पू“जीवाद संकटको भूमरीमा फस्ने

Nelson Mandela

शशी पौडेल
दक्षिण अफ्रिकाको जोहानेशवर्गमा डेढ बर्ष अघि सम्पन्न उच्चस्तरिय सम्मेलनले एक महत्वपूर्ण घोषणा–पत्र जारी गरेको थियो । “पू“जीवाद भित्र प्रकृयागत ढंगवाट समस्याहरु उत्पन्न हुदै गइरहेको यस अवस्थामा विश्व वामपंथी आन्दोलन र स्वतन्त्र एंव सार्वभौम राष्ट्रहरुको दायित्व एंव कार्यभार” विषयमा आयोजित सम्मेलनमा नेपालका तर्फवाट नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एक सहभागी टोलीको नेतृत्व गरेका थिए ।
सम्मेलनमा विश्वभरका कम्यूनिष्ट एंव श्रमिक राजनैतिक पार्टीहरुको सहभागिता रहेको थियो । खनालले सम्वोधन गर्ने क्रममा विश्व राजनीतिक अवस्था एंव नेपालको वर्तमान अवस्था वारे पनि चर्चा गरेका थिए । जस्तै… विश्व पूँजीवादका चार चरणहरुको व्याख्या गर्दै उनले ‘यतिबेला विश्व पूँजीवाद चौथो अर्थात मोडर्न ग्लोबल क्यापटालिज्मको चरणमा छ र यसभित्रका समस्या पनि गहिरिदै गएका छन् ।’ पूँजीवादी शोषणबाट मुक्त हुन संसारका कम्युनिष्ट, श्रमिक तथा समाजवादी परिवर्तनकारी शक्तिहरु एकतावद्ध भई अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिदै भने ‘यतिबेला विश्व समाजवादको विकाशको चरणमा छ । समाजवाद समस्या होईन, समाधान हो त्यसैले समाजवाद दुनियाँको भविष्य हो, यसको सफलता अनिवार्य छ ।’
अध्यक्ष खनालले नेपालका सन्दर्भमा  – ‘नेपाल यतिबेला ज्यादै अप्ठेरो अवस्थाबाट गुज्रीरहेको छ । राजतन्त्र विरोधी जनक्रान्ति सफल भएपछि संविधानसभाको निर्वाचन गर्न हामी सफल भयौं तर निर्धारित समयमा शान्ति प्रक्रिया र संविधान निर्माण गर्न नसक्दा राजनीतिक अन्यौंलता बढ्दै गएको छ । त्यसरी नै लामो समयसम्म सरकार बनाउन नसक्दा राजनीतिक संकट गहिरीदै गएको छ ।’ उनले अगाडी भने – ‘यतिबेला नेपालका प्रमुख राजनीतिक पार्टीहरु वीचको सहमति र एकता अनिवार्य छ । शान्ति र संविधानको सुनिश्चितताको लागि राष्ट्रिय सहमतिको विकल्प छैन । हामीले नेपालमा आगामी छ महिनाभित्र माओवादी लडाकुहरुको व्यबस्थापन गरी शान्ति प्रक्रियालाई पूर्णतामा पु¥याउनुको साथै नेपाली जनताका अधिकारहरुको सुनिश्तितासहितको लोकतान्त्रिक एवं प्रगतिशील संविधान निर्माण गरीसक्नु पर्नेछ ।’ अन्तरर्राष्ट्रिय समुदायवीच आफ्नो पार्टीको प्रतिवद्धता जनाउदै अध्यक्ष खनालले भने – ‘नेपालमा राजनीतिक दलहरुवीच एकता र राष्ट्रिय सहमति कायम गरी वर्तमान गतिरोधको अन्त गर्न, निर्धारित समय सिमाभित्र शान्ति प्रक्रियालाई पूर्णतामा पु¥याएर जनताको नयाँ संविधान निर्माण गर्दै नेपाललाई आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको मार्गमा अघि बढाउन नेकपा (एमाले) प्रतिवद्ध छ ।’
उनि नेल्सन मण्डेलाको नाम लिन समेत पछि परेनन साथै उनले आफ्नो सम्वोधनमा पहाड जस्ता चुनौति सामुन्ने आए पनि यसको समाधान तर्फ आपूm र नेकपा एमाले कृयाशिल रहने भन्न पछि परेनन् ।
अध्यक्ष खनालले भने स्वतन्त्रता र शान्तिका अगुवा नेल्सन मण्डेलाको देशमा आयोजित यस कार्यक्रममा आयोजक दक्षिण अफ्रिकन कम्युनिष्ट पार्टीलाई हार्दिक बधाई दिदै उनले ‘एकपटक हामी नेपालीहरु पनि दक्षिण अफ्रिकाको सफल शान्ति प्रक्रिया, संविधान निर्माण र आर्थिक विकासबाट शिक्षा लिनेछौं’ भनेका थिए ।
उनले ‘हाम्रा सामु जतिसुकै समस्या र चुनौतिहरुका पहाड उभिएका भएतापनि ति समस्याहरुसँग मुकाबिला गर्दै अगाडी बढ्न र संभावनाका ढोका खोल्न सफल हुने’ विश्वास व्यक्त गरे । अन्तमा ‘यो सम्मेलन महत्वपूर्ण विचार आदानप्रदान गर्न, आपसी विश्वास र एकताका साथ अघि बढ्न एउटा कोशेढुङ्गा सावित हुनेछ’ भन्दै १२ औं अन्तर्राष्ट्रिय सम्मेलनको सफलताको शुभकामना व्यक्त गरे ।
दक्षिण अफ्रिकाको जोहानेशवर्गमा सम्पन्न उक्त उच्चस्तरीय सम्मेलनले मूलत विश्व वामपंथी आन्दोलनमा एकता हुनु पर्ने बारे विशेष जोड दिएको थियो । लोकतान्त्रिक समाजवादी शक्ति फेरी वलियो हुदै जाने कुरामा पनि दृढ विश्वास ब्यक्त गरिएको थियो । समाजवादी शक्ति वलियो बनाउन निम्ति विश्वभरका न्यायप्रेमी एंव क्रान्तिकारी समाजवादी लोकतान्त्रिक शक्तिहरु एकजुट हुन आब्ह्वान पनि गरेको छ ।
दक्षिण अफ्रिकाको johannesborg मा २०६७ मंसिर १७ देखि २१ (3-6 December) सम्म आयोजित कम्युनिष्ट तथा श्रमिक पार्टीहरुको अन्तर्राष्ट्रिय। . “The deepening systemic crisis of capitalism. The tasks of communists in defense of sovereignty, deepening social alliances, strengthening the anti-imperialist front in the struggle for peace, progress and socialism.”विषयमा आयोजित सो सम्मेलनले लामो छलफल पछि Johannesburg Declaration (घोषणापत्र) जारी गरेको थियो ।

घोषणा–पत्रको मूल वुंदाहरु एकत्रित गरी प्रस्तुत गर्ने जमर्को गरेको छु ।
घोषणापत्रमा उल्लेख छ, ‘भूमण्डलीय साम्राज्यवाद नै यतिबेला विश्वका न्यायप्रेमी जनता र उत्पिडित राष्ट्रका विरुद्ध उभिएको छ तर साम्राज्यवादी शक्तिहरु वीच पनि टक्कर चलिरहेको छ । अर्कोतिर साम्राज्यवादका विरुद्ध विश्वका न्याय, समानता र स्वतन्त्रतापे्रमी जनता विद्रोहको झण्डा लिएर लडिरहेका छन् । अहिले विश्वका न्यायप्रेमी जनता र उन्पिडित राष्ट्रहरुको कार्यभार विश्व साम्राज्यवादका विरुद्ध एकतावद्ध भएर संघर्ष गर्नु रहेको छ ।’
अमेरिकाको नेतृत्वमा रहेको विश्व पूजीवाद संकटमा छ र पूजीवादी राष्ट्रहरुकै वीचमा पनि अनेकौं अन्तरविरोधहरु बढ्दै गएका छन् । संसारका समाजवादी शक्तिहरु एकजुट भएर अघि बढ्ने हो भने पूजीवादी शक्तिहरु कमजोर हुदै जानेछन् । त्यसका लागि हरेक उत्पिडिीत राष्ट्रले राष्ट्रिय पूँजीको निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकाश गर्दै आर्थिक समृद्धि गर्दै जानुपर्दछ, घोषणपत्रमा भनिएको छ । उपनिवेशवाद विरोधी राष्ट्रिय स्वतन्त्रता आन्दोलन सफल भएको र विश्वमा राष्ट्रिय स्वतन्त्रता
आन्दोलन पनि सशक्तरुपमा अघि बढीरहेको विश्लेषण गर्दै राष्ट्रिय स्वतन्त्रता आन्दोलन, राष्ट्रिय मुक्ति आन्दोलन, जनताका परिवर्तकारी आन्दोलन, मानवअधिकार आन्दोलन, जातिभेद, रङ्गभेद विराधी आन्दोलन, लोकतान्त्रिक तथा समाजवादी् आन्दोलनहरुप्रति घोषणापत्रले ऐक्यवद्धता जाहेर गरेको छ ।

विश्व यतिबेला मोडर्न ग्लोबल क्यापटालिज्मको चरणमा छ र यसभित्रका समस्या पनि गहिरिदै गएका छन् । अर्कोतिर विश्वका पूजीवाद विरोधि शक्तिहरु एकजुट हुदै पनि गईरहेका छन् भन्दै साँच्चिकै पूँजीवादी शोषणबाट मुक्त हुन संसारका कम्युनिष्ट, श्रमिक तथा समाजवादी परिवर्तनकारी शक्तिहरु एकतावद्ध भई अघि बढ्नुपर्ने आवश्यकतामा घोषणापत्रले जोड दिएको छ ।
संसारको श्रोत र सम्पदा हालसम्म मुठिभर व्यक्तिहरुको नियन्त्रणमा रहेको र त्यसलाई बहुसंख्यक जनताको हातमा ल्याउनुपर्ने आवश्यकतामाथि जोड दिदै घोषणापत्रमा विश्वमा  श्रमिकहरुको रोजगारीको सुरक्षा र सम्मान हुनुपर्छ भनिएको छ । साथै विश्वका जनताको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार सुनिश्चित हुनुपर्ने कुरा पनि घोषणापत्रमा उल्लेख छ ।
 
कम्युनिष्टहरु संसारमा सबैभन्दा बढी विश्वासिला र भरपर्दो शक्ति हो किनभने उनीहरुमा प्रतिवद्धता र समर्पण हुन्छ भन्दै एकतामा शक्ति हुने हुदा विश्वका कम्युनिष्टहरु एकजुट हुनुपर्दछ र विश्व साम्राज्यवादविरुद्ध एकतावद्ध भएर लड्नुपर्नेमा प्रकाश पारिएको छ ।
 
समाजवादमा संकट आएपनि त्यो अस्थायी थियो र हो, समाजवादमाथिको धक्काबाट शिक्षा लिदै हाम्रा सामु उभिएका चुनौतिहरुसँग मुकाबिला गर्न जरुरी छ भन्दै घोषणापत्रमा भनिएकोछ – ‘यतिबेला समाजवादी शक्ति फेरी बलियो हुदैछ, समाजवादीहरु पुनः उठ्दैछन् । अहिले विश्व समाजवाद विकाशको चरणमा छ । समाजवाद समस्या होईन, समाधान हो त्यसैले समाजवाद दुनियाँको भविष्य हो, यसको सफलता अनिवार्य छ ।’
साम्राज्यवादको पराजय र न्याय, समानता, लोकतन्त्र र समाजवादको विजय सुनिश्चित रहेको घोषणा गर्दै सम्मेलनद्वारा विश्व साम्राज्यवाद र पूँजीवादका विरुद्ध विश्वभरीका न्यायपे्रमी, क्रान्तिकारी, लोकतन्त्रपक्षधर, श्रमिक, कम्युनिष्ट र समाजवादी शक्तिहरु एकजुट हुन आब्हान गरीएको छ । घोषणापत्रको अन्तमा १२ औं अन्तर्राष्ट्रिय सम्मेलन उपलब्धीका साथ
पूर्णरुपमा सफल भएको उद्घोष गर्दै न्याय, स्वतन्त्रता, समानता, लोकतन्त्र र समाजवादको झण्डा सदा फहराईरहने संकल्प गरिएको छ। ।
वाह्रबर्ष अघि 

Nelson Mandela and Fidel Castro

  यस्तै प्रकारको उच्च स्तरीय सम्मेलन विगत वाह्रबर्ष अघि पनि दक्षिण अफ्रिका मै भएको थियो । त्यतिवेला भने ‘नवउदारवाद एंव ग्लोवलाइजेसन’  विषयमा भएको थियो । त्यतिवेला म जर्मनीमा थिए । हामीले एउटा जर्मनी भाषामा त्रैमासिक म्यागजीन प्रकाशन गर्न थालेका थियौं । उक्त म्यागजीनको मूख्य उद्देश्य मोडनाईजेसन अफ माक्र्ससीजम भन्ने रहेको थियो ।
२ सेप्टेम्वर १९९८ मा भएको उक्त सम्मेलनमा तत्कालीन क्यूवाली राष्ट्रपति फिडेल कास्त्रोले प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन म्यागजीनका लागि मैले सम्पादन गरेको थिएं । क्यूवाली राष्ट्रपति कास्त्रोको प्रतिवेदन खासगरी नवउदारवादी शक्ति एंव ग्लोवलाइजेसनका बारेमा केन्द्रित थियो ।
उनका अनुसार नवउदारवाद शक्तिको नकारात्मक प्रभाव मानव समुदायमा मात्र हैन प्रकृति माथि समेत पर्दै आइरहेको छ । हावा र पानी विषालु हुदै गइरहेको छ । माटो उव्जाउ नहुने गरी रुखो हुदैछ । यस्तो अवस्थामा अव भविश्यमा झण्डै दश विलियन (खरव) मानिसहरुलाई बा“च्न समेत  उकुस मुकुस हुनेछ । विकासको गति निम्न हुदै गइरहेको छ । त्यसैले पू“जीवाद एक दिन संकटको भूमरीमा फस्नेछ । कास्ट्रोको दावा थियो ।
वालवच्चा र बृद्ध विरामीका अगाडी आशा पलाउनुको वदला निराशा बढ्दै गएको छ । गरीव मुलुकहरु खासगरी अफ्रिकन मूलुकमा देखा परेका एड्स, मलेरिया, टि.वी., महारोग जस्ता रोगहरुले घर गरेका छन् । यस्तो अवस्थामा एकथरी मुठ्ठीभर ब्यक्तिहरुले तेल, सुन, हिरा, चा“दी एंव तामाखानी आफ्नो कब्जामा जमाएर ब्यक्तिगत फाइदा लुटिरहेका छन् । त्यसैले हामीले यस मञ्चवाट थुप्रै कुराहरुको अन्त गर्ने प्रण गर्नु पर्दछ । जस्तै सर्वप्रथम अरवौं मान्छेहरुको भोकको अन्त हुनु पर्दछ । त्यसपछि स्कूलको अभाव, डाक्टर र औषधीको अभावको अन्त हुनु पर्दछ । धनी राष्ट्रहरुले गरीव मूलुकहरुलाई क्रणमा डुवाउने प्रकृयाको अन्त हुनु पर्छ ।
हो थुप्रै कुराहरुको अन्त हुनु पर्दछ । साम्प्रदायिक एंव राज्य विघटनका नाराहरुको अन्त हुनु पर्छ जसले हाम्रो समाजमा नकारात्मक प्रभाव पारेको छ । यदि यी सबैको अन्त हुन सकेको खण्डमा मात्र यो विश्व मानवजातिका लागि एक इज्जतदार, योग्य र मूल्यवान स्थान बन्नेछ ।
जसरी आज भन्दा वाह्रबर्ष अगाडी क्यूवाका तत्कालिन राष्ट्रपति फिडेल कास्त्रोले पूंजीवाद एकदिन संकटमा पर्नेछ भन्ने दावा गरेका थिए त्यसरी नै अहिले साम्राज्यवादी शक्तिहरु चरम संकटमा फसिरहेका छन् ।

 

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *