाजीहरुका चेला उग्र दक्षिणपंथ चिन्तन लिएकाहरुले चुनाबी मैदानमा उत्रेर एक पछि अर्को गर्दै बिजयी हासिल गरेर शान्तीकामी जनसमुदायमा मनोबैज्ञानिक आतंक श्रृजना गरेका छन् । अर्कोतिर पहिलो बिश्व युद्ध पछि संसारका धेरै जनसमुदायको मन जित्न सफल उदारबादी शक्तिहरुको अबशान हुदै गैरहेको छ । यसको ज्वलन्त उदाहरण बिगतमा भएको युरोपियन युनियनको निर्बाचनमा देखा परेको दृश्य, जर्मनीमा भएको उदारबादीहरुको अबशान । फ्रान्समा सोसल डेमोक्रेटिक पार्टी प्रति हराउदै गएको बिश्वास ।
भनिन्छ मानव जातीको इक्षा र आकाँक्षाहरु परिवर्तनशील छ । तत्कालिक परिस्थिती र अवस्था अनुसार यसका मुल्य र मान्यतामा पनि परिवर्तन हुदै जाने रहेछ । यस अर्थमा हामीले इतिहाँसलाइ पल्टाएर चिन्तित र निराश भैहाल्नु पर्ने भने म देख्दिन किनभने मानव समाजको बिकाशक्रम जेजसरी भएको भएपनि मानवजतीको बौद्धिक बिकाश र टेक्नोलजीको द्रुत बिकाशका कारण बर्ग र बर्गिय चिन्तनमा पनि फरक ढंगले बिकाश हुदै आएको छ । हिजो भनिएको शोषक बर्ग र हिजो परिभाषित गरिएको शोषित बर्गका बीच पनि अन्य भिन्न भिन्न वर्गको उत्पत्ती भएको छ । उनिहरुको चिन्तन, इक्षा, आकाँक्षा र आबश्यकतामा फरक आएको छ । जव जव आबश्यकता फरक ढंगले आउने गर्छन् तव तव यसको परिपुर्ती गर्ने उपायहरु पनि फरकढंगले खोजीहुने गर्छ । हिजो काठको हलो जोत्ने बेलामा परिभाषित हाम्रो बर्गीय चिन्तन अहिले मोडर्न ट्रेक्टरले जोत्ने बिकशित परिबेशमा हुबहु लागुहुन सक्तैन । गोरु वा घोडाले तान्ने हलो र मोडर्न ट्रेक्टरले तान्ने हलोकाबीच कुनै हालतमा पनि प्रतिस्पर्धा हुन सक्तैन त्यसैले बर्षौं देखिको अनुभवको आधारमा भनिएको नेपाली उखान “कहिले सासुको पालो कहिले बुहारीको पालो” मा बैज्ञानिक चिन्तन लुकेको छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *