समाजवादको भविश्य

शशी पौडेल

१९८९ मा बर्लिनको पर्खाल भत्केपछि र १९९१ मा सोभियत संघको विघटन पछि विश्वमा समाजवादको भविश्य बारे निकै ठूला ठूला बहस हुन थाले । समाजवादीहरु भित्र केही निराशाको र थोरै आशाका टुसाहरु देखिए भने पूँजीवादीहरु भित्र भने विभिन्न तर्क गर्दे समाजवाद अब ५० वर्षका लागि पछाडि धकेलियो भन्दै भोज भतेर गर्न थाले । पूँजीवादीहरुले समाजवाद प्रति जनताको मोह भंग भएको मात्र तर्क गरेनन् कि उनिहरुले समाजवादी सिद्धान्तलाई ‘‘व्यवहारमा लागु गर्न नसकिने’’ सिद्धान्त हो भन्ने आरोप समेत लगाएका छन् । उनिहरुले राज्यविहिन समाजको परिकल्पना अहिलेको अवस्थामा गर्नै नसकिने भन्दै खास गरी निम्न तर्कहरु क्रिष्टलाइज गर्न खोजे । हेरौं उनिहरुका आरोपमा कति सत्यता छन् ?

१ .समाजवादको ‘‘मोडेल’’ रुस, पूर्वी युरोप र अफ्रिकाका केही मुलुकहरुमा टिक्न सकेनन् ।

२. पूँजीवाद नयाँ यन्त्र, साधन र टेक्नोलोजिबाट विकाश हुदै गैरहेको छ र यो ग्लोवलाईजेसनले गर्दा अन्तराष्ट्रिय क्षेत्रमा बलियो हुदै गैरहेको छ । र पूजीको विकाश र आधुनिक बजार व्यवस्थाका कारणले सर्वहारा वर्ग बिस्तारै बर्गसंघर्षबाट बिमूख भैरहेका छन् ।

३. परम्परागत समाजवादीहरु र परम्पराबादी सर्वहारा वर्ग समर्थक ट्रेड युनियन (व्यवसायिक संगठनहरु) ले अहिले सर्वहारा वर्गका राजनितिक पार्टीलाई समर्थन गर्नबाट हिचकिचाई रहेका छन् किन भने उनीहरुले पनि पूँजीवादलाई नजानिदो ढंगले स्वीकार गरि  सकेका छन् । सच्चा समाजवादीहरु अहिले नब उदारवादी शक्ति बनेर आएका छन् र आफ्नो सिद्धान्तलाई महत्व दिएका छैनन् । उनिहरुले अर्थात     परिम्परागत समाजवादी र रिफििमस्टहरु अहिले नवउदारवादी पूँजीवादी हुन पुगेका छन् ।

४. उपरोक्त कारणहरुले सर्वहारावर्गका आर्थिक सामाजिक एवं राजनीतिक अवस्था कमजोर हुदैं आईरहेको छ । टेक्नोलोजिकल विकाश, परिवर्तन, नयाँ व्यवस्थापन तरिका र ग्लोवलाइजेसनले वर्गीय संगठन एवं पेशागत संगठनहरुको शक्ति खोसिसकेको छ । यो कसरी  देख्न सकिन्छ भने प्रथम वा दोस्रो विश्व युद्धका अघि र पछि पनि वर्गीय एवं पेशागत संगठनहरु राजनितिक पार्टीहरु भन्दा शक्तिशाली थिए । त्यस्ता पेशागत संगठनका व्यक्तिहरु अहिले छदै छैनन् भन्दा अत्युक्ति हुने छैन । किन भने त्यस प्रकारका क्लासिकल उद्योगहरु जस्तै कोइला खानी, मेकानिकल इन्जिनियरिङ बर्कसमा अहिले मोडर्न टेक्नोलोजिद्धारा काम हुने गर्छ   ।

५. अर्कोतिर समाजवादी नेताहरु अहिले प्रो क्यापिटलिष्ट बनेर आफ्नो वर्गलाई बिर्सेका छन् उनिहरुलाई नेतृत्व बिहिन पारेकाले सर्वहारा वर्गमा निरुत्साह पलाएको छ ।

संसारभरका पूजीजीबीहरुले समाजबाद माथि लगाएका  उक्त आरोपहरु नेपालको सन्दर्भमा पनि लागु हुन्छ । यसरी विश्वमा समाजवादी आन्दोलनका बिरुद्ध पूँजीवादले उपरोक्त तर्कहरु गरिरहेकै बेला हाम्र्रो मुलुकमा सामन्तवादी राजाको सत्ता ढलेको हो । गणतन्त्र नेपालको उदय भएको हो । गणतन्त्रको उदय पछि जनताको बहुदलीय जनवादको संस्थागत विकाश गर्दै लाने वा लोकतान्त्रिक पद्धतीको संस्थागत विकाश गर्दे लाने अथवा तुरुन्तै जनगणतन्त्र सम्म जाने भन्ने तीन धारबाट राजनितिक बहस भैरहेको छ । अर्थात राजनितिक पार्टीहरु विशेष गरी तीन धुर्वमा विभाजित छन् । यसरी तीन धुर्वमा विभाजित भएको अवस्थाले समग्र नेपाली जनसमुदायलाई अन्योल पार्न सक्छ एकातिर भने अर्कोतिर जनताले नचाहेको शक्तिको उदय हुने संभावना हुन सक्छ । यति मात्र नभै वर्तमान सरकारको नेतृत्व गरिरहेको पार्टीले अझै पनि प्रष्ट धार लिन नसकेको अर्थात एक्काइसौं सताब्दीको समाजवाद वा जनगणतन्त्र नामक दुई पंतिमा विभाजन भएको अवस्था छ । यस्तो अवस्थामा हाम्रो मुलुकको राजनितिक भविष्य र समग्रमा समाजवादको भविष्य कस्तो छ त ? राष्ट्रिय अन्तरराष्ट्रिय संभावनाहरुलाई आंकलन गर्ने प्रयास गरेको छु ।
कार्लमाक्र्सको उदयपछि विश्व जनसमुदाय शोषण र शोषितको परिभाषाबाट परिचित भए । अतिरिक्त पूँजी र मुनाफा गर्ने तरिकाबाट परिचित भए । पूँजीवाद प्रति बितिष्णा जाग्न थाल्यो । माक्र्सवादी सिद्धान्तको प्रतिपादनसंगसंगै अर्कोतिर युरोपका देशहरुमा औद्योगिक एवं व्यवसायीक क्षेत्रको विकाश हुदै गयो । मजदुर बर्गले आफ्नो यथार्थता बुझ्न थाले । जसको कारण पूँजीवादको मार्गमा काँढा उम्रन थाल्यो । पूँजीवादभित्र भएका महत्वाकांक्षा, शोषण प्रवृति र अन्य थुप्रै खराबीका कारणबाट माक्र्सवादी द्धन्दात्मक भौतिकवादी सिद्धान्तले प्रेरणा पाउन थाल्यो । कार्लमाक्र्सको कम्युनिष्ट पार्टीको घोषणा पत्रको उद्देश्य समाजवादी तरिकाबाट सामाजिक आर्थिक व्यवस्थालाई स्थापित गर्नु थियो । समस्त भौतिक उत्पादनका साधनहरुमा केही मुठ्ठीभर व्यक्तिहरुको स्वामित्व हुनु अनुचित थियो । समाजको अर्थव्यवस्था अथवा उत्पादन, वितरण, विनिमय तथा उपभोग संबन्धी व्यवस्था समाजले गर्नु पर्छ भन्ने मान्यता हो । प्रतिस्पर्धात्मक अर्थव्यवस्थाबाट एक व्यक्तिले अर्को व्यक्तिको शोषण गरी सम्पति संचय गर्ने प्र्रवृत्तिको अन्त हुनुपर्छ भन्ने हो । यसपछि समाजको पुननिर्माणका लागि विधि, विधान र नेतृत्व समाजवादी हुनु पर्छ भन्ने हो ।
तर दुर्भाग्य रुसमा स्तालिनको नेतृत्व र चीनमा माहोत्सेतुङको सांस्कृतिक क्रान्तिको बिरोध गर्ने मौका पूँजीवादले पायो । शीत युद्ध शुरु भयो ।सोभियतसंघले शोभियत जनतासंग आफ्नो वास्तविकता लुकाउने प्रयास गर्यो । राजतितिक सिद्धान्तको आधुनिकिकरण गर्दे जनतालाई प्रशिक्षित गर्दे लानु पर्नेमा नगरी बिधि, विधान र नेतृत्व तीनै चीजले आफ्नो लिक छोड्यो ।

अहिलेको बर्गीय चरित्रको रुप फरक छ । औद्योगिक व्यवस्था, कलकारखानाको चरित्र फरक छन् । यस अर्थमा आन्दोलन, क्रान्ति र वर्ग संघर्षको रुप पनि फरक हुने भयो ।
जहाँसम्म पूँजीको विकाश र बजार व्यवस्थाको कारणले सर्वहारा वर्ग विस्तारै वर्ग संघर्षबाट विमुख भै रहेका छन् भन्ने आरोप छ । अवश्य हो बजार व्यवस्थाको रुप फरक छ तर यस्तो अवस्थामा वर्ग चरित्र पनि फरक हुन्छ र वर्ग संघर्षको रुप पनि फरक हुन्छ । त्यसैले समाजवादी लोकतन्त्रात्मक जनताको बहुदलीय जनबाद नै आजको विकल्प हुन सक्छ । हालाकी यसले लेनिनवादका केही महत्वपूर्ण पक्षलाई सुधार्नु पर्ने हुन्छ भने माक्सवादका केही क्लासीकल  सिद्धान्तलाई परिमार्जित गर्नु पर्ने हुन्छ । समाजवादी लोकतन्त्रले समाजवादका लक्ष्यहरुलाई लोकतान्त्रिक प्रकृयाबाट प्राप्त गर्न सकिन्छ भन्ने कुरामा बलियो अडान राख्दछ । समाजवादी लोकतन्त्रका पक्षधरहरु अह्लिै जर्मनीमा एक पछि अर्को निर्वाचित हुदै आउन थालेका छन् । २०१० को अक्टोबर महिनामा भएको जर्मनीको राज्य सभाको निर्वाचनमा चारबटा प्रान्तमा दोस्रो र तेस्रो बलिया पार्टीका रुपमा निर्वाचित भएका  थिए भने यस बर्ष भएको जर्मनीको संसद निर्बाचनबाट संसदको तेस्रो शक्तिका रुपमा निर्बाचित भएका छन्  ।
लेटिन अमेरिकी परिवर्तनहरुले पूँजीवादीहरुले लगाएको परम्परावदी समाजवादीहरु सर्वहारा वर्ग र ट्रेड युनियनहरु बिस्तारै पूँजीवादी हुदै गएको भन्ने आरोपको खण्डन गरेको छ । पूँजीवादी शक्तिहरुले समाजवादलाई असफल सावित गराउन ल्याएको नव उदारवादी अर्थतन्त्र तहस नहस भएको छ । पूँजीवादीहरुका बलिया खम्बा भनिने बैंकहरु पातालमा पुगेका छन् । भेनेज्युला, ब्राजिल, बोलिभिया, इक्वाडोर, निकारागुवा, उरुग्वे, अर्जेनटाइन आदि मुलुकहरुले द्धृन्दात्मक भौतिकवादी सिद्धान्तलाई मुलुकको समाजिक आर्थिक, सांस्कृतिक र राजनितिक अवस्था संग सुहाउने गरी वैज्ञानिक ढंगबाट लागु गरिरहेका छन् ।
माक्र्सबादी लेनिनवादी दृन्दात्मक भौतिकवादी सिद्धान्तलाई हरेक मुलुकको परिवर्तित सामाजिक अवस्थालाई आत्मसात गर्दे देश काल र परिस्थिती सुहाउदो गरी लागु गर्नु पर्ने आजको आवश्यकता हो । मुल कुरा परिवर्तित वर्ग, वर्गीय चरित्र र वर्गसंघर्षलाई बुझेर, चिनेर शोषित उत्पीडित वर्गको शक्ति र आवश्यकता तर्फ ध्यान दिदैं समाजलाई शोषणबाट मुक्त गराउने तर्फ लाग्नु पर्ने हुन्छ ।
एक हद सम्म पूँजीवादीहरुको आरोपमा के सत्यता छ भने केही आफुलाई समाजवादी भन्न रुचाउनेहरुले पनि समाजवादको विरोधमा पूँजीवादीहरुले गरेको खेतीमा मल जल थप्ने काम गरे । ती व्यक्तिहरु अवसरवादी हुन् । तर कर्मठ सच्चा समाजवादीहरुले आज सम्म बाटो विराएका छैनन् । उनिहरुले पूँजीवाद र नव उदारवादीहरु विरुद्धको एकता कार्ल माक्र्स, ऐगेल्सले देखाएको बाटोबाटै हुनु पर्ने यथार्थतालाइै स्वीकार गरेका छन् । माक्र्सवादी द्धन्दात्मक भौतिकवाद, लेलिनवादी राज्य र सत्ता तथा वर्गीय समाज र राज्य जस्ता सिद्धान्तहरु आजको समाजले अझ दह्रो गरी आत्मसात गरेको छ । समाजका सबै खाले व्यवस्था र सामाजिक अवस्था परिवर्तनशील छ । पूँजीवादी व्यवस्थाका पनि विभिन्न ढाँचाहरु परिवर्तन हुदै आइरहेका छन् । यसै क्रममा केही समय अघि पूँजीबाद  चरम आर्थिक संकटमा उभिएको थियो । गरीब र धनी बीचको दुरी अरु बढ्दै गैरहेको छ । शोषण बढ्दो छ । यस्तो अवस्थाको समाधान भनेको समाजवादी विचार र सिद्धान्त मात्र हो । समाजवादी लोकतन्त्र मात्रै यसको विकल्प हो । समाजवादी लोतन्त्र प्राप्तिको संघर्ष अथवा क्रान्तिको रुप पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्ध चिनियाँ क्रान्ति, भियतनाम क्रान्ति वा फ्रान्सेली क्रान्ति जस्तो हुने छैन । किन भने क्रन्तिको स्वरुप, प्रकृया र अवस्थामा मात्र हैन मानवजातीको सोच, कार्यशैली संचार माध्यम र हातहतियारका प्रकारमा समेत घना परिवर्तन भएको छ । समाजवादी लोकतन्त्रको भविष्य उज्जल छ । समाजवादी लोकतन्त्र एक स्थिर र परिपक्क राज्य व्यवस्थाको रुपमा स्थापीत हुने छ । कहिले र कहाँ स्थापीत हुन्छ भन्ने कुरा चाही मुलुकको आर्थिक, सामाजिक र राजनीतिक अवस्थामा निर्भर हुनेछ । यस निम्ति आज सम्मका संघर्ष र आन्दोलनका इतिहासको गहिरो अध्ययन गरी चाहे ती राजनितिक पार्टीको नेतृत्वमा भएका आन्दोलन हुन् वा नहुन् उदाहरणका लागि ‘‘जयतु संस्कृतम’’ लाई लिन सकिन्छ बाट प्राप्त गरेका अनुभव र ती अनुभव बाट सिकेका शिक्षाहरु नै पूँजीवादी एवं  सामन्तवादी व्यवस्था ढाल्ने शक्ति हो । त्यो शक्तिलाई मुलुकको वर्तमान अवस्थामा वैज्ञानिक ढंगले लागु गर्नु पर्छ । डेडसय बर्ष अगाडिको परिस्थितीमा जन्मिएको माक्र्सवाद झण्डै एक शताब्दी अगाडि प्रयोग गरिएको लेनिनवादलाई हुबहु लागु गर्ने तर्फ नलागी वर्तमान विश्व परिपस्थतिमा र नेपालको भौगोलिक, सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थालाई वस्तुगत ढंगले विष्लेषण गरेर, अन्तविरोध पहिचान गरी समस्त नेपालीहरुको समस्या, आवश्यकता र चाहना संबोधन हुने गरी ल्याइएका कार्यक्रमहरु कार्यान्वयन गर्नु पर्ने छ । यसो गरेमा नेपाल, नेपाली समाज र नेपालमा कार्यन्वयन गरिने समाजवादी लोकतन्त्रको भविष्य बारे प्रश्न चिन्ह उठ्ने छैन ।

Tagged , , . Bookmark the permalink.

10 Responses to समाजवादको भविश्य

  1. Govinda Gyawali says:

    Pujibaad ra samajbaad ko barema sarai ramro bislesan chha yo article maa. I really like it.
    -Gopal Gyawali, Korea

  2. Alyse Primm says:

    Thank you for making the effort to speak about this, Personally i think fervently about this and I get pleasure from researching this topic. Please, as you gain information, please update this blog with more information. I have found it very useful. There have to be charging stations everywhere.

  3. Farah Bost says:

    so much good information on here, : D.

  4. I think this web site holds some really fantastic information for everyone : D.

  5. Some genuinely interesting info , well written and generally user friendly .

  6. Rex Ryan says:

    It’s hard to find knowledgeable people on this topic, but you sound like you know what you’re talking about! Thanks

  7. “I think that is one of the so much important info for me. And i am happy reading your article. But should observation on some basic issues, The web site style is great, the articles is truly great : D. Good task, cheers”

  8. The articles has weighted most more important part of karl marks theology of society which is enviable in our society too.

  9. Maxism never die. Stalin was dictator. Maoism no more in china. Maoism is thought not ideology. Maxism is ideology not thought. Bahudaliy janabad is not ideology. Nice article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *