सम्भवतः आगामी दलाइलामा एक नारी हुनेछिन् ? दलाईलामा

—शशी पौडेल
यही जुन महिनामा दलाइलामा बेलायत आउदै छन् । उनको उपस्थितीमा बी सी सी युकले अल्डरसटमा एक भब्य कार्यक्रम गर्न गइरहेको छ । सो कार्यक्रममा धेरै भन्दा धेरै नेपालीहरु उपस्थित भएर दलाइ लामाका ज्ञान बर्धक प्रवचन सुनेर ज्ञान हासिल गर्ने मौकाको फाइदा लिनु हाम्रो कर्तब्य हुने छ । किन भने मैले उनको प्रवचन २००७ सालको जुलाइमा जर्मनीमा सुनेको थिएं । त्यस पछि म बेलायत आएर बेलायतबाट प्रकासित हुने एक साप्ताहिक नेपाली सन्देसका लागि लेखेको पनि थिएं । दलाइ लामा बारे अरु बढी जानकारी हासिल गर्न र सो कार्यक्रममा भाग लिन अरुवढी पे्ररणा मिलोस भन्ने उद्धेश्यले २९ जनवरी २००८मा प्रकासित उक्त लेख मैले यहाँ जस्ताको तस्तै दिएको छु ।
“सम्भवत आगामी दलाइलामा एक नारी हुनेछिन् ?” दलाइलामा अगाडी भन्दै गए, “यो सम्भव छ, क्वाइट पोसिवल, तर कृपया महिला दलाइलामा एक सुन्दर महिला हुनु पर्छ । सुन्दर जसले सबैलाइ आकर्षण गर्न सकुन् ।”
उक्त कुरा दलाइलामाले गत जुलाइमा (२००७ सालको जुलाइ) जर्मनको ह्यमबर्ग स्थित इलाइसी होटेलमा आयोजित एक पत्रकार सम्मेलनमा ठट्टा गर्दै भनेका हुन् ।
म संयोगवश दुइ तीन दिनका लागि त्यहाँ पुगेको थिंए । एकजना मेरा पुराना मित्रले अहिले दलाइलामा ह्यामबर्गमै भएको र उनको पत्रकार सम्मेलन पनि सोही दिन हुदै गरेको बताए । आएको बेला मौकामा चौका किन नहान्ने त भनेर म पनि त्यहाँ पुगें ।
“शान्त ! शान्त !! शान्त !!! तपाइहरु भाग्नु पर्दैन, डराउनु पर्दैन, यहाँ कुनै भएंकर जनावर प्रबेश गरिरहेको छैन र यहाँ कसैले आफ्नो सुन्दरता बेच्न र प्रदर्शन गर्न आइरहेको छैन । यो त दलाइलामा मात्र हो, ।”
जव दलाइलामा पत्रकार सम्मेलन हल भित्र प्रबेश गरे, त्यसरी उनले विशाल जनसमुदायलाइ शान्त गराएका थिए । गौतम बुद्धको अवतार मानिने, महान ब्यक्तित्व, बुद्ध धर्मका गुरु दलाइलामाले जर्मनीको ह्यामबर्गमा आतंक, मारकाट र युद्ध बिरुद्ध सन्देश दिए । वर्तमान दलाइलामा १४औं दलाइलामा हुन् । यस अघि १३ वटा दलाइलामाले यस संसारबाट बिदा लिइसकेका छन् । दलाइलामा मानव सभ्यताका एक पूर्ण ब्यक्तित्व, कला, कौशल र बिद्धताले निपूर्ण ब्यक्तित्व मानिन्छ । भनिन्छ दलाइलामा संग एक अनौठो क्ष्यमता छ, उनले आफ्नो त्यो शक्तिद्धारा हरेक ब्यक्तिलाइ शान्त र सभ्य बनाउन सक्छन् । उनले जत्रो सुकै संख्याको समूह भएपनि नियन्त्रणमा ल्याउन सक्छन् । उनको शक्ति साच्चिकै प्रसंशनीय छ । उनले त्यस अघि ह्यामबर्गकै रोटेन बाउम नामक टेनिश मैदानमा दशौं हजार ब्यक्तिहरुलाइ सम्बोधन गरेका थिए । उनले सम्बोधन गर्दा कुर्चीमा बसेर वा उभिएर हैन, चाकलमाडी बसेर समबोधन गरेका थिएरे । उक्त अवसरमा उनले आन्तरिक शान्तिका बारेमा प्रवचन गरे । उनको सम्बोधनबाट दशौं हजार जनसमुदाय मोहित भएका थिए । उक्त प्रवचनबारे टिप्पणी गदै एक ब्यक्तिले दलाइलामासंग पश्न गरे “हामी भगवान प्रति बिश्वास गर्दैनौं, धर्ममा बिश्वास गर्दैनौं तर तपाइको मिठो हांसो र तपाइको प्रवचनमा बिश्वास गर्छौं ।”
दलाइलामाको जवाफ यसप्रकार थियो “—तपाइको कुरा मलाइ सहस्र स्वीकार्य छ, यदि अझ बढी तपाइ बुझ्न चाहनुहुन्छ भने र तपाइ त्यस निम्ति आउनु भएको हो भने हर्नुहोस म तपाइलाइ मेरो ठूलो भएको नाक देखाउछु भन्दै आफ्नो अनुहार टि भिको ब्यामरा तिर तन्काए । टि भीले दलाइलामाको अनुहार राम्रोसंग प्रसारण गर्न पाए ।
बिश्वलाइ शान्तिको सन्देश दिदै बुद्धधर्मको अग्रणीका रुपमा दलाइलामा १३९१ देखि अवतरित छन् । दलाइलामाका केही अभिब्यक्तिका कारण केही फुटकर प्रश्नहरु नउठेका हैनन् । जस्तै दलाइलामाले धर्म भन्दा बढी राजनिती गरेको भन्ने त कहिले पौराणिक बाकीं बिद्याको प्रश्न अनि कहिले अघिल्लो जन्मको शान पाएको भन्ने प्रश्न । जेहोस बुद्धधर्मको केन्द्रविन्दुको रुपमा उनका मूल्य र मान्यता सम्मानजनक छ र उनले उनको जन्म मार्फत संसारलाइ मुस्कुराउन सिकाउने प्रयाश गरिरहेका छन् । उनि स्वयम पनि मुस्कुराउन चाहीरहेका छन् ।
मानिसहरुलाइ कहिलेकाही यस्ता प्रश्नहरुले सतइरहन्छ कि जसको उत्तर पाउन कठिन मात्र हैन असम्भव हुन्छ । जस्तै
हामी यस संसारमा कतिपटक जन्म्यौ ?
के हामी एक अर्कामा अघिल्लो जन्ममा परिचित थियौं ?
के हामी पूर्व जन्ममा असल वा खराब थियौं ? के हामी मानबको हैसियतमा एक प्रकारको भगवानको अवतार हौं ? आदी आदी ।
पत्रकार सम्मेलन भैरहेको बेला, दलाइलामाको जवाफ सुनिरहेको बेला यस्तो लाग्थ्यो कि उपरोक्त प्रश्नहरुको उत्तर पाइरहेका छौं र आफ्नो बारेमा हामीलाइ पूर्ण ज्ञान छ ।
पत्रकार सम्मेला सकियो । दलाइलामा त्यहांबाट हिडे । म मनमन भित्रै सोंच्दै साथीको घर तिर लागें मेरो सोचाइको बिकाश यसरी हुदै थियो —सामूहिक आत्मसुद्धी अंगका रुपमा हरेक शहरलाइ एउटा दलाइलामाको खांचो छ तर उनि अर्को शहर अर्थात अर्को मुलुक जानु पर्ने छ र हर मानव पनि । एक दिन हामी र उनि पनि सदा सदाका लागि बिदा भएर यस संसारबाट जाने छौ । तर दलाइलामाको भने अर्को अवतारको जन्म हुने छ र अर्को दलाइलामा चुनिने छन् । सायद यही कुरालाइ उनले संकेत गरेका होलान्, “सम्भवत आगामी दलाइलामा एक नारी हुनेछिन् ?”
कति अनौठो ! मुटुनै चुडेर लाने खालको बिपरित लिङ्ग प्रभाव ? एक ब्यक्तित्व जसले एक सुन्दर महिलाको बारेमा कुरा गरिरहेको हुन्छ र असाध्यै चिन्तित पनि देखिन्छन् । सायद यसको निक्र्योल नभैसकेकाले होला, उनि आउछिन् वा आउदिनन्, यदि आइन् भने पनि उनले ती महिलालाइ कहिल्यै देख्ने छैनन् , भन्ने पनि उनलाइ थाहा छ । हुन सक्छ तपाइ हामी अर्को दलाइलामालाइ देख्न पाउने छौं । जसको आदर्शले शक्ति, जोस, जाँगर र उत्साह प्रदान गरेको छ, जसलाइ फेरी फेरी भेट्ने मौका पाउने छौं ।
यतिखेर मैले यहाँ बुद्ध र कृष्णको प्रसंग जोड्न चाहान्छु , गौतम बुद्धले भनेका छन् —“बिश्वमा मानिसहरुमा जुन दरिद्रता अथवा कष्ट छन् अथवा दुष्ट मानिसहरु छन् त्यो इश्वरको काम हैन । यदि बिश्वमा इश्वरले यी कुराहरु मानिसलाइ दिने भएको भए यी सबै अन्याय, अत्याचार, दुख, कष्ट र दरिद्रताको जिम्मेवार इश्वरनै हुने थियो र यस्तो इश्वरलाइ असल भन्न मिल्दैन । कृष्णको पनि यस्तै मत देखिन्छ, गिताको अध्याय ५ श्लोक १४ र १५ मा कृष्ण भन्छन् —
“न कतृत्वं न कर्माणी लोकस्य सृजति प्रभूः
न कर्मफल संयोगं स्वभावस्तु प्रवर्तते ।।१४।।        ना दत्ते कस्यचित् पापं न चैव सुकृतं विभुः ।
अज्ञानेना वृतं ज्ञानं तेन मुह्यन्ति जन्तव ः।।१५।।”
यसको अर्थ हो लोकमा कुनै काम वा कर्म भगवानले सृष्टी गरेको होइन । न यस्तो काम गरेर यसप्रकारको फल मिल्छ भनेर भगवानले भनेको हो । भगवानले न कसैलाइ धर्म दिन्छ न त कसैलाइ पापनै दिन्छ , मानिसको ज्ञानलाइ अज्ञानले ढाकिदीदानै मानिसहरु धर्म र पाप इश्वरले दिनेहो भन्ने गर्दछन् ।
यसरी श्रीकृष्णले पनि धर्म र पाप को कुरा इश्वरीय देन हो भन्ने कुरालाइ नकार्दछन् ।

Bookmark the permalink.

2 Responses to सम्भवतः आगामी दलाइलामा एक नारी हुनेछिन् ? दलाईलामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *