एनआरएनएको अर्को कुम्भ मेला

NRN Logo-रोशन राइ
गत हप्ता जापानमा एनआरएनएको आठौं क्षेत्रीय भेला सम्पन्न भएको छ । त्यहाँ आउने जमात करिब २ सयको हाराहारीमा थियो । सहभागि व्यक्तिहरुकोबीचमा आफूले बोकी ल्याएको हरियो नेपाली पासपोर्टलाई जापानी अध्यागमन विभागको कठोर निगरानीप्रति उदेकलाग्दो चर्चा भएको थियो । कार्यक्रमको सञ्चालनदेखि अन्तिमसम्म लाग्दथ्यो कि एनआरएनए जापानको कार्यसमितिको औचित्य र उनीहरुको क्षमतालाई  केन्द्रले चुनौती दिँदै सायद असक्षमताका कारणले होला– न त त्यहाँका महासचिव न त त्यहाँको अध्यक्षको कुनै भूमिका रह्यो । Continue reading

पुटिन रोएको एक दृश्य

Vladimir Putinसर्व साधारण जनताको आँसुको मूल्य हुदैन । संसारमा करोडौं मानिस सत्ताधारीहरुले दिएको पिडाका कारण रोए, रोइरहेका छन्, लाखौं लिटर आँसु बगाए, बगाइरहेका छन् तर त्यसको मूल्य वा त्यसको लेखा जोखा भने कसैले गरेन । तर रसियन राष्ट्रपति ल्भादमिर पुटीन गत तीन सेप्टेम्बरका दिन रोएको दृश्य भने संसारभर देखाइयो । Continue reading

कहिले सासुको पालो कहिले बुहारीको पालो

Second world warराजनितीमा पनि यस्तै हुंदो रहेछ कहिले सासुको पालो कहिले बुहारीको पालो । गत आइतबार जर्मनीको एउटा राज्य साक्सनको संसदीय निर्बाचनमा अचानक गत दुइबर्ष अघि मात्र गठित अति दक्षिणपन्थी चिन्तक पार्टी अल्टरनेटिभ फर जर्मनी नामक पार्टीले दश प्रतिशत भन्दा वढी भोट ल्याएर चौथो ठुलो पार्टी बनेको छ । यस्तै जर्मनी एकता भएदेखि अर्थात बिगत २४ बर्ष देखि लगातार राज्यसंसदको प्रतिनिधित्व र मिलिजुली सरकारको कान्छो भाइका रुपमा स्थापित उदारबादी शक्तिहरुको पार्टी स्वतन्त्र डेमोक्रेटिक पार्टी पहिलो पटक संसदबाट बाहिरिएको छ । पहिलो बिश्व युद्ध छेडिएको एकसताब्दी र दोस्रो बिश्वयुद्ध छेडिएको ७५ बर्ष भएको बेला नाजी चिन्तनको नजिक रहेको पार्टीले दश प्रतिशत भन्दा माथी भोट ल्याएर राज्यसंसद भित्र पस्नुलाइ बिश्व राजनैतिक चिन्तकहरुले अर्थपूर्ण रुपमा हेरिनु स्वाभाबिक हो । Continue reading

धर्म ब्यापारिक केन्द्र बनेपछि

Religion-शशी पौडेल
साँचो अर्थमा धर्म भनेको यस्तो बिश्वास हो, जसलाइ अरु कुनै पनि लोभ, लालचले हल्लाउन सक्तैन । धर्म प्रतिको बिश्वासले संसारमा हज्जारौं पटक नरसंहार भएका छन् । र त्यसको क्रम जारी छ । भारतवर्षमा भएका रामचन्द्र र रावणबीचको युद्ध, महाभारत युद्ध र अहिलेसम्म जारी काश्मिर वा भनौ अयोध्यापुरी । ११रौ सताब्दीको अन्ततिर रोम इसाइहरुका युद्धनायकहरु युद्ध गर्दै संसार चाहार्न थाले । युरोपमा भएका ३० बर्षे युद्ध देखि अन्य अनगिन्ती युद्धहरु, खाडी क्षेत्रमा भएका र हुदै आइरहेका नरसंहार । चाहे खुमेनी भन्नुस चाहे अल का इदा वा ओसामा बीन लादेन वा अहिले भैरहेको इस्लामिक स्टेटका लागि युद्ध । Continue reading

क्रेडिट–कार्ड : श्रीखण्ड कि खुर्पाको बिंड ?

Govind-Belbase– गोविन्द बेल्वासे

अहिलेको समाजमा क्रेडिटकार्ड कुनै नौलो विषय होइन। तर कहिले श्रीखण्ड जस्तो काम गर्छ यसले, त कहिले खुर्पाको बिंडसरी। कहिले नसोचेको चर्को ब्याज तिराउँछ यसले, त कहिले ‘चलाउँ कि नचलाउँ’ भन्ने पनि बनाउँछ। क्रेडिटकार्डलाई चलाउन जान्दा घाटै नहुने केवल सुविधामात्र पाउने श्रीखण्ड जस्तो बासनादार फाइदा हुन्छ भने चलाउन नजाने ‘काउछो’सरी चिलाएर उकुत नै जन्माउन बेर मान्दैन। यसका सम्बन्धमा सबैसंग आ–आफ्ना अनुभव होलान नै। मैले भोगेका यस सम्बन्धी तीता–मीठा अनुभव छलफल गर्दा राम्रो हुन्छ कि भनेर लेख्दैछु । म कुनै अर्थशाष्त्री पनि होइन र यसको विशेषज्ञ पनि होइन, तर पनि मेरा अनुभव बताउँदा घाटा के नै लाग्ला र ? अरुले यसबाट लिएका फाइदा जान्दा पनि राम्रो र कहिलेकाही नमीठो पारेको कारण थाहा पाएर सतर्क हुँदा पनि फाइदै होला । Continue reading

अमेरिकाः बिभाजित मुलुक

Ferguson Voilence—शशी पौडेल
अमेरिकाको फेरगुसनमा केहिदिन यता देखिएका तस्वीरहरुलाइ नियालेर हेर्ने हो भने अहिले पनि अमेरिकामा रंगभेदको गन्धमात्र होइनकि रंगभेदका कारण त्यहाका जनता पिडित रहेछन् भन्ने बुझ्न कठिन पर्दैन । १४ सेप्टेम्बर २०१३का दिन नर्थ कारोलाइनको चारलोटे भन्ने ठाँउमा  गोरे प्रहरीहरुले एक २४बर्षीय कालाजातीको निहत्ता युबकलाइ गोली हानेर मारे । प्रहरीले उसको शरीर १०वटा गोलीले छिया छिया पारे । के तपाइहरुले यो समाचार सुन्नु भएको थियो ? मैले त त्यतिबेला सुनेको थिइन । Continue reading

के युद्ध नहुन सम्भव छ ?

Zemanta Related Posts Thumbnail-शशी पौडेल
अव बिस्तारै मानवजातीको मन धर्मराउन थालेको छ । इजरायलले गाजामाथी बम फाल्न छोडेको छैन । युक्रेनको आकाशमा हवाइजहाज क्ष्यत बिक्ष्यत पारिन्छ । आफुलाइ राष्ट्रबादी भन्न मन पराउने रसियन एउटा समुहले तेस्रो बिश्वयुद्धको सपना देखिरहेका छन् ।
युद्ध, युद्ध, र फेरी पनि युद्ध । मध्य पूर्ब र बिश्वका अन्य कुना काप्चाका मुलुकहरुमा एक पछि अर्को गर्दै युद्धले खाइरहेको छ । पश्चिमेलीहरु चीनमाथी बिषबमन गर्दछन् । उता युक्रेनले आफ्नो कालो छाँयाँ युरोपमाथी फैलाइ रहेको छ । इन्टरनेशनल इन्स्टिच्युट फर इस्ट्राटजीको एक अध्ययन अनुसार बिश्वभर अहिले ४१ हात हतियार सहितका युद्धहरु भैरहेका छन् । र अहिले लाग्छ हरेक हप्ता नयाँ युद्धको शुरुवात हुदै छ । युक्रेन, सिरिया, इराक, यमन, लिबिया, नाइजेरिया, र अहिले नयाँ इसरायल र प्यालेस्टीना । Continue reading

आईएसआईएस इराकीहरुको मुक्तिदाता ?

Bashu Mishra-बाशुदेब मिश्र
१० जून २०१४ को दिन इराक को दोस्रो ठुलो शहर मोसुल माथि कब्जा जमाए पछि आईएसआई/एसआईएसआईएल (Islamic State Of Iraq & Syria / Islamic State Of Iraq & the Levant ) एकाएक चर्चाको शिखरमा पुग्यो । यद्यपि पश्चिमी संसारका नीति निर्माताहरु, अरब जगतका शासकहरु र मुख्य मुख्य देशका इन्टेलिजेन्स एजेन्सीहरुलार्ई आईएसआईएस को हुन् भन्ने थाहा भएको भएता पनि संसारभरिका सर्बसाधारणहरुमा दुइ देश (सिरिया र इराक ) लार्ई एकैसाथ हल्लाउन सक्ने त्यो कुन शक्ति हो र कहाँबाट संचालित छन् भन्ने कौतुहलता जागेको छ । विशेष गरी राजनीतिले अत्यन्तै ग्रस्त हाम्रो जस्तो तेस्रो विश्वको समाजमा घटनालार्ई निरपेक्ष ढंगले लिइन्छ, एकांगी तवरले केलाईन्छ, Continue reading

“लास्टै सेन्टी बनायो गाँठे मोदिले”

Namo-Quotes-7-शशी पौडेल,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपालीहरुमा एक प्रकारको खैला बैला मच्चायो ।
फेसबुकका भित्ताहरु मोदीको पक्षमा रंगिए । भारतलाइ गालीगर्न खप्पीस नेताहरुलाइ पनि एकक्षेण भए पनि चुप लगायो । मोदी आउदा कालो झण्डा देखाउने भनेर कम्मरमा सेतो पटुका बाँधेकाहरुले पनि पटुका खोलेर त्यसैलाइ टाउकोमा बाँधेर स्वागत गर्नेहरुको लाममा उभिए । आफुलाइ निकै बुद्धीजिबी डाक्टर साहेव भन्न मनपराउने एक मन्त्रीले प्रधानमन्त्रीको कठालोमा समातेर पछि हटाएर आफु अग्रपंतीमा जाने प्रयास समेत गरे । धन्य चाटुकार डाक्टर मन्त्री  । Continue reading