डाबर इन्डिया र श्री वैद्यनाथले अझै औषधि फिर्ता गरेका छैनन्
औषधिको नाममा ब्याक्टेरिया बिक्री गर्ने बहुराष्ट्रिय भारतीय कम्पनीहरू डाबर इन्डिया र श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिले बजारमा पठाएका ब्याक्टेरियासहितको औषधि अझै फिर्ता गरेका छैनन् । औषधि व्यवस्था विभागले गरेको अनुगमनमा डाबर र वैद्यनाथका १० थरीका आयुर्वेदिक औषधिमा स्वास्थ्यलाई असर गर्ने ब्याक्टेरीया फेला परेको थियो ।