मधेशी दलहरू आफ्ना जनता र मुद्दाप्रति इमान्दार छैनन्

—मधेशमा मधेशी जनताको नाममा खुलेको पार्टी साँच्चै मधेशी जनताप्रति इमान्दार छैन ।
—सबैले एजेन्डाहरू छोडे, कुर्सीकै लागि पार्टीहरू फोड्दै गएका छन् ।
—त्यसैले ती पार्टीहरूले मधेशी जनताको मुक्ति गर्नेछन् भन्ने मलाई लाग्दैन ।

हेर्नुहास् मधेशवाणीबाट लिइएको मातृका प्रसाद यादव, संयोजक, नेकपा माओवादीसंगको अन्तवार्ताको सम्पादित अंश ।
० मुलुकको राजनीतिक संकटको समाधान के देख्नुहुन्छ ?
— देशको जुन समस्या छ त्यसलाई हामीले इमान्दारीपूर्वक आत्मसात गर्नुप¥यो । जनता र राष्ट्रका समस्याहरू जनु दशवर्षे जनयुद्ध, मधेश आन्दोलन, जनआन्दोलन, संयुक्त जनआन्दोलनमा उद्धृत भएको थियो । त्यसमा नेताहरू र पार्टीहरूले समस्यालाई हल गर्छौं भनेर भनेका थिए संविधानसभामार्फत । संविधानसभाको चुनाव भइसकेपछि सबै दल संविधान लेख्नुभन्दा पनि जनताको समस्या समाधान गर्नुभन्दा पनि कुर्सीका लागि मात्रै केन्द्रित रह्यो । तर समस्याहरू समाधान गरेनन् । दुई वर्षको जुन संविधानसभा थियो त्यसलाई अझ दुई वर्ष थपेर पनि समस्याको
समाधान गरेनन् । सबै देश लुट्न र विदेशीको दलाली गर्नमा नै केन्द्रित भए । त्यसले गर्दा समस्याको समाधान भएन । अहिले पनि समस्याको समाधान गर्नुभन्दा पनि कसले देश लुट्ने र
कसले विदेशीको दलाली गर्ने खेलमा लागेका छन् । खाली प्रधानमन्त्री र मन्त्रीका लागि मात्रै मारामार छ । जनताको समस्याको त्यसमा बहस नै हुन दिएनन्, संविधानसभामा पनि बहस
हुन दिएन र अहिले पनि बहस हुन दिइरहेका छैनन् । त्यसैले अब त्यो तरिकाले समाधान हुँदैन । झन् झन् राष्ट्रियतामाथि हस्तक्षेप बढेको छ । यहाँका शासकलाई नेपाली जनताको समस्याको कुनै मतलब नै छैन । यी तीनटै विषयमा सहमत हुनेहरू जनताको पक्षमा साँचैको इमान्दार
हुनेहरूको बीचमा मोर्चा बन्नुपर्छ र आन्दोलनबाट यी फटाहा जनविरोधी ताकतहरूलाई बढार्नुपर्छ अनि मात्रै समस्याको समाधान हुन सक्छ ।
० आन्दोलेलन पछि फेरी शान्ति वार्तार्ममै आउनुपर्छ र अहिलेकेको सरकार पनि आन्दालबाट नै आएको हो नि त ?
— आन्दोलनबाट आएको होइन, आन्दोलन छोडेर आएको हो । आन्दोलनकारीहरू हो तर आन्दोलन छोडेर, जनताको मुद्दा छोडेर, देशी–विदेशी प्रतिक्रियावादीहरूको सेवामा लागेको सरकार हो । जनताको कुन समस्या समाधान गरेको छ, जनताका लागि के काम गरिदिएको छ ? कुनै पनि काम
गरेको छैन । त्यसैले अब जनविरोधीहरूलाई परास्त गर्नुपर्छ ।
० त्यसो भए कसको विरूद्धमा कसले आन्दोलन गर्ने त ?
— देश लुटेरा र विदेशी दलालहरू जो छन् तिनीहरूको विरूद्धमा देशभक्त र नेपाली जनताका सेवकहरूले आन्दोलनगर्ने ।
० पार्टीगत रूपमा भन्नुपर्दा ?
— पार्टीगत रूपमा हामीले खोजिरहेका छौं । हाम्रो बीचमा छलफलहरू भइरहेको छ । नागरिक समाजका मान्छेहरू र अरू दलका जो इमान्दार छन् तिनीहरूसँग पनि हामी छलफल गरिरहेका छौं ।
० कांग्रे्रेस र एमालेले पटक–पटक जुनु आन्दोलनको घुर्की लगाइरहेकेका छन् त्यो आन्दोलनलाई समर्थन गर्र्नुुहुन्छ ?
— कांग्रेस, एमाले वा एमाओवादी जनताका पक्षधर पार्टी होइन । त्यसैले उनीहरूको आन्दोलनलाई हामीले समर्थन गर्ने कुरै आउँदैन ।
० त्यसो भए तपाइँहँहरू छुट्टै आन्दोलन गर्नुहुन्छ ?
किरण दाईहरूलाई पनि हामी आग्रहगर्छौ कि कांग्रेस–एमालेसँग टाँस्सिने जुन प्रवृत्ति छ त्यो छोडेर जनताको पक्षमासशक्त रूपमा उभिएपछि नयाँ वातावरण बन्छ भनेर ।
० तपाइँहरूको बीचमा केहीसमीकरण बन्ने कुरा पनि आएकोथियो, त्यो के हुदै छ ?
— हामी छलफलमा छौं ।
० तपाइँहरू बीच एकीकरणको चर्चा चलेको थियो, त्यसमा के प्रगति भयो ?
— एकताको अहिले कुरा छैन । हामी मोर्चाको कुरामा मात्र छलफल गरिरहेका छौं ।
अरू–अरूसँग पनि हाम्रो छलफल भइरहेको छ ।
० राष्ट्रिय सहमतिका लागि राष्ट्रपतिले जुन कदम चाल्नुभयो यसलाई तपाइँको पार्टीले कुन
रूपमा लिएको छ ?
— राष्ट्रपतिले आफ्नो पार्टीको अनुसार कदम चाल्नु भएको छ । देशको राष्ट्रपतिले जनताको हितका लागि कदम चाल्नुपर्ने थियो तर उहाँ आफ्नो पार्टीको लाइन अनुसार चल्नुहुन्छ ।
० त्यसो भए राष्ट्रपपतिले आफ्नो कदम चाल्नुपर्र्ने ?
— उहाँसँग हिम्मत भएको भए गरिहाल्नु हुन्थ्यो । यो कुनै तरिका हुन्छ त, दुई दिन, चार दिन, पाँच दिन ।
० भनेपेपछि राष्टपतिले चाँडै मुलुकको निकासका लागि ठोस कदम चाल्नुप¥यो ?
— उहाँसँग संविधानले दिएको अधिकार छ भने गर्नुप¥यो । तर उहाँसँग त त्यो अधिकार पनि छैन नि । उहाँ पनि संविधानको कुरा गर्नुहुन्छ तर उहाँ संविधान विपरीत काम गर्नुहुन्छ । अर्को कुरा उहाँले जुन तीन दल र चार दलसँग कुरा गरिरहनु भएको छ त्यो पनि त संविधानले दिएको हक होइन नि । संविधानसभाको विघटन भइसकेपछि दर्ता भएको जुन पार्टीहरू छन् ती सबै पार्टीहरूलाई बोलाएर छलफल गर्नुपथ्र्यो । तर उहाँले त्यो काम गरिरहनु भएको छैन । उहाँले
पूरा गैरसंवैधानिक काम गरिरहनु भएको छ । निकास खोज्नलाई त सबैसँग छलफल गर्नुप¥यो ।
० समग्रमा भन्नुपर्दा राष्ट्रपतिले अब के गर्नुपर्ला त ?
— राष्ट्रपतिबाट त समस्याको समाधान नै हुँदैन । यदि राष्ट्रपतिले कांग्रेसीकरण गर्ने होइन भने सबै दर्ता भएका वा दर्ता नभएका राजनीतिक हस्ती भएका पार्टीहरूलाई पनि बोलाउनुप¥यो ।
० बोलाएर के गर्ने त ?
— छलफल गर्ने नि । तीन चार जनासँग छलफल गरेर त समाधान निस्केन नि । प्रधानमन्त्रीका लागि मारामार गर्नेहरूसँग बसेर केही भएन नि । मलाई लाग्छ राष्ट्रपति पनि समस्याको निकासका लागि साँच्चैको इमान्दार छैन ।
० मोहन वैद्य नेतृत्वको पार्टीले गोलमेच सम्मेलनको माग गर्दैछ, यो गोलमेच सम्मेलनले समाधान
होला त ?
— गोलमेच सम्मेलनले गोलचक्करमा फँसाउँछ ।
० यसबाट मुलुकले निकास पाउँदैन ?
— पाउँदैन । निकासका लागि आन्दोलन मात्र विकल्प हो ।
० अबको तपाइँको पार्टीले के–कस्ता गतिविधि गर्दैछ त ?
— हाम्रो पार्टी जनतालाई सचेत गराउने, संगठित गर्ने र क्रान्तिकारी शक्तिहरूको बीचमा छलफल गर्ने । यी तीनवटा काममा हामी लागेका छौं ।
० अहिलेसम्मको उपलब्धीहरु के के छन् ?
अहिलेसम्मको उपलब्धी जनतालाई हामी सचेत गराइरहेका छौं र मिल्नेहरूसँग आन्दोलन पनि गरेका छौं । भ्रष्टाचार विरूद्धको आन्दोलन पनि हामीले गरेका छौं । जस्तो हुनुपर्ने हो त्यसरी हामी
गर्न सकेका छैनौं ।
० तपाइँहरूको भ्रष्टाचार विरूद्धको आन्दोलन कहाँसम्म पुग्यो त ?
— त्यो आन्दोलन अहिले रोकिएको छ । अब फेरी हामी त्यसलाई अगाडि बढाउँछौं ।
० तपाइँहरूबाट केही दिन पहिले तराई कम्युनिष्ट पार्टी गठन गर्ने भन्ने कुरा आएको थियो, त्यो
कहाँसम्म पुग्यो ?
— त्यो मलाई थाहा छैन । मेरो नाम कसरी यसमा जोडियो त्यो मलाई थाहा छैन । मधेशमा तराई कम्युनिष्ट पार्टी बन्दैछ भनेको तराईलाई एउटा देश बनाउनुप¥यो । कम्युनिष्ट पार्टी भनेको तराईको छुट्टै, पहाडको छुट्टै बन्दैन । त्यसैले हामी त्यो पक्षमा छैनौं । कम्युनिष्ट पार्टी भनेको अन्तर्राष्ट्रिय पार्टी हुन्छ ।
० एकीकृत माओवादीले जनताका के–के मुद्दाहरू छोडे ?
— उहाँहरूले वर्गीय, जातीयलगायत सबै आन्दोलन छोड्नुभयो र भ्रष्टाचारमा चुर्लुम्म डुब्नुभयो । देश लुट्ने र विदेशीको दलाली गर्नमा लाग्नुभयो । राष्ट्रियता जोगाउने, जनताको अधिकार स्थापित गराउने भन्दा पनि देश लुट्ने र विदेशीको दलाली गर्नतिर लाग्नुभयो ।
० तर उनिहरूसँगँग नै जनता छन् नि त ?
— त्यो त कांग्रेससँग पनि पहिले जनता थियो, एमालेसँग पनि पहिले जनता थियो, पछि उनीहरूको हालत के भयो त्यो त सबैलाई थहै छ नि । अर्को विकल्प नहुन्जेलसम्म त उनीहरूसँग रहन्छ नि । बजारमा नक्कली माल मात्र छ भने के गर्ने, यदि असली माल आयो भने जनताले असली नै खरिद गर्छ नि । त्यसैले हामी जनतामा यी सबै कुरा भनिरहेका छौं र त्यसको विकल्प जबसम्म खडा हुँदैन तबसम्म उनीहरूको पक्षमा मान्छे रहिरहन्छ नि । हिजो प्रचण्डले नेतृत्व नै गरेको हो नि त । स्थापित नेता थियो, तर आज उहाँको अवस्था के छ सबैले हेरिरहेका छन् ।
० त्यसो भए तपाइँहरू एउटा बेग्लै शक्ति तयार गर्दै हुनुहुन्छ ?
— हो । त्यो कहिलेसम्म हुन्छ त्यो मिति तोकिएको छैन । क्रान्तिकारी शक्ति कुनै व्यक्तिको इच्छाअनुसार भइहाल्दैन । हामी क्रान्तिकारीहरू मिहेनत गरेर जनताको बीचमा जान्छौं । जनताको
सेवा गरेपछि जनताकै बीचबाट क्रान्तिकारी शक्तिको निर्माण हुन्छ ।
० तपाइँले मधेशवादी पार्टीहरूको भूमिकालाई कुन रूपमा लिनुभुभएको छ ?
— मधेशमा मधेशी जनताको नाममा खुलेका पार्टीहरु जनताप्रति इमान्दार छैनन् । सबैले एजेन्डाहरू छोडे, कुर्सीकै लागि पार्टीहरू फोड्दै गएका छन् । त्यसैले ती पार्टीहरूले मधेशी जनताको मुक्ति गर्छन् भन्ने मलाई बिश्वास लाग्दैन ।
० त्यसो भए मधेशी जनताले के गर्नुपर्ने त ?
— मधेशी जनताहरू क्रान्तिकारी पार्टीमा आबद्ध हुनुप¥यो । क्रान्तिकारी पार्टीमा आबद्ध भएर क्रान्तिकारी आन्दोलन गर्नुप¥यो ।
० तपाइँहरू मधेशी जनताको नेतृत्व गर्नुहुन्छ ?
— हामी त पूर्ण क्रान्तिको पक्षमा छौं । चाहे त्यो उत्पीडित मधेशी होस् वा उत्पीडित पहाडी होस् जसको पनि पक्षमा लड्न तयार छौं

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *