सगरमाथाका निर्मलद्वारा नानाभाँती प्रस्ताव

हिजो समाचार प्रकाशित नगर्नका लागि बुधबार साप्ताहिकमा पटकपटक दवाव आएको थियो । तर, समाचार प्रकाशित भयो । सगरमाथाका निर्मलद्वारा नानाभाती प्रस्ताव’ शीर्षकको उक्त समाचार प्रकाशित भएपछि आज विहानै वितरणस्थलबाट पत्रिका लुटिएको छ । आज बजारमा पत्रिका पुग्न पाएको छैन । अनि कसरी गर्न सकिन्छ होला पत्रकारिता ?

उक्त समाचार यस प्रकार छ–
सगरमाथाका निर्मलद्वारा नानाभाँती प्रस्ताव
काठमाडौं । मान्छे न हो, जति तन बूढो भए पनि मन बूढो नहुँदो रहेनछ । त्यही पापी मनले अनेक इच्छा र आकांक्षा राख्दो रहेछ । अनि ऊ अन्धो हुँदो रहेछ र आफ्नो हैसियत भुल्लो रहेछ ।
भारतमा यौन सम्बन्धी विवादका कारण निर्मलबाबा नामक एक योगीले झमेला बेहोरिरहेका बेला उमेरले ५७ कटिसकेका, विभिन्न व्यापार व्यवसायका करोडौंका मालिक, बैंक डुबाएका कारण वारेन्टेड भए पनि लुकीलुकी हिँडेर छल्न सफल र पछिल्लो समय सञ्चार उद्यमीको परिचय बनाएका सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले पनि यस्तै हर्कत देखाएका छन् । बाहिरबाट हेर्दा सञ्चार संस्थामा काम गर्ने मान्छे भलादमी होला, समाजका लागि केही गरिरहेको होला भन्ने लाग्दो हो । तर, उनको नियत र गलत मनसाय छर्लंग भएपछि एक महिला उनका विरुद्ध ‘कारबाही गरी पाऊँ भन्दै गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य महिला अधिकारवादी संघ–संस्थामा धाउनुपरेको छ ।
टेलिभिजनमा अन्तर्वार्ता प्रसारण गरिदिएबापत आफूले भनेको कुरा पाउनुपर्ने पाउनुपर्ने भन्दै गुरुङले ‘यसअघि पनि मैले यस्तो त कति गरें, गरें’ भनेपछि बाध्य भएर आफूले कारवाहीका लागि कदम चालेको ती महिलाले बुधबारलाई बताइन् ।
कुरा दुई हप्ताअघिको हो । जब ती युवती मोफसलबाट राजधानी आएर आफ्नो अभियानको प्रचार–प्रसार गरिदिनुप¥यो भन्दै विभिन्न मिडियामा धाउन थालिन्, त्यसै बेलादेखि पापी मनका गुरुङ र ती युवतीबीच औपचारिक परिचय भयो ।
आज भोलि भन्दाभन्दै निर्मलले एक हप्तासम्म साँझ–बिहान, दिनरात केही नभनी आफूलाई ‘अन्तर्वार्ताका लागि तत्काल आउनू’ भन्दै बोलाउनुको कारण ती युवतीलाई सुरुमा थाहा थिएन । तर पनि, अन्तर्वार्ता भने भएन । बल्लबल्ल कार्यक्रम खोजखबरका लागि गजेन्द्र बस्नेतले अन्तर्वार्ता त लिए, तर प्रसारण भएपछि भने गुरुङले विभिन्न नम्बरबाट फोन गर्दागर्दै एक रात त मुखै खोलेर ‘मसँग एक रात बिताउनुपर्छ’ भनेपछि ती महिला आक्रोशित नहुने कुरै भएन ।
हरेक भेटमा घन्टौं कुराउने, लामो समय आफूसँग बसिदियोस् भन्ने चाहना राख्ने र ‘२÷४ लाख रुपिया“ खाँचो भए अप्ठ्यारो मान्नुपर्दैन, मसँग लिए हुन्छ’ भन्न पछि नपर्ने गुरुङले ती युवतीलाई पे्रममा पागलै भएको पुरुषले जस्तो मदिराले लठ्ठ भएर फोन गर्दै ‘डियर डार्लिङ’ भनेर सम्बोधन गर्ने गरेको बताइन्छ । त्यति मात्र होइन, ती युवतीलाई गुरुङले आफ्नो गाडीमा बसेर कहिले व्यापारको सिलसिलामा नेपालगन्ज जाउ“ त कहिले आफ्नो धर्म बहिनीसँग भेट्न चितवन जाउँ भन्दै पटक–पटक घुमघामको प्रस्ताव राखेको ती युवतीले अन्तरंग साथीहरूलाई सुनाउने गरेकी छन् ।
आफ्नो छोरी नभएकाले तिमीलाई छोरी मान्छु भन्दै उनले हरेक पटक फोन गर्दा ‘छोरी, बाबु, नानी’ भनेर सम्बोधन गर्ने तर कहिलेकाहीँ कुरा गर्दै जा“दा छिल्लिएर ‘तिमीस“ग भेट नभएको कति दिन भयो, अहिले नै भेट भयो भने सिधै किस खाइदिन्थें’ समेत भन्ने गरेको बताइन्छ । युवतीले ‘गुरुङले आफूलाई फोन गरेर राति आठ बजेपछि कुनै लजमा भेटौं भनेरसमेत आग्रह गरेको तर आफूले ठाडै लत्याएर त्यस्तो खाले महिलाका रूपमा नबुझीदिन भनेको’ समेत बताइन्छ ।
गुरुङले अक्सर ती महिलालाई आफ्नो मोबाइल नम्बर ९८५१०४०१५१ र सगरमाथा टेलिभिजनको टेलिफोन नम्बर ०१४१०२०२२ बाट फोन गर्ने र ती नम्बरबाट गएको फोन नउठाएमा अन्य नम्बरबाट समेत फोन गरी पटक–पटक मानसिक यातना दिने गरेको युवतीले गुनासो गर्दै आएकी छन् । केही दिनपहिले नागरिक समाजको कार्यक्रममा सहभागी भएको बेलामा पनि गुरुङले सोही मोबाइल नम्बरबाट दिउ“सो ३:११ बजे र ल्यान्डलाइन नम्बरबाट ३:१८ बजे टेलिफोन गरी जसरी पनि आफूसँग भेट्न धम्की दिएको बुझिएको छ । तर, गुरुङले भने यी कुरा असत्य भएको दाबी गरे । उनले आफू पनि सञ्चारकर्मी भएको भन्दै व्यावहारिक समस्यामा परेको बेलामा मानसिक तनाव हुने गरी उक्त समाचार नलेखिदिन आग्रह गरे । ‘त्यस्तो होइन, म ५७ वर्ष पुगेको मान्छेबाट त्यस्तो काम हुनै सक्दैन’– उनले भने– ‘फोनमा केही कुराहरू भएका हुन्, एउटा अभियानमा हिँडेकाले मलाई पनि सहयोग गरिदिनुस् भनेर मैले उहाँलाई आग्रह चाहिँ गरेको छु, कसैले उचालेकाले म विरुद्ध लागेको हुन सक्छ ।’ तर, गुरुङले त्यसो भने पनि बैदेशिक रोजगार व्यवसायमा समेत संलग्न उनी नैतिक रुपमा कमजोर रहेको उनीसंग संगत गरेकाहरु बताउँछन् ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *