क्रेडिट–कार्ड : श्रीखण्ड कि खुर्पाको बिंड ?

Govind-Belbase– गोविन्द बेल्वासे

अहिलेको समाजमा क्रेडिटकार्ड कुनै नौलो विषय होइन। तर कहिले श्रीखण्ड जस्तो काम गर्छ यसले, त कहिले खुर्पाको बिंडसरी। कहिले नसोचेको चर्को ब्याज तिराउँछ यसले, त कहिले ‘चलाउँ कि नचलाउँ’ भन्ने पनि बनाउँछ। क्रेडिटकार्डलाई चलाउन जान्दा घाटै नहुने केवल सुविधामात्र पाउने श्रीखण्ड जस्तो बासनादार फाइदा हुन्छ भने चलाउन नजाने ‘काउछो’सरी चिलाएर उकुत नै जन्माउन बेर मान्दैन। यसका सम्बन्धमा सबैसंग आ–आफ्ना अनुभव होलान नै। मैले भोगेका यस सम्बन्धी तीता–मीठा अनुभव छलफल गर्दा राम्रो हुन्छ कि भनेर लेख्दैछु । म कुनै अर्थशाष्त्री पनि होइन र यसको विशेषज्ञ पनि होइन, तर पनि मेरा अनुभव बताउँदा घाटा के नै लाग्ला र ? अरुले यसबाट लिएका फाइदा जान्दा पनि राम्रो र कहिलेकाही नमीठो पारेको कारण थाहा पाएर सतर्क हुँदा पनि फाइदै होला । Continue reading

हिन्दु धर्मलाइमात्र किन उग्र प्रहार गरिन्छ ?

Janak Man Dangol-जनकमान डंगोल
युनिफर्मको अगाडी पट्टिको भाग निर्को गोजा भिजेर चिसै देखियो, एकछिन पछी तपतप चुईन थाल्यो  देख्न सकिएन त्यो बिजोग र असह्य भएर भने ‘जाउ नानी बाथरुममा गएर निचोरेर फाल’  म यस्तो दृश्य हेर्नु सक्दिन ।
सुत्केरी बिदा बाट हाजिर भएर आकै दिन त्यो देख्दा मन कटक्कै भो । यता ति भर्खर सुत्केरी भएर हाजिर हुन आकी छिन उता त्यो भर्खरको दुधे बालक भोक र तिर्खाले कति छटपटाई रहेको होला ? Continue reading

नेपाल–भारत सम्बन्ध

India-Nepal_Treaty_1950

Nepal-Indo treaty 1950

Nepal India Relationshipनेपाल मुख्यतः भारतवेष्ठित मुलुक भएकाले उसले नेपाललाई सजिलै अँठ्याउन सक्दछ र, ऊसँग नेपालको खुला सिमाना भएकाले उसले नेपालमा यसो गर्नु आवश्यक ठान्दछ। वास्तविक रूपमा भारत नेपाललाई कम्तीमा भुटानको स्तरमा झार्न चाहन्छ भन्ने कुरामा अब कुनै शंका रहेन। तर, नेपाल जनसंख्याको दृष्टिले विश्वमा ४२औं मुलुक भएकाले भारतलाई यसो गर्न कठिन भइरहेको छ। तर, भारतले आफ्नो यो उद्देश्य हासिल गर्नका लागि निकै पापड पेल्नु परिरहेको छ। Continue reading

अध्यक्ष हुनुपर्ने त म नै हो…–वामदेव गौतम

Bamdev-Gautamमलाई विष्णु रिजालले सोध्नुभयो– ‘के छ हालखबर ?’ मैले भनें– ‘हाल खबर के हुने  ? दुईजना अध्यक्षको उम्मेदवार भएका छन्। कहिले यताबाट तान्छन्, कहिले उताबाट तान्छन्। ‘मलाई अध्यक्ष बनाइदिनुपर्योत’ भन्छन्। ‘तपाईं हुनुपर्छ, अब अगाडि बढ्नुस्’ चाहिँ कसैले भन्दैनन्। म दिनेमा मात्र छु, लिनचाहिँ पाइराखेको छैन। स्थिति त्यही हो।

हाम्रो पार्टीभित्र तीन जनाले अध्यक्ष हुने मन गर्नुभएको छ। मैले भित्रभित्रै ‘यी तीन जनाभन्दा त मै हुनुपर्ने हो, त्यो चाहिँ किन भन्दैनन्’ भनें। Continue reading

नेपाल एक बिदेशीको आँखामाः पहिले र अहिले

—शशी पौडेल
“आज भन्दा तीन दशक अघिको मात्र कुरा हो हामी काठमाण्डौबाट भक्तपुर, भक्तपुरबाट ललितपुर के रात के दिन ढुक्कसंग हिड्थ्यौं । कुनै खतरा महशुष हुन्थेन । सबै सुरक्षित थियौं । कसैले त्यहाँ लप्पन छप्पन गर्थेन । हामी नेपाल जानु अघि समेत हामिलाइ नेपालमा कुनै खतरा मोल्नु पर्दैन भनेर सिकाइन्थ्यो । नत हामीलाइ बाटोमा कसैले छेणखान गथ्र्यो, न त कुनै ट्याक्सी चालकले हामीलाइ ठग्यो, न त यात्रुहरुले ट्याक्सी चालकलाइ ठगेको खबर सुनियो । काठमाण्डौ रत्नपार्कबाट पाटनढोका सम्म पुग्न बसभाडा २० पैसा मात्र थियो । १९८२ देखि १९८५ सम्म म काठमाण्डौमा कार्यरत रहें । नेपाल यति शान्त थियो, अहिले यी कुराहरु गर्दा सायद पौराणिक कथा जस्तो लाग्ला किनभने अहिले नेपालमा अपराध यति चुलियो कि यो भन्दा बढि माथि चुलिने कुनै ठाउनै छैन जस्तो लाग्छ ।” Continue reading

द ग्रान्ड डिजाइनः अध्यात्मबादमाथी हवकिङ्गको नयाँ प्रहार

शशी पौडेल
सैद्धान्तिक भौतिक बिज्ञानका बिश्वप्रसिद्ध बैज्ञानिक डा स्टिफान बिलियाम हवकिङ्ग फेरी एक पटक निबृत्त भएको एक बर्षमै बिबादमा मुछिएका थिए । डा स्टिफान हवकिङ्ग प्रशिद्ध सिद्धान्तकार हुन् । उनका यस अघिका पुस्तकहरुले पुँजीबादीहरुलाइ मात्र बिचार दिएन कि मार्कसबादी दार्शनिकहरुलाइ र मार्कबादको द्धन्द्धात्मक भौतिबबादी बिचारधारालाइ पनि मलजल दियो । हुनत स्टिफानले चाहेर मार्कबादलाइ मलजल दिएका होइनन् । किनकि उनी बिशुद्ध पुजीबादी हुने खाने बर्गका बैज्ञानिक हुन् । आजभन्दा सात दशक अघि बेलायतको अक्सफोर्डमा जन्मेका स्टिफान हवकिङ्गलाइ उनको पहिलो भौतिक सिद्धान्त “एम् थ्यौरी” ले दशकौं देखि बहसमा ल्याएको हो । उनले आफ्नो सिद्धान्तलाइ प्रमाणित गराउन जर्मनीका अर्का भौतिक बिज्ञानका प्रशिद्ध बैज्ञानिक अलबर्ट आइनस्टाइनको सिद्धान्तलाइ पनि अघि सारे । अहिले आएर उनि बैज्ञानिकहरुकाबीच मात्र बहसमा छैनन् अपितु अध्यात्मबादीहरुको प्रहारमा समेत परेका छन् । Continue reading

दुतावास भवनको अण्डरग्राउण्डदेखि टप फ्लोरसम्म

   –गोविन्द बेल्वासे

बिहानैदेखि झम–झम झरी लागेको नोभेम्वर ७, शुक्रवारका दिन १० बज्न १० मिनेट बाँकी छँदा लण्डन स्थित नेपाली दुतावास भवन पुगें। यो त्यही भवन हो जुन भवन बिक्री गर्ने चर्चाले सन् 2008मा निकै स्थान पाएको थियो। दुतावास भवन रहेको क्षेत्र कति महत्वपूर्ण रहेछ भन्ने कुरा मलाई मेरो नेभिगेटरले पनि बतायो। म दुतावास पुग्दासम्म पनि मेरो नेभिगेटरको कुरा मैले बुझिन। तर, झिपी झिपी गरेर अलिबेर पछि ट्यूवलाइट बले जस्तो गरी मेरो दिमागले पनि ढिलो गरेर त्यो नेभिगेटरको कुरा बुझ्यो। मैले नेभिगेटरमा दुतावासको सही ठेगाना हालेको थिए। त्यो गल्ती पनि भएको थिएन। तर, अग्रेजी भाषामा नेभिगेटरले मलाई जवाफ दियो– यो स्थानमा पुग्ने बाटो बताउन म असमर्थ छु। मेरो दिमागले कालो बादल घेरिएको र सिमसिमे झरीमा सेटलाइटको सम्पर्क राम्ररी नपाएर होला भन्ने सोच्यो। अलि पर गए पछि सेटलाइट सम्पर्क बन्ला र नेभिगेटरले छोटो बाटो लैजाला भनेको त दुतावाससम्म पुग्दासम्म पनि नेभिगेटरले काम गरेन। Continue reading

मिडियामा महिलाको उपस्थिति

-प्रियंका पाण्डे
आज मिडियाको शक्तिलाई अस्वीकार गर्न मिल्दैन । मिडिया जनभावनालाई व्यक्त गर्ने सशक्त माध्यम हो । साथै मिडियाले वैश्विक दूरीलाई पनि कम गरेको छ । मिडियाको दुबै माध्यम इलेक्ट्रोनिक र प्रिन्टको आफ्नो खास प्रभाव छ । तर, अन्यक्षेत्र जस्तै मिडियामा पनि महिलाकर्मीहरु समक्ष विभिन्न चुनौतीहरू छन् । बिभिन्न चुनौतिका बाबजुद पनि कतिपय मिडियामा खासगरि इलेक्ट्रोनिक मिडियामा महिलाहरू को वर्चस्व बढिरहेको छ । नेपालमा महिला पत्रकार निकै कम छन् । सञ्चारिका नामक महिला पत्रकारको गैरसरकारी संस्थाको तथ्यांकमा करिब दुई सय जना छन् । Continue reading

प्रधानन्यायाधीस प्रस्तावका अन्तरनिहित पक्ष

– ईश्वर पोखरेल
मुलुकमा जारी गत्यावरोधलाई अन्त्य गर्न अथवा विद्यमान राजनीतिक र संवैधानिक संकट समाधान गर्न पछिल्लो पटक बहालवाला प्रधानन्यायाधीसको नेतृत्वमा गैरपार्टी व्यक्तिहरुको संलग्नतामा चुनावी सरकारको प्रस्ताव अगाडि सारिएको छ । यो प्रस्ताव केही दिन अघि हेटौंडामा सम्पन्न एकीकृत नेकपा (माओवादी)को राष्ट्रिय महाधिवेशनले पारित गरेको कुरा महाधिवेशन स्थल – हेटौंडाबाटै औपचारिक रुपमा माघ २५ गते जारी गरिएको माओवादी वक्तव्यमार्फत सार्वजनिक भइनै सकेको छ । Continue reading