एउटा कथा

नयाँ वर्ष शुरुभाको आज रमाइलो दिन्
एउटा कथा सुनाएर हसाउँछु एक छिन्
हामि सानै हुँदाखेर मामा घरको कुरा
साथि जस्तै भाई थिए हामि थियौं सुरा !

सारी हैन पेन्टलाई उठ नारी भन्दै
अन्यायको बिरोधमा शंखनाद गर्दै
अघिबढ पुरुष जस्तै साहसी हुनलाई
मान्छे भई मान्छे जस्तो जिन्दगि ज्युनलाई !

चुराहरु हत्कडी हुन् पोते घांटी पासो
नारीहरुलाई दासी पार्न पुरुषको नासो
प्रगतिशील बनाउंन हाम्री बाहिनीलाई
छोटोपारि कपाल काटद्यौं भएर दाजु-भाई !

मामा झरे माथिबाट लाठ्ठी मुंग्री बोकी
ज्यान बचायौं दाजु-भाई कुलेलम ठोकी
संगठनका बिचारहरु परिबर्तन भए
आज भोलि यिनै कुरा सरल हुँदै गए !

-लिला राज कार्की      01/01/2013

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *