औषधीय बिज्ञान र टेकनोलजीको चमत्कार

Juliano Pintoफुटवल प्रेमिहरुकालागि फुटवल बिश्वकप यसैपनि चासो र महत्वको बिषय हुने भयो । यो बाहेक पनि दुइ भिन्न बिषयहरु यसपाली ब्राजिलमा भैरहेको फुटबल बिश्वकपमा चर्चाका बिषय बने । एउटा त फुटवल खेल उद्धघाटन गर्ने बेला भयो तर रंगशाला तैयार भैसकेको थिएन । अर्को  औषधी बिज्ञान र टेक्नोलजीको चमत्कार । यद्यपी यो दोस्रो चाँही बिश्वभर टेलिभिजनमा बिश्वबप फुटबल हेर्न चासोकासाथ सोफामा बसेकाहरुमध्य केहीकालागि भने धेरै चासो नभएको हुन सक्छ तर बिश्वका थुप्रै जनसमुदायका लागि भने एक आश्चर्यको बिषय बन्यो ।
औषधीय बिज्ञानको चमत्कार, चमत्कार पनि टेक्नोलजीको सहयोगबाट । एउटा मसिनो तारमा क्यामरा घुसाएर पेट भित्रका सबै ओर्गानहरुको फोटो खिंचेर रोग पत्ता लगाउने देखि लिएर त्यस्तै मसिनो तारमा चक्कु हालेर बाहिर सांचोको प्वाल जत्ती मात्र काटेर भित्र भित्र अपरेशन गर्ने चमत्कारलाइ यसपालीको फुटवल बिश्वकपको उद्धघाटन समारोहमा देखाएको चमत्कारले कैयौं गुना उछिनेको छ ।
बिश्वका स्वास्थ्यकर्मी, चिकित्सक एवं चिकित्सा र टेक्नोलजीका बैज्ञानिकहरुकालागि भने त्यो घडी अत्यन्त महत्वपूर्ण घडी रह्यो ।
यदि कुनै ब्यक्तिको दुर्घटनाबाट शरीरको माथिल्लो भाग र तल्लो भागमा संचार जोड्ने केन्द्रिय नर्भ सिस्टममा छिन्न भयो भने दिमागले दिएको संदेश शरीरको तल्लोभाग अर्थात खुट्टाले प्राप्त गर्न सक्तैन र शरीरको तल्लोभाग हलचल गर्न सक्तैन । त्यसरी छिनेको केन्द्रीय नर्भ सिस्टमको उपचार एबं पुन जोड्न सक्ने कुनै उपाय अहिले सम्म पत्ता लागेको छैन ।  गत आठ बर्ष अघि ब्राजीलका जुलिआनो पेन्टो नामक एक खेलाडीको कार दुर्घटनाका कारण कम्मर भन्दा मुनीको भागले ब्रेनको कुनै पनि सन्देश प्राप्त गर्न नसक्ने भएको थियो । २९ बर्षीय ती खेलाडीको दिमागले जे जती काम गरे पनि कम्मर मुनीको भागमा ती सन्देशहरु जान सक्तैन । त्यसैले उनि हिडडुल गर्न वा खुट्टा चलाउन सक्तैनन् । उनलाइ रोबोटको खुट्टा हालेर महिनौं देखि तालिम दिइदै थियो । तर पनि उनी उठ्न, हिडडुल गर्न त के उनि बसेर खुट्टा हल्लाउन पनि सक्तैनन् । अर्थात उनलाइ कम्मर भन्दा मुनी पनि शरीरको कुनै भाग छ भन्ने ज्ञाननै हुंदैन । तर उनले यसपालीको फुटवल बिश्वकप खेलमा फुटबललाइ लात्तीले हानेर उद्घाटन गरे । यो सबै चिकित्सा बिज्ञान र टेक्नोलजीको सहयोगबाट मात्र सम्भव भयो । उनको टाउकोको छालामुनी एउटा इलेक्ट्रीसिटीमा प्रयोग हुने तार जोडेर त्यो तारको सहयोगबाट उनिमा जोडिएको रोबोटको खुट्टामा उनको टाउकोको चाहानाको शन्देस पुर्याए । र चार सेकेण्डकालागि उनले फुटबल किक गर्न सफल भए ।
उनको त्यो फुटवल किक गरेको खुट्टा हाड, छाला, मासु र बोंसोको नभै स्टिल, टिटान र आल्मुनियम(गिल्टी)को थियो । टिटान र गिल्टी हाइड्रोलिक सिलिन्डरबाट हलचल हुने रहेछ । र उनको खुट्टा हल्का स्टिलको थियो । स्टिलले इलेक्ट्रीसिटीको करेन्टमा संचार दिन्छ । त्यसैले इलेक्ट्रिक तार उनले लगाएको हेल्मेट भित्र टाउकोको छाला भित्र जोडिएको थियो ताकि दिमागको शन्देस स्टिल र टिटानद्धारा बनाइएको खुट्टासम्म पुगोस् । उनिमा लगाइएको यो रोबोट ५० किलोको थियो ।
उक्त सहयोगी रोबोट अमेरिकामा शोध गर्दै रहेका ब्राजिलका बैज्ञानिक मिगुयल निकोलाइस् र जर्मनीको म्युनिक बिश्वबिद्यालयमा शोध गर्दै रहेका अस्ट्रेलियाका बैज्ञानिक गोर्डोन चेंगले बनाएका हुन् ।
उनिहरुका अनुसार उक्त रोबोटको सहयोगबाट ४५ मिलीसेकेण्ड भित्र दिमागको शन्देस खुट्टासम्म पुर्याउन सफल भएको थियो । यो टेक्निक खासगरी दिमागको शन्देस शरीरका अन्यभाग सम्म पुर्याउने उद्धेश्यले बिकाश गरिएको हो तर ती दुइ बैज्ञानिकहरुका लागि भने झन ठुलो चुनौती देखा परेको छ । त्यो हो जव सम्म यो टेक्निकलाइ मानिसले आफ्नो नियन्त्रणमा राखेर उपयोग गर्दछन् तबसम्मत ठीक रहला तर जव यो टेक्निकले मानिसलाइ उपयोग गर्न थाल्यो भने सुरक्षाका निम्ति निर्मित हातहतियार र बम आदीले आज बिश्व तहसनहस पारे जस्तै यसको गलत प्रयोगले समाज तहस नहस पार्न कत्तीबेर लाग्ने छैन ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *