युरोपले भोट हाल्योः तेलमा आगो लागेपछि

EU Logo—शशी पौडेल
यसपालीको युरोपियन युनियनको संसदको निर्बाचनमा सोसल डेमोक्रेटहरु हल्का अगाडि बढेका छन् भने कन्जरभेटिभहरुको गठबन्धन पार्टी युरोपियन जन पार्टीले गत निर्बाचनको तुलनामा केही शिट गुमाए पनि पहिलो ठुलो पार्टीको दर्जा भने गुमाउनु परेन । तर युरोपका ठुला र शक्तिशाली मुलुकहरुमा भने अती दक्षिणपन्थीहरु बलियोगरी युरोपियन संसद भित्र पस्न सफल भएका छन् । यद्यपी युरोप भरका बामपंथीहरुले गत २००९को निर्बाचनको तुलनामा सात शिट थप हत्याउन सफल भए ।
बेलायतमा उग्र दक्षिणपन्थी पार्टी युकिप (युनाइटेड किंगडम इन्डिपेन्डेन्ट पार्टी) बलियो बन्न सफल भएको छ भने फ्रान्समा अति दक्षिणपन्थी पार्टी फ्रन्ट नेशनलिस्टले अन्य पार्टीहरुले भन्दा बढी भोट ल्याएर  फ्रान्सको संसदलाइ अव हल्लाइदिन्छौं भन्दै राष्ट्रपति फ्राँस्वाँ ओलाँलाइ असिना पसिना बनाएका छन् ।
युरोपले भोट हाल्यो । जव मारिने ले पेंग,(फ्रान्सको अति दक्षिणपन्थी पार्टी नेशनलिस्ट फ्रान्सकी नेतृ), अलेक्सीस् टिस्«पाट,(ग्रिकको अति बामपंथी पार्टी सिप्रासका नेता), अनि  बेपेन ग्रिलो(इटलीको सिद्धान्त बिहिन पार्टी फाइभ स्टार मुभमेन्ट)  र नाइजेल फराजे, बेलायतको उग्र दक्षिणपन्थी पार्टी युकिप (युनाइटेड किंडम इन्डिपेन्डेन्ट पार्टी) ब्यक्तिहरु युरोपियन युनियनको संसद भित्र पस्न सफल हुन्छन् र राजनितीलाइ अति उग्रता तिर धकेल्दै लैजान्छन् भने समग्र समाज सतर्क हुनु पर्दछ । यदि फ्रान्सको राजनितीको कुरा गर्नेहो भने फ्रान्सको इतिहाँसमा यो भन्दा दुख लाग्दो अवस्था के हुनसक्छ ? यो निर्वाचन परिणाम फ्रान्सका लागि अठारौं सताब्दीमा फ्रान्समा राजतंत्रको समाप्ती पछि अथवा फ्रान्स रेभुलुसन पछि भएको समाजबादी आन्दोलनमा आएको चुनौती मान्नु पर्दछ । मारिने ले पेंगले अव फ्राँन्सको संसद हल्लाउने धम्की ब्यक्त गरिसकेकी छन् । यद्यपी उनि फ्रान्सको संसदको निर्बाचनमा बिजयी नभै युरोपियन युनियनको संसदकालागि बिजयी भएकि हुन् । उनको पार्टी फ्रन्ट नासिओनाल युरोपियन संसदको निर्बाचनमा फ्रान्समा पहिलो पार्टी बनेको छ भने बर्तमान सत्ताधारी पार्टीले पन्द्र प्रतिशत भोट प्राप्त गर्न सकेन । यद्यपी जर्मनीमा पनि उग्र दक्षिणपन्थी पार्टीले सात शिट प्राप्त  गरेका छन् । तर जर्मनीको सत्ताधारी पार्टीहरुले दुबैको गरी ६३ प्रतिशत मत प्राप्त गरे ।
युरोपियन युनियनको निर्बाचनलाइ समग्रतामा हेर्नेहो भने आशा भन्दा बढी निराशा देखा पर्यो । तेलमा आगो लागे जस्तै समग्र युरोपमा डडेलो लाग्यो । मतदाताहरुको उपस्थिती भिन्न भिन्न रह्यो । पोलैण्का कतिपय मतपेटिका रित्तै फर्के । बेलजियमका कतिपय मतपेटिका भने अटस् मटस् भए । पचहत्तर प्रतिशत भन्दा बढी मत खसेर त्यहाँका कन्जरभेटिभ पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताहरु भने प्रफुल्ल मुदामा टिभीको क्यामरा सामु उभिएका थिए । यस्तै जर्मनी जहाँको इतिहाँसमैे कम मतदाता उपस्थित हुने मानिन्छ त्यहाँ पनि झण्डै पचास प्रतिशत भोट खस्यो ।
पोलैण्ड युरोपियन युनियनको कान्छा सदस्यहरु मध्यको एक हो । यसले सदस्यता लिएको दश बर्ष पुरा भएको छैन । यस पटक यसले युरोपियन युनियनको संसदको चुनावमा दोस्रो पटक भोट खसालेको हो । पोलैण्ड युरोपियन युनियन भित्र पोष्ट कम्युनिष्ट भित्रको एउटा शक्तिशाली राज्य मानिन्छ ।  र यसपाली पोलैण्डबाट बामपंथी शक्ति अग्रपंतीमा आउने अनुमान गरिएको थियो । तर त्यसो हुन सकेन किन भने एक पक्षका अनुसार बामपंथी शक्तिहरुले मतदाता परिचालन गर्न नसकेको र अर्को तर्क युक्रेनको बर्तमान समस्या पनि जिम्मेवार रहेको बताइन्छ ।  राजनैतिक बिस्लेषकका अनुसार  युक्रेनको आन्तरिक मामलामा अहिले युरोपियन युनियनले खेलेको युक्रेनी बिरुद्धको राजनिती जिम्मेवार रहेको बताउछन् । पोलैण्को दक्षिण पश्चिमी सिमा युक्रेनसंग जोडिएको छ । त्यतिमात्र नभएर युरोपियन युनियन र रुस बीचको तनाव पनि यसको अर्को कारण बताइन्छ । पोलैण्डबाट युरोपियन युनियनको संसदको निर्बाचनमा पच्चीस प्रतिशत मतदाता मतदान केन्द्रमा नपुग्नु पुर्बी युरोपको युरोपियन युनियनलाइ एक झापड भएको तर्क गर्नेहरुको संख्या पनि निकै रहेको छ । किनभने युरोपियन युनियन भित्र पोलैण्डलाइ राजनैति र राजनैतिक सिद्धान्तको धनी मानिन्छ । जसरी जर्मनीलाइ आर्थिक शक्तिशाली मानिन्छ । यदि बेलायतबाट युरोपियन युनियनको निर्बाचनमा मतदाताहरु भोट खसाल्न आएनन् भने त्यसलाइ बिश्व राजनैतिक बजारमा कुनै अनौठो मानिदैन । किन भने बेलायतका झण्डै दुइतिहाइ जनसंख्या युरोप बिरोधी राजनितीमा संलग्न रहेको मानिन्छ । स्वयं बर्तमान सत्ताधारी पार्टी मध्यको दाजु कन्जरभेटिभ पार्टीको ठुलोपंती युरोप बिरोधी भनेर बुझिन्छ । यस्तै यसपालीको निर्बाचनमा बलियो बिजयी प्राप्त गर्ने पार्टी युकिपनै युरोप समर्थक होइन । यसले पटक पटक युरोप बिराधी नारा लगाउदै आएको हो । त्यसैले के कुरा बुझ्न कठिन पर्दैन भने बेलायत अहिले युरोप बिराधी पंतीमा उभिएको छ ।
पोलैण्डले युरोपियन युनियनको सदस्यता प्राप्त गर्नु अघि गरेको संघर्षको अवलोकन गर्ने संसारभरका पुजीबादीहरुले “एक अनुकरणीय कदम” भनेका थिए । तर अहिले पुर्बी युरोपको समाजबादी ब्यबस्थाको अन्त पछि जन्मेको पुस्ता जो यसपाली पहिलो पटक भोट हाल्न वालिग भएका थिए, उनिहरुको पाँच प्रतिशत संख्या पनि मतदान गर्न उपस्थित नभएबाट त्यहाँ ठुलो निराशा पैदा भएको छ । पोलैण्डले बहुसंख्यक युबाहरुलाइ रोजगारी दिन सकेको छैन । त्यहाँका बेरोजगार युवाहरुले पोलैण्डमा रोजगारी पाउन नसक्नु युरोपियन युनियनको गलत रोजगार सम्बन्धी निती रहेको आरोप लगाउछन् ।
समुद्रको किनारमा रहेको एउटा सानो मुलुक बेलजियममा तीन चौथाइ भन्दा बढी मतदाता मतदानकेन्द्रमा उपस्थित हुनुलाइ भने स्वभाबिक मानिएको छ किनभने बेलजियममै यसको राजधानी रहेको छ । युरोपियन युनियनको गठन र यसको राजधानी ब्रसेल्समै रहेको दिनदेखि बेल्जियमको प्रतिब्यक्ति आय ह्वात्तै बढेको हो । बेल्जियमलाइ युरोपियन युनियनबाट राजनैतिक रुपमा सुरक्षा र आर्थिक रुपमा मलजल मिल्दै आएको छ । त्यति मात्र नभएर यसले त्यहाँबाट जेसु क्राइष्टको नाममा बिश्वभर साम्राज्य फैलाउदै आइरहेको छ ।
फ्रान्समा फ्रन्ट नेशनल  पार्टीले सवभन्दा बढी शिट जित्न सफल भएको छ । निर्बाचनको परिणाम आउनासाथ पार्टी नेतृ मारिने ली पेगंले “हाम्रो जीत यो ब्यवस्थाको बिरुद्धको जीत हो” भन्दै आफ्ना कार्यकर्ताहरुलाइ उक्साएकि छन् । “यो ब्यवस्था” भन्नुको उनको अर्थ फ्रान्समा युरोपियन युनियनको बाहुल्यता भएको वा फ्रन्समा सोसल डेमोक्रेटिक चिन्तमको बिकाश यी दुइ मध्य कसलाइ चेतावनी दिएकि हुन् त्यो भने यी पंतीहरु तयार पार्दा सम्म प्रश्ट पारेकि छैनन् । उनले निर्बाचन प्रचार प्रसार क्रममा भने “ब्रसेल्सको तानाशाही बिरुद्ध” भन्दै भाषण गरेकी थिइन् ।
उनले आफ्नो जीत पछि पत्रकारहरुसंगको एक अन्तवार्तामा भनिन् “अव मैलै कन्जरभेटिभ र सोसल डेमोक्रेटहरुलाइ लोप्पा खुवाउने छु । अनि पाँचौ पटकसम्म ब्रसेल्समा सत्ता ओगटेर बसेकालाइ बढार्ने छु ।”
उनको यस प्रकारको उत्तेजीत अन्तरवार्ता पछि फ्रान्सको राजनैतिक वाताबरणमा निराशा छाएको  कुरा अन्तरराष्ट्रिय राजनैतिक पर्यबेक्ष्यकहरुले बताएका छन् । सारब्रुकन युनिभर्सिटी, जर्मनीका  राजनैतिक शास्त्रका एक प्राध्यापकका अनुसार “मारिने ली पेंगको यो सिस्टम बिरुद्धको लडाइ”मा भएको जीतले दुइ तिहाइ फ्रेन्च नागरिकहरुमा निराशा पैदा गरेको छ । एकातिर राष्ट्रपति फ्राँ स्वाँ ओलाँ प्रति  बिश्वासको संकट पैदा हुदै जानु अर्को तिर मध्य दक्षिणपंथी कन्जरभेटिभ शक्तिहरु सुस्त हुदै जानु र बामपंथी शक्तिहरुले बर्तमान अवस्थामा देखा परेका समस्याहरु जस्तै बढ्दो युवा बर्गमा बेरोजगारी, दैनिक उपभोग्य बस्तुमा बढ्दो मूल्यबृद्धी र आवासभवन बारेका समस्याहरुको समाधान गर्ने खालका कार्यक्रम अघि सार्न नसक्नु फ्रेन्चहरुको निराशाको कारण बनेको छ ।”
झण्डै यस्तै समस्या बेलायतमा पनि पलाएको हो । बर्तमान मिलिजुली सरकारको संचय कार्यक्रमका कारण युवा बेरोजगारी बढेको र संकट पैदा भएको बताइन्छ । दैनिक उपभोग्य बस्तु र इन्धनमा भएको मूल्यबृद्धीले मजदुरबर्गहरुमा मात्र होइन  सेमी स्किल कामदाहरुमा समेत प्रतिकूल प्रभाव पारेको छ । त्यस बाहेक नाइजल फाराजेले निर्बाचन प्रचारक्रममा पूर्बी युरोपबाट बेलायत पसेका युवाहरुले सस्तोमा काम गरिदिएकाले बेलायती युवाहरु बेरोजगार हुनु परेको भन्ने नारा लगाएर बेलायती बेरोजगारहरुको भोट तानेको कुरा समेत राजनैतिक पर्यबेक्ष्यकहरुले बताएका छन् ।
फ्रान्समा जनताबाट अप्रिय बनेका राष्ट्रपति फ्राँ स्वाँ ओलाँ, बेलायतमा जनताबाट अप्रिय बनेका डेभिड क्यामरोन र निक ल्केगका कारण अति दक्षिणपंथीहरुले औला ठड्याउने मौका पाएका हुन् भन्दा अत्युक्ति हुने छैन । किनभने जनताले नाइजल फाराजे र लि पेंग जस्ता उग् दक्षिणपंथीहरुले युरोपको हित हुने काम गर्लान् भनेर भन्दा पनि फ्राँ स्वाँ ओलाँ, डेभिड क्यामरोन र निक ल्केगका बिरुद्ध औला ठड्याएका हुन् भन्ने बुझ्न कठिन छैन । अथवा जव तेलमा आगो लाग्छ तव के के डडाउछ ? केही बाँकी राख्ने छैन । संसार भरका जनता बिकल्पको खोजीमा छन्, बामपंथी शक्तिहरुले बिकल्प दिन सकिरहेको छैन । यस्तो अवस्थामा जो जसलाइ अझ पनि बामपंथी शक्ति प्रति बिश्वास छ उनिहरुले बामपंथी शक्तिहरुलाइ भोट खसाले यात घरै बसे । तर जो जसले बर्तमान सरकारका बिरुद्ध औला ठड्याउन चाहे उनिहरुले नाइजल र मारिनेलाइ छाने । पोलैण्डका मतदाताहरुको निस्क्रियता, फ्रान्स र बेलायतको निर्बाचन परिणामले उक्त तर्कलाइ मलजल दिने मात्र नभै दिनको घाम जत्तिकै छर्लंग पारेको छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *