म बेलायती संस्था

                                                                                  —शशी पौडेल
म बेलायती संस्था हूँ,
मेरो अघि र पछि संस्था छ ,
तल र माथी संस्था छ ,
दाहिने र बायाँ संस्था छ ,
त्यसैले म बेलायती संस्था हूँ ।
हो मैले बत्ती बिजुली र पानीको बील तिर्नै पर्छ ।
कारको बीमा र घरभाडा तिर्नै पर्छ ,
मोबाइल फोन र ब्रोडब्याण्ड पनि त सित्तै हैन ।
तर म भने सित्तैमा छु ।
त्यसैले म बेलायती संस्था हूँ ।
म जन्मिदा कसैको टाउको दुख्छ ,
कसैलाइ रिङ्गाटा लाग्छ ,
कसैलाइ खुसी लाग्छ,
कसैले आशाको त्यान्द्रो लिदै उकेरा दिन्छन् ,
किन भने म बेलायती संस्था हूँ ।
पसलमा बिक्रि नभएर थुप्रिएको माल जस्तै,
बाइ वान गेट वान फ्रि हूँ ।
म बेलायती संस्था, समग्रमा संस्था हूँ ,
म समाजको सदस्य र मुलुकको नागरिक होइन,
बरु म नै समाज हूँ र म नै मुलुक हूँ ।
किनकि म त स्वयं बेलायती संस्था हूँ ।
मलाइ जिम्मेवारी थाहा पाउन जरुरी छैन,
मलाइ कर्तब्य जान्न जरुरी छैन,
कुनै अधिकार माग्नु अघि कर्तब्यबोध हुनु पर्छ,
त्यो ज्ञान लिन पनि मलाइ आबश्यक छैन ।
किन भने म बेलायती संस्था हूँ ।
हाम्रा बाजे बराजु भन्थे,
हलक्क हुर्केको कुकुर बेलायती कुकुर हो रे,
हलक्क हुर्केको बिरालो बेलायती बिरालो हो रे,
त्यस्तै म हलक्क हुर्केको संस्था हूँ,
किन भने म बेलायती संस्था हूँ ।
मेरो जन्मसंग किन कोही रमाउनु पर्ने ?
किन कसैले रिष गर्नु पर्ने ?
किन कसैले डाहा गर्नु पर्ने ?
किन कसैले इक्ष्र्या गर्नु पर्ने ?
आखिर म पनि बेलायती संस्था हूँ,
बेलायती बिरालो जस्तै हलक्क हुर्केको संस्था हूँ ।
बाजे बराजु भन्थे,
बेलायती कुकुर र बिराला अल्छी हुन्छन् ।
न कुकुर भुकेर घर रक्षा गर्छ,
न त बिरालो धन्सारको रक्षा गर्न सक्षम हुन्छ ।
क्याट, गुल्मी र मोना बाहेक
कसैले मुसा मारेकै छैनन् ।
मुसा मार्न काम गर्नु पर्छ ।
म त सित्तैको,
बाइ वन गेट वान फ्रि, बेलायती संस्था हूँ ।

Bookmark the permalink.

5 Responses to म बेलायती संस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *