बिश्वमा खाद्य संकट

– शशी पौडेल
संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार हरेक बर्ष  खाद्य वस्तु महंगिने गरेको छ । खाद्य वस्तुको महंगाईले खास गरी संसारका गरिब परिवारहरुलाई असर पारिरहेको छ । खाद्य वस्तुहरु मध्ये खास गरी गहु“, मकै, दुग्ध उत्पादन, माछा, मासु र चिनी जस्ता कुराहरुको मूल्य १९९० यताको इतिहासमै सव भन्दा मह“गो भएको बताइएको छ ।

‘हामी अव खतरनाक अवस्था तिर प्रवेश गर्दै छौं ।’ उक्त कुरा संयुक्त राष्ट्रसंघका खाद्य एवं कृषिजन्य उत्पादन सम्बन्धी संस्थाका प्रमुख अर्थशास्त्री अब्दोलरेजा आवासिआनले गत बर्ष भनेका हुन् ।
हुनत गत २०१० साल देखि खाद्य पदार्थको मूल्य बढेको कुरा बताईको हो । चिनी जन्य पदार्थ गत बर्ष २०११को तुलनामा अहिले झण्डै दोब्बर मूूल्य पुगेको छ । यस्तै मासुको मूल्य गत २०११ सालको तुलनामा एक चौथाई अर्थात २५ प्रतिशत बढेको बताइएको छ । चिनी जन्य एवं मासुमा भएको मूल्यवृद्धीले युरोपका अन्य मुलुकहरुको तुलनामा बेलायतलाई सवभन्दा बढी असर पारेको छ । किनभने वेलायतमा लगभग ६८ प्रतिशत खाना मासु जन्य पदार्थबाट तयार पारिएको हुन्छ । वेलायतमा गत नोभेम्बर देखि क्रिसमस वेलासम्म भएको मूल्य वृद्धिले अहिलेसम्मको वेलायतको इतिहासमै एक रेकर्ड कायम गरेको छ । मध्य नोभेम्बरदेखि मध्य डिसेम्बरसम्म फलपूmूलको भाउमा झण्डै आठ प्रतिशत बढेको थियो भने मासुजन्य पदार्थको झण्डै दश प्रतिशत ।

गत जनवरी र फेब्रुअरीमा गहू जन्य पदार्थमा भएको मूल्य वृद्धिले संसारभर अहिले पास्ता, पाउरोटी र विस्कुटहरुको मूल्य पनि वृद्धि भएको छ । युरोपभरका सरकारले भने खाद्य वस्तुको मूल्य वृद्धि भैरहेको वेला तलव एवं वेलफेयर सुविधामा कट्टा गर्ने गरेको निर्णयले उपभोक्ता खास गरी गरीब उपभोक्तालाई दोहोरो मार परेको छ । बेलायतको कुरा गरौं हिजो १० पाउण्डले किन्न सकिने वस्तुलाई अहिले १५ पाउण्ड पर्ने भयो एकातिर भने अर्कोतिर सरकारी वचतको कार्यक्रमले १० पाउण्ड कमाउनेहरुले अहिले ८ पाउण्ड कमाउने भएका छन् । यसरी प्रत्यक्ष पर्न गएको नकारात्मक असरले युरोपमा अपराध बढ्न सक्ने सम्भावना भएको कुरा अपराधशास्त्रीहरुले बताएका छन् ।

खाद्य वस्तुको मूल्य वृद्धिका कारण वैंकमा डिपोजिट हुन सक्ने पु“जी बैक तर्फ नगै उपभोक्ताले सिधै खर्च गर्ने हु“दा बैंकहरुलाई समेत नकारात्मक असर पर्न गएको छ । यो अवस्थाबाट मुक्त हुन र बैंकलाई सुचारु संचालन राख्न बैंक अफ इङ्गल्याण्डले व्याजदर बढाउने सम्भावना देखिएको छ । यदि व्याजदर बढेको खण्डमा सायद मूल्यवृद्धिमा केही सन्तुलन आउन सक्ने सम्भावना अर्थबिदहरुले बताएका छन् । तर बैंक अफ इङ्गल्याण्डको व्याजदर बढेमा घरको मोर्गेज वृद्धिले निम्न मध्यमवर्गहरुलाई ठूलो मार पर्नेछ । खाद्य पदार्थको मूल्य बेलायतमा मात्र वृद्धि भएको नभएर विश्वभरीका जनता यस पटकको मूल्यवृद्धिको मारमा परेका छन् ।

संसारका मुलुकहरुमा खाद्यान्न सवभन्दा सस्तो मानिने देश चीनमा पनि गहु“ एवं मकैबाट तयार पारिने खाद्यान्नमा एकदेखि सात प्रतिशत बढेको बताइएको छ । मूल्य वृद्धिले अझ खास गरी विकाशोन्मुख मुलुकहरुमा बढी नकारात्मक असर परेको र ती मुलुकहरुमा भुखमरीबाट मर्ने संख्या दोब्बर हुने अनुमान गरिएको छ ।

यसरी खाद्य पदार्थको मूल्य ह्वात्तै बढ्नुको कारण विश्वमा जनसंख्या वृद्धि हुनु र खाद्य पदार्थ उत्पादनमा ¥हास आएको बताइएको छ । १९९९ मा अनुमान गरिए अनुसार ५ विलियन विश्व जनसंख्या पुग्ने भन्ने थियो तर अहिले विश्वमा सात विलियन जनसंख्या पुग्न थालेको छ । आगामी २०५० सम्ममा नौ विलियन विश्व जनसंख्या पुग्ने अनुमान गरिएको छ तर खाद्य पदार्थ उत्पादन गर्ने जमिन जति आज छ र २०५० सम्म पनि त्यति नै रहने छ । त्यति मात्र नभएर वातावरणीय प्रदुषणका कारण बेला बेलामा हुने प्राकृतिक प्रकोपले खाद्य पदार्थ उत्पादनमा क्षति पु¥याउने पनि बताइएको छ । मानव जातीले अनुमान गर्न सक्ने भन्दा बढी प्राकृतिक आपद, बिपद आइपर्ने कुरा विज्ञहरुले समेत स्वीकार गरिसकेका छन् । यसरी वातावरण परिवर्तनले पनि खाद्य पदार्थ उत्पादनमा ह्रास आउने गर्दछ । जस्तै मासु जन्य पदार्थ उत्पादनका लागि जनावर हुर्कन र बा“च्न सक्ने तापक्रम र वातावरण मिल्नु पर्दछ । खाद्य पदार्थको भाउ अहिले बढेको भन्दा पनि आगामी दिनमा अझ माथि जान सक्ने सम्भावना विज्ञहरुले बताएका छन् ।

संसारको सवभन्दा ठूलो भूमि भएको मुलुक रसियामा यसवर्ष धेरै चिसो भएका कारणले गत नोभेम्बरमा छरेको गहु“को वीउ मरेर गहु“बारी बा“झै रहेको बताइएको छ । यस्तै यूक्रेनमा पनि सोही समस्या आइपरेको छ । उक्त समाचार फैलिनासाथ विश्वमा खाद्यान्न निर्यात गर्ने मुलुक भारतले खाद्यान्न निर्यातमा प्रतिवन्ध लगाएको छ । भारत सरकारले जवसम्म भारतका जनतालाई पर्याप्त खाद्यान्नको व्यवस्था हु“दैन तवसम्म खाद्यान्न निर्यात बन्द गर्ने निर्देशन जारी गरेको छ । भारतको यो निर्णयले रसिया निकै चिन्तित बनेको छ ।

यता अमेरिकाले भने किसानहरुलाई वायो आयल उत्पादन गर्ने अनुमती दिएर खाद्य पदार्थको उत्पादनमा घना ह्रास आएको छ । अमेरिकी किसानहरु वायो आयलको उत्पादनबाट खाद्य पदार्थ उत्पादनबाट भन्दा बढी रकम आम्दानी गर्न सकिने भएकाले यस तर्फ आकर्षित हु“दै गैरहेका छन् । अमेरिकाको वायो आयल उत्पादन गर्ने नीति भएबाट अरब विश्वमा फेरी अर्को चिन्ता पलाएको छ । आफ्नो जमिन मुनीबाट उत्पादित तेल वेचेर खाद्य पदार्थ खरिद गर्ने मुलुकहरु आफ्नो कच्चा तेलको मूल्यमा सून्य दशमलव पा“च प्रतिशत अर्थात आधा प्रतिशत वृद्धि गर्ने निर्णय गरेका छन् । अन्यथा आफ्नो तेल सस्तोमा जाने र खाद्य पदार्थ आयात गर्दा मह“गो पर्ने हु“दा राष्ट्रिय कोषमा धक्का पर्ने वताँउछन् उनिहरु । यति हु“दाहु“दै पनि इराक वाहेक साउदी अरब, कतार र कुवेतले आयात गरिएको खाद्य पदार्थमा सरकारको तर्फबाट सट्टा भर्ना गर्ने गर्दछन् ।

२००८ सालमा मात्र म्याक्सीको, इन्डोनेसिया, इजिप्ट, कामरोन र हाइटी जस्ता मुलुकहरुमा प्राकृतिक प्रकोपका कारण सधै उत्पादन हुने खाद्य पदार्थको ६० प्रतिशत पनि उत्पादन गर्न असमर्थ रहे । अर्को तिर पूर्वी एसियाका जनताहरुले परम्परागत खाना नखाई पश्चिमेली खानाबाट बढी आकर्षित भएका कारणले पनि गहु“ र मासुजन्य पदार्थको मूल्य आकासिएको अनुमान गर्न सकिन्छ ।

पूर्वी एसियाका मध्यम एवं निम्न मध्यम वर्गहरुले खास गरी कुखुरा, हा“स एवं  मासु बढी खान थाले । जुन दोस्रो विश्व युद्धपछि यूरोपमा आकर्षित थियो । यद्यपी बिश्वमा कुखुरा, हा“स, सुंगुर, भेडा एवं गाईको उत्पादन गहु“, मकै एवं चामल भन्दा तीन गुना बढी हुने गरेको तथ्याङ्क पाइन्छ ।

संसारको सव भन्दा बढी जनसंख्या भएका र कृषि उत्पादनमा सवभन्दा अगाडि रहेका मानिएका मुलुकहरु चीन, भारत र ब्राजीलका जनता खेती किसानीबाट एकपछि अर्को गर्दै विमुख हु“दै गइरहेका छन् । यसको खास कारण  खेती किसानीबाट गरेको आम्दानीले जीविका चलाउन धौधौ हुने तर अन्य वन्द व्यापार, उद्योग धन्दाले आफू पनि छिटो धनी बनिने र राष्ट्रलाई कर पनि बढी बुझाइने भएबाट प्रत्यक्ष बढी राष्ट्रभक्त बनेको देखिने एकातिर भने अर्कोतिर आफ्नो मुलुकको आर्थिक अवस्थाको पनि प्रगति हुदै जाने भन्ने मनोविज्ञानबाट प्रेरित भएको पाइन्छ ।

जुन मुलुकहरु बढी गरिब छन् ती मुलुकहरुमा सवभन्दा कम कृषिजन्य उत्पादन हुने गरेको छ । त्यहा“को वातावरणले प्रतिकूल असर पारेर हो वा माटो अनुत्पादन मूलक भएर हो वा त्यहा“का जनताको मनोविज्ञान कृषि नगर्ने भन्नेबाट प्रेरित भएको हो , कृषिबाट बिमुख हुदै गइरहेका छन् । उनीहरुलाइनै अहिलेको खाद्यवस्तुको महंगाईबाट सब भन्दा बढी मार पर्ने परिरहेको छ  । जस्तै वंगलादेश, मोरोक्को, नाइजेरिया एवं नेपाललाई पनि खतरा मुक्त भन्न मिल्दैन ।

यसरी विश्वमा खाद्य वस्तु एका एक अपुग हुनु र किन्नै नसकिने गरी मह“गो हुनुका कारण प्राकृतिक प्रकोप मात्र नभै मानवीय स्वार्थ पनि लुकेको छ । यदि यसलाई एक एक गरेर हे¥यौ भने कहाली लाग्दो तस्वीर हाम्रो सामु उभिने छ । जस्तै अमेरिकामा खेतीजन्य उत्पादन गरिरहेका कृषकहरुलाई खाद्य पदार्थ उत्पादन नगरी वायो फ्यूल उत्पादन गर्न सरकारका तर्फबाट प्रोत्साहन गरिनु ।

ब्राजिल, भारत, चाइना, इन्डोनेसिया र रुस जस्ता मुलुकका बहुसंख्यक जनता गहु“ जन्य अन्न भन्दा बढी माछा मासु मन पराउनु र अन्न उत्पादनबाट विमुख हुनु । विश्व जनसंख्या अनुमानित भन्दा बढी ह्वात्तै बढ्नु जस्ता मानवीय कारण रहेको छ भने अस्टे«लियामा बाढी पहिरोका कारणले खेती र जनावर समेत नष्ट हुनु । रुस र यूक्रेनमा बढी चिसोका कारणले छरेको विउ मर्नु । प्रसान्त एवं हिन्द महासागरमा माछाको उत्पादनमा ह्रास आउनु, जस्ता प्राकृतिक कारण पनि खाद्य वस्तुको मूल्य वृद्धिको कारण बनेको छ ।

अमेरिकाले आफ्ना किसानलाई वायो फ्यूल उत्पादन गर्न प्रोत्साहन ग¥यो तर त्यसबाट आइपर्ने साइडइफेक्ट बारे बेलैमा सोच्न सकेन । सायद अमेरिकाको बिचारमा अमेरिकी जनतालाई त्यही फ्यूल वेचेर आर्जन गरेको पूजिले खाद्यन्न आयात गर्न पुग्छ भन्ने तथ्याङ्कबाट बिश्वस्त भएर होला । अर्कोतिर भारतले  चलाखीपूर्ण तरिकाले खाद्यवस्तु निर्यातमा रोक लगाई सकेको छ । त्यहा“का जनता पनि भोकै काममा जानु नपर्ला तर म्याक्सीको जहा“ पाउरोटीको अभावमा वर्षमा सयौ मर्ने गर्दछन् र त्यहा“को जनसंख्याको झण्डै दुई प्रतिशत हरेक दिन भोकै अथवा आधा पेट खाएर काममा जोतिन पुग्दछन् ।

हाइटी २०१०मा राजधानी पोर्ट औ प्रिन्समा ५ जनाले भोकका कारणले जीवनलिला त्यागेका थिए । त्यतिले नपुगेर भूइचालो समेतले त्यहा“को जनजीवनमा आतंक फैलीएको थियो ।

वंगलादेश संसारको गरीब मुलुक जहा“ धेरै जसो खाद्य वस्तु आयात गरेर ल्याउनु पर्छ । खाद्य वस्तुको मुल्य वृद्धि हुनु भनेको त्यहा“का जनतालाई कालले निम्ता गर्नु सरह हो । त्यहा“का झण्डै दश प्रतिशत जनता भोक भोकै दैनिक काममा जान वाध्य छन् ।

खाद्य पदार्थको मूल्यवृद्धिले अफ्रीकि मुलूकहरु  खासगरी मरक्को वंगलादेशपछि खतरनाक सावित भएको छ,  जहा“का जनता हरेक वर्ष भोकमरीमा पर्ने गर्दछन् ।
अमेरीका
वायो फ्यूल उत्पादन गर्न हैन, खाद्यान्न उत्पादन गर्न प्रोत्साहन गर ।

भारत
आफ्नै बन्धु बान्धव वंगलादेशमा भोकले मर्दैछन् , उनिहरुको सहयोगमा हात बढाउ ।

ब्राजिल, भारत, चीन, रुस
अन्न उत्पादन गर्न र अन्न खान नछोड, मासुले मात्र भोक मेटाउने चाहना जंगली जनावरले मात्र गर्दछन् ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *