म कबिता लेख्न सक्तिन

                                                            – शशी पौडेल
म कबिता लेख्न सक्तिन
कविता लेख्न कल्पनाको सागरमा पौडी खेल्न सक्नु पर्छ ।
कविता लेख्न वास्तबिकताको धरातलमा उभिन सक्नु पर्छ ।
अहिले म यी दुबै गर्न सक्तिन ।
त्यसैले म कविता लेख्न सक्तिन ।
मालामाल हुने रहरमा घरवार वन्धकी राखेर युरोप नसके अरव तिरको यात्राको कविता लेखँकि?
अथवा
बिछोडको पीडामा प्रियसीले बलिनधारा आसु बगाएको कविता लेखँम म ?
जन्मदिने आमा बाबुलाइ असरल्ल छोडेर हिडेको पिडा लेखु म
अथवा
एक कल फोन पनि गर्न नसकेको दर्द पोखँु म
वा
हज्जारौ कोश टाढा हुँदा पनि नेपालीबाटै ठगिएको पिडा लेखु म ?

यदि चाहानु हुन्छ भने
रुसको कुनै कुनाबाट अध्यारो ट्रकको पछाडी चढेर शुरु गरेको यात्राको कविता लेखुँ म
यदि होइन भने मात्रीभूमिको दर्दको कविता लेखुँ म
होइन मैले कबिता लेख्नै सक्तिन ।

किन र कसलाइ पढाउन कविता लेखुँम ?
मैले त बेलायतमा पाल्पाली, पर्बते पाखरेली भेटे“
चितवने, गुल्मेली र स्याङ्घजाली भेटे“
पश्चिमेली पूर्बेली उत्तरेली र दक्षिणेली भेटे“
दर्शन समाज क्षेत्री र बाहुन भेटे“
मगर गुरुङ्घ राइ  लिम्बु नेवार र मधिसे भेटे“
आफूलाइ पुराना रैथाने लण्डने भन्नेहरु  भेटे“
जसले नेपाली बोल्न, पढ्न र लेख्न इन्कार गर्छन ।
तर नेपाली भेटिन
त्यसैले
किन र कसलाइ पढाउन कविता लेखुँ म ?
किन र कसलाइ सुनाउन कविता लेखुँ म ?
त्यसैले म कबिता लेख्न सक्तिन ।

Bookmark the permalink.

3 Responses to म कबिता लेख्न सक्तिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *