मोदी र युरोप

EU LogoMap of Indiaयुरोपले सायद भारतबाट केही सिक्न सक्ने छ ।  त्यहाँको लोकतन्त्र अथवा त्यहाँको धैर्यता अथवा त्यहाँको राजनैतिक मध्यस्तता । किनभने युरोपियन युनियन र भारतमा अहिले केही कुराहरु मिल्दा जुल्दा अगाडी बढेका छन् । एउटा युरोपियन नागरिक पोर्तुगलको आटलाण्टा महासागरको किनारबाट जर्मनीको उत्ररी समुद्रसम्म बिना भिसा वा बिना कुनै कागज गाडिमा बसेर पुग्ने अधिकार राख्दछ भने एउटा भारतीय नागरिक बंगालको खाडी देखि अरबको खाडीको किनार सम्म र केरला देखि जम्मु सम्म बिना कुनै कागज ढुक्कसंग यात्रा गर्ने अधिकार राख्दछ  । युरोपले अहिले भर्खरै आफ्नो संसदको निर्बाचन सम्पन्न गरेको छ भने भारतले पनि भर्खरै लोकसभाको निर्बाचन गरेर नयाँ सरकार बनाएको छ । युरोपियन युनियनमा थुप्रै भाषाहरु बोलिन्छन् त्यस्तै भारतमा पनि थुप्रै भाषाहरु बोलिन्छन् ।  यी दुबैले राजनैतिक निर्बाचनलाइ धार्मिक र रंगभेदी प्रसंगसंग जोडे । यी दुबैले प्रचार प्रसार क्रममा हुनेखाने र नहुने क्षेत्रका रुपमा निर्बाचन क्षेत्रलाइ बिभाजन गरे । यी दुबैले आप्रबासका कुराहरु आफ्नो चुनाबी एजेन्डा बनाए ।
अनि यी दुबै अहिले राजनैतिक संकटमा परेका छन् ।  युरोपका मतदाताहरु धेरै उत्तेजित देखिए किनभने उनिहरुको सोचाइमा युरोपियन युनियनले आफ्नो लिभिगं स्टायन्डर्ड कमजोर बनाएको छ । त्यसैले केही युरोपियनहरु युरोपको बिराधमा उभिए । उता भारतका मतदाता पनि कम उत्तेजित देखिएनन् किनकि उनिहरुले पनि यसअघिको सरकारले भारतीयहरुलाइ झन भन्दा झन् गरीव बनाउदै लगेको बिश्वास गरेका कारण उनिहरुले भारतको भाग्य नरेन्द्र मोदीका हातमा सुम्पे ।
दुखलाग्दो कुरा युरोपियन युनियन र भारतबीच यति धेरै कुराहरु मिल्दा जुल्दा हुदा हुदै पनि निकै कम भारतीयहरुले युरोपियन युनियनको निर्बाचनबारे जानकारी पाए । एउटा उत्तर प्रदेशको गोरखपुरमा जन्मे हुर्केको भारतीय नागरिक केरला गएर बिश्वासका साथ बसोबास गर्न सक्छ । र केरलाको उत्तरप्रदेशमा पनि । किनकि त्यो भाग उसको भारत हो यद्यपी त्यहाँको भाष, चालचलन, हाँसखेल र रहनसहन फरक छ, त्यो भारतको अर्को भाग हो । यो  भिन्नता भित्रको एकताको इतिहाँस भारतको लोकतन्त्रले झण्डै सात दशक पार गरेको छ । सायद यसभित्र युरोपियन युनियनकालागि पनि एउटा पाठ लुकेको छ कि ?
मेरो बिचारमा युरोपियन युरियनको एकता सायद मुलुक मुलुकहरुको राष्ट्रबादिताको चिन्तन र चाहना भन्दा एक पाइला बिकशित माथी उठेको हो कि ? नबजागरण र प्रगतिशीलताको गति लिन खोजेको होकि ? युरोपमा एकताको नाममा करोडौं लिटर मानव रगत यस अघि धेरै पटक बगिसकेको छ । यतिखेर युरोप संयुक्त जिम्मेवारी संहाल्ने सोंच लिएर शान्ती र सभ्यताका निम्ति क्रियाशील हुनु पर्छ । तर निर्बाचन परिणामले भने  युरोपियनहरुको ठुलो संख्याले यो बुझ्न सकेनन्  भन्ने संकेत दिएको छ । हुनत युरोपियन युनियन र भारतबीच अहिले यस्ता थुप्रै कुराहरु मिल्दा जुल्दा पाइए पनि भारतको चुनाव सरकार बनाएर राज्य गर्ने चुनाव थियो भने युरोपियन युनियनको चुनाव प्रशासनिक संयन्त्रको मात्र चुनाव थियो । तर पनि यी दुबैले के बिर्सिनु हुदैन भने खुट्टा तान्ने र बिरोधीहरु युरोपियन युनियन र भारत दुबै ठाउमा छन् तर पनि उनिहरु जनतालाइ दिएको बचनबद्धतामा अडिग रहनु पर्छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *