२०११ ले शैतानहरु बढारोस्

Shashi२०११ साल लाग्दा नलाग्दै दरबारहत्याकाण्ड अगाडि र पछाडिका केही प्रसंगहरुका साथ राजा विरेन्द्रका प्यारा सैनिक विवेक शाहले एक पुस्तक विमोचन गराएका छन् । ‘‘मैले देखेको दरबार’’ नामक पुस्तकमा उनले नेपालको तत्कालिन राजनैतिक अवस्था तथा विदेशी शक्ति खास गरी भारतको भूमिकालाई उल्लेख गरेको बिबिसि मा उनले दिएको एक अन्तर्वार्ता मार्फत थाहा लाग्यो । उनको अन्तर्वाता सुन्दा केही राजनैतिक दल तथा तिनका नेताहरुलाई शंका गर्नु पर्ने अवस्था सृजना भएको छ । तीन दशकभन्दा बढी दरबारमा बिताएका विवेक शाहको उक्त पुस्तक प्रकाशन र उनको अन्तर्वार्ताको भोली पल्ट पंचायतीकालमा सबभन्दा धेरै पटक प्रधानमन्त्री बन्न सौभाग्य पाएका सूर्य बहादुर थापाको अन्तर्वार्ता पनि बिबिसी मार्फत सुन्ने मौका पाइयो । उनको प्रतिरक्षात्मक शैली र झोकिएको आवाजले के आभास हुन्थ्यो भने उक्त पुस्तकले सबभन्दा बढी सूर्य बहादुर थापालाई चोट परेको देखिन्छ ।
यस अघि अर्थात् दोस्रो जनआन्दोलन २०६२÷६३ मा मलाई प्राप्त जानकारी अनुसार विवेक शाह २०६० सालमा दरबारको सैनिक सचिव पदबाट अवकाश प्राप्त गरेपछि उनी तत्कालै कार्टर सेन्टरसंग आवद्ध भएका थिए । आन्दोलन ताका वा त्यसपछि हो जिमी कार्टरले नेपाल भ्रमण गरेका वखत उनलाई यत्रतत्र घुमाउने व्यक्ति विवेक शाह नै थिए । स्मरण रहोस् १९७० को दशकमा सिआइए ले कार्टर सेन्टरमार्फत हेनरी किसिन्जरलाई प्रयोग गरी चीन तथा हिन्दचीनमा प्रभाव जमाउन सफल भएको थियो । पातलो संझना भए अनुसार नेपालका केही समाचार पत्रहरुले जिमी कार्टर कतै राजतन्त्रलाई निरन्तरता दिलाउने उद्धे्रश्यले नेपाल भ्रमण गरेका त हैनन् भन्ने प्रश्न चिन्ह समेत खडा गरेका थिए । यस प्रकारको प्रश्न चिन्ह खडा हुनु एक प्रकारले स्वाभाविक पनि थियो किनभने दरबारमा सैनिक सचिवको पदमा वहाली रहदा अमेरिकाको नजिक भएकै कारणले विवेक शाह पदमुक्त हुनासाथ कार्टर सेन्टरसंग नजिक हुन पुगे । दरबार हत्याकाण्डका बेला ज्ञानेन्द्र एण्ड कम्पनीको नजिक उनी नभएका भए तातो रगत छरिएर ढल्ने मध्य उनी पनि पर्थे होलान् । यसैले अचानक विवेक शाहको कार्टर सेन्टरसंगको सामिप्यताले उनी अमेरीकी रणनीतिकारहरुसंग दरबारमै कार्यरत रहदा नजीक रहेको अनुमान गर्न सकिन्छ ।
यता पंचायतीकालमा भारतको नजिक रहेका सूर्यबहादुर थापाले प्रतिरक्षात्मक अन्तर्वार्ता दिएको प्रसंगलाई हेर्ने हो भने अहिले नेपालको राजनीतिमा अमेरिका एवं सिआइए र भारत एवं रअको बिच प्रतिस्पर्धा रहेको बुझिन्छ । अचम्म लाग्दो अर्को प्रसंग के रहेको छ भने विवेक शाहले आºनो पुस्तकमा वर्तमान प्रमं माधव नेपाललाई पनि रअको एजेन्टको रुपमा सावित गर्न खोजेका छन् । मैले पुस्तक बेलायत मगाउदा अलिकति समय लाग्ने भएकाले केहि मित्रहरुलाई पुस्तकमा खादिएका कुरा बताउन आग्रह गरेको थिए । त्यसमा खादिएका केही महत्पवूर्ण पृष्ठहरु स्क्यान गरी इमेल मार्फत प्राप्त गरें र ती अंशहरु पढ्दा आ“खा वरीपरी तोरीका फुलहरु घुम्न थाले ।
विवेक शाहले आºनो पुस्तकमा यसरी प्रस्तुत गरेका छन्– ‘‘सैनिक हस्पिटलको पुस्तकालयको हलमा अधिराज कुमार ज्ञानेन्द्रका साथै प्रमं कोइराला, प्रधान न्यायधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा.मोहसिन, राजपरिषद् स्थाई समितिका सभापति डा.रायमाझी र प्रमुख विपक्षी दलका नेता नेपाल सम्मिलित बैठक बस्यो । यही बैठकमा राजदरबार हत्याकाण्डबारे जा“चबुझ गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने निधो भयो । मलाई के सम्झना छ भने यत्रो घटना घट्यो । अब यसको निश्पक्ष छानबिन हुनुपर्छ भनेर एमाले महासचिव माधव कुमार नपालले निकै जोड दिनु भएको थियो । …..बैठक सकेर फर्कने क्रममा समेत उहा“ले ‘‘आयोगमा म छुट“ुलानी’’ भनीरहनु भएको थियो । तर गठन भैसकेपछि एमाले नेपालले के कारणले हो आयोगमा नबस्ने भनेर राजीनामा दिनुभयो ।’’
उक्त वाक्यशंले प्रमं माधव नेपाल द्धध चरित्र भएको भनी प्रमाणित गर्न खोजेको छ । विवेक शाहको यो आशय सा“चो हो वा नेपालको लोकतान्त्रिक व्यवस्था र दलका नेताहरुको नैतिक छवि गिराउने अमेरिकी चाल हो ? राष्ट्रभक्त नेपालीहरुले यसबारे केही समय निधार खुम्च्याउनु पर्ने भएको छ ।
यो कार्य खास गरी नेकपा एमालेको का“धमा आएको छ । किनभने विवेक शाह आºनो पुस्तक मार्फत प्रधानमंत्री माधव नेपालका राजनीतिक रुची र उनको आचरणलाई तल्लो दर्जाबाट प्रस्तुत गरेका छन् । त्यसैले यतीखेर नेकपा एमाले एवं प्रमं स्वयंका का“धमा आएको जिम्मेवारी अब के हो भने यदि विवेक शाह सिआएबाट संचालित भएर यस कुरा लेखेका हुन् र विवेक शाहका यी कुटिल वाक्यांशका पछाडि अहिलेको राजनीतिक समिकरण अझै धमिल्याउने चाल हो भने जनता समक्ष तथ्य सार्वजानिक गर्न सकेका खण्डमा २०११ सालले विवेक शाह जस्ता जुन भा“डोमा खायो त्यही भा“डोमा थुक्ने शैतानहरुलाई बढार्ने छ । अन्यथा अरु को को बढारिने हुन् त्यसको अनुमान अझै गर्न सकिने अवस्था छैन ।
Tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *