बाबुरामको चिन्ता: प्रतिवेदनमा खिचडी आउने

Baburam_Bhattaraiमहाधिवेशन गरेको दुई वर्ष नबित्दै एमाओवादीले राष्ट्रिय सम्मेलन किन गर्न लागेको होला ? यो प्रश्न एमाओबादीको पार्टी पंती भित्र मात्र नभएर समग्र राजनैतिक चिन्तकहरुले उठाएको बेला दुई वर्षअघि छुट्टिएको मोहन वैद्य नेतृत्वको माओवादीलाई भने अर्कै सन्देश दिएको छ । तर पार्टी नेतृत्वले भने आफ्नो पंती भित्र पार्टीपंक्तिलाई पराजयको कारण केलाउन र संगठन सुदृढ बनाउन भनी बुझो लगाएका छन् ।
जसलाई भेट्यो उसैलाई ठीक्क पार्न माहिर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एकातिर आफ्नै पार्टीमा नयाँ शक्तिको बहस निकालेका बाबुराम भट्टराईलाई ‘चिन्ता नगर्नूस्, म मेरो प्रतिवेदनमा ल्याउँछु’ भनिरहेका छन् भने अर्कातिर मोहन वैद्यलाई पनि ‘पर्खनूस्, म हेटौंडाको कार्यदिशा सच्याउँछु’ भन्ने सन्देश दिइरहेका रहेछन् । यो कुरा गत बिहीबार साँझ डा. भट्टराईले आफ्ना छिमेकीसमेत रहेका अर्का एक वामनेतासँग बाँडेका थिए । डा. भट्टराईको भनाइ थियो– ‘के गर्ने र? म आफैं अन्योलमा परेको छु । मसँग मेरै कुरा ठीक भन्नुहुन्छ, उता वैद्यजीसँग पनि त्यस्तै भन्नुहुँदोरहेछ ।’ उनले अगाडि भने– ‘वैद्यजीसँग त हेटौंडाको कार्यदिशा नै गलत भयो, म सच्याएर ल्याउँछु पो भन्नुभएको छ रे ।’ यसअघि बालाजु, खरिपाटी र पालुङटारमा पनि दाहालले आफू र वैद्य दुवैको चित्त बुझाउन खोज्दा पार्टीमै समस्या परेको भन्दै उनले दिक्दारी प्रकट गरे– ‘फेरि पनि त्यस्तै खिचडी प्रतिवेदन त आउला ।’
बाबुराम अन्योलमा
अध्यक्ष दाहालको दोहोरो चरित्र थाहा पाए पनि सांगठनिक शक्ति कमजोर भएका कारण के गर्ने भन्नेमा डा. भट्टराई अन्योलमा छन् । आफूले नयाँ विचारअघि सारे पनि त्यसका आधारमा संगठन बनाउन सक्ने अवस्था छैन । त्यही भएर पेलिएरै भए पनि पार्टीमै बस्नुबाहेक उनीसँग अरू उपाय छैन । किनभने पार्टी अध्यक्ष पुष्पकमल दाहालका लागि अहिले बाुराम भन्दा मोहन बैद्य नजिक जान पाए भने उनको पोजिसन बलियो हुने छ भन्ने बाबुरामको बुभाइ छ ।
एमाओवादीले आज वैशाख १८ गतेदेखि विराटनगरमा सम्मेलन गर्दैछ । त्यसबाट केन्द्रीय समिति सदस्य पनि छानिने भएकाले उनलाई झन् समस्या परेको हो । शुद्ध सैद्धान्तिक कुरा गर्दा तलबाट निर्वाचित भएर आउने कुरा उनले आफैं उठाएका थिए । अहिले उनको कार्यकर्ता भित्र बलियो पकड नभएकाले अन्ततस् उनलाई नै समस्यामा पर्ने देखिएको छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *