अक्षम्य अपराध

BK Panday-बीके पाण्डे
नेपालका गरीव जनताले तिरेको करबाट नेता र तिनीहरुका आसेपासेले औषधि उपचारको नाममा ब्रह्मलुट गरिरहेका छन् भने आमजनता प्राथमिक उपचारसम्म पाउन नसक्ने अवस्थामा रहेका छन् । यो राज्य चलाउनेहरुले कानुन हातमा लिएर गरेको अक्षम्य अपराध हो भन्ने मेरो मान्यता रहेको छ ।
आफूलाई प्रजातान्त्रिक समाजवादी (Social Democrat) र समाजवादी (Communist) भन्नेहरुले नेपालमा शासन गरेको अहिले २५ वर्ष पुग्न लागेको छ । यो पच्चिसवर्षमा यी ‘समाजवादीहरु’ स्वास्थ्यसेवा गरीवहरुको पहुँच भन्दा बाहिर पुर्याउन ‘सफल’ भएका छन् । तैपनि यी महाशयहरुले समाजवाद शव्दको दुरुपयोग गर्न छाडेका छैनन् । Continue reading

हाम्रो स्वतन्त्रता

K. P. Oli—शशी पौडेल
मलाइ यतिखेर २००७ सालमा बेलायतबाट प्रकाशित इन्डिपेन्डेन्ट दैनिकमा पढेको एउटा पुरानो भाषण सम्झना भैरहेको छ । अगस्त १५ भारतको स्वतन्त्रता दिवश । भारतको ६०औं स्वतन्त्रता दिवशको बेला पारेर इन्डिपेन्डेन्टले जवाहरलाल नेहरुले स्वतन्त्र भारतका जनतालाइ गरेको पहिलो सम्बोधन भाषण पुन प्रकाशित गरेको थियो ।  । भारत १९४७ सालमा बेलायतको कोलनीबाट स्वतन्त्र भएको थियो ।
नेहरुले आफ्नो भाषणमा भन्छन् । — “हामी आज बेहद खुसी छौं । किनकि हामीले हाम्रो मातृभूमी स्वतन्त्र पाएका छौं । Continue reading

राजनीतिलाई कलाको दाँजोमा राख्न सकिदैन

Karuna-Poudel-12-300x225— करुणा पौडेल
झण्डै चार बर्ष अघि एन् आर एन बेलायतले ट्रिवुट टु द लिजेन्ड नामक एक सांगीतिक कार्यक्रम गरेको थियो, करुणा पौडेलले त्यसैको समीक्षा गरेकि थिइन् । यो लेख त्यतिबेला बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्सले प्रकाशन गरेको थियो । यसमा समेटिएका बिचारहरु अझै पनि सान्दर्भिक भएकाले यहाँ पुन दिएको छु । । यो लेखको शिर्षक थियो “ट्रिवुट टु द लिजेन्ड एक महिलाको आँखामा” ।(द ल्गोबल डट को डट गुके ) Continue reading

हिन्दु धर्मलाइमात्र किन उग्र प्रहार गरिन्छ ?

Janak Man Dangol-जनकमान डंगोल
युनिफर्मको अगाडी पट्टिको भाग निर्को गोजा भिजेर चिसै देखियो, एकछिन पछी तपतप चुईन थाल्यो  देख्न सकिएन त्यो बिजोग र असह्य भएर भने ‘जाउ नानी बाथरुममा गएर निचोरेर फाल’  म यस्तो दृश्य हेर्नु सक्दिन ।
सुत्केरी बिदा बाट हाजिर भएर आकै दिन त्यो देख्दा मन कटक्कै भो । यता ति भर्खर सुत्केरी भएर हाजिर हुन आकी छिन उता त्यो भर्खरको दुधे बालक भोक र तिर्खाले कति छटपटाई रहेको होला ? Continue reading

स्नोडेनको एक बर्ष

Edward Snowdenगत बर्ष जुन महिना हो संयुक्त राज्य अमेरिकाका गोप्य कुराहरु संसार सामु प्रत्यक्ष्य भएको । एन्एस्ए (नेशनल सेक्युरिटी एजेन्सी अफ अमेरिका) मा कार्यरत एक युबकले अमेरिकी गोपनियता संसार सामु सार्वजनिक गरे । ती युवक थिए २९ बर्षीय एडुवार्ड स्नोडेन । उनको बिचारमा यो संसारलाइ ललाइ, फकाइ, झुक्क्याइ, धम्क्याइ र आतंक मच्चाइ आफु संसारको प्रहरी बन्ने अमेरिकी खेल संसार सामु ल्याउनु पर्छ भन्ने लाग्यो र यसैमा प्रतिबद्ध भए । उनको यो आत्मबलले उनलाइ संसारले चिने तर अमेरिकाले भने आफ्नो दुस्मन ठान्यो । Continue reading

एन्आरएन् हात्ती आयो फुस्सा

NRN Logoगैर आबासीय नेपाली संघको क्षेत्रीय भेला सकिएको दुइ हप्ता बितेको छैन । गैर आबासीय नेपाली संघ स्पेनले सो भेलाको आयोजना बार्सेलोनामा गरेको थियो । भेलाको निहु पारी तीन दर्जन नेपालीहरुलाइ नेपालबाट निम्त्याइएको थियो । ती मध्य जम्मा जम्मी आधा दर्जन मात्र भेला स्थलमा पुगेको खबर सार्बजनिक भयो । तर बाँकी साढे दुइ दर्जन नेपालीहरु कता हराए  ? यसबारे आयोजक कमिटीले कुनै प्रतिकृया दिएको छैन । त्यसैले यो पाटोलाइ “मौनं सम्मती लक्षणम्” भनेर बुझ्नु पर्ने भएको छ । यसो त गैर आबासीय नेपाली संघ स्पेनलाइ मानव ओसार पसार गरेको भनी आरोप लागेको यो पहिलो पटक होइन । Continue reading

हाम्रो परम्पराको हत्या

Friendship-शशी पौडेल
लण्डन, पेरिस वा अन्य ठुला शहरहरुमा यदि कसैले आफ्नो गाडी पार्किंग गर्न ठाँउ खोजी रहेको छ भने उसले थुप्रै खाली पार्किंग स्पेशहरु देख्ने छ तर ती सबैमा रिजर्व भनी लेखेका । यता घुम्यो उता घुम्यो जताततै ब्यस्त । ब्यस्त यस मानेमा कि ठाँउहरु खाली छन् तर रिजर्व भनि लेखेका । तर यदि उसको साथमा स्मार्ट फोन छ भने त्यसले भने ठाँउ पाउने छ । पार्कएटमाइहाउस् डट कम मा सम्पर्क गरेर । घण्टाका दरले भाडा तिरेर पार्किंग स्पेस प्राप्त गर्न सक्ने छ । यसरी पनि पैसा कमाउने सयौं उदाहरणहरु मध्य एउटा हो यो । Continue reading

छापा पत्रिका मर्दै जाने

220px-Newsweek_final_issue— शशी पौडेल
छापा पत्र पत्रिकाहरु अव बजारमा प्रत्यक्ष्य उपस्थित हुन नसक्ने अवस्था सृजना हुदै आएको छ । यसको ठाँउ अनलाइन मेडियाले ओगट्यो । संसारभरका मानिसहरु छापा पत्रिका हातमा लिएर पढ्नु भन्दा इलेक्ट्रोनिक मेडिया मार्फत आफु सुशूचित हुन मन पराउने भएका छन् । यसका दुइ प्रमुख कारणहरु भएको कुरा एक अनुसन्धानले बताएको छ । अनलाइन मेडिया छापा पत्रिका भन्दा सस्तो र दोस्रो समयको पनि खपथ । अनलाइन संचार साधनले छापा पत्रिकाको ठाँउ ओगटे पछि छापा पत्रिकाका प्रकाशकहरु र सम्पादकहरु पनि परिवर्तित ढंगले पाठक समक्ष उपस्थित हुन बाध्य भएका छन् । कोही ल्बगरका रुपमा त कोही अनलाइन मात्र प्रकाशन गर्ने गरी । Continue reading

अतित तिर फर्केर हेर्दा -२

Back-to-the-Pastकाठमाण्डौ पुगेको झण्डै तीन महिनासम्म मैले कुनै जागीर भेटिन । तर सितारामले भने मैले भन्दा झण्डै एक महिना पहिलेनै खरिदारको जागीर पाए । त्यसबीच हामी क्षेत्रपाटीबाट चाबहिल मित्रपार्क डेरा सरीसकेका थियौं । शिवभक्त शर्माको घरमा । शिवभक्त भने एम् पी एच् (मास्टर अफ पब्लिक हेल्थ) पढ्न अमेरिका गएका थिए । उनको घरमा बस्न, बाँकी कोठाहरु भाडामा लगाइदिने, घरको रेखदेख गर्ने र हामीले भाडा अलिकम तिरेहुने सर्तमा हामी मित्रपार्क सरेका थियौं । गणेश न्यौपाने शिवभक्तका नातेदार हुन् । गणेश न्यौपानेको साथ लागेर सिताराम र म गएका थियौं । Continue reading

अतिततिर फर्केर हेर्दा

job_openingहिजो फेसबुकमा एउटा मेसेज आयो, जो यस प्रकार थियो । “हाम्रो बसाइ चाबहिलको मित्रपार्कमा थियो । हाम्रो कोठामा चोरी भएर मोजा समेत लगेको याद होला हैनर ?” मैले त्यसको जवाफमा लेखें “ओ कहाँ हुनुहुन्छ अहिले ? गणेश अंकल कहाँ हुनुहुन्छ ? त्यो घटना बिर्सियो भने त अरु सम्झने कुरा केही बाँकीनै रहेननी होइनर ? ”
सिताराम घिमिरेको त्यो मेसेजले मलाइ अतित तिर डोर्यायो । आज भन्दा झण्डै ३७/३८ बर्ष अघिको कुरा हो । मैले तानसेन क्याम्पस नपढ्ने सोचाइ राखेको थिंए । तर बुवाले भने तानसेनमा नपढे अन्यत्र पढ्न खर्च नभर्ने कुरा गर्नु भएको थियो । बुवाको यो सोचाइले मलाइ छटपटी बढेको थियो । त्यो छटपटीसंगै मैले बिहान वा साँझको पढाइ गर्ने र दिउसोमा कतै काम खोज्ने अठोट गरें र म पोखरा तिर लागें । Continue reading