नेपाल कम्यूनिष्ट आन्दोलनमा एमाले

– शशी पौडेल
संसार भरीकै कम्यूनिष्ट आन्दोलनलाई नियालेर हेर्ने हो भने टुट, फुट, ताना तान र चिरा चिरा भएको देखिन्छ । अझ अविकशित मुलुक जहा औद्योगिक क्रान्ति भइसकेको छैन, त्यहाको अवस्था झन नाजुक छ । औद्योगिक विकासमा कदम चालिसकेका मुलुकहरुमा पनि कम्यूनिष्ट आन्दोलन आफ्नो रफ्तारमा विकास हुन सकेन । यसका मूख्य कारणहरु हुन सक्छन् । मुलुक भित्र छिटो परिर्वतनको आवश्यकता र मुलुक वाहिर साम्राज्यवादी शक्तिहरुको “फुटाउ र राज्य गर” भन्ने नीति ।

First General Secretary of Communist Party of Nepal

कार्ल माक्र्स एंव फ्रेडरिक ऐगेल्सले भने झै समाजवाद अर्थात कम्यूनिष्ट व्यवस्था पूजीवादको गर्भवाट जन्मिन्छ भन्ने कुरा सोभियत रुसको अक्टोवर क्रान्ति र चीनिया लङमार्चले एक छलाङ मारिसकेको छ । छिमेकी मुलुक भारतको एक प्रान्त पश्चिम वंगालमा पनि जोति वसुको नेतृत्वमा कम्यूनिष्टहरुको प्रान्तीय सरकारले लामो समयसम्म राज्य ग¥यो । नेपालको सन्दर्भमा राणाहरुको कडा दमनका वावजूद गठित कम्यूनिष्ट पार्टीले विभिन्न काल खण्ड, उकाली, ओराली, टुट फुट आदिवाट गुज्रदै विगत १६ बर्ष अघि राजतन्त्रको अधिनमा रहेर सरकार गठन गर्ने मौका प्राप्त गरेको थियो । र अहिले सम्म आइपुग्दा पाँचवटा कम्यूनिष्ट प्रधानमन्त्री निर्वाचित भएका छन् ।
अहिले भन्दा ठीक एकसठ्ठी बर्ष अघि विसं २००६ सालमा कम्यूनिष्ट पार्टीको घोषणा–पत्र प्रस्तुत गरी पुष्पलाल, निरंजन गोविन्द वैद्य, नारायण विलास जोशी, दुर्गा देवि र नर बहादुर कर्माचार्यको पहलमा कम्यूनिष्ट पार्टी गठन भएको थियो । सो पार्टीले विसं २००८ सालको असोज महिनामा प्रथम राष्ट्रिय सम्मेलन गरी पुष्पलाललाई महासचिव पदमा निर्वाचित गरेको थियो ।
पार्टी सुचारुरुपले चलाउन र यसको विकासका निन्ति महाअधिवेशनको आवश्यकता हुने भएकाले विसं २०१० सालको माघमा प्रथम महाअधिवेशन सम्पन्न गरी नेपाल कम्यूनिष्ट पार्टीको महासचिवको जिम्मेवारी मनमोहन अधिकारीलाई सुम्पियो । कमरेड अधिकारी २०५१ सालमा अर्थात पार्टी गठन भएको ठीक पैतालिस बर्षपछि देशको पहिलो कम्यूनिष्ट प्रधानमन्त्री पदमा निर्वाचित भए । मनमोहन अधिकारीको नेतृत्वमा २०१२ साल कार्तिकमा पार्टीको राष्ट्रिय सम्मेलन पनि सम्पन्न भयो ।
अधिकारी महासचिव बनेको चार बर्ष पछि २०१४ साल जेष्ठमा दोस्रो महाअधिवेशन सम्पन्न गरियो । जसमा डा.केशर जंग रायमाझी महासचिव पदमा चुनिए । डा. केशर जंग रायमाझीको नेतृत्वमा पुष्पलाल, कृष्णराज बर्मा लगायत पोलिटब्यूरो सदस्य छानिए । डा.केशर जंग रायमाझी नेतृत्वमा आएपछि पार्टी भित्र विवादहरु देखा पर्न थाले । डा. रायमाझी अलि बढी रुसी नीति तिर ढल्केपछि पार्टीमा खास गरी तीन अलग अलग विचार देखा परे । पार्टी भित्र विचारलाई उकुस मुकुस हुन नदिने उद्देश्यले यसवारे गहन वहस छलफल गरी टुंगो लगाउन भनी वि.सं. २०१७ साल फाल्गुणमा भारतको दरभंगामा एक प्लेनमको आयोजना भयो । जुन नेपालको कम्यूनिष्ट आन्दोलनमा अहिले सम्म पनि दरभंगा ल्पेनमको नामले परिचित छ ।
विसं २०१७ साल पुस महिनामा स्व.राजा महेन्द्रले संसदीय व्यवस्थालाई विघटन गरी तत्कालिन प्रमं विश्वेश्वर प्रसाद कोइराला लगायत अन्य पार्टी नेताहरुलाई थुनामा राखी पंचायती व्यवस्था लागू गरे । स्व.राजा महेन्द्रको यस कदमलाई मस्को पुगेका डा.केशर जंग रायमाझीले रसियन दैनिक समाचार पत्र प्राम्दामा “संसदीय व्यवस्था भन्दा राजाको कदम नै स्वागतयोग्य” भनी अन्र्तवार्ता दिएपछि पार्टी भित्र अरु विवाद उठेको थियो ।
नेपाल कम्यूनिष्ट पार्टी भित्र तीन धुर्ववाट उठेको विवाद व्यवस्थापन गर्ने उद्देश्यले दरभंगामा एक विशेष वैठक ल्पेनम आयोजना गरिएको थियो । बैठकमा आफ्ना विचार स्वतन्त्ररुपले राख्न पाउने अधिकार खुला गरिएपछि डा.केशर जंग रायमाझीले वैद्यानिक राजतन्त्र र निर्देशित प्रजातन्त्रको पक्षमा मत राखे । उनको शब्दमा “संसदीय व्यवस्थाको स्थापना” भन्ने रह्यो ।
अर्कोतिर पुष्पलाल पक्षले “विघटित संसदको पुनस्थापनाको” विचार उठाए पुष्पलालका अनुसार विघटित संसदको पुनस्थापना गर्न नेपाली का“ग्रेससंग समेत संयुक्त मोर्चा हुनु पर्छ भन्ने मान्यता राखे । पुष्पलालका पक्षमा तुल्सीलाल आमात्य, शम्भू राम श्रेष्ठ र हिक्मत सिंह थिए ।
तेस्रो पंतीमा संविधानसभाको निर्वाचनको माग राख्दै मोहनविक्रम सिहं अगाडि उभिए । मोहन विक्रम सिंह संवैद्यानिक राजतन्त्र र विघटित संसदको पुनस्थापना दुवैको विरोधमा उभिए ।
बैठकमा मतैक्यता हुन नसके पछि प्लेनमले यी तीनवटै विचारमा मतदान गर्ने निर्णय ग¥यो । मतदान हुदा संसदीय व्यवस्थाको स्थापना, वैद्यानिक राजतन्त्र र निर्देशित प्रजातन्त्रका पक्षमा १७ मत परेको थियो । यद्यपी यस पक्षमा केन्द्रीय समितिको बहुमत रहेको थियो । विघटित संसदको पुनस्थापनाका निम्ति नेपाली का“ग्रेससंग संयुक्त मोर्चा हुनु पर्छ भन्ने पुष्पलालको पक्षमा भने जम्माजम्मी ६ वटा मतहरु परेका थिए । पार्टीको पकडको हिसावले तुल्सीलाल आमात्य, शम्भूराम श्रेष्ठ र हिकमत सिंह यो पक्षमा थिए ।
संविधानसभाको निर्वाचनको मागको पक्ष लिएर मोहन विक्रम सिंहको पक्षमा सबभन्दा बढी २८ मत परेको थियो । यद्यपी यो पक्षमा मोहन विक्रम सिहं वाहेक केन्द्रीय समितिका अन्य कोही थिएनन् ।
पहिलो निर्वाचनवाट मत मिलेन र विवाद झन चर्केर गयो । अनि ल्पेनमले त्यतिखेरै पुनः मतदान गर्ने निर्णय ग¥यो । दोस्रो पटकको मतदानमा क्रमशः १८, ५ र २५ मतहरु परे । उता डा.केशर जंग रायमाझीले प्लेनमको निर्वाचन परिणामलाई पार्टीले मान्नु पर्छ भन्ने कुनै वाध्यता छैन भन्दै आफ्नो विचारलाई अगाडि बढाए ।
विवादको टुंङ्गो नलाग्ने र सहमतिमा आउने संभावना कम देखेपछि विक्रम संवत २०१८ सालको भदौ महिनामा दरभंगा ल्पेनमका निर्णयहरु व्यवहारमा लागू गराउने उद्देश्यले अन्तरजोन समानजस्य समिति गठन गरियो । यो समितिको प्रमुख जिम्मेवारी तुल्सीलाल अमात्यले लिए ।
यसैवीच महासचिव डा.केशर जंग रायमाझीले पुष्पलाल, तुल्सीलाल र हिक्मत सिंहलाई समानान्तर केन्द्र खोलेको आरोपमा पार्टीवाट कार्यवाही गरी निष्काशन गरे ।
अर्को तिर निष्कासित पक्ष अर्थात पुष्पलाल पक्षले वि.स २०१९ सालमा पार्टी महाअधिवेशन गर्ने कुरा प्रकाशमा ल्याए । उक्त खुलासाको विरोधमा पार्टी केन्द्रिय कमिटीको तर्फवाट भन्दै कमर शाहले एक वक्तबय प्रकाशित गरी “घोषित अधिवेशन केन्द्रीय नेतृत्वका विरुद्ध षडयन्त्र हो” भने । तर उता अन्तरजोन सामन्जस्य समितिको आयोजनामा विसं २०१९ बैषाखमा तेस्रो महाअधिवेशन सम्पन्न भयो । यतिवेला कृष्णराज वर्मा जेलमा थिए । तुल्सीलाल अमात्य महासचिव निर्वाचित भएभने मनमोहन अधिकारी, कृष्णराज बर्मा, पुष्पलाल, हिक्मत सिंह भंडारी, मोहन विक्रम सिहं र कमल राज रेग्मी पोलिटव्यूरो सदस्यमा रहे ।
विसं २०१७ साल पौष १ गतेको स्व. राजा महेन्द्रको कदमलाई पार्टीले “अप्रजातान्त्रिक” कदम भनी घोषणा ग¥यो । उक्त अप्रजातान्त्रिक कदमलाई सघाएको आरोपमा अधिवेशनले डा.केशर जंग रायमाझी, शम्भूराम श्रेष्ठ, कमर शाह, डीपी अधिकारी र वीवी मल्ललाई पार्टीवाट निष्काशित गरेको प्रस्ताव पारित गरियो । यद्यपी यस अधिवेशनमा ल्याइएका राजनैतिक प्रतिवदेनमा पनि मतैक्यता रहेन । जम्माजम्मी तीनवटा राजनैतिक प्रतिवेदन ल्याइएको थियो । जसमा तुल्सीलालले सर्वसत्ता सम्पन्न संसदको स्थापनाको कुरा अगाडि सारे भने पुष्पलालले विघटित संसदको पुनस्थापनाको कार्यक्रम अगाडि सारे । यस्तै मोहन विक्रम सिंह र बलराम उपाध्यायले संयुक्तरुपमा संविधान सभाको निर्वाचनको कार्यक्रम अगाडि ल्याए ।
सन् १९६२ अर्थात विसं २०१९ देखि अन्र्तराष्ट्रिय राजनीतिले पनि नेपालमा एकखालको प्रभाव पार्न थाल्यो । चीनमा चीनिया कम्यूनिष्ट पार्टीले नौलो जनवादी क्रान्तिको रणनीति अख्तियार ग¥यो भने सोभियत संघले राष्ट्रिय प्रजातन्त्रको लाइन अगाडि बढायो । यसको प्रभाव नेपालमा पनि प¥यो र नेपाली कम्यूनिष्ट पार्टी भित्र स्पष्ट विभाजनका रेखाहरु देखिन थाले । पार्टी यतिहद सम्म विभाजन भयो कि केन्द्र र जिल्लावीच सम्पर्क टुट्दै गयो । विसं २०२३ सम्म आइपुग्दा पार्टी पूर्ण विभाजन भयो । विसं २०१५ सालको संसदीय निर्वाचनमा कम्यूनिष्ट पार्टीवाट निर्वाचित कमलराज रेग्मी र डीपी अधिकारीहरु पंचायतमा प्रवेश गरे ।
विसं २०२४ मा डा.केशर जंग रायमाझी पक्षले महाअधिवेशन गरी तुल्सीलाल महासचिव भएको पार्टीलाई उग्रवादी घोषणा ग¥यो । यो अधिवेशनवाट डा.रायमाझी महासचिव र पोलिटव्यूरोमा कमर शाह, कृष्ण राज बर्मा, कृष्ण प्रसाद श्रेष्ठ र विष्णु बहादुर मानन्धर छानिए । जेलमा रहेका मनमोहन अधिकारी र शम्भूराम श्रेष्ठलाई पनि केन्द्रीय सदस्य छानियो । यसरी नेपाल कम्यूनिष्ट आन्दोलन भित्र प्रष्ट दुई पार्टीहरु देखा परे ।
अर्को तिर विसं २००७ सालमा गठित जनआन्दोलन कमिटीले पनि विसं २०२२ सालमा भारतीय कम्यूनिष्ट पार्टीको सहयोगमा भारतको कटिहारमा सम्मेलन गरी स्वतन्त्र ढंगले चल्न थाल्यो । यता दाङ र प्यूठानमा पनि स्वतन्त्र प्रवृत्तिहरु देखा परे । अर्थात पार्टी भित्र भएको पूmट र विभाजनमा पार्टीका सबै तहमा ब्याप्त भयो । नौलो जनवादी क्रान्ति र राष्ट्रिय प्रजातन्त्रको विरोध गर्दै आएको डा.केशर जंग रायमाझीको पार्टीमा पनि विभाजन देखा प¥यो ।
बिसं २०२४ साल भदौमा पुष्पलाल समूहबाट छुट्टै पार्टी गठन गरी केन्द्रीय समिति निमार्ण गरेको घोषणा सहित “नेपाल पत्र” नामक मुख पत्र प्रकाशन गरे । जेष्ठ २०२५ मा यस समूहले भारतको गोरखपुरमा तेस्रो सम्मेलन गरी वेग्लै पार्टीको स्थापना भएको घोषणा ग¥यो । पार्टीको रणनीति “जनवादी गणतन्त्र” स्थापना गर्ने भन्ने रह्यो ।
यता २०२५ सालमै चीन र सोभियत संघको कुरा उठाएर रोहित (नारायणमान बिजुक्छे) समूह अलग्गिए । २०२९ मा रोहित समूहले आफ्नो सम्मेलन ग¥यो र यस भित्र पनि मतभेद राख्ने कोहीले २०३१ सालमा सयुंक्त बैठक गरी “कम्यूनिष्ट सम्पर्क समिति नेपाल” को नाममा रातोझण्डाको प्रकाशन शुरु गरे । उक्त प्रकाशनवाट पुष्पलाल, मोहन विक्रम सिंह र मनमोहनलाई गुटवन्दी गरेको आरोप लगाए ।
पुष्पलाल समूह भित्र समूह भित्र पनि असन्तुष्टीहरु देखा परे । ती असन्तुष्ट पक्षले २०३३ सालमा पुष्पलाल समूहवाट विद्रोह गरी मुक्तिमोर्चा समूहको नामले अलग भयो । यसको नेतृत्व मोदनाथ प्रश्रितले गरे । यही समयको हाराहारीमा अर्थात २०३३ सालमै पश्चिम नेपालमा पनि पुष्पलाल समूहवाट विद्रोह गरी “लाल जनमुक्ति सेना” नामक समूह देखा प¥यो ।
वि.स.२०३५ श्रावण ७ गते  कम्यूनिष्ट आन्दोलनका ठूलो धरोहर पुष्पलालको मृत्यू भयो । पुष्पलाल समूह २०४३ सालसम्म आइपुग्दा बलरामको नेतृत्वमा कायम रह्यो । पुष्पलालकी धर्मपत्नी साहना प्रधान पार्टीको प्रवक्तकारुपमा अगाडि आइन् । यद्यपी उनले पुष्पलाल जीवीत छदासम्म नेपाल कम्यूनिष्ट आन्दोलनमा कुनै ठोस सहयोग गरिनन् बरु यदाकदा पुष्पलालसंग आफु असन्तुष्टी रहेको कुरा सार्वजनिक गर्दै आएकि थिइन् ।
बिसं २०४३ सालमा मनमोहन अधिकारी समूह र पुष्पलाल समूहले पार्टी एकिकरण गरी नेपाल कम्यूनिष्ट पार्टी (माक्र्सवादी) नामाकरण गरे ।
२०२८ सालमा मोहन विक्रम सिहं जेलवाट रिहा भएपछि पार्टी निमार्ण तर्फ पहल गरे । उनले २०२८ मै केन्द्रिय न्यूकल्स गठन गरे । उक्त न्यूकसमा मनमोहन अधिकारी, शम्भूराम श्रेष्ठ, मोहन विक्रम सिंह, जय गोविन्द शाह, निर्मल लामा, भरतमोहन अधिकारी, रामबहादुर ह्यामो, कमल कोइराला, सिद्धिलाल सिंह आदि थिए ।
उक्त केन्द्रीय न्यूकल्सको पहलमा २०३१ सालमा चौथो महाधिवेशन भयो । यो चौथो महाधिवेशनमा मनमोहन अधिकारी, शम्भूराम श्रेष्ठ, भरतमोहन अधिकारी, सिद्धिलाल र कमल कोइरालाको सहभागिता रहेन ।
२०३६ सालमा एकता सम्मेलन गरी हिक्मत सिंह भण्डारी, मनमोहन अधिकारी र कमल कोइरालाले नेपाल कम्यूनिष्ट पार्टीको गठन गरे । यो सम्मेलनले माओत्से तुङ विचारधारा वारे विचाराधीन राख्यो । यस अघिनै उल्लेख गरे अनुसार यो पार्टी २०४३ सालमा पुष्पलाल समूहसंग एकता गरी नेकपा माक्र्सवादी नामाकरण भएको थियो । सम्मेलनद्धारा निर्वाचित महासचिव सिद्धिलालले वीचैमा राजीनामा दिए ।
केन्द्रीय न्यूकल्सको पहल भएको २०३१ सालको सम्मेलन पछि मोहन विक्रम सिंह समूहमा मतभेद उठ्न थाल्यो । एक बर्ष वित्दा नवित्दै पार्टी फुट्यो । मोहन विक्रमवाट पार्टी फुटेको समूहले आफुलाई अखिल नेपाल केन्द्रीय क्रान्तिकारी कोअर्डिनेशन कमिटीमा सामेल ग¥यो ।
केन्द्रीय न्यूकल्सको पहलवाट निर्मित मोहन विक्रम सिंहको समूह एक दशक वित्न नपाउदै २०४० सालमा अलग्गिए । निर्मल लामा र मोहन विक्रमले अलग पार्टी गठन गरे । निर्मल लामाले आफ्नो पार्टीको नाम नेकपा चौथो महाअधिवेशन राखे भने मोहन विक्रम सिंहले नेकपा मसाल । यतिवेला मोहन विक्रम सिंह उनको आचारण माथि कार्यवाहीमा परेका थिए । दुई बर्ष भित्र २०४२ सालमा नेकपा मसाल पुनः फुट्यो । मोहन वैद्यले नेकपा (बहुमत) को नेतृत्व गरे भने मोहन विक्रम सिंहले नेकपा मसाल अल्पमतको नेतृत्व गरे ।
भारतीय कम्यूनिष्ट नेता चारु मजुमदार र कानू सन्यालको नक्सलवादी आन्दोलनवाट प्रभावित भएर २०२८ जेठमा झापामा “खत्तम कार्यवाही” गरियो । सरकारी पक्षवाट ठूलो संख्यामा धरपकड गरियो ।
झापा जिल्ला कमिटी नेपाल क्रान्तिकारी संगठन मालेले एकताको आव्हवान ग¥यो । यो आव्हवान पछि २०३२ सालमा अखिल नेपाल क्रान्तिकारी कोर्डिनेशन कमिटीको गठन भएको प्रसंग माथि नै उल्लेख गरे ।
यसरी पार्टी गठन भएको २७÷२८ बर्ष भित्र नेपाल कम्यूनिष्ट पार्टी झण्डै डेड दर्जनको संख्यामा विभाजन हुन पुग्यो । समय र परिस्थितीको माग अनुसार एकता पछि विभाजन र विभाजन पछि एकता स्वाभाविक गति रहेछ । यही स्वाभाविक गति अनुरुप २०३४ सालवाट नेपाली कम्यूनिष्ट आन्दोलनले एकता तर्फ पहल गर्न थाल्यो । यस अनुरुप २०३४ भदौमा मुक्तिमोर्चा समूह, २०३५ भदौमा क्रान्तिकारी संगठन समिति पूर्वको रातो झण्डा समूह, २०३५ मंसीरमा दाङ सन्देश परिवार र अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेशन कमिटीवीच २०३५ साल पुस ११ गते एक राष्ट्रिय सम्मेलन गरी नेपाल कम्यूनिष्ट पार्टी मालेको गठन भयो । यसको प्रथम महासचिव चन्द्र प्रकाश मैनाली रहे ।
पार्टी गठन पश्चात एक बर्ष मै स्वं राजा विरेन्दले २०३६ साल चैत्रमा जनमत संग्रहको घोषणा गरे । जनमत संग्रहमा दुई प्रश्न राखिए । १ सुधारिएको पंचायती ब्यवस्था वा २ बहुदलीय व्यवस्था । नेकपा मालेले जनमत संग्रह वहिस्कार ग¥यो । सुधारिएको पंचायती व्यवस्थाको पक्षमा विजयी घोषणा गरियो ।
विसं २०३८ सालको राष्ट्रिय पंचायतको निर्वाचन ताका नेकपा माले भित्र दुई लाइन देखा प¥यो । प्रथम राजनैतिक स्वतन्त्रता द्धितीय पार्टी स्वतन्त्रता । संस्थापन पक्ष अर्थात चन्द्र प्रकाश मैनाली पार्टी स्वतन्त्रताको पक्षमा उभिए भने जीवराज आश्रित, मोदनाथ प्रश्रित (उनी यती वेला जेलमा थिए ) झलनाथ खनाल राजनैतिक स्वतन्त्रताको पक्षमा उभिए । दुइलाइनको संघर्ष यतीसम्म चल्यो कि २०४० सालमा चौथो महाअधिवेशन तय भयो र भदौंमा भएको अधिवेशनमा चन्द्र प्रकाश मैनाली अल्पतमा परे । अधिवेशनले झलनाथ खनाललाई महासचिव पदमा निर्वाचित ग¥यो । यसवीच डीवी सिंहको नेतृत्वको सर्वहारा श्रमिक संगठन पार्टीमा सम्मिलित हुन आयो । एक बर्ष भित्र डिवी सिंहले ट्राटस्की पंथी पार्टी भित्र ल्याएको भनेर उनलाई पार्टीवाट अलग गरियो ।
लगभग ९ बर्षसम्म झलनाथ खनालको नेतृत्वमा पार्टी ७५ वटै जिल्लामा पुग्न सफल भयो । २०४६ सालको राष्ट्रिय उपलब्धी संवैधानिक राजतन्त्र अन्तरगत बहुदलीय शासन व्यवस्थाको स्थापनापछि मनमोहनको पार्टीसंग एकिकरण गरी नेपाल कम्यूनिष्ट पार्टी एकिकृत माक्र्सवादी लेलिनवादी नामाकरण गरियो ।
२०४९ मा सम्पन्न पाचौ महाअधिवेशनले मदन भण्डारीलाई महासचिव चुन्यो । मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरे । यसै ताका संयुक्त राज्य अमेरिकावाट प्रकाशित हुने साप्ताहिक न्यूज विकले मदन भण्डारीलाई आधुनिक यूगको माक्र्सको उपमा दिएर अन्तर्वाता प्रकाशित ग¥यो ।
मदन भण्डारीमा भएको राजनैतिक चतु¥याई र कारिष्माका कारण उनी ह्वात्तै माथि उक्ले अनि झलनाथ खनाल र चन्द्र प्रकाश मैनाली उनको छायाँमा परे । त्यतिवेला चन्द्र प्रकाश मैनाली अल्पमतमा परे । जनताको वहुदलिय जनवाद राष्ट्रिय एंव अन्र्तराष्ट्रिय राजनीतिक परिवर्तनसंग मेलखाने ढंगले मदन भण्डारीले प्रस्तुत गर्न सके । जुन कला चन्द्र प्रकाश मैनालीमा कमी देखिएकाले अल्पमतमा परेको हुन सक्छ । तर दुर्भाग्य त्यसको केही समय पछि मदन भण्डारी एंव जीवराज आश्रितको हत्या भयो । पार्टी स्वयं शासनमा पुग्दा पनि यसको यथेष्ट अनुसन्धान गर्न सकेन । अव त घटनाको एउटा मात्र साक्षी अमर लामाको पार्थिव शरिर पनि सेलाई सक्यो । अनुसन्धान गर्न कसले वन्देज लगायो भन्ने कुरा पनि इतिहासको गर्भमा विलाउने भयो ।
सायद सैद्यान्तिक विचारमा वेमेल भएर हो वा नेतृत्वको सवालले हो चन्द्र प्रकाश मैनाली छैटो महाअधिवेशन २०५४ सालदेखि पार्टीवाट अलग्गिए । उनीसंगै वामदेव गौतम पनि गएका थिए । वामदेव भने पछि फर्के ।
मदन भण्डारीको हत्या पछि पार्टीको अभिभारा माधव नेपाल माथि आयो । छैटो र सातौं अधिवेशनले उनलाई महासचिव बनायो । तर संविधानसभाको निर्वाचनमा दुई ठाउवाट उम्मेदवार दिएका पार्टी महासचिव माधव नेपाल कुनै पनि ठाउवाट निर्वाचित हुन नसकेपछि महासचिव पदवाट राजीनामा दिए । माधव नेपालको राजीनामा पश्चात छायाँमा परेका झलनाथ खनालेले पार्टीको लगाम हातमा लिए । पार्टीले आठौं महाअधिवेशनमा बहुपदीय केन्द्रीय समिति बनाउने व्यवस्था गरेपछि उनी केपी ओलीलाई पराजित गरी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

Bookmark the permalink.

2 Responses to नेपाल कम्यूनिष्ट आन्दोलनमा एमाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *