एभी सिष्टमका लागि भएको जनमत संग्रह

– शशी पौडेल
५ मे २०११ बिहीवारका दिन स्थानिय काउन्सीलरहरुको निर्वाचनका साथ साथै निर्वाचन प्रणाली सुधार गर्ने भन्नेबारे जनमत संग्रह पनि भएको थियो । जनमत संग्रहका लागि प्रश्न –अहिले सम्म हुदै आएको फस्ट पास्ट द पोष्ट सिस्टम अन्र्तगतको निर्वाचन प्रणाली कायम राख्ने वा अल्टरनेटिभ भोट सिष्टम लागू गर्ने भन्ने  थियो । Continue reading

समाजबादका बिरुद्ध पुनराबृत्तिबाद

– शशी पौडेल
प्रिय कपील जी, तपाइले मलाइ खास गरी तीनवटा प्रश्न इमेल मार्फत सोध्नु भएको थियो । तपाइका प्रश्नहरु मैले पूर्ब र पश्चिम जर्मनीको स्वास्थ्य निती, सन्चारको अवस्था , शिक्षाको अवस्थाका साथै पूर्ब जर्मनीका कमजोरीहरु र पश्चिम जर्मनीको आकर्षण के के थिए भनेर बुझें । यसबारे एक एक गरेर उत्तर लेख्दा सायद ठूला देखि साना मसिना कुराहरु लेख्नु पर्ने हुन सक्छ जुन एउटा ल्बगमा लेख्ने लेखमा कति सम्भव होला ? त्यसैले त्यहांको तत्कालिन राजनैतिक अवस्था साथै बिश्व कम्युनिष्ट आन्दोलनमा देखा परेका कमजोरीहरु बारे एक तस्वीर  उतार्ने प्रयास गरेको छु । कत्तिको सफल हुन्छु खवर पाउन सकेको खण्डमा धन्य हुनेछु ।
जर्मनीको पुनराबृत्ती ब्रिटेनको फेबियसबाद र जर्मनकै परिवर्तित परिस्थितीले ल्याएको थियो । जर्मनी र पूर्बि युरोपकै पनि समाजको स्वरुप सामन्तबादी प्रबृत्ती थियो तर राज्य प्रजातान्त्रिक भनिए पनि एक प्रकारको निरंकुश थियो । त्यस कारणले कार्ल माक्र्सले सर्व प्रथम समाजवादी क्रान्ति पूजीबादको बिकाश भएको मुलुकबाट शुरु हुने तर्क गरी ऐतिहाँसिक भौतिकबादको ब्याख्या गरेका थिए । Continue reading

तिब्बत आन्दोलनलाई हेर्ने आ“खा वहुआयामिक हुनुपर्छ

शशी पौडेल
वुद्ध धर्मका धर्मगुरु दलाइ लामालाई अमेरिकी एंव पश्चिमेली शक्तिहरुले तिब्बतको सिमित घेरा भित्रको चीन विरोधी राजनीतिमा सक्रीय गराउदै आए । दलाई लामालाई मात्र तिव्वतको नेता बनाई चीन विरोधी राजनीतिमा सक्रीय गराउनु उनको अपमान हो । उनी त अलास्का देखि दक्षिण अफ्रिका सम्म र जापान देखि अष्ट्रेलिया सम्म, समग्र विश्वमा बस्ने रहने मानव जातीका आदर पुरुष हुन् र विश्वमा छरिएर रहेका वुद्ध धर्मावलम्वीहरुका धर्म गुरु हुन् । गत बर्ष देखि वल्ल दलाई लामाले आफ्नो जिम्मेवारी तिव्वतको मात्र नभै समग्र विश्वको हो भन्ने बुझेको अनुभूति भएको छ । अव उनले चीन विरोधी राजनीतिक जिम्मेवारी आपूmले नलिने निर्णय गरेका छन् । Continue reading

“यदि कार्लमाक्र्स अझै जीवीत भए मैले तक्मा पाउने थिएं” –स्वामी आनन्द अरुण

—शशी पौडेल

पेशाले इन्जिनियर अनि लामो समय सम्म पेशागत अनुभव समेत प्राप्त गरेका आनन्द अरुण एकाएक गेरु वस्त्र पहिरिन आकर्षित हुन्छन् । चारदशक अघि भारतमा रजनीशलाई भेटेको बताउने आनन्द अरुण रजनीशको मनोवल, दृढता वाकपटुता र मानव सम्पदालाई चिरफार गर्न सक्ने क्षमताबाट आपूmमा रजनिशप्रति आर्कषण आएको बताउछन् । Continue reading

यूरोको अन्त्य सुरु ?

—शशी पौडेल

यूरोपियन यूनियनद्वारा २००२ सालदेखि लागू गरिएको यूरोपको मुद्रा यूरो कोल्याप्स हुने सम्भावना इन्टरनेश्नल मनिटरी फण्डले गत हप्ता बताएको छ । बेलायत यूरोपियन यूनियनको एक सदस्य राष्ट्र भए पनि यसले यूरो मुद्रा स्वीकार नगरी पौण्ड राख्दै आएको छ । Continue reading

बेलायत : शव्दमा नै बहुसाँस्कृतिकता छ

David-with-Student-शशी पौडेल
“राज्य बहुसाँस्कृतिकता असफल भयो । ”
उक्त कुरा बेलायती प्रधानमन्त्री डेविड क्यामरोनले गत बर्ष जर्मनीको म्यूनिकमा ब्यक्त गरेका हुन् । उनले सुरक्षा सम्वन्धी आयोजित एक सम्मेलनमा भने– विभिन्न प्रकारका अतिवादवाट जोगिनका निम्ति अव बेलायतलाई बलियो राष्ट्रिय पहिचानको आवश्यकता छ ।
प्रधानमन्त्री डेविड क्यामरोनको उक्त भनाईका कारण बेलायतमा केही मुसलमान समुदायहरुले एक विरोध र्यालीको आयोजना पनि गरे । अर्को तिर विश्वभर यसवारे ठूलो वहस चलीरहेको छ । बेलायत जसलाई विश्वभर एक महत्वपूर्ण बहुसाँस्कृतिक राज्य मानिन्छ, त्यसकै सरकार प्रमुखवाट उक्त कुरा सार्वजनिक आउनु एक आश्चर्यजनक मात्र नभै चिन्तापूर्ण कुरा भएको अन्र्तराष्ट्रिय पर्यवेक्षकहरुले औल्याएका छन् । Continue reading

६० बर्ष यताको ठूलो खाद्य संकट

शशी पौडेल
अफ्रिकाका विभिन्न मुलुकहरुमा गत केही दिन देखि दर्जनौं वच्चाहरुको भोकमरीबाट मृत्यु भएको समाचार प्रकाशमा आएको छ । संयुक्त राष्ट्र संघका अनुसार अफ्रिकाका विभिन्न शरणार्थी क्याम्पमा खासगरी  बाल मृत्युदर बढेको जनाएको छ । लगभग एघार मिलियन महिला एंव पुरुषहरु अहिले विश्वका विभिन्न शरणार्थी क्याम्पमा पुग्नुपर्ने अवस्थामा रहेका छन् ।
यसरी एकठाउ“बाट अर्को ठाउ“मा शरणार्थी हुनजाने क्रममा समेत लामो पैदल यात्रा गर्नुपर्ने र पैदल यात्रामा खाद्य पदार्थ प्राप्त नहुदा हुने मृत्युमा समेत वृद्धी भएको संयुक्त राष्ट्र संघ मानवअधिकार एंव शरणार्थी शाखाले बताएको छ । Continue reading

चारसयलाख करोड फिर्ता हुनु पर्छः रामदेव

शशी पौडेल
(यो लेख मैले गत वर्ष एभरेष्ट टाइम्सको लागि लेखेको हू)

सूचना, समाचार एंव अनेकन जानकारी खोज इन्जिन गुगलका अनुसार गत हप्ता संसारभर सवभन्दा बढी योग गुरु रामदेवको समाचार बारे खोज भयो । सुत्रका अनुसार भ्रष्टाचार र विदेशमा पैसा पु¥याइएको भन्नेबारेको रामदेवको भनाई पहिलो नम्वरमा थियो भने दोस्रो खोजको विषय रामदेवको पक्राउ बारे रहेको थियो ।
योग गुरु रामदेवलाई दिल्लीको रामलिला मैदानमा अनशन बसिरहेको बेला प्रहरी गई त्यहाबाट उठाइएको थियो र उनलाई राजधानीबाट वेपत्ता पारियो । त्यसको भोली पल्ट रामेदव देहरादुनको हिमालयन अस्पतालबाट  सम्पर्कमf आएका थिए । रामदेवलाई रामलिला मैदानबाट हटाइए  पछि इन्टरनेट मार्फत उक्त समाचार विश्वभर फैलिएको थियो । विशेष गरी फेसबुक र ट्युटरमार्फत फैलिएको समाचार केही घण्टा भित्रै छापा पत्रिकाहरुमा पनि आएको थियो । दिल्लीबाट प्रकाशित एक दैनिकले रामदेवको अनशनबारे लेखेको समाचार उनको पक्राउ पछि सचाएर छाप्नु पर्दा हजारौंप्रति रद्धिको टोकरीमा फाल्नु परेको समेत बताएको छ । Continue reading

२०११ ले शैतानहरु बढारोस्

Shashi२०११ साल लाग्दा नलाग्दै दरबारहत्याकाण्ड अगाडि र पछाडिका केही प्रसंगहरुका साथ राजा विरेन्द्रका प्यारा सैनिक विवेक शाहले एक पुस्तक विमोचन गराएका छन् । ‘‘मैले देखेको दरबार’’ नामक पुस्तकमा उनले नेपालको तत्कालिन राजनैतिक अवस्था तथा विदेशी शक्ति खास गरी भारतको भूमिकालाई उल्लेख गरेको बिबिसि मा उनले दिएको एक अन्तर्वार्ता मार्फत थाहा लाग्यो । उनको अन्तर्वाता सुन्दा केही राजनैतिक दल तथा तिनका नेताहरुलाई शंका गर्नु पर्ने अवस्था सृजना भएको छ । तीन दशकभन्दा बढी दरबारमा बिताएका विवेक शाहको उक्त पुस्तक प्रकाशन र उनको अन्तर्वार्ताको भोली पल्ट पंचायतीकालमा सबभन्दा धेरै पटक प्रधानमन्त्री बन्न सौभाग्य पाएका सूर्य बहादुर थापाको अन्तर्वार्ता पनि बिबिसी मार्फत सुन्ने मौका पाइयो । उनको प्रतिरक्षात्मक शैली र झोकिएको आवाजले के आभास हुन्थ्यो भने उक्त पुस्तकले सबभन्दा बढी सूर्य बहादुर थापालाई चोट परेको देखिन्छ । Continue reading