राजदूतका चार बुँदा

शशी पौडेल
वर्षमा एक दुई चोटी पार्टी गर्ने र आफ्नो कार्यकाल सक्ने परम्परालाई तोडेर केही गरौ भन्ने भावनाले प्रेरित भै आफु लागि परेको कुरा बेलायत स्थित नेपाली राजदूत डा. सुरेश चन्द्र चालिसेले गत हप्ता दिएको बिवरणबाट प्रष्ट थियो । उनले मुख्य चार कुरामा ध्यान दिएको पनि प्रष्ट पारे । सर्व प्रथम नेपालको आर्थिक उन्नतीको मेरुडण्ड मानिने क्षेत्र पर्यटनलाइ पहिलो प्राथमिकतामा राखेको भन्दै ब्यपार र ब्यवसाय पनि त्यत्तिकै महत्वपूर्ण भएको स्वीकार गरे ।

नेपाल बेलायत सम्बन्धलाइ अझ गहिरो पार्न सकेको खण्डमा नेपालको आर्थिक, सामाजिक र राजनैतिक विकाशमा टेवा पुग्ने छ भन्ने उनको मान्यता रहेको छ । यसका निम्ति उनले बेलायती प्रधान मन्त्रीको नेपाल भ्रमण गराउन बिगत दुई वर्ष देखि आफु लागी परेको बताए । सन् २०१५ सम्ममा बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नेमा आफु विश्वस्त रहेको बताउंदै यदि त्यसो हुन सकेमा नेपाल बेलायत सम्बन्धको २०० बर्ष अझ उपलब्धि मुलक हुने उनको ठहर छ ।
दैनिक रुपमा थपिदै गरेको नेपालीहरुको बेलायत बसाइ सहज गराउने उद्धेश्यले उनी हर नेपालीहरुका संगठनहरुको निम्तामा आफु र दुताबास उपस्थित हुने गरेको पनि बताए ।
राजदूत डा. चालिसेले बिगत तीन वर्ष देखिे बेलायत स्थित नेपाली संघ संस्थाका प्रतिनिधी एवं नेतृत्वदाइ ब्यक्तिहरुलाइ दुतावासमा निम्त्याइ आफ्ना बार्षिक गतिबिधिहरु पारदर्शी गराउदै आएका छन् ।
बेलायतको उत्तरी आरलैण्ड, वयल्स एवं स्कटलैण्ड र इङ्गलैण्डमा बिभिन्न समयमा नेपालको पर्यटन प्रवर्धनका निम्ति भेटघाट छलफल मात्र नभै दुतावासकै आयोजनामा पर्यटन प्रवर्धन कार्यक्रमहरु गरेको बताए । लण्डन शहरमा चल्ने बसहरुमा नेपालको पर्यटन प्रवर्धनका निम्ति बिज्ञापन दिएको र त्यसबाट सकारात्मक प्रतिक्रिया आएकोमा दुताबास एवं आफु ब्यक्तिगत रुपमा समेत हर्षित भएको उनको दाबी थियो ।
दुताबासले नेपाल टुरिजम बोर्ड एवं वरर्ड ट्राभल मार्केटसंग मिलेर गत नोभेम्बर महिनामा नेपालको पर्यटन प्रवर्धनका निम्ति कार्यक्रमहरु प्रस्तुत गरेको थियो ।
त्यस्तै गत अप्रिल २०११मा नर्दन आरलैैण्को बेलफास्टमा एक भब्य कार्यक्रमको आयोजना ग¥यो । जहाँ नर्दन आरलैण्डका स्वास्थ्य मन्त्री एडविन पोट्सको समेत उपस्थिती रहेको थियो । नेपाल पर्यटन वर्ष २०११को प्रचार प्रसारका लागि राजदुत डा. चालीसेको प्रयासमा वयल्सको क्रोनवालमा एक समारोहको आयोजना गरियो । क्रोनवाल नेपाली कम्युनिटीको सहयोगमा आयोजित कार्यक्रममा स्थानीय मेयर, काउन्सीलरहरुको समेत उपस्थिती रहेको थियो ।
दुताबासको तर्फबाट लण्डन मेलामा समेत भाग लिइ बिभिन्न कलाहरु प्रदर्शन गरी नेपाल पर्यटन बर्षको प्रचार प्रसारमा लागेको उनको दाबी रहेको थियो ।
लण्डन मेलामा बिश्वभरबाट बेलायत आएर बस्ने जनसमुदायहरुको उपस्थिती र सहभागिता रहने गरेको छ । बिगत बर्षहरुमा नेपाली समुदायबाट कम भाग लिने गरिन्थ्यो । यद्यपी नेपालीहरु बिगत छ दशक देखि बेलायत अझ खास गरी लण्डनमै बस्दै आइरहेका छन् । सानो समुदाय भएर हो वा कुनै बाटो नपाएर हो लण्डन मेला बारे नेपालीहरु ओझेलमा परेका थिए । तर बिगत वर्ष देखि त्यो ओझेल हराएको छ ।
यस्तै बेलायत स्थित दुताबासले नेपालको उद्योग ब्यवसाय प्रर्वधनका लागि बिभिन्न कार्यक्रमहरुको आयोजना ग¥यो । बेलायतका केही ब्यापार ब्यवसाय प्रवर्धन संघ संस्थाहरुसंग मिली नेपालमा लगानी गर्न सक्ने माध्यम र अवस्थाको सृजना गर्ने बारे ब्रिटिश नेपाल च्याम्बर अफ कमर्श एवं ब्रिटिश ट्राभल मार्केट लगायतका संस्था संग छलफल ग¥यो । यस्तै गत अक्टोबर महिनामा बेलायतबाट एक ब्यापार प्रतिनिधी मण्डल दुताबासको नेतृत्वमा नेपाल पुगेर नेपालमा लगानी गर्ने सम्भावना र अवस्थाबारे अध्ययन ग¥यो । बेलायतबाट पहिलो पटक युकेटीआइको नेतृत्वका १३ वटा मफौला तथा ठुला कम्पनीको नेपाल भ्रमण गराएका थिए ।
राजदूत डा. चालिसे भन्छन यदि कुनै पनि नेपालीहरुको संस्थाले केही कार्यक्रम गर्छ र त्यहाँ राजदूत पुग्छ भने स्थानीय राजनैतिक नेताहरुको पनि उपस्थिती रहन्छ । त्यहाँ संसद सदस्य आउछन् , मेयर आउछन , काउन्सीलरहरु आउछन् र स्थानीय नेताहरुसंग नेपाली समुदायको उठबस र भलाकुसारी हुन्छ , जसले नेपाली र बेलायती दुबैलाइ एक अर्कामा सर सम्पर्क गर्न सहज हुन्छ । त्यती मात्र नभै नेपाली कम्युनिटीको मनोबल दहो्र हुन्छ र सकारात्मक कार्य गर्न उत्साह र प्रेरणा मिल्छ ।
नेपाल बेलायत सम्बन्ध झण्डै दुई सताब्दी देखिको भएपनि अहिले सम्म बेलायती प्रधान मन्त्रीको नेपाल भ्रमण नभएको प्रसंग कोट्याउदै राजदूत डा. चालिसेले आफु यसमा लागि परेको बताए ।
गत नोभेम्बरको रिमेम्बर्स डेमा बेलायती प्रधान मन्त्री डेबिड क्यामरुनसंगको भेटमा उनले प्र.म. डेबिड क्यामरुनलाइ नेपाल भ्रमण गर्न आग्रह गर्दा क्यामरुन पत्नीले समेत चासो दिएको खुलासा गरे । उनले प्रधान मन्त्री डेबिड क्यामरुन निवासमा एक नेपाली युवतीले घर धन्दामा सघाँउदै आएकी छन् र उनको मिजास र स्वभाव असल भएकाले पनि ती युवतीको घर हेर्न क्यामरुन पत्नीले चाहेको कुरा राजदूत डा. चालिसेलाइ क्यामरुन पत्नीले बताएको प्रसंग उठाएका थिए ।
नेपालमा बहुदलीय शासन ब्यवस्था लागु भएयता राजदूतहरुलाई संसदीय प्रोटोकल गरी नियुक्त गरिने चलन भएपनि यो चाँही औपचारिकता मात्र हुने गरेको छ । संसदीय प्रोटोकलमा खास गरी तिमी राजदूत भै बिदेश गएपछि तिमीले गर्ने कामहरु के के छन् भनी सोधिने गर्दछ र राजदूतहरुले आफ्नो कार्ययोजना अनुसार जवाफ दिनु पर्ने हुन्छ । तर परराष्ट्र मन्त्रालयबाट ती राजदूतहरुले त्यतीबेला गरेको प्रतिबद्धता अनुसार काम गरे वा गरेनन् भनेर खोजी निती भने हुने गरेको छैन ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *