चालकरहित विमानले मान्छे मार्दै
पाकिस्तानको उत्तर–पश्चिम आदिवासी क्षेत्र उत्तर बाजिरिस्तानमा अमेरिकाद्वारा गरिएको चालकरहित विमान आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय उर्दु टेलिभिजन च्यानल डाउनका अनुसार दुईवटा अमेरिकी चालकरहित विमानले संदिग्ध आतंककारी बोकेको सवारीसाधनलाई लक्ष्यगरी आक्रमण गरेको थियो ।