तस्करहरु आफु आफु यसरी लड्छन्

गौमाताको तस्करी भनेको आमाको तस्करी हो

नेपालमा तस्करी यति बैध भैसक्यो कि तस्करहरु पनि आ आफ्नो ब्यबसायका प्रतिस्पधि बीच खुल्लमखुला लड्ने गरेको समाचारहरु प्रकाशमा आउने गरेका छन् । यसैको एउटा ज्योलन्त उदाहरण का रुपमा निम्न समाचारलाइ लिन सकिन्छ ।
बाराको मटिअर्वामा गाई तस्करहरु बिच झडप भएको छ । भारत तर्फ गाईको तस्करी गर्दै आएका दुई समुह बिच मटिअर्वाको निलकण्ठवामा बिहिबार राति झडप भएको हो ।
गाईको तस्करीमा सम्लग्न सशस्त्र प्रहरी जवान इमाम हुसेन, उनका साझेदार कलाम मियाको समूह र पुरैनियाका कपिल मिया ठकुराइको समूह बिच कुटाकुट भएको हो । गाई तस्करीकै विषयलाइ लिएर दुवै समूह बिच झडप भएको हो ।
सशस्त्र प्रहरी जवान सशस्त्र प्रहरीका डिआइजी सुशिल कुमार श्रेष्ठका घुमुवा हुन । उनी पनि लामो समय देखि गाइको तस्करीमा संलग्न रहदै आएका छन । सशस्त्र प्रहरी जवान इमाम र उनका साझेदार कलामले कपिल मियालाइ गाई तस्करीमा अवरोध गरेपछि दुवै समूह बिच झडप भएको हो । इमाम र कलामले मटिअर्वा नाकाबाट दिनहु अवैध रुपमा भारत तर्फ गाई पठाउदै आएपनि आफुलाइ तस्करी गर्न नदिएको कपिल मियाको आरोप छ ।
गाई तस्करीकै विषयमा दुवै समूह बिच केहि समय देखि विवाद चल्दै आएको थियो । झडपमा संलग्न कपिल र कलाम सहित ९ जनालाइ प्रहरीले नियनत्रणमा लिएको छ । उनीहरुलाइ सदरमुकाम कलैया स्थित जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखिएको प्रहरी नायव उपरिक्षक अनुराग द्धिवेदीले जानकारी दिए ।
झडपमा संलग्न सशस्त्र प्रहरी जवान इमामलाइ भने सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई पक्रउ गर्न नदिएको श्रोतले बताएको छ । उनीलाइ सशस्त्र प्रहरीले आफनै नियन्त्रणमा राखेको छ । सीमावर्ती क्षेत्रमा भएको झडपमा दुवै तस्कर समूहले भारतीय तस्करहरुलाई पनि बोलाएका थिए । स्थानीयवासीका अनुसार, झडपमा दुवै तर्फबाट करिब २० र२५ जना भारतीय नागरीकहरु पनि सहभागी थिए । दुवै समूह बचि करिब एक घण्टा जति खेदाखेद र कुटाकुट भएको थियो । झडपका क्रममा स्थिती नियन्त्रण भन्दा बाहिर गएपछि मटिअर्वामा रहेको नेपाल प्रहरीको चौकी र सशस्त्र प्रहरीको बेस क्याम्पबाट गएका सुरक्षाकर्मीले लाठी चार्ज गरि स्थिती नियन्त्रणमा लिएका थिए । झडपका क्रममा भारतीय तस्करहरुले प्रहरी चौकी जोतपुरका हवल्दार चन्दन साहको मोटरसाइकल लुटेर लगेको प्रहरीले जनाएको छ ।(श्रोत सौर्य दैनिक अनलाइन)

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *