पारस पारस अनि फेरी पनि पारस !

Parash Shaha-कुन्जर कर्मयोगी
नेपाली छापाहरुमा अहिले पुर्व युबराज पारस शाह पहिलो पृष्ठमा आएका छन् । मेडियाकर्मीहरुकालागि उनि मिठो मसला बनेका छन् अहिले । कतिले पारस शाहप्रति सहनुभूती दर्साएका छन् भने कतिले आफ्नै लापर्बाहीका कारण दुख पाएको टिप्पणी गरेका छन् । कसको तर्कमा कति दम छ त्यसको मूल्याँकन भबिश्यले गर्ने छ ।
पारस शाह थाइलैण्डमा अहिले समेत गरी चौथो पटक एउटै आरोपमा पक्राउ परेका छन् । त्यसैले पनि नेपाली मेडियाकर्मीले यसबारे सदा भन्दा बढी चियो चर्चो गर्नु पर्ने आबश्यकता ठाने । स्वाभाबिकै पनि हो । आखिर पारस शाह नेपालका पूर्व युवराज हुन् । त्यसै कारणले पनि उनको र नेपालको इज्जत गाँसिएको छ । पारस शाहका कारण मुलुकले आफ्नो बचेखुचेको इज्जत पनि गुमाउन नपरोस् भन्ने आसय हुनु नितान्त आबश्यक छ । पारस शाहले ब्यक्तिगत रुपमा जे सुकै गरे पनि पारस शाह र उनका बाबु लगायत दरसन्तानले मुलुकलाइ बन्धकी राखेका छैनन् , जसरी गणतन्त्र पछिका कांग्रेसी एमाले लगायतका नव बाइसे चौबिसे राजाहरुले आफ्नो महलमा तला थप्न देशलाइ बन्धकी राखेका छन् ।
हिन्दीमा एउटा भनाइ छ “भगवान जव देताहै तो छप्पड फाडकर देता है जव छिनलेता है तो दरबाजा खोलकर ही छिनलेता है ।” अहिले ज्ञानेन्द्र शाहमाथी उक्त हिन्दी भाषाको भनाइ हुबहु लागु भएको छ ।  तर त्यसो भनेर अहिले थाइलैण्डमा पारस शाहमाथी घटेको घटनालाइ निर्मल निबासले चुप लागेर हेरे पनि नेपाली जनताको छबिमा दाग लाग्न सक्ने भएकाले चनाखो हुनु पर्ने देखिन्छ । ज्ञानेन्द्र शाहका बिगत तीन चार बर्षका कृयाकलाप हेर्दा उनी जसरी भए पनि एकपटक फेरी सत्तामा पुग्ने र सत्तामा पुग्दा छोराको बलीनै चढाउनु परेपनि तैयार हुने संकेत देखिन्छ ।  अहिले पारस पक्राउ परेको घटनाको कुराको चुरो त्यहाँ सम्म पुगेर मात्र अडिन्न बरु यो घटनाको पछाडी थाइ प्रहरी र मेडियाको कुनियत रहेको बुझ्न कठिन पर्दैन । किनभने थाइलैण्डमा त्यहाँका राजा वा राजकुमार कसैको आलोचना गर्न अनुमती छैन तर थाइ जनता, थाइ पुलिस र थाइ मेडिया समेत त्यहाँका राजकुमार र दरबारले गर्ने थाइलैण्ड भित्रको मनपरीतंत्र र त्यसबाट बिदेशमा भैरहेको बदनामीबाट आजित छन् ।  तर प्रत्यक्ष बिरोध जनाउन सक्तैनन् । थाइ राजपरिवारले आफ्नो प्राइभेट बिमान मार्फत लागु पदार्थको कारोबार गर्छन् । दशकौं सम्म राज गरिरहन आफ्ना जनतालाइ लागु पदार्थले भर्छन् भन्ने कुरा त्यहाँका मेडिया, त्यहाँका जनता र त्यहाँका पुलिसहरुलाइ पनि थाहा छ तर यसो गर्नु अपराध हो भन्ने संकेत दरबार सम्म पुर्याउने  त्यहाका प्रहरी, मेडिया र जनता समक्ष हिम्मत छैन । त्यसैले “नांग्लो ठटाएर हात्ती तर्साउने” एकातिर र अर्को तिर प्रहरीले पैसा कमाउने चाल स्वरुप यो घटनालाइ बढी प्रचारमा ल्याइएको हुनसक्ने सम्भावनालाइ नकार्न सकिन्न । किनभने थाइ प्रहरीले आफ्नो रिपोर्टमा पारसका गाडीमा दश ग्राम भन्दा कम लागुपदार्थ भेटिएको भनिएको छ । तर उनिहरुले पारसका साथमा भेटिएको भन्न सकेका छैनन् । पारसलाइ यसपाली झुक्याएर उनकी प्रेमीकाले  फन्दामा पारेको तर्क पनि थाइलैण्ड भर गरिन थालेको छ । तर त्यसो भनेर उनलाइ निर्दोष भन्न भने मिल्दैन किनभने उनि बाबु बनिसकेका ब्यक्ति हुन् । हो उनले आफ्ना आमा बाबुबाट प्यारेन्सीयल मायाँ पाएनन् त्यसैले उनि यस्ता धुन्धकारी निस्के भन्ने तर्क गरिन सक्छ  । यदि त्यसो हो भने आफुले नपाएको मायाँ किन आफ्ना सन्तानलाइ दिन सक्तैनन् । उनले आफ्ना सन्तान पनि आफु जस्तै धुन्धकारी बनाउन खोजेका हुन् ?
पहिले उनी दरबारको मात लागेर बदमास बने भने अहिले उनि निराश, बिक्षिप्त र उनको मनोबिज्ञान उतार चढाब भएर पटक पटक गैरकानुनी धन्दा गर्दै हिडिरहेका छन् । यसो नहुनु पथ्र्यो, उनी आफ्ना बाबु जस्तै धैर्य गर्न सक्ने हुनु पथ्र्यो भन्ने आम चाहना हुदा हुदै पनि त्यसो हुन सकेन । संसारमा धेरै मानिसहरु हा हामा ताली पिट्ने र लह लहैमा धुलो उडाउने हुन्छन् । पारसका जीबनमा पनि धेरै जसो त्यस्तै मान्छेहरु भेटिए उनलाइ संहाल्ने वा गलत बाटोतिर लाग्न थाल्दा सतर्क गराउने सज्जन मान्छेको संगत उनलाइ हुन सकेन ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *